Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रदेशको संख्या ठाउँ खाली राखी विरोध विज्ञप्ति

Posted on August 24, 2015August 24, 2015 by Salokya

pradesh गएको साता बुधबार सात प्रदेशको कुरा आएपछि प्रधानमन्त्री रिसाएर उठेर हिँडे। बिहीबार बैठकमै आएनन्। कांग्रेसका अरु नेताहरुले फकाएपछि शुक्रबार सात प्रदेशमा सहमति भयो। प्रमुख चार दलमध्ये एक फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार मानेनन्। उनले चार दलसँग नबसी आन्दोलनमा जाने बताए। आइतबारको संविधानसभाको बैठक पनि बहिस्कार गरे। शुक्रबारै गच्छदारको पत्रकार सम्मेलन भएको थियो। जसमा बाँडिएको प्रेस विज्ञप्ति गजबको थियो। त्यसमा अरु सबै चिज टाइप गरिएका थिए। प्रदेशको संख्या भने खाली राखिएको थियो। दुई ठाउँमा प्रदेशको संख्या भनी खाली राखिएको ठाउँमा हातैले ‘सात प्रदेश’ भनी लेखिएको थियो। अरु खाली ठाउँ भने भर्न बिर्सिएको थियो। विज्ञप्तिसमेत प्रदेशको संख्या खाली राख्नुपर्ने गरी बनाउनु पर्ने भएपछि बुझ्नुस् न प्रदेशको संख्या कति हचुवा पाराले डिजाइन हुँदै रहेछ। हेर्नुस् विज्ञप्ति।

pradesh

पूरा विज्ञप्ति हेर्नुस्-

Untitled-1

Untitled-2

Untitled-3




Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme