रवीन्द्र अधिकारी सभापति भएको व्यवस्थापिका संसदको विकास समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन निरीक्षणसमेत गरी यसको स्तरोन्नतिका लागि तत्काल गर्नुपर्ने सुधार तथा निर्देशनहरूसहितको प्रतिवेदन तयार पारेको छ। के के छ त निर्देशन? हेर्नुस् जस्ताको तस्तै
* ट्रली निःशुल्क हो। तर तल्लोतहका कर्मचारी विदेशी तथा सोझासिधालाई आनकानी गर्दै पैसा मागिरहेका हुन्छन् । हरेक ट्रली निःशुल्क हो भन्ने संकेत सर्वत्र राखिनुपर्छ।
* संसारका कुनै पनि मुलुकले अन्तराष्ट्रिय विमानस्थलको शौचालयमा पैसा असुल्दैनन्। यहाँ लिइन्छ। यो रोकिनुपर्यो।
* विमानस्थलभित्र भन्सार, अध्यागमन, बेमा तल्लो तहका कर्मचारी चप्पल लगाई, फोहोर पोशाकमै सेवा दिइरहेका देखिन्छन्। स्मार्ट पोशाक र परिचयपत्र नभएका कर्मचारीलाई प्रवेशमा रोक लगाइनुपर्छ । बेला बेला छड्के जाँच पनि गरिनुपर्छ।
* मेशिन रिडेबल पासपोर्ट (MRP) प्रचलनमा आई सके पश्चात विश्वका धेरैजसो मुलुकहरुले अध्यागमन गमन र आगमन पत्र प्रतिस्थापन गरी स्क्यानिङ विधिबाट यात्रुहरुको विवरण राख्ने कार्य सुरु गरिसकेको हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो प्रक्रिया अविलम्व सुरु गर्न सके अध्यागमनमा हुने भिडभाड कम हुने हुँदा बैज्ञानिक तरिकाबाट यात्रुहरुको विवरण दुरुस्त राख्ने व्यवस्था अध्यागमनमा तुरुन्त लागु गर्ने व्यवस्था मिलाउन आवश्यक समन्वय गर्ने।
* त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमानहरुको उडान दिनानुदिन बढ्ने क्रममा रहेको हुँदा हाल प्रयोगमा रहेको अन्तर्राष्ट्रिय जहाज विसान गर्ने बे अपुग हुनाले अन्तर्राष्ट्रिय एप्रोन बे १ को दक्षिणतर्फ र धावनमार्गको पूर्व तर्फ सम्भव भएसम्म चाँडो बेको संख्या थप गर्नु पर्ने ।
* अन्तर्राष्ट्रिय वायुसेवाहरुको ग्राउण्ड ह्याण्डलिङ्ग गर्दै आएको नेपाल वायुसेवा निगमले पर्याप्त आधुनिक उपकरण र दक्ष जनशक्तिको व्यवस्था गरी सेवालाई प्रभावकारी रुपमा सरल र सुलभ बनाउँदै लाने ।
* त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले व्यागेज मेकअप एरियामा कन्भेयर बेल्टमै इन लाइन हुने गरी एक्स रे मेसिन जडान गर्ने व्यवस्था मिलाउने ।
* त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सुरक्षा संवेदनशिलतालाई उच्च प्रथमिकता दिई कुनै पनि प्रकारको सुरक्षा कमिकमजोरी हुन नदिन संलग्न सुरक्षा निकाय वायुसेवा कम्पनीहरुले एयरपोर्ट अथोरिटीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउने ।
* एयरसाइडमा एयरलाइन्स तथा सम्बद्ध निकायको उचित व्यवस्थापन गर्ने ।
* नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानलाई व्यवस्थित बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक ग्राउण्ड ह्याण्डलिङ्ग कार्यलाई समयानुसार आधुनिक र व्यवस्थित बनाउने।
* यात्रुहरुको सेवा सुविधा व्यवस्थापनमा समयानुकुल विश्वमा प्रचलित प्रविधि र प्रचलन अनुसार आवश्यक सुदृढिकरण गर्ने ।
* त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग तथा ट्याक्सी वेमा देखिने समस्याहरुलाई निराकरण गर्न तुरुन्त मर्मत सम्भार गरी हरबखत धावनमार्ग संचालन योग्य अवस्थामा राख्ने ।
* अन्तर्राष्ट्रिय तथा आन्तरिक टर्मिनल भवनको सरसफाईमा विशेष ध्यान दिई सौन्दर्य वृद्धि गर्न आवश्यक गृहकार्य गरी Internal Decoration/beautification सहितका कार्यहरु तत्काल गरी अन्तर्राष्ट्रिय स्तरको सेवा र स्वरूप प्रदान गर्ने ।
* अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्धार देखि टर्मिनल भवन सम्मका बाहिरी क्षेत्रहरुमा फूलबिरुवा तथा सजावटका कार्यहरु गरी विमानस्थललाई मनमोहक बनाउने ।
* अन्तर्राष्ट्रिय टर्मिनल भवन तथा पार्किङ्ग सहितका सेवा सुविधामा बृद्धि गर्न आवश्यक पर्ने बिस्तारका कार्यहरु अबिलम्ब अघि बढाउने ।
* विमानस्थलको उडान अवतरण सुरक्षित गर्न ग्राउन्ड सेफ्टीसँग सम्बन्धित आवश्यक पर्ने विविध कार्यहरुमा सुधार गर्ने ।
* Sterile Area मा नयाँ शौचालयहरुको व्यबस्था गर्ने तथा उक्त क्षेत्रको विस्तार गर्न आवश्यक निर्माण कार्य गर्ने।
* अध्यागमनमा राखिएको नागरिक वडापत्रलाई अद्यावधिक गरी प्रभावकारी बनाइनुपर्ने।
* Liqour and Tobacco lounge बाहिर राखिएका मदिरा लगायतका वस्तुका hoarding board हरू देखिने गरी भित्र राखिनुपर्ने ।
* स्थानीय स्तरको समस्या समाधान गर्न गृह मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नगरपालिका लगायतका निकायहरूबाट आवश्यक पहल हुनु पर्ने ।
* माटो भर्ने कार्यलाई छिटो सम्पन्न गर्न contractor लाई बढी जिम्मेवार बनाईनुपर्ने ।
* Immigration मा बस्ने कर्मचारीहरूको व्यवहारमा परिवर्तन गरी मिठास र मुस्कानसहितको सेवा प्रवाहमा जोड दिनु पर्ने ।
* विमानस्थलमा आउने तथा जाने यात्रु वर्गले waiting गर्दा बस्ने ठाउँको पर्याप्त व्यवस्था हुनुका साथै खाना, खाजा खाने रेस्टुरेन्ट स्टलहरू समेत पर्याप्त व्यवस्था हुनुपर्ने ।
* विमानस्थल क्षेत्रमा इन्टरनेट नेटवर्कलाई चुस्त बनाइनुपर्ने ।
* सिसिटीभी क्यामरा बढाइनुपर्ने । हाल प्रहरीले एउटा कोठामा बसेर यस्को निगरानी गरीरहेको छ । धेरै स्थानमा राखिएका क्यामरा बिग्रिएका छन् । चलखेल, चोरी हुने स्थान, भिडभाडमा क्यामरा राखिनुपर्ने। थप्नु पर्योय।
* विमानस्थलमा आफन्तको विदाई गर्न जाने परिवारजनकालागी अन्तराष्ट्रिय टर्मिनल भवन माथिको अगाडितर्फ फर्केको टेरेस सामान्य शुल्क लिई खुल्ला गरिनुपर्ने। निर्माण व्यवसायीसँगको विवादका कारण यो कार्य बन्द भएको थियो । यसअघि नेपालीलाई सस्तो टिकटमा खोलिएको थियो। यो खुला हुँदा पासको दुरुपयोग रोकिनेछ। आफन्तजनलाई पनि आफ्नो परिवारका सदस्य वा विदेशीहरुका हकमा साथीहरु जहाज चढेको प्रत्यक्ष देख्न पाउदा आनन्द मान्दछन्। साथै नेपाली आन्तरिक पर्यटकहरुलाई ठूला जहाज हेराउदा राजश्वमा योगदान हुनेछ।
* विमानस्थल भित्रका संकेत चिन्ह धेरै पुराना र परम्परागत भए । आधुनिक, प्रष्ट देखिने संकेत, इशारा, स्थान जानकारी आदिका संकेत चिन्ह अन्तर्राष्ट्रिय प्रचलन बमोजिम बदलिनुपर्छ । यी जानकारीहरु नेपाली र अंग्रेजी भाषामा लेखिनु पर्छ।
* विमानस्थलभित्र र बाहिर व्यवसायिक विज्ञापनको दबदबा अति बढी भयो । विज्ञापनलाई स्थान अनुसार नेपाली संस्कृति झल्किने, देश चिनाउने अनुकूल बनाई राख्न सकिन्छ । अहिले कुनै ब्लकमा जाँदा रेमिट कम्पनी, वा कुनै बैंकको शाखा वा कुनै टेलिफोन कम्पनीमा रहेको जस्तो देख्नेलाई महसुस हुन्छ। चाहिने सूचनामूलक राष्ट्रिय जानकारी ओझेलमा राखिएको छ।
* पासको दुरुपयोग भएको छ। यो कस्ले दियो बारे अनलाइनमा नाम सार्वजनिक गरिनुपर्छ। विमानस्थल प्रमुखले आफूभन्दा माथिल्लो निकायबाट आउने दबाब थेग्नै सक्दैनन्। कुनै पूर्व सचिव वा प्रहरी वा यस्तै समूहका व्यक्तिले छोराछोरीलाई विदेश उडाउँदा अन्तिम स्थानसम्मको पास लिने गरेका छन्। वृद्ध, अशक्त, विरामी, बालबालिकालाई पुर्यापउन जानेहरुलाई पास सजिलै उपलब्ध हुँदैन। डियुटीमा खटिएको प्रहरीले पास बिनै मानिसहरु टिकट काउन्टर तथा त्यसमाथिसम्म पठाउँछन् यसमा विमानस्थलका कर्मचारी निरीह भइदिन्छन्। यो वर्दीको दुरुपयोग हो। यस्तो कार्य रोकिनुपर्छ। विमानस्थल संवेदनशील स्थान हो।
* नेपाल आएका विदेशीहरुलाई फर्किदा फिडब्याक फर्म भराइनु पर्यो जस्ले सुधारमा सघाउ मिल्ने छ।
* विदेशमा मृत्यु भएका नेपालीहरुको शव लिन जाँदा केही झन्झट हुन्छ। यस्लाई सरल बनाइनुपर्छ।
* अन्य Utilities सेवामा चुस्तता हुनुपर्योे। ट्याक्सी, शौचालय, क्यानटीन सेवा नभई व्यापारिक उदेश्यबाट संचालित भएका देखिन्छन्। सेवा भावले न्यून लाभमा सञ्चालित हुनुपर्ने।
* नेपाल सरकारले सार्वजनिक स्थानमा धुम्रपान निषेध गरेको छ । तर विमानस्थलमा जतासुकै धुम्रपान गरिरहेका देखिन्छन् । यसमा कडाई गरिनुपर्यो । स्मोकिङ जोन बनाइनुपर्छ। चुरोट नखाने र बिरामीलाई सास्ती नै हुनेगरी जतासुकै धूँवा उडाउनमा रोक लाग्नु पर्यो।
* हेल्प डेस्क लगायतका सबै डेस्कमा बर्दीवाला प्रहरीलाई हटाई महिला राखिनुपर्यो। हस्पिटालिटी व्यवस्थापन पढाउने कलेजका विद्यार्थीहरुलाई इन्टर्नशिपमा राख्न सकिन्छ।
* हेलिप्याड सानो भयो। विस्तार गरिनुपर्छ।
* अध्यागमन, भन्सार, टर्मिनल आदिमा सबै सरोकारवाला निकायले महिला कर्मचारीलाई प्राथमिकताका साथ राख्नु पर्यो।।
* त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र छुट्टै Smoking Zone को व्यवस्था गरिनुपर्ने ।
* विमानस्थलले २ सय ३६ बढी एजेन्सीलाई पास (आइडीकार्ड) दिएको छ । त्यो प्रष्ट देखिँदैन । सानो तथा मधुरो अक्षरमा लेखिएको छ । आडीकार्डबहाक को हो ? संस्थाको नाम र फोटो ठूलो फन्टमा हुनुपर्छ । अन्य सहायक सूचना सानो फन्टमा राख्दा हुन्छ । आइडी कार्डको डिजाइन नै फेर्नुपर्छ ।
* फ्रि वाईफाई र समुचित शुल्कमा लोकल टेलिफोन सुलभ गरिनुपर्छ । यस्ले यात्रुलाई आफ्न्तलाई सुचित गर्न सजिलो हुन्छ ।
* सटही काउन्टर, क्याफे लगायत पसल र तिनमा को बस्छन् पहिचानमूलक पोशाकमा पारदर्शी हुनुपर्योन।
* ठेकेदारबाट पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको खानी खुलाउन सहयोग गरिदिन अनुरोध भई आइरहेको छ। Employer को कुनै करारीय दायित्वमा नभएतापनि उक्त खानी विमानस्थलको प्रोजेक्ट साइटको नजिक र त्यहाँको माटो गुणस्तरीय पनि भएकोले उक्त खानी चाँडो उपलब्ध हुन सकेमा विमानस्थलको सुधार कार्य छिटो छरितो रूपमा सम्पन्न गर्न सकिने देखिएकाले पशुपति क्षेत्र विकास कोषलाई अधिकतम हित हुने गरी र गुरुयोजनामा कुनै नकारात्मक असर नपर्ने गरी साविक गोठाटार गा.वि.स.मा रहेको उक्त खानी सम्बन्धी समस्या समाधान गरी यथाशिघ्र माटो आपूर्ति खूला गराई विमानस्थल निर्माण कार्यमा सम्बन्धित सबै निकायले सहयोग गर्नुपर्ने ।
* त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने गराउने कार्यक्रम सम्बद्ध संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय (जिल्ला विकास समिति, नगरपालिका, गा.वि.स.हरु) र गृह मन्त्रालय (जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र ट्राफिक प्रहरी) लाई विमानस्थलमा निर्माणा कार्य सम्बन्धी (निर्माण सामाग्री, माटो,ढुङ्गा, बालुवा आदि ढुवानी कार्यमा) अवरोध तत्काल हटाउने व्यवस्था गर्ने।
* ICAO तथा नेपालको Civil Aviation Standard हरुलाई मिचेर उडान तथा अवतरणा रूटमा बनाइएका अग्ला घर, रेडियो/एफएम एन्टेना मास्ट, टेलिभिजन टावर, हाइ ट्रान्समिसन लाइन लगायतका यस्तै अग्ला भौतिक संरचानाहरुलाई हवाई उडान सुरक्षा (Safe Aircraft Operation) तथा भारवहन क्षमताको दृष्टिकोणले नियन्त्रण गर्नुपर्ने भएकाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, उर्जा मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय र काठमाणडौ महानगरपालिका लगायत उपत्यकाका सम्पूर्ण नगरपालिका, गा.वि.स.हरु, नगर विकास समितिहरु, काठमाडौँ उपत्यका विकास प्राधिकरणा लगायतलाई नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आवश्यक समन्वय गरी अब आइन्दा त्यस्ता भौतिक संरचनाहरुको निर्माण स्वीकृति नदिने ब्यवस्था मिलाउन तथा ऐन नियम मापदणड मिचिएर बनाइएका अग्ला घरहरुमा तत्काल बढी उचाइका तला घटाउने व्यवस्था गर्नुपर्ने।
तपाईँका पनि केही सुझाव छन् कि ? तल कमेन्टमा लेख्न सक्नुहुन्छ।
खतम छ नेपाल…. पर्यटक र म आफै CONFUSE भए… किनकि म नेपाल न भएर इंडिया आइपुगे जस्तो लगेओ… म एरपोर्ट भित्र BHARATIYA TV CHANNEL हरु देखाको देख्दा अचम्म भए .. BBC CNN DISCOVERY देखाए राम्रो.
अब अत्ति भैसक्यो एक सेकेन्ड पनि नकुरी गरि हाल्नु पर्ने काम :
एरपोर्ट management को जिम्मा लिएका CEO / Chairman लाई fire (निकाला ) गरि सक्छ्यम मान्छे लाई त्यो पद दिने
१. सफाई सफाई सफाई
यत्ति मात्र गर्यो भने एरपोर्ट को ५०% बिचिल्ली कम हुनेछ | राम्रो देखिने छ
सफा राख्ने कामदार लाई मात्र एरपोर्ट मा जागिर |सफाई काम नगर्ने staff लाई त्यो जागिर बाट निकाला | सफाई staff आफ्नो uniform मा मात्र काम गर्ने ID कार्ड लगाएर
२. एरपोर्ट passenger हिड्ने, कुर्ने, ठाउँ फराकिलो बनाउने ताकी सास फेर्न सजिलो होस् | Air conditioning सिस्टम जडान गर्ने |
३. एरपोर्ट gate भित्र ticket visa check गरेर passenger लाई मात्र इन्ट्री दिने जसले गर्दा भिड management गर्ने सकिन्छ | एरपोर्ट गेट मा नै passenger drop off गर्ने सिस्टम बनाउने|
४. Plane बाट direct टर्मिनल गेट मा जाने path /bridge बनाउने
५. एरपोर्ट को management – Korean Private management कम्पनी / NRN monitored project लाई handover गर्ने
if only they can buid a structure by which one can directly enter the terminal from the airplane rather than coming down, waiting for the bus and 1 minute bus ride and walk to terminal.. and cleanliness cleanliness cleanliness first and most priority..
The suggestions posted here by the readers are very good. It shows that Nepal’s new generation is highly intellectual now.
I want to add one more suggestion:
Please stop blaring Indian TV channels, movie channels in Televisions hung in the waiting area at departure hall. Foreigners are fed up, so the Nepalese. Only Hindi movies are shown. Rubbish programmes. Please replace those vintage TVs with large screen digital flat screen TVs and pre-set either BBC World Service or CNN only, no Indian channels, No nepali channels. Nepali Channels have too much rubbish advertisements. Thank you.
नेपालका नेताहरुलाई देशको विकास भन्दा आन्दोलन नै प्यारो छ |
राम्राे विषयमा लेख्नुभाे । धन्यबाद
१. बिमानबाट अाेर्लेपछि २ मिनेट हिड्नुपर्ने बाटाेमा ५ मिनेट कुराएर काेचाकाेच गरि बसमा चढ्न बाध्य पारिने नाटक बन्द गर्नुपर्छ । यात्रुलाइ लाइनमा राखेर वरिपरि सुरक्षाकर्मी उभिदिए पुग्छ नि ।
लु यस्तो भयो भने म बिदेशीको गुलामी कहिले बन्दिन ! नेपाल उत्रिन साथ पासपोर्ट त्यही एयरपोर्टमा सबैको अघि च्याति दिन्छु ! यतिको सुधार हुनु भनेको नेपाल एयरपोर्ट नेपालको बिकास भै सबैले अन्य ठाउमा पनि रोजगार पाउछन बेरोजगार हुदैनन् ! म नि कै गरेर नेपालमा नै बस्छु !
तर भन्न र निर्देशन दिन सजिलो छ ! पालन र कार्य गर्न यो राम्रो देशका भ्रस्ट नेता र कर्मचारीले कहिले उभो लाग्न दिदैनन !
many time i had visited in nepal but ever seen any duty free shop to buy some alcohol and cigarette for parents etc …
THEY MUST HAVE TO IMPROVE DUTY FREE SHOP ASAP..
एअरपोतका लागि राम्रो सुझाब हो / यो सजेसन अपलाई भैदियो भने बडो सुन्दर हुन्छ / धन्यवाद सालोक्य जी /
सबै सुझाबहरु अत्याबस्यक नै छन् | Gulf होस् या युरोप अमेरिका, जहाँ सुकै पुगेका नेपालीहरुले देखेका होलान International Airports को Standard, नेपालको Airport त एकदमै नाजुक छन् | सेवा, सुबिधाको survey गर्ने हो भने 20% पनि पाउन गार्हो हुनेछ | इम्मिग्रेशनका कर्मचारीहरको दक्ष्यता एवं आचरण एकदमै घटिया छन् | हामीलाई लाइनमा उभ्याएर मोबाइल खेलेर बस्छन, आफन्त वा चिनजानको मान्छेलाई परैबाट बोलाएर लिएर जान्छन | कुरा गर्ने तरिका छैन | अमेरिका युरोपबाट आएका लाइ अर्कै र Gulf, Malaysia बाट आउनेलाइ अर्कै व्यवहार गर्छन | Laugage Section मा आफ्नो Laugage पाउन घन्टौ कुर्नु पर्ने र आफ्नो Laugage कुन belt मा आउछ, कसैलाई केहि थाहा हुदैन | Trolley पाउन त्येस्तै गार्हो | कर्मचारीहरु पनि Airport जस्तै फोहोर र मैला हुन्छन | International Airport मा काम गर्ने हरु त अलि चिट्टिक्क परेर बस्नु नि, सके सम्म Tie-Suit मा हैन भने दौरा- सुरुवाल मा पनि राम्रै देखिन्छ नि नेपालीहरुलाई त |
जति भने नी सुन्ने होइन| अति भएको छ, हद नाघेको छ| नारायणहिटिमा अति भए पछि पापको घडा फुटेर बंश नै नाश भयो| तर शताब्दी लाग्यो| एयरपोर्टको सुधारको निम्ति सय र दशकको प्रश्न होइन एक क्षण पनि कुर्ने समय छैन| भ्रष्टचारीलाई कीरा परोस टोलि कता गएछ| एयरपोर्टमा भ्रष्टचारीलाई हीरा परोस भनेको बराबर भैरहेछ| चार्ल्स शोबराजले हात्ती पनि एयरपोर्ट भन्सारबाट छिराउन सक्छु भनेको साँचो हो रहेछ|
My suggestion is to outsource overall airport management to a group of NRNs for a limited time period on a trial basis in order to set up a sustainable model.
नेपाली राजनीति र प्रशासनमा नेतृत्व लिएका कसैको पनि सही व्यवस्थापन गर्ने सक्ने क्षमता छैन वा लोभ लालचमा फंसेर निकम्मा भैसेका छन् जुन अहिले सम्मको इतिहासले देखाएको छ| हालसम्मको कुनै व्यवस्थाले पनि सुधार ल्याउन नसके पछि केहि आउट अफ बक्स सोचाई लिएर काम गर्नु गराउन परो|
कत्ति गालि गर्ने, कत्ति सत्तो सराप हाल्ने?कत्ति धिक्कारने हो? जसको चिनाजाना र ठुलाबडा नाता छन्, उनीहरुलाई सहजै छ| गाह्रो तपाई हामी जस्ता साधारण यात्रुवर्गलाई हो|
इमिग्रेसन र कस्टमवालाको निधारमा “भ्रष्ट र चोर” भनेर लेखिनपर्छ भनेर कसैले भन्यो भने जसले भोगेका छन् सो कुरा नमानी धर छैन| अब चोरको सट्टा निधारमा “कस्टमर सर्भिस” भनेर ट्याटु गरिदिन पर्छ तब घरमा पत्नीले वा पतिले खोइ पैसा ल्याएको भनेर दिनहु कन्तुर खोल्न नपरोस|
आफुलाई हुनपर्ने भन्ने लागेका करिब सबै पर्न गएका रहेछन| तैपनि अलि निम्न बुँदाहरुमा अलि बढी जोड दिनपर्ने ठानेको छु
१. नियमित रुपमा पुर्ब सुचना बिना बिभिन्न टोलीद्वारा छड्के अनुगमनको व्यवस्था गरिन पर्छ जसको आधार निर्धारित मापदण्ड र पर्यवेक्षण हुनपर्छ|
विगतमा “टोलि गठन” र “पुर्ब सुचना बिना” दुवैमा शंका र समस्या देखा परेका छन्| सरकारका सचिव वा बरिष्ट अधिकृतले आफ्नो मातहतका अड्डा र अफिस फोहोर, लथालिङ्ग र अव्यवस्थित हुन् दिएर एयरपोर्ट अनुगमन टोलीमा सामेल भएर निस्पक्ष होला भन्नेमा शंका उप्त्पन्न हुनसक्छ| यसैलाई टोलीको मापदण्ड र क्रियाकलाप चुस्त बनाउन पर्छ| नत्र भने दुधको साक्षी बिरालो भए जस्तो मात्र हुन्छ|
सके नागरिक समाज वा पर्यटन व्यवसायीका प्रतिनिधिहरुलाई समेत छड्के टोलीमा सामेल गरिनपर्छ तर छड्के गर्न सुचना अति गोप्य राखेर कसैले पुर्ब सुचना संचार गर्न बाट सख्त रुपमा प्रतिबन्ध गरिनपर्छ नत्र कडा सजाय भोग्न पर्ने उल्लेख गरिन पर्छ|
२. छड्के र अनुगमनको परिणामको आधारमा तत्कालै जिम्मेवारी अधिकृतलाई निलम्बन गर्न सकिने व्यवस्था हुनपर्छ|
३. यात्रु बाहेक एयरपोर्ट भित्र सबैले नाउँको ब्याज लगाएको हुनपर्छ| बिशेष गरि अद्यागमन र भन्सारका कर्मचारीले जानीजानी ब्याज उल्टो पारेर लाउने गरेका छन्, जस्तो कि यो भुलले भएको हो| कि ब्याज दुवै पाटा तिर प्रिन्ट गरिन पर्छ वा ब्याज उल्टो हुन् दिनेलाई सजाय हुनपर्छ| ड्युटी फ्री र पसलमा बस्ने र लोडर पुलिस सबैले ब्याज लाउन पर्छ| राजाको पालामा जस्तो फलाना दरबारको मान्छे वा दरवारको मान्छेको मान्छे भनेर जसलाई पनि पस्न र बस्न दिने काम छैन|
४. भिसा नलिई आउनेलाई के गर्न पर्ने देख्ने गरेर प्रस्ट रुपमा साइनबोर्ड लगाएर सुचित गरियोस| कंहा लाइनमा बस्ने र पैला कंहा जाने अनि कति पैसा तिर्न पर्ने, जैले पनि कन्फ्युजन देखिन्छ| यो साईन बोर्ड अध्यागमनको कर्मचारीले जस्तो पायो तेस्तै लेखेर हुन्दैन, कुनै संचार बिज्ञले यात्रुहरुको अनुभवलाई समेटेर लेखिन्पर्छ|
फेरी यस्तो नहोस
एइक्पल्ट दुईजना अध्यागमन डेस्कका कर्मचारीहरु यात्रुहरुको काम छाडेर नेपाली र बिदेशी यात्रुहरुको फुल भ्युमा ठुलो शोरले आपसमा बाझाबाझ गर्दै थिए| स्थिति लाजमर्नु थियो|
-अध्यागमनमा यात्रुहरुको लामो लाइन थियो, एक वा दुईजनाले काम गर्दै थिए तर हाकिम जस्ता व्यक्तिहरुको संख्या ३ चाहि रमिते जस्तो चाहि उभिएर हेर्दै गफ गर्दै थिए| एकजना यात्रुहरुको लामलाई वेवास्ता गर्दै अनलाईन समाचार पढ्नमा व्यस्त थिए| जब मैले नम्रतापुर्बक यो ओउल्याएर सेवा प्रदान गर्ने अनुग्रह गरे, उनको पहिलो प्रतिक्रिया र हेराई रंगे हात पक्रा परेको चोर जस्तो मलाई एकै गाँस पारु जस्तो थियो तर उनी सम्हालिदै यात्रुको सेवामा लागे| कुरो त्यही टुङ्गियो तर मलाई लाग्छ मेरो नम्र र दरो आग्रहले काम गर्यो| यस्ता काम चोर र बिदेशी र स्वदेशीको सामु निर्लज्ज कामचोर अध्यागमन र भन्सारका कर्मचारी धेरै छन्|
-एयरपोर्टमा टोइलेट घन्टामा एकपल्ट सफा गरेर मात्र हुँदैन| यो बैठक कोठाको टोइलेट जस्तो होइन, यात्रुहरुको आवतजावत भईरहन्छ| लगातार रुपमा गरिरहन पर्छ| पानी, साबुन र टोइलेट पेपर लगातार रुपमा उपलब्ध गराईन्पर्छ| टोइलेट सफा गर्ने एटेण्डेण्ट पनि चुस्त र सफा हुनपर्छ, युनिफर्ममा रहनपर्छ| दर्बारमार्गको पर्यटनको विकृतिले उमारेको पर्यटकलाई सताउने खातेहरु जस्तो नहोस| मुख आँ गरेर पैसाको आशा गर्ने जस्तो प्रबित्ति नहोस|
-सुरक्षा जाँचमा बसेका प्रहरीहरु बिशेष नेपाली यात्रु र त्यसमा पनि खाडी, मलेसिया, कोरिया, जापान आदि देशमा मजदुरी गर्न जाने नेपाली यात्रुहरुले के कति पैसा बोकेका छन्, त्यसमा बढी केन्द्रित हुन्छन र जसो तसो पैसा खुस्काउन तिर लाग्छन|
-सामान आउने ठाउँमा कर्मचारी देखि यात्रु सम्मले चुरोट खाने गर्छन| यो निषेध गरिन पर्छ|
-एराईभलको टोइलेट प्रायजस्तो फोहोर हुन्छ| यस्तो देखिएमा एयरपोर्टको म्यानेजर र हाकिमलाई सजाय स्वरुप अर्धनग्न अवस्थामा दुई घण्टा त्यँहा बन्द गरेर राखिन पर्छ|
अरु सजायले काम लाग्दैन|
-एयरपोर्ट देखि बाहिर निस्केपछि ट्याक्सी र होटल दलालले झ्वाम्मै पारेर साह्रै सताउछन| के गर्ने होला?
एउटा एयरपोर्टको व्यवस्थापन सुचारु र नियमित रुपले गर्न नसक्नेहरुले देश हाँक सक्ने क्षमता कँहा बाट आउने? गफ मात्रै हो|
राजधानीको एयरपोर्टको अध्यागमन, भन्सार र एयरपोर्ट म्यानेजमेन्टको अधिकांशलाई लाई पनि असक्षम, कामचोर र भ्रष्ट भने केहि फरक पर्दैन| सोझै नर्क जानेछन, यसमा कुनै शंका नै छैन|
यति लेखि हाले तर सुधार होला भन्ने आशा छैन| केहि दिनलाई गरिटोपोल्छ तर फेरी ब्याक टु मंगलमान, उस्तै स्थिति| राजनैतिक नेताका सरंक्षण पाए पछि हाकिमले जनतालाई वास्ता गर्ने कुरै भएन|
सांचै सुधार गर्ने हो भने कि बिदेशी संस्थालाई ठेकामा व्यवस्थापन संचालन गर्न दिन पर्यो नत्र भने बलिवुड फिल्मको जस्तो अङ्गुलि ग्याङ्ग चाहियो|
यो पनि सुनौ|
नेपालको प्रशासन, अध्यागमन, भन्सार, प्रहरी, सेना र एयरपोर्ट व्यवस्थापन आदिमा जिम्मेवारी पदमा रहेका र सुधार गर्न नसकेका व्यक्तिहरु, उनीहरुलाई सरंक्षण दिने राजनैतिक नेताहरु आदिका छोरा छोरीहरु र आफन्त हरु अमेरिका, युरोप, अष्ट्रेलिया, जापान आदि बिकशित मुलुकमा टन्नै छन्, कोहि अध्ययनमा वा कोहि जागिर जिविकापर्जनमा| उनीहरुले नै बेला बेलामा नेपालमा यस्तो भएन र त्यस्तो भएन र भ्रष्टचार भयो भनेर ठुलो स्वरमा आवाज उठाउने गरेका छन्| त्यो ठिकै हो|
उनीहरुलाई मेरो विनम्र निवेदन के भने पहिले आफ्नै घर र परिवार बाट चाप दिन शुरु गर्नुस| भ्रष्ट र कामचोर कमाईको धनमा पालिएको हुर्केको बढेको आत्माबोध गर्नुस| सरकारी जागिर र राजनीतिमा बसेर यत्रो सम्पति बाबाले कसरि जोगाड गरे — सोचेर र बुझेर ल्याउदा कैले काँही guilty feeling हुन्छ कि हुँदैन? हुन्छ भने घर बाटै आफ्ना बाबा, हजुरबा, आमा, अङ्कल आन्टी, दाई भाई, भानदाई, आदिलाई प्रेसर दिएर सुधारमा अग्रसर गराउनुस| दिनरात फोन र इमेल बाट लज्जाबोध गराइदिनुस|
नेपालको अलिकति पनि माया छ भने सुधारको उपाय यहि हो|
हिम्मत छ बन्धुहरु??
सारै सत्य र तथ्य कुरा | धन्यवाद |
नेपाली ले आफ्नो पारा देखाउछ भनु भने आफू नि परियो नेपाली, येस्तो गर्नु हुन्न भन्यो भने आफुलाइ बिदेशी लाई जस्तो व्यवहार गर्छन,कानुन को कुरा गर्यो भने ज गर्न सक्छस गर भन्छन त्यो देखेसी आफ्नो पारो तात्छ, अनि केही गर्यो भने मामा घर लगेर कोचिदिइ हाल्छन , थुइक्क ।।।।।
सबैभन्दा पहिला २ नम्बरी र सुन तस्करी बन्द हुनु पर्छ , दिन का दिन अरबौ रुपिया को दृग्स र सुन तस्कर काठमान्डू यार्र्पोर्ट बात मात्र हुन्छ , हाम्रो मान्छे होइन राम्रो योग्य मान्छे ले काम पाउनु पर्यो , सौछालय सफा हुनु पर्यो सारै गनाउछ ,
हरेक १५-१५ मिनेट मा टोइलेट सफा गर्नु पर्छ र त्येसको रेकर्ड राख्नुपर्छ. यदि कसैले त्यो राम्रोसंग गर्दैन भने , त्येस्लाई त्येही टोइलेट मा गाडिदिनु पर्छ.
Good initiative. Hope actions are taken on these recommendations. Here are some points that I find annoying at our airport, some of them have been mentioned already in the recommendations:
a) Toilets are in very bad conditions. Has terrible smell of strong cleaning liquid, but yet looks dirty.
b) There is no phone service in the airport. There are free calling booth by Nepal Telecom, but either there is no phone set in them or they are not working. Airport authority and Nepal Telecom should work together to fix this.
c) The recommendations above only highlighted that “lower level” staff are unprofessionally dressed. That is very unfair to say. Even the immigration officers, those who scan the bags, and mostly everyone else are very unprofessionally dressed, often chewing “paan” and they talk very unprofessionally as well. Immigration officers should also have a dress code, or at least should wear professional dress and be trained to talk professionally.
d) As soon as we enter our airport, it feels dark and cold. There is no proper lighting and the brown marble makes it look very cold, especially in cold winter days. Lightening system should be improved. But well, when the whole city is under darkness of load shedding, this may not be possible. But at least “beautification” should be done to make travelers feel welcomed.
e) Not just inside the airport, attention should be given on the ring road just outside the airport gate. As soon as we step out of the airport gate, we witness the most chaotic scene in Kathmandu. That area just outside Airport Gate should be well managed as well. First impression is very important.
f) NRN has added new trolleys which are good.
जोड दिनै पर्ने कुरा हो “customer service, customer service, customer service”. Immigration मा बस्ने कर्मचारीलाई मात्र हैन, एरपोर्टमा काम गर्ने सबै कर्मचारीलाई राम्रो customer service को training दिइनु पर्छ. कर्मचारीको attitude र तरिका हेर्दा तरकारी बजार आए जस्तो लाग्छ. कोहि कोहि कर्मचारी राम्रा पनि छन् तर राम्रा कर्मचारी निकै कम छन्.
अर्को जोड दिनु पर्ने कुरा हो attention to detail. स-साना कुराहरुमा सुधार ल्याइनु पर्छ.
सबै ठाउँ मा CCTV मात्र राख्न दे मरी जाऊ…… एरपोर्ट भन्ने बितिकै सब dollar र गोल्ड झर्ने ठाउँ सोच छन् .. के भन्ने??? देसको प्रतिष्ठा त कता हो कता …
नेपालमा आन्तरिक उड़ान र अवतरण सानों हवाई जहाज़ प्रयोग दशकों देखि छ । मेरो बिचारमा अझ केही दशक धेरै जसो सानो हवाई जहाज़ नै प्रयोगमा रहने छ ।
तसर्थ हालको बिमानस्थलको पुर्व पट्टी सानों जहाज़को आन्तरिक उडानकोलागी धावनमार्ग बनाउन सक्ने अवस्था मैले पाएको छु । उतर वा दक्षिण तिरबाट घुमाएर आन्तरिक उड़ानका बिमानहरु ट्याक्सीवे मार्फत यात्रु र सामान ओसार पसार अहिले झै गर्ने । यसले गर्दा अन्तरराष्ट्रीय उड़ानहरुलाई उडान गर्न र हाल पश्चिम दक्षिण तर्फको बिस्तारले निकै क्षमता बढाउन सकिन्छ ।
नयॉ बिमानस्थलकोलागी दीर्घकालीन निर्माणमा खरबौ रुपैया खर्च गर्नुको सट्टा केही अरब रुपैया र छोटो समयमा मौजुदा बिमानस्थलको सदुपयोगिता निकै बढ़ने छ । बिश्वका धेरै बिमानस्थलहरुको क्षेत्रफल त्रिभुवन अन्तरराष्ट्रीय बिमानस्थल भन्दा सानों भएपनि डिजाईनमा सुधार गरी क्षमता बढाईएको कैयौ उदाहरणहरु छन् ।
काठमान्डो उपत्यकामा हिमपात नहुने भएकोले ठाउहरुको अत्यधिक उपयोगिता छ । साथै पश्चिम पट्टीको भिरालो जग्गामा अन्डर ग्राउण्ड, बिचको र माथिल्लो स्थलहरुको बिकाश गरी दशकौ सम्म लाभ लिन सकिने स्पष्ट छ ।
अन्य सुविधाहरु बढाउनु पर्ने संसदीय समितिको उपयुक्त देखेको छु ।
डा. सुरज श्रेष्ठ
प्राकृतिक श्रोत तथा भू-उपयोग बिज्ञ
नेपालगंज
Sufficient public washrooms/toilets paying type in domestic and international is essential in new improvement program of TIA
It says free telephone calls from a LANDLINE phone set inside the airport. However, it does not work. It should be in working condition or better not to put the phone set only.
डोमेस्टिक टर्मिनलतर्फको पास सिस्टम हटाउनु पर्यो l जसलेगर्दा अन्तरिक वायुसेवा कम्पनिहरुको मनोमानी रोक्न सकियोस l
हाम्रो सुझाब न सरकार ले सुन्छ , न राम्रो सुझाब ति पर्खेरै बसेका छन् |
पैसा काँ बात झर्छ ? डलर काँ छ ? त्यो चै तिनीहरुको चासो को बिसय हो |
विमानस्थल भित्र सबै निकायमा कुकार्य गर्नेको राज चल्छ/ इमान्दार कर्मचारीलाई निरह बनाईन्छ/ साँच्चै भन्ने हो भने बेईमानी गर्नेको सिन्डिकेटले कब्जा गरेको छ बिमान स्थल/ त्यो सिन्डिकेट तोड्न नसकुन्जेल त्यहा जस्तो सुकै नियम बने पनि केहि पनि सुधार हुँदैन/