Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आज पनि एक जनाको मृत्यु, दिनदिनै मान्छे मर्ने क्रम जारी

Posted on August 25, 2015August 25, 2015 by Salokya

संविधानको मस्यौदा र सीमाङ्कनको विरोधमा भइरहेको आन्दोलनका दिनदिनै मान्छे मर्ने क्रम जारी छ। हिजो एसएसपीसहित ७ सुरक्षाकर्मी मारिए। आज रौतहटको गौरमा एक प्रदर्शनकारीको मृत्यु भएको छ। दङ्गाग्रस्त क्षेत्र भनी माइकिङ गरिरहेको बेला प्रहरीमाथि ढुंगामुढा भएपछि चलेको गोलीका क्रममा २४ वर्षीय राजकिशोर ठाकुरलाई गोली लागेको थियो। घाइते अवस्थाका उनको मृत्यु उपचारका क्रममा भएको हो। अरु कहाँ कहाँ के के भइरहेका छन् आज? हेर्नुस् म्याप।





6 thoughts on “आज पनि एक जनाको मृत्यु, दिनदिनै मान्छे मर्ने क्रम जारी”

  1. Kirav Thapa says:
    August 26, 2015 at 3:55 pm

    यस्तो उग्र आन्दोलन भए पछि एक जना मर्नु त सामान्य हाे । शान्तिपूर्ण आन्दोलन भए पाे केही हुदैन ।

    Reply
  2. BistaSR says:
    August 26, 2015 at 6:15 am

    सबै अदूरदशी नेता हरु को परिणाम हो ! अब कोइ आकाश वा अन्तरिक्ष बाट आएर बन्दैन देश..यिनै हरु ले परिस्थिति बुझेर सक्दो चाडो समाधान गर्नु जरुरि छ !!!

    Reply
  3. dave says:
    August 26, 2015 at 12:08 am

    यो सबै हत्या को जिम्मेवारी… अहिले भएका तमाम नेता हरु ले लिनु पर्छ.
    देश भरि भुकम्प को त्राश भैराखेको बेला किन यिनीहरुलाई यस्तो अपरिपक्व संबिधान सार्वजनिक गर्नु परेको ???

    यत्रो वर्ष कुरेका सोझा साझा जनतालाई थोरै समय पनि शोक मा बस्न नदिई किन हतार मा जथाभाबी संबिधान जारी गरि जनता लै भद्काए..
    यो सबै यी नेता हरु आफ्नो असक्चामता ( भुकम्प को बेला देखाएको नालायकी पन ) ढाकछोप गर्न गरेको निर्णय ( फेरि अर्को गल्ति ) थियो.. जुन जनता आफैले ले भोगिरहेका छन्..
    चाहे पोलिचे होस् चाहे जनता .. सबै नेपाली आम का सन्तान हुन्. चाहे बाहुन चाहे नेवार चाहे थारु चाहे मधेसी चाहे लिम्बु चाहे गुरुङ सबै केवल नेपाली हुन्.. हिजो थारु लै पुलिस ले मर्दा पनि सर नेपाली दुखि थिए र आज पुलिस मर्दा पनि सारा नेपाली दुखि छन्…

    खुसि छन् त केवल,, तत्कालिन नेताहरु.. जसको रणनीति सफल भएको छ.. जनता को दिमाग लै उनीहरु को निकम्मा पन बाट अर्को बिषय मा व्यष्ट राख्न सफल भएको मा..

    तर जति गरे पनि हामी सम्पूर्ण जनता हरु एक जुट छौ ,र हुनेछौ.

    Reply
  4. बिराज says:
    August 25, 2015 at 9:32 pm

    सलोक्य जी,

    तपाइलाइ थाहा छ हाम्रो देश कता तिर जदै छ?

    Reply
  5. Bimal Kirati says:
    August 25, 2015 at 7:14 pm

    जुन घटना घटेको छ कैलाली र रौतहटमा त्यसलाई अति गम्भीर रुपमा लिनपर्ने हुन्छ| यसलाई सय्यम, धैर्य्य र दिर्घगामी योजना अनि नेपाली मनले व्यवस्थापन गर्न पर्छ|
    पचास लाख दिन्छु भन्ने उक्साहट र भड्किलो घोषणा दिनेलाई तु कारवाही गर्न पर्छ| कोहि माईका लाल छन् भने सर्बोच्चमा उजुरी दिन पर्छ|
    कैले ६ प्रदेश र कैले ७ भन्दै हेरफेर गर्न सकिन्छ भन्ने नेताहरुको भनाईले पनि विसंगतिको लक्षण देखाएर उक्साउन मद्दत गरेको हो|
    जनतालाई संघीयता भनेको के हो भनेर बुझाउन छैन खालि आफ्नै ढोलाकी बजाउनेहरुलाई पनि सचेत गराईन पर्छ|
    सोधासाझा थारुहरुलाई कसले कसरि र किन उक्साहट गरे? त्यो पनि हेर्नपर्छ| प्रहरीका हाकिमहरुलाई पनि किन समयमा स्थितिको जायजा गरेर सहि ढंगमा परिचालन गरेनन बुझेर कारवाही गरिन पर्छ|
    जे होस्, ओली प्रधान मन्त्रि हुने अब कुरै आएन|

    Reply
  6. ekraj says:
    August 25, 2015 at 6:05 pm

    As long as Nepal’s dirty political game is played by corrupts, criminals, opportunists, thugs, vested interest groups; these sort of riots and law and orderless situation will continue.
    The net result is either innocent public or govenment and security hunch men will have to face the fate of such anarchy.
    All these incidents indicates that there is no responsible Government in Nepal. Bunch of thugs, corrupts and criminals are not worth ruling a country.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme