Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संविधान आउनुअघि अप्रिय खबर : कैलालीमा अञ्चल प्रहरी प्रमुखसहित सुरक्षाकर्मी मारिए

Posted on August 24, 2015August 24, 2015 by Salokya

unnamed संविधान आउनुअघि निकै अप्रिय खबर आएको छ। विगत केही दिनदेखि भइरहेको घटनालाई उचित सम्बोधन बेलैमा नगरेपछि अकल्पनीय घटना भएको छ। अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेलाई नै प्रदर्शनकारीले भाला घोचेर मारेको दुःखलाग्दो घटना सुन्नुपर्‍यो। प्रहरी निरीक्षक र जवानहरुमध्ये कसैलाई जिउँदै जलाइयो, कसैलाई क्षत विक्षत पारियो भन्ने खबर स्वयं गृहमन्त्री वामदेव गौतमले संसदमा सुनाए। ‘देशका अरु ठाउँमा के हुने हो थाहा छैन’ संसदमा यसो भन्दै उनी आफै लाचार देखिए। नेपाल टेलिभिजनको साँझ ६ बजेको समाचार अनुसार कम्तिमा १७ प्रहरी मारिएको भनिए पनि पछि सात जना प्रहरी र एक दुई वर्षीय बालकको मृत्यु भएको पुष्टि भएको कैलाली प्रजिअ राजकुमार श्रेष्ठले बताएका छन्।



कैलाली कञ्चनपुरतिरमात्र होइन थारु बाहुल्य क्षेत्रमा साउन २३ गतेदेखि नै अनिश्चितकालीन आन्दोलन हुँदै आएका हुन्। त्यसलाई सम्बोधन गर्ने होइन, भड्काउने काम गरियो। मधेसकेन्द्रित दलका नेताहरु उत्तेजक भाषण गर्न गए थारुहरुको सभामा। अखण्ड पक्षधरका पक्षमा देउवाले कैलालीको एक इञ्च भूमि पनि दिन्नौँ भनेको भन्दै भड्काउ प्रचार गरियो। कर्णालीलाई अलग्ग प्रदेश घोषणा गरे पनि थारुहरुलाई बेवास्ता गरियो। उनीहरुलाई वार्ताको आह्वानसम्म गरिएन। सबैलाई मिलाउनु पर्नेमा चार दललाई तीन दलमा सीमित हुने गरी नयाँ खाका कोरियो। प्रधानमन्त्रीले गम्भीर परिस्थितमा गर्नुपर्ने देशवासीका नाममा सन्देश समेत हिजो इमेलमा पठाएर झारा टारे। अनि त्यसै पनि आक्रोशित थारुहरुलाई भड्काउन घुसपैठियाहरु पनि किन कम हुन्थे।

सीमाङ्कन बिनाको संविधान जारी गरेर एक हदसम्म यो परिस्थितिलाई केही समय पर सार्न सकिन्थ्यो। तर जटिल हुने सीमाङ्कन बिना संविधान जारी गर्न नहुने भन्दै रोकियो। कुनै निश्चित आधार तयार नगरी हचुवाका भरमा कहिले ८,कहिले ६ अनि कहिले ७ प्रदेशमा दलहरुले हचुवा सहमति गर्दै गरे।

केही अघिको प्राकृतिक प्रकोपमा ज्यान जोखिममा राखेर राहत र उद्धार कार्यमा खटिने प्रहरीमाथि हिंसात्मक आक्रमण र हत्याको खबरले कसलाई विचलित बनाउँदैन होला? ती प्रहरी उनीहरुका दुश्मन थिएनन्। उनीहरु त शान्ति सुरक्षा बहाल गर्न खटिएका कर्मचारी थिए। उनीहरुको कुनै दोष थिएन।

त्यसो त सर्वसाधारणहरु पनि बित्थामा ज्यान गुमाइरहेका छन्। अहिले आवश्यकता छ संयमको। विचारशील नेतृत्वको।

अहिले सरकारले सेना परिचालन गर्ने निर्णय गरिसक्यो। सेना परिचालनका नाममा निहत्था निर्दोषलाई सताउने काम भए द्वन्द्वकालकै जस्तो स्थिति निम्त्याउन सक्छ। अर्को विद्रोह जन्माउने वातावरण तयार गर्न सक्छ। त्यसैले सुरक्षा निकायदेखि सर्वसाधारणसम्म र हामी सबैले पनि संयम अपनाउन जरुरी छ।



30 thoughts on “संविधान आउनुअघि अप्रिय खबर : कैलालीमा अञ्चल प्रहरी प्रमुखसहित सुरक्षाकर्मी मारिए”

  1. john gauchan says:
    August 27, 2015 at 1:38 pm

    नेपाल गृहयुद्ध मा होमिइ सक्यो अब बदला बदला खेल हुन्छ , संघियताको फल राम्रो फल्दैछ , पाके पछि बेहोश भै सुघ्न बाध्य हुन्छन , तर पहिला यो फल नेताहरु
    लाइ खुवाउनु पर्छ , तेस पछि अरुलाई >>>

    Reply
  2. MADAN BAJRACHARYA says:
    August 26, 2015 at 9:45 pm

    जातको नाममा राज्य खोज्नेमा अराजकताको हद समेत पार गर्नेमा मधेशबादी नेताहरुनै पर्छ/ उनीहरु तराइलाइ तराइ समेत भन्दैन मध्यदेस भन्छन/ तराइ मानव बस्तीको निमित अनुपयुक्त हुँदा तराइमा बसोबास गर्ने आदिबाशिमा प्रमुख जाति त् थारुनै हो/ थारु सब्द तारको अर्थ समतल भुमि भयकोले तराइको नामाकरण थारु भाषा बाटै बनेको देखिन्छ/ आफुलाई मधेसी भन्नेको पुर्खाले नेपाल र अंग्रेज बीच युद्ध हुँदा नेपाल सिट गद्दारी गरेर अंग्रेजलाई सघायको थियो/ आफुलाई मधेसी भन्नेहरु सन् १९५६मा तराइलाइ नेपाल बात अलग्यायर “मध्यदेस” बनाउने भनेर अभियान चलाउने रघुनाथ ठाकुरलाई महान तथा प्रथम सहिद मान्छन/ तर थारु जातिले नेपाल सिट कहिले गद्दारी गरेको छैन र तराइलाइ मध्य देस र आफुलाई मधेसी पनि मान्दैन/ आफु जस्तै नेपाल बिखन्डन बादी बन्न नमानेको थारु लगायत तराइमा बसोबास गर्ने अन्य जनजाति सिट मधेसिनेताहरु रिसायको थियो/ फकायर तर्सायर पनि थारुलाई मधेसी हौँ भनाउन असफल भय पछि
    आफु जस्तै थारुलाई बद्नाम गराउन मधेसी घुसपैथियाले यो घटना गरायको हुन् सक्छ/

    Reply
  3. लोर्के says:
    August 25, 2015 at 11:57 am

    सबै नेता को एउटै बोलि ; घुसपैठ भयो साला घुसपैठ कसले कहाँ कसरि गर्यो भन्न सक्छ ?
    कांग्रेस एमाले माओबादि मधेसी जसको आन्दोलन भयो र मान्छे मर्यो आन्दोलन को नेता लाइ बाल छैन घुसपैठ भयो भन्यो सकियो / आन्दोलन को जिम्मा लिन सकिन्न भिड लाइ सम्हाल्न सकिन्न भने किन नेता हुनु किन आन्दोलन गर्नु ?
    रामजनम चौधरी को अन्तर्वार्ता मैले नि हेरे जति प्रस्न सोधे नि एउतै उत्तर घुसपैठ भयो हाम्रो आन्दोलन तुहाउने षड्यन्त्र हो यो / जिम्मेबारी लिनु हुन्छ भन्दा जालेमाले कुरो / अब भोलि रामजनम चौधरी को घर मा चोरी भयो डकैति भयो भने पुलिस को मा जाने कि नजाने ? पुलिस ले किन सहयोग गर्ने येस्ता नेता माथि जो केहि कुरा को जिम्मा लिन नै चाहदैन ?
    २ वर्ष को बच्चा पनि घुसपैठिया निस्कियो साला यो देश मा ? मान्छे जिउदै जलाउने दानब पैदा गर्ने येस्ता नेता लाइ तुरुन्तै कारबाही गरिनु पर्छ / पुलिस ले फाएर गर्यो अनि भिड अनियन्त्रित भयो भनेर दिउसै रात पार्ने ? पुलिस ले दनादन फाएर खोलेको भए पुलिस मर्छ कि आन्दोलनकारी मर्छ ?
    थारु मान्छे हो कि दानब हो ? सोझो छन् भन्दै मा जे पायो तेही गराउने? सोझा साझा थारु लाइ अपराधि बनाउने अमरेस सिंह , गच्छेदार र रामजनम चौधरी हरु हुन् / यिनी हरु लाइ कतिबेला नेपाल लाइ भारत मा मिलाउ भन्ने भएको छ / लाटो ले पनि थाहा पाइसक्यो तर बिचार मधेसी र थारु ले किन नबुझेको हो ? जुनसुकै आन्दोलन लाइ हेरे हुञ्छ नेता लाइ केहि भएको छैन / तेत्रो युद्द लड्दा पनि प्रचण्ड बाबुराम र तिनीहरुका सन्तान लाइ केहि भएको थिएन केवल सोझा नेपालि मरेका हुन् र अहिले सोझा थारु र मधेसी लाइ मारेर उनीहरुको लास माथि चढेर मुख्य मन्त्रि हुने र अन्तत भारत मा मिसाउने षड्यन्त्र हो / बेलै मा बुझौ मधेसी तथा थारु दाजु भाई हो / यिनका पछि नलागौ / एउटा कुरा के बुझौ भने थारुवान पाइहलियेछ भने पनि बास्तबिक थारु ले पाउने केहि हैन यिनै रामजनम , अमरेस र गच्छेदार का आउरेबाउरे ले पाउने हुन् / पाउने भए माओबादि को सरकार हुदा बास्तबिक माओबादि ले के पाए ? एमाले कांग्रेस को सरकार हुदा जनता ले के पाए ? तपाइँ हाम्रो ज्यान माथि खेलवाड गर्दै छन् यिनी हरु / अधिकार त चाहिन्छ तर पैला आफ्नो शिप क्ष्यमता बढाउने माग गरौ / आज एक जना चौधरी नै डिआइजि छन् उनि ले मागेर पाएको पद हैन त्यो / प्रधान न्यायाधिस मधेसी छन् , रास्ट्रपति छन् मागेर पाएको हन उनीहरु ले छ्यमता ले पाएका हुन् / एस्लाई अपबाद को रुप मा मात्र नहेरौ / राज्य संग शिक्ष्या , स्वास्थ्य बाटो बिद्युत मागु तेस्को लागि आन्दोलन गरौ /
    गरेको छ आज सम्म कसैले बिजुली चाहियो स्कुल चाहियो भनेर आन्दोलन ? तेस्तो आन्दोलन ले नेता को राजनीति चम्किदैन तेसैले एस्तो आन्दोलन हुदै हुदैन / मेरो कुरा राम्रो नलाग्न सक्छ राम्रो लाग्नु पर्चा भन्ने पनि छैन तर सोचौ /

    लोर्के

    Reply
  4. Bidur says:
    August 25, 2015 at 11:41 am

    लाटो थारु अनि मदेशी भनेर हेप्ने अनि अहिले उनीहरु जागेको अवस्त मा देश द्रोही भनेर सराप्ने …
    हामी सबै दोषी छौ .
    जब सम्म पूर्व देखि पश्चिम सम्म का सारा नेपाली ले मन देखि आफु नेपाली भएको आभाष गर्दैनन् तब सम्म देश मा आगो बलि रहन्छ …

    काठमाडौँ मा बस्ने मात्र नेपाली होइनन .. सबै लाई चेतना भय…

    Reply
  5. Binayak says:
    August 25, 2015 at 8:48 am

    The people who have done this crime have to be identified and punished for the murder that they have committed. May the souls of our security force brothers rest in peace. I hope the government will do something for their family members.

    @BS: It’s pretty easy to blame India for all the shit that happens in our country. It’s an age-old practice! It’s as if we are sitting on a gold mine and India wants it desperately… get real dude! They are much bigger than us and much powerful than us (this is the reality!)…. and remember who came first to help us during earthquake… it was them.

    We are in this state because of our mentality and our so called intellectual vision. More than politicians, I blame our society because all politicians come from our society. They are not hired from outside Nepal. We as a civil society failed ourselves. We are not able to bring out leaders with vision for the country. I agree that it would be a disaster if we start dividing our country based on ethnic groups. I have always liked our old 5 development regions model. Most regions comprise from mountains, to hills, to plains. Why not make them states, and decentralize the power.

    Reply
  6. Rajaram says:
    August 25, 2015 at 6:52 am

    के पी ओली र शेर बहादुर देउबा ले यो घटना को जिम्मेवारी लिनु पर्छ. अखंडे र सुर्खेती ले एकदिने आन्दोलन गर्दा छुट्टै प्रदेश पाउने , बिचरा थारु हरु ले आफ्नो थात थलो को प्रदेश माग्दा किन नपाउने? कैलाली कंचनपुर देउबा र भिमे रावल को बपौति हो? अखंडे ले प्रदेश माग्दा रास्ट्र प्रेमी , थारु ले प्रदेश माग्दा सामाजिक सद्वाव को कुरा गर्ने??

    Reply
  7. Damoder Chand says:
    August 25, 2015 at 4:37 am

    first of all RIP to Laxman Neupane and Team,
    just want, culprit should be punished

    मैले पहिले पनि कमेन्ट गरेको थिया ,
    थारु र पहाडेलाई , एकापासमा भिड़ाउन खोजिअको छ ,
    sadly तेस्तै भयो
    या त संघियतामा जानै भएन , होइन भने थारुलाई bypass नगरियोस

    फाइदा त बिहारीलाई मात्र हुन्छ

    किनकि सच्चाई नै वार-पार जातीय युद्ध भयो भने (जुन नहोस )
    कैलाई (६० %), कंचनपुर (80०%) बर्दिया (६०%) पहाडे छन् ,
    जन-गदनामा , थारुलाई एकमुस्ट गन्ने, तर पहाडे लाई castewise
    ie cheetri , Damai, Bahun, Thakuri etc
    हुनाले मात्रै थारुको बाहुल्य भनिया को हो,
    कंचनपुरमा त , छेत्री एक्लै नै थारुभन्दा बेसी छन्
    भोलि थारुले जस्तै , पहाडेहरु पनि घर-घरबाट खुकुरी र तलवार लिएर निस्के भने के हुन्छ???
    (दुख क साथ भन्नु पर्दा टो अवस्था अयेसकेको छ, कसैले पहाडे चुप लगेर बस्चन भन्ने नसोचे पनि हुन्छ , कम्तिमा पनि कर्णाली पारी )
    कर्णाली पारीबाट थारूले भाग्नु पर्ने दिन नाऔलन भन्न सकिन्न ?
    किनकि majority rule , when ethnic crisis happen,
    doesn’t matter who is the indoginious

    थारूहरुलाई आफनै भाई जस्तो मनिअको पनि हो ,
    उनीहरु प्रति sympathetic पनि थियौ ,
    तर भारु र दारु को पछि लगेर, बिहारीको फेर समौदै हिद्चन भने हाम्रो भन्नु केहि छैन

    यो काण्डले , थारूलाई , बिहारीहरु भन्दा अलग ठान्ने , र सद्भाव राख्ने
    म जस्ताको मन भाचीअको छ

    तेसैले भाई फुटे , गवार लुते नहोस

    जय नेपाल

    Reply
  8. Shankar says:
    August 25, 2015 at 2:51 am

    अब यहा छेउ राम्रो अनुसासन न भएको( सबै जान्ने सुन्ने नेता ) सुरक्ष्या कर्मी हरु मातिएर कारबाहीमा जाँदा सर्ब साधारण मारिने डर छ |किनभने प्रतिसोध निश्चित छ |

    Reply
  9. Ram says:
    August 25, 2015 at 1:49 am

    किन हामी लाई प्रदेश चाहियको हो? यो न आउदै त यस्तो दुख सास्ती र ज्यान गुमाउनु परिरहेकोछ। आयो भने के चाल होला? देश प्रदेश हरू मा बिभाजन भयर आऐ पछी कतै हामी सबै प्रदेशी हुनूपर्ने त हैन! किन कसैले पनि यो प्रदेश चाहीदैन न भनेकोहोला। के यसमा सम्पुर्ण नेपालीको सोवार्थ लुकेको छ?

    Reply
  10. Krishna Lamsal says:
    August 25, 2015 at 12:23 am

    यो घटना अति दुखद हो , यसले अब का दिन मा देश लाइ कता तिर लैजान्छ , केहि भन्न सकिन्न … तर यो घटना यत्तिकै आज को भोलि नै घटन पुगेको भने होइन .. एउटा लामो श्रीन्खला बद्ध design. को प्रारुप हो , दुख पुर्बक भन्नु पर्दा नेपालि नेपालि लड्ने र मर्ने दिन हरुको सुरवात पनि हो , यसको सुरुवात चाहि कथित माओबादि नक्कली जनयुद्ध र बार बुंदे सहमति बाट सुरु हुन्छ . भारत को एउटा कम्जोर रात्रबादी सक्ति बिना को अस्थिर नेपाल बनाइ राख्ने चाहना र पश्चिमा हरुको grand. design. हुनत बाहिर बाट हेर्दा Denmark, Norway, ब्रिटेन जस्ता आफै राजतन्त्रात्मक मुलुक ले किन नेपाल मा राजा फाल्न लगाए होला जस्तो dekhinchh, तर कारण हरु निम्न छन्:
    राजतन्त्र किन फालियो: भारत को नेपाल को रास्त्रबादी सक्ति लाइ निमिट्यान्न पार्ने योजना र पश्चिमा को नेपाल लाइ धर्म निरापेक्छ्या भनाउने योजना
    धर्म निरापेक्छ्य बनाउदा के हुन्छ: नेपाल लाइ ख्रिस्तानी करण गर्न सजिलो हुन्छ
    ख्रिसानी करण गर्दा के हुन्छ: यसमा गोरा हरुको व्यक्तिगत मनोभावना ले पनि काम गरेको हुन सक्छ (बाइबल भन्छ जिन्दगि मा जति सकिन्छ आफु भेडा गोठालो (shepherd) भनेर भेडा हरु लाइ पाप बाट मुक्ति दिलाउ ). तर आधिकारिक धारणा चाहि के हो भने नेपाल लाइ आफ्नो client.State. (दाश रास्ट्र) बनाउने अनि चिन को तिब्बत Pradesh को अस्थिरता लाइ नेपालि भुमि प्रयोग गरेर अझ अस्तिर बनाउदै अन्त मा चिन लै नै पुर्व सोभियत संघ बनाइ दिने
    पश्चिमा हरु आज भोलि कक्टेल पार्टी हरु मा गिलाश दोक्कौदै मजाक गर्दा हुन् , “कसता कस्ता कठिन परिस्थि लाइ त आफ्नो बश मा परियो … नेपाल was simply a piece of cake”.
    जेहोस् , भिर बाट लड्न लागेको गोरु लाइ राम राम भन्न मात्रै सकिन्छ

    Reply
  11. Ramesh says:
    August 24, 2015 at 11:53 pm

    दुखलाग्दो घटना !

    Reply
  12. BS says:
    August 24, 2015 at 11:48 pm

    My deep condolence for those who lost their life and prayers with their families. In fact, we can envision that India is provoking regional leaders to manipulate the issue of federalism. It is impossible to divide the country into states by the ethinic groups. If we give a state for Tharus today, Maithilis will also demonstrate in streets for another (Maithili) state. This issue will go on as Chakrabyuha and the leaders have been entangled in this the spider’s web. India wants to weaken the country and take advantage out of this. The leaders without vision agreed on federalism without enough homework and now they are trapped. If they want to settle the issue the leaders can propose to transform 5 regions into 5 states and go for referendum for the proposal. The leaders do not have right to decide on controversial issues without the votes of citizens. Or forget about federalism and run the country as it is (which is divided in 5 regions) by providing special incentives for ethnic groups, Dalits, Madhesis, Muslims etc.

    Reply
  13. Dinesh chhetri says:
    August 24, 2015 at 11:14 pm

    संघियेताको मुद्दा अब नेपाली को हातबाट फुत्किएर भारतीय को हातमा गैसकेको परिणाम हो यो !!! कथित म-देशी नेता भन्ने भारतीय दलाल हरुले यसरीनै पहाडिया हरुलाई तराईबाट लाखात्न , हत्या गर्न र तुक्यायेरा बंगलादेश जस्तो बनाउन अस्ति भक्कर खुल्लम खुल्ला थारु हरुलाई भद्कायेका थिए !!!!! आज परिणाम देखियो !!! देशद्रोही भारतीय बिहारी आतंककारी , बिखण्डनकारी अनि जातिय उग्रबादी हरुलाई फासी दे !!!!

    जय नेपाल, जय नेपाली

    Reply
  14. bibek dhakal says:
    August 24, 2015 at 11:04 pm

    कैलाली मा जे घटना घट्यो त्यो अत्यन्तै दुखद हो तर त्यो बाहानामा सेना परिचानालन गरेर माओवादी द्वन्दको बेला जस्तो पुर्जी बिना पक्राउ गर्ने आदेश, सिधै गोलि ठोक्ने आदेश, आदि असिमित अधिकार दीयो भने त्यसको परिणाम सुखद नहोला. होला, पक्कै पनि आन्दोलन मा घुसपैठ भयो होला र त्यो आततायी काम गर्ने घुसपैठिया हुन सक्लान तर त्यो आन्दोलन गर्नेहरु कम्तिमा ८० प्रतिशत त थारुहरु नै होलान नि. ज्यानको पर्वाह नगरिकन आन्दोलनमा कोहि यसै होमिन्नन. माग कति जायज होला कति नाजायज होला, कति व्यहवारिक होला कति अव्यहवारिक होला तर एउटा उल्लेख्य संख्या भएको सम्प्रदाय नै उल्टेर आउने भएपछी तेस्लाई दमन गर्न खोज्नु मेरो बिचारमा राम्रो नहोला. कमसेकम सरकारले वार्तामा बोलाउन सक्छ. मागलाई सम्बोधन गर्छु भन्न सक्छ.पछिल्ला बर्सहरुमा दमन गरेर दबाइएको संघर्सका उदाहरण कमै छन्. त्यसैले असन्तुष्ट पक्षलाइ सकेसम्म मिलाएर जाने तर्फ़ ध्यान जोस, जबर्जस्ति गरेर हैन.

    Reply
  15. MADAN BAJRACHARYA says:
    August 24, 2015 at 10:21 pm

    नेपालको शान्ति खोसियो; दोषीको?
    अपराध गर्नेलेनै शान्ति खोस्द्छ/ अपराधीलाई नियन्त्रणमा लिने दाईत्व प्रहरीको हो/ तर के नेपालको प्रहरीहरु अपराधीलाई नियन्त्रणमा लिन सक्छ; सक्दैन किन? अचेल सदन देखि सडक सम्म यो मेरो नेपाल हामि नेपाली भन्ने नागरिकको प्रतिनिधिको सरकारको त् मात्र देखाउनको निमित चलेकोछ बास्तविक राज त् गुण्डा र अपराधीकै चलेको छ/ यस्तो किन भयो; के गुण्डा अपराधि आफै बलियो भयर हो बा कसैले तिनीहरुलाई “अभय बरदान” दियर हो?

    अपराधीलाई चिमोटे अपराधीले होइन अपराधीलाई अभय बरदान दिने ठुलाहरूले “अय्या” भन्छन/ अपराधीलाई चिमोटे अय्या भन्ने ठुलाहरू अपराधीलाई कारवाही गर्ने कुरामा बाधा गर्छन/ कुनै पनि प्रकारको अपराधले नागरिकको नागरिक हतियार छिन्छ/ तापनि कथित नागरिक अधिकार कर्मीहरु चुप नै बस्छन/ सबै अपराधीहरु हतियार बोक्छन तापनि हतियार बोक्ने अपराधीलाई नियन्त्रण गर्ने जिम्मेवारी पायको प्रहरीलाई मात्र लठ्ठी बोक्न सक्ने बनाउञ्छन/ त् देसमा गुण्डा राज चल्नु थियो चले केको आस्चर्य?

    नागरिकको जिउ धन र देसको संबिधान र कानुन रछ्या गर्ने जिम्मेवारी पायको निकाय नै नागरिकहरुको निमित देसमा सरकार भयको अनुभूति दिलाउने संस्था हो/ यो निकाय लाइ हतियार बोक्ने गुण्डाको अगाडी बिना हतियार उभिन र मारिनु पर्ने गरि असहाय बनाउनु नै लोकतन्त्र र देसको अखंद्ता को बिरुद्ध भैरहेको षड्यन्त्रको प्रमाण हो/

    निर्दोष नागरिकलाई सताउने, हुलमुल गरेर फलाना र ढिस्का को धाक धक्कु देखायर आफ्नो स्वार्थ पुरा गर्न बन्द हड्ताल गर्ने तोडफोड गर्ने अपराधीलाइ प्रहरीले समाई सके पछि अदालतले नै निर्णय गर्ने ब्यबस्था हुनु पर्छ/ प्रहरीको अगाडी प्रहरीलाई नै हतियार ताक्ने अपराधीलाई घुंडा मुनि होइन छातीमै गोलि ठोक्न पाउने हुनु पर्छ/ यति भयमा मात्रै देस भित्रको र पारि बात आयको अपराधीहरु नियन्त्रण गर्न सकिन्छ नेपालको राजनीतिलाई अपराधको प्रदुषण बात मुक्त गर्न सकिन्छ/

    Reply
  16. shyam pandey says:
    August 24, 2015 at 9:21 pm

    यस्तो घटनाको वीरलाई पो शहीद घोषणा गर्नुपर्ने! कुन नेता भनाउदो कुकुरले एस.पी.को लागि आन्दोलन गर्दो रहेछ?

    Reply
  17. Gaurab Nepali says:
    August 24, 2015 at 9:17 pm

    काईते नेताहरुको अदुरदर्शिताको प्रतिफल
    दक्छिन को दोहोरो भूमिका
    रास्ट्रपति प्रधानमन्त्री मुख्य मन्त्रि बन्ने भुत सवार ये ग्रेडका लै मात्र होइन सी ग्रेडका लै पनि
    प्रदेश नै नबन्दा त नाकाबन्दी प्रदेश बन्दा दोहोरो नाकाबन्दी
    देश बनौ (उ बाटो जा) नेपाली जनताले कांगेस एमाले लै दुई तिहाही दिए तर प्रदेश ( कु बाटो ) बनौन तिर लागे पछि यसको पूर्ण जिम्वेवार कांग्रेस एमाले ले लिनु पर्छ !
    अब एमाले प्रदेश होइन देश बनाउने तिर लाग

    Reply
  18. Prem gautam says:
    August 24, 2015 at 9:11 pm

    अब बामदेवले राजीनामा दिए आन्दोलनलाई केहि हाद सम्म भए पनि साम्य पार्न मदत पुरौछ .

    Reply
  19. Bishnu says:
    August 24, 2015 at 9:00 pm

    सोझा साझा नेपाली जनतालाई आफु आफुमा लडाई गराउने, देशमा असान्ती फैलाउने बाताबरध सिर्जना गराउने नेताहरु देखि नेपाली जनताहरु सचेत हुनु पर्ने अवस्था छ !
    नेताहरु , जनतामा सुनको लड्डुको आशा देखाउन बन्द गर ! हार्दिक सर्धान्जली , नेपाली पुलिसहरुमा , नेपाली जनताहरुमा .. अब नेताहरुलाई सर्धान्जली दिन पाईयोस !!!

    Reply
  20. Arjun Maharjan says:
    August 24, 2015 at 8:25 pm

    यो सम्बोधनको २ः४५ मा भनेको दक्षिणतिरबाट मानिसहरु भन्नाके के भनेको, यदि ईण्डियन हरु भन्न खोजेको हो भने के हेरेर बसेको मकै भुटेजस्तो गोलीले भटे भईहाल्यो नि

    Reply
    1. Sam says:
      August 24, 2015 at 10:50 pm

      नवलपरासी को भित्रि गाऊ हरु मा पनि करिब ५००० छिरेको कुरा स्थनिअ ले कुरा गर्दई थिए.
      कसरि भुट्ने. घर घर बाट एक जना नभए १००० रुपिया जरिवाना भनि जुलुस मा गाउले लै लगिए को छ .

      Reply
    2. bibek dhakal says:
      August 24, 2015 at 11:07 pm

      होला को पछाडी नालागम. र मकै भुटे जस्तो भुट्ने भन्या के ? आन्दोलनमा आउने जति सबैलाई भुट्ने?

      Reply
  21. ramesh lekhak says:
    August 24, 2015 at 8:20 pm

    येही ब्लगमा कुनै भड्काउने भासन छैन भनेर भने जस्तो लाग्थ्यो ,आज घटना भएपछि थाहा भयो तेस्तो भासन ले के गर्छ भनेर .

    Reply
  22. Rohini says:
    August 24, 2015 at 8:13 pm

    यो सार्है दुखदाई घटना हो | मृतक प्रहरीहरु प्रति हार्दिक श्रदान्जली |

    Reply
  23. bir nepali says:
    August 24, 2015 at 8:03 pm

    म मरे पनि मेरो देश बाँची रहोस.अखण्ड नेपाल,के तराई के पहाडी;हामी हौँ सबै नेपाली.ति देशका बहादुर सिपाही हरुलाई सत सत नमन,मृत आत्मा प्रति समबेदना प्रकट गर्दै देशलाई टुक्राउन खोज्नेहरुको कहिले भलो नहुने र ति जनताका भाला,खूड़ा र खुकुरी जसको आज घुस्पथय्या र अनेपाली तत्व बाट कुर्र प्रयोग भयो ,ति भाला अनि खुकुरी हरुले भोलि तिनका शिर छेदन गर्नमा कुनै संका छैन. सबै चोर नेताहरु अनि भ्रस्ट अनेपाली कुनेपाली घुस्पैठी जनताहरुलाई चेतना भया.

    Reply
  24. jmanrai says:
    August 24, 2015 at 7:12 pm

    गृहमन्त्री ले सेना परिचालन गर्नु भनेको आफ्नो खुट्टा मा आफैले बन्चरो हान्नु जस्तो हो।भोलि को दिन मा एस को परिणाम के हुन्छ र यो उग्र ले ककस्लाइ फाइदा बेफाइदा हुन्छ भन्ने कुरो बुज्न जरुली छ।।

    Reply
    1. bibek dhakal says:
      August 24, 2015 at 11:11 pm

      उसले आफ्नो खुट्टामा बन्चरो हानोस कि आफ्नो टाउकोमै हानोस तपाइँ हाम्लाई किन चिन्ता लिनु पर्छ र . चिन्ता त त्यो बन्चरो नेपालि को टाउकोमा पर्न सक्छ भन्ने हो – चाहे सुरक्षाकर्मी होस् वा आन्दोलनकारी.

      Reply
  25. khagendra psd sitoula says:
    August 24, 2015 at 6:40 pm

    Very sad news.We all should have patient.

    Reply
  26. suman says:
    August 24, 2015 at 6:25 pm

    यो सरकारले तु राजिनामा दिनु पर्छ अनि यो २-४ जना नेताको सेंदिगेट तु रोकिनु पर्छ | यी नेताहरुले राजनीतिक सन्यास लिनु पर्छ |

    Reply
  27. dor prasad says:
    August 24, 2015 at 6:22 pm

    अति दुखलाग्दो घटना ! यसको जिम्मा कसले लिने … आन्दोलनकारी मर्दा ५० लाख मोर्चा ले दिन्छ तर पुलिश को परिवार लै कसले हेर्न !!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme