Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आज समाधिस्थ गरिएका स्वामी प्रपन्नाचार्यले आफ्नो पुस्तकमा येशु हिन्दु हुनसक्ने यी प्रमाण दिएका थिए

Posted on August 21, 2015August 21, 2015 by Salokya

unnamed (1) डा. स्वामी प्रपन्नाचार्यलाई शुक्रबार समाधिस्थ गरियो। उनको निधन शुक्रबारै बिहान साढे तीन बजे भएको थियो। ३० वर्षको उमेरमा बल्ल कखग पढ्न सुरु गरेका राई परिवारमा जन्मिएका उनले बनारस संस्कृत विश्वविद्यालयबाट वेदशास्त्रमा आचार्य र विद्यावारिधि गरेका थिए। उनको चर्चित पुस्तक ‘वेदमा के छ?’ मा एउटा च्याप्टर छ- ‘के ईसा पनि हिन्दू नै थिए?’ त्यसमा उनले क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्ट हिन्दु हुनसक्ने र उनी नेपाल पनि आएको प्रमाण दिएका छन्। उनले पुस्तकमा गरेका तर्कहरु यस्ता छन्-

१) कहाँ बित्यो ईसाको १८ वर्ष?
ईसाभन्दा पहिले मूसाले चलाएको यहूदी धर्म मानिन्थ्यो। त्यसलाई आज पनि ओल्ड टेस्टामेन्ट अर्थात् पुरानो धर्मशास्त्र भन्छन् र ईसाबाट चलेको धर्मशास्त्रलाई न्यु टेस्टामेन्ट अर्थात् नयाँ धर्मशास्त्र भन्छदछन् तर ईसा मसिहहरुको बारेमा उनको १८ वर्षको जीवनीका सम्बन्धमा इसाई पादरीहरुसँग सोद्धा बोल्न सक्दैनन् कोनि किन हो।

veda
२) ईसाले १८ वर्ष भारतको जम्बुद्विपमा बिताएका थिए
महात्मा इसाको १८ वर्षको जीवन कहाँ बित्यो? त्यस सम्बन्धमा खोज गर्ने रुसी विद्वान डा निकोलस नोटोविचको शोधप्रबन्धलाई अगाडि सार्न सजिलोसँग सकिन्छ। महात्मा ईसा पहिले एमडी साधु थिए। आजभन्दा दुई हजार वर्ष पहिले युरोपको कुनै एक प्रान्तमा एमडी नाम गरेको ठाउँमा एस्सेन पन्थका मान्छे रहन्थे। त्यहाँबाट हिँडेर भारतमा आइपुगी आफ्नो जीवनको १८ वर्ष भारतखण्डको जम्बुद्विपमा बिताए। डा नोटोविचले ४० वर्षसम्म खोज गर्दै तिब्बतको हिमोस बौद्ध लामाहरुको गुम्बा मन्दिरमा पुगी पत्ता लगाए। त्यहाँका लामाहरुले ताडपत्र, भोजपत्र आदिमा लेखिएको ईसाको जीवनचरित्रको सामग्री दिए। यतिमात्र हैन अपितु स्वयं ईसाले लेखेको प्रकरण पनि त्यहीँ छ अरे। जसमा भारत भ्रमण गरेको १८ वर्षको यात्रावर्णन आफै ईसाले गरेको छ। हिमोस गुम्बामा यो बौद्ध मन्दिरको १४ प्रकरणको २४४ श्लोकमा भएको वर्णन अनुसार ईसा सिन्धुप्रदेशबाट आर्यावर्त पुगीकन केही दिन बौद्ध भएर जगन्नाथपुरी पुगे। अनि ब्राह्मणहरुसँग सनातन वैदिक धर्मको दीक्षा लिएर वेदशास्त्रहरुको अध्ययन ईसाले गरेका थिए। राजगिरी, काशी आदि तीर्थ भ्रमण पनि साधु महात्माहरुको सँगमा गरे। अनि बौद्ध विहारमा छ वर्षसम्म बसेर बौद्ध दीक्षा लिइसकेपछि नेपालको बाटो भएर तिब्बत गए। बौद्ध धर्मसँग मेल खाने अद्भूत समताले गर्दा स्मिथ, विन्टरनीज, इलियट तथा अनेक अरु पनि विद्वानहरुले यो तथ्यलाई स्वीकार गरेका छन्।

३) हिन्दु परिवारमा ईसाको जन्म
बङ्गविच्छेद आन्दोलनकारी श्री बाबा सावरकरले ख्रिस्ट परिचय ग्रन्थमा यो सिद्ध गर्नुभयो कि हजरत ईसाको जन्म भारतको हिन्दू परिवारमा भएको हो। बाबा सावरकरको युक्तिलाई हटाउन कुनै पादरीले सकेनन् र अन्तमा उपेक्षाभावमा रहन थाले। मेजर विल्फोर्डको पनि यस सम्बन्धमा गतिलो शोधखोज छ। डा बुकानिनले पनि आफ्नो विचार ईसाको सम्बन्धमा प्रस्तुत गरेको देखिन्छ। फिलस्मिथको ध्यान पनि ईसाको १८ वर्षको जीवन कहाँ बित्यो होला भन्ने चर्चामा जाँदा उसै ठाउँमा पुग्यो। फ्रान्सिसी यात्री क्वेक्वनियरले पनि ईसाको १८ वर्षको शोधखोज गरेर राम्ररी टुङ्गो लगाएको छ। भारतमा पादरी भएर बस्ने पादरी गोपालाचार्यले पनि राम्ररी निधीखुदी गरी सावरकरसँग मेल गर्न पुगेका छन्। हिन्दू परिवारमा ईसाले जन्म लिने सम्बन्धमा यस प्रकारले धेरै आधुनिक पाश्चात्य पौरस्त्य विद्वानहरुको एकै मतो देखिन्छ।

४) ईसाकी आमा साडी, गुन्युँमा
ईसा हिन्दु हो भन्नुमा कतिपय प्रमाण यी पनि छन्- फ्लोरेन्समा ईसाकी आमा मेरियमको मूर्ति राखिएको छ। मेक्समिलन गिर्जाघरमा पनि त्यही मूर्ति राखिएको छ। मूर्ति निश्चित नै मेरियमकै हो। तर ती ईसाकी आमा मेरियमको मूर्ति दुवै गिर्जाघरमा हिन्दू रानी, महारानी जस्ति साडी गुन्युँ लगाएको छ। अनि मस्तकमा हिन्दुहरुले लाउने कुमकुमको टीका लगाएको छ।

५) जनै लगाएका ईसा
त्यस्तै प्रकारले ईसाको पनि ठाउँ ठाउँमा चित्र तथा मूर्तिहरु राखिएका छन्। म्युनिकको चित्रघरमा टाँगिएको चित्रमा ईसा सन्यासी महात्माको वेशमा छ। अनि मस्तकमा तिलक पनि लगाएको छ। फ्लोरेन्सको मूर्तिमा ईसाले यज्ञोपवित जनै धारण गरेको छ। यस सम्बन्धमा गङ्गाशङ्कर एमएको भक्ति भी विदेशियोँ के देन भक्ति अङ्क कल्याण गोरखपुरबाट प्रकाशित र डा नोटोविच र माथि लेखिएका सबै विद्वानहरुका ग्रन्थ मननयोग्य छन्। ईसाको एउटा चित्र रोमको पोप धर्मगुरुको भ्याटिकन राजमहलमा पनि छ। त्यस चित्रमा ईसाको मस्तकमा टुप्पी र धोती लगाएको साधु वेशमा छ।

६) कास्मिरमा ईसाको समाधि
मौलामा मुहमद अलीले कुरानको अङ्ग्रेजी अनुवादको भूमिकामा लेखेको छ कि सूलीमा चढाइकन बचाएर भारतमा आएपछि काश्मिरमा योगसमाधिमा शरीर छुटेको हो। फिलिस्तिनलाई छाडेर ईसा जुन बाटो भारतमा पसे त्यसको वर्णन अहमद कादियानीले जिसस इन इन्डिया अर्थात् ईसा भारतमेँ भन्ने पुस्तकमा प्रष्ट गरेको छ। एक प्रमाण अरु छ। त्यो यो छ कि काश्मिरमा आज पनि ईसाको समाधि विद्यमान छ। काश्मिरको साधारण जनजीवनमा पनि थाहा छ कि यो ईसाको समाधि हो। यतिमात्रै होइन उनको धर्म पनि युरोपमा प्रचार हुनुभन्दा पहिले दक्षिण भारतमा प्रचार भएको हो। यो कुरा त ईसाईहरुलाई पनि मान्य नै छ। महात्मा ईसा दुई फेर भारतमा आएको प्रमाण पाइन्छ। यो कुरालाई प्रसिद्ध चित्रकार निकोलस रोरिकले पनि १९२९ मा प्रकाशित आर्ट अफ रसिया भन्ने पुस्तकमा पनि काश्मीर लद्दाख भारत आदि इसाले घुमेको चर्चा गरेको छ। कति भाषा वैज्ञानिकहरुले काश्मिरी गुज्जर र हिब्रु भाषाको साम्यबाट पनि ईसा काश्मिरमा बसी समाधि अवस्थामा प्राण छाडेको सिद्ध हुन्छ भनेका छन्। हिब्रु हिन्दू आर्यहरुको पुरानै हाँगा हो।

७) ईसाले पढेका थिए वैदिक धर्मशास्त्र
ईसाई पादरीहरुलाई ईसाको पढाइ लेखाइ शिक्षा दीक्षासम्बन्धी १८ वर्षसम्मको उत्तर नपाएर लाटिएर बस्नु या उपेक्षा गर्नु साह्रै गाह्रो कुरा छ। त्यति वर्षसम्म ईसा कहाँ थिए? त्यसका सम्बन्धमा एक अरु झोँकी रिसर्च गर्ने विद्वानको कुरालाई पनि मनन् गर्नुहोस्। डाक्टर स्पेन्सरले १९२९ मा मिस्ट्रिकल लाइफ अफ जिसस नामक पुस्तक प्रकाशित गरे। त्यो पुस्‍तकमा उनले लेखे कि ईसा फिलिस्तिनमा सूलीमा मरेनन्। ईसा त आफ्नो आयु ६०-७० वर्ष पूरा गरेर स्वर्गवासी भए। उसै पुस्तकको पृ २८९ मा लेखे कि ईसा १३ वर्षदेखि ३० वर्षसम्म धार्मिक शिक्षा लिनका लागि हिन्दू सन्यासी भएर काशी जगन्नाथ विहार नालन्दा आदिमा वैदिक धर्मशास्त्र पढ्दै थिए। यसै प्रकारले मृत्युको बारेमा पनि मुसलमानहरुको धार्मिक ग्रन्थ कुरानमा सुरतेँ निशा पारा भन्ने प्रकरणमा ६-१५७ मा सूलीमा ईसा मरेनन् र अरु ठाउँमा भागेर गए भन्ने कुरा लेखिएको पाइन्छ। जे होस् विश्वका ८० करोड ईसाईहरुकव धर्माचार्यमाथि लेखिएका प्रमाणहरुबाट उनी हिन्दू नै सिद्ध भएको देखिन्छ र अवश्य नै भारत आएको पनि उनै प्रमाणहरुले सिद्ध छ। अनि जीवनको महत्त्वपूर्ण १८ वर्षसम्म ईसा कहाँ थिए? यस प्रश्नको उत्तर ईसाई पादरीहरुसँग नहुनुले पनि यसै कुरालाई सिद्ध गर्छ।

८) ईसा नेपाल आएका थिए?
त्यतिखेर विश्वविख्यात बौद्ध धर्मको केन्द्र अनि विश्वविद्यालय पनि विहारमा थिए। अनि त्यतिखेर इरान, अरब, मिश्र ग्रीक जापान आदिबाट विद्या आर्जनका लागि विहार विश्वविद्यालयमा छात्रहरु आउँथे। त्यसो हुँदा ईसाले पनि भारतमा नआउने कुनै कारण देखिँदैन। निश्चितै आए होला र त बौद्ध धर्मको प्रस्ट छाप पाइन्छ। जे होस् कुम्भकर्ण गौरीशङ्कर माउन्ट एभरेस्टको दर्शन तिब्बत जाँदा अवश्य नै गरे होला। नेपालको बाटो जाँदा लुम्बिनी कपिलवस्तु आदि हुँदै तिब्बतको छेउमा पर्ने नेपालको शिरमुकुट कुम्भकर्णसँग ईसाको साक्षात्कार हुनु स्वभाविकै हो। बौद्ध धर्मसँग प्रभावित ईसाले कोशीमा गीता पढेर सारनाथ कपिलवस्तु लुम्बिनी आदि बुद्धतीर्थहरुमा जानु केही आश्चर्यको कुरा होइन।

माथिका सबै बुँदा स्वामी प्रपन्नाचार्यको वेदमा के छ? पुस्तकमा रहेको ‘के ईसा पनि हिन्दू नै थिए?’ च्याप्टरबाट साभार गरिएका हुन्। यो च्याप्टरको पूर्ण पाठ यहाँ पढ्न सकिन्छ।




18 thoughts on “आज समाधिस्थ गरिएका स्वामी प्रपन्नाचार्यले आफ्नो पुस्तकमा येशु हिन्दु हुनसक्ने यी प्रमाण दिएका थिए”

  1. बशन्त राज says:
    August 23, 2015 at 9:07 pm

    नया जोगीले खरानी धेरै घस्स्दछ / नया घडी, नया मोबाईल, नया लुगा, नया भटभाटे, नया कुरा जेपनि सुरु सुरुमा खुबै प्यारा लाग्ने हुन्छ / आझ नया धर्म लीनेले त नया धर्मको मूल ग्रन्थ नै उसले मात्र पढेको बुझेको अनि लेखेको जस्तो गरी कुरा गर्छ / अरुले लगाएको अर्थ उसले बुझेको जस्तो भएन भने बिबाध झगडा पनि गर्न आउछ / तेसैले कुरो बुज्नु अनि घरतिर कुदनु अनि आफ्नो पहिचान अनि सस्क्रीतीको बाचाउ गर्नु /

    Reply
  2. सहवीर says:
    August 23, 2015 at 7:02 pm

    गुरुहरु अरुको धर्मको बारेमा त्यति बोल्दैनन् | धर्म सेन्सेटिभ बिषय हो | सम्बन्ध बिनाकै कुरो निकालेर एशु हिन्दू थिए भन्नु यी प्रपन्नाचार्यको गल्ति हो | यो मेरोसंसारले यस्तो प्रसंग यहाँ नल्याउनु पर्ने | यसरी त सामाजिक सदभाब खलबलिन्छ |

    Reply
  3. bibek dhakal says:
    August 23, 2015 at 4:58 pm

    बुद्धलाई विष्णुको नवौं अवतर भनेर तर्क गर्नेहरुको लागि यो तर्क ठिक छ…

    Reply
  4. लोर्के says:
    August 23, 2015 at 11:49 am

    जसले जे भने पनि सबै भन्दा पुरानो हिन्दु धर्म हो / यो दुनिया मा जो अलि बाठो छ उसैले नया धर्म ल्याउछ / हिजो आज साइबाबा, गुरु जी महाराज, राधे राधे इत्यादि को प्रयास पनि तेही हो / यो समाज मा पनि केहि छुट्टै गरौ भन्ने भाव भएका मनुवा हरु छन् जो आफ्नो धर्म छाडेर अर्को तिर लाग्छन / साला आमा को लाम्टो चुसेर पुगेन बाउ को घुडो चुस्ने भने जस्तो आफ्नो धर्म ले केहि दिएन भनेर अर्काको धर्म मा लाग्ने? इसाई हुने अनि दशैँ तिहार भाई टिका मान्ने ? इसाई हुने अनि दुख पर्दा हे भगवान हे राम भन्ने ? मम्मी ड्याडी भन्ने ले लड्दा ऐया आमा भने जस्तै हुन् / यी सब धर्म परिवर्तन गर्ने फटाहा हुन्/ नत्र नेपाल मा जन्मिदै इसाई भएर जन्मिने को छन् ह गोरा हरु बाहेक ? आज टोल टोल मा चर्च छ कहा बाट आयो पैसा ? आज देश धर्म निरपेक्छ्य चाहियो रे किन चाहियो ? गाइ काट्न लाइ ? भोलि गोरा ले पशुपति मा येसु को मुर्ति फोटो राख भन्ला रे राख्ने ? नर्वे को राजा हुन लुथेरान हुनै पर्छ किन हिन्दु राजा हुन नपाउने ? या त्यो देख को राजा ले धर्म परिवर्तन गरेमा राजा हुन पाउदैन / उनीहरु ले चै जे गर्दा नि हुने हाम्रो मा चै हामीले भनेको नहुने ?
    मन मा धेरै कुरा छ ब्यक्त गर्न अलि समय मिलेन

    लोर्के

    Reply
  5. MADAN BAJRACHARYA says:
    August 23, 2015 at 8:48 am

    यसु हिन्दु थिय भने यसुको धर्म मान्ने क्रिस्चियनलाइ हिन्दुले किन अछुत मान्छन र कुनै हिन्दु क्रिस्चियन बनेमा किन बिरोध गर्छन?

    Reply
  6. raj babu says:
    August 23, 2015 at 7:29 am

    कोइराला जी,तिमि किन हो रिसाएको ? सत्य कुरा अरुले जाने भने christian हुदैनन् कि भन्ने डर छ ? तिमीले येशु लाई माने पनि हामि राम भक्त लाइ केहि टाउको दुखाइ छैन किनकि तिमीले आखिर मा भगवान कृष्ण लाई नै मानेका हुन्छौ, तिम्रा परमेश्वोर ले पनि भगवान कृष्ण कै बोलि ( भगवद गीता ) बाट inspire भएका हुन, येशुले मान्ने पनि भगवान कृष्ण लाइ नै हो , त्यसैले त येशुले पनि स्वर्गबाट बाबुले पठाउनु भएको भनेका छन् , के सोच्छौ हजारौं बर्ष देखिको तपस्या र विश्वास तिमीलाई मिथ्या लाग्यो, धेरै पहिलेका कुरामा विश्वास नलाग्ने ढोंग गरौला तर स्वर्ग द्वारी प्रोभुको बारेमा सुन,देवघाट गलेश्वोर प्रभुको बारेमा सुन,गलेश्वोर म्याग्दी को बारेमा पढेर हेर, इंडिया अयोध्या मा राम जन्मभूमि को सबै प्रमाण लाई मेटाउन बाबरी मस्जिद बनेपनि इंडिया supreme court को फैसला पछि बाबरी मस्जिद destroy गरेर फेरि राम मन्दिर बनेको कुरा सुन,अरु धेरै प्रमाण छन् ,तिम्रा बाजेबराजु ले पनि भगवान कृष्ण लाई सम्झेर गए,तिमि किन पोइला जान खोज्दैछौ,ktm बाट नेपालगंज जानू छ त सिधै नेपालगंज लाई टिकट काट किन बीच बीच मा झर्दै चड्दै गर्छौ?

    Reply
  7. Rohini says:
    August 23, 2015 at 5:11 am

    सालोक्य जी
    तपाइलाई धेरै धेरै धन्यवाद यो लेखका लागि | स्वामी प्रपन्नाचार्य वेदान्ताचार्य को रुपमा हामी माझ सधै बचिरहनु हुनेछ |

    Reply
    1. Govind P Subedi says:
      August 30, 2015 at 12:46 pm

      यो कुरा म सहमत छुइन मित्र, किन कि हामी 25th December राम्रै गरि मान्छौ, अनि हामी भजन म पनि सामेल हुन्छु तर ईशाई हरुले हामीले दिएको खाने कुरा खादैनन्. झन् प्रसाद भनेर दियो भने त फालिने दिन्छन.

      Reply
  8. Amrit Koirala says:
    August 22, 2015 at 12:18 pm

    सालोक्य जी….. तपाई त सार्है बुद्धिमत्ता भएका लेख हरु लेख्नु हुन्छ त.. आज के भयो ? जब जब इसाई धर्म क कुरा हुन्छन तब तब तपाई सधै नै यसको बिरोध मा हुनुहुन्छ. धर्म निर्पेक्ष्य भनेर त धेरै भन्नु हुन्छ तर तपाई को झुकाव छैन हिन्दु धर्म तिर नै छ. र तेती मात्र न भएर तपाई मन मा सार्है न इसाई बिरोधि भएको पनि मलाई आभास हुन्छ. आफ्नो मन लाई एस्सो kottyanus है. र येदि सार्है नै सत्यता को खोज गर्दै हुनुहुन्छ भने बाइबल पढी हाल्नुस न. अनि पो दुवै तिर को तुलना बिद्धिमानी को साथ गर्नु सक्नु हुन्छ. साधु ले के लेखे के लेखे. हरेक धर्म को साधु ले आफ्नो धर्म को नै वकालत गर्छन. तपाई त साधु हैन नि. तपाई त एउटा बिद्धिजिवी पत्रकार. बुद्धि जीवि पत्रकार जस्तो लेख लेख्नु ल.

    Reply
    1. Salokya says:
      August 22, 2015 at 5:57 pm

      यो मैले लेख्या हैन हजुर, स्वामी प्रपन्नाचार्यले लेखेको जस्ताको तस्तै राखेको हो। आज उनको निधनको भएको अवसरमा। बिनसित्ति के मसित रिसाउनु भएको?

      Reply
      1. Ashish says:
        August 22, 2015 at 10:54 pm

        “निधन भएको अवसर ” कसैको निधन पनि अवसर हुन्छ सालोक्य जी?? शब्द छनौट अलिक मिलेन कि??

        Reply
        1. Salokya says:
          August 22, 2015 at 11:53 pm

          अवसरको अर्थ समय हो। निधन समय हुन सक्दैन र ?

          Reply
    2. samrat~ says:
      August 24, 2015 at 5:08 am

      यहा डलर मा बिकेको भर्खर भर्खरै धर्म परिबर्तन गर्ने हरु आफु ले आफु लाइ दुइ तिन बर्स माइ इशाइजम मा PHD नै गरे जस्तो भान गर्ने हरु लाइ म के भन्न चाहान्छु भने राम्रो संग पढ्नुस , यो सलोक्ये ले लेखेको लेख हैन , तेती पनि कुरा न बुझ्ने ले बाइबल कसरि बुझ्लान, ए बाब्बा !!

      Reply
    3. Guru Koirala says:
      August 24, 2015 at 5:52 am

      अमृत जी, एकपटक फर्केर हेर्नुस, कहिलेबाट इसाई बन्नु भो किन बन्नु भो मनन गर्नुस !

      Reply
      1. Amrit Koirala says:
        August 25, 2015 at 12:32 pm

        गुरु.. म बि स . २०५५ म ख्रिस्तियन भए र किन भए भने मैले येशु ख्रिस्ट भन्दा अरु कुनै लै भंग्वन भन्नु सकिन. सब भगवान ले तिमि ले आफ्नो मुक्ति आफ्नै कम र कर्म बाट कमाउनु पर्चा भने तर येशु ख्रिस्ट ले चाही तिमि ले आफ्नो मुक्ति कहिलै कमाउनु सक्दैनौ भन्नु भो. तेसै कारण वहाले मेरो र तपाइको मुक्ति र उद्धार को लागि आफ्नो जीवन नै बलिदमं गर्नु भयो. अरु ले माग्छन येशु ख्रिस्ट ले उल्टो दिनी हुन्छ, अनन्त जीवन. मलाई न त कसैले dollar दिए न त कसैले जबर्जस्ति गरे. मैले आफ्नी पढाई पनि आँफै संघर्ष ले गरें. सानै म आमा बाउ ले एक्लै छोडेका हुन् मलाई. येदि dollar पौने नै भए मैले किन संघर्ष गर्नु पर्थ्यो र आफ्नो अद्ध्यन को लागि?
        mail me if you want to know more.
        [email protected]

        Reply
  9. Shankar says:
    August 22, 2015 at 3:45 am

    खैरे ले पनि मान्न पर्यो नि ? गुरुजीले त् भन्दिए |

    तेसो त् येसो बिचार गर्दा र पढ्दा मुहम्मद आउनु पुर्ब मानिस हरु मुर्ति पुजा गर्थे भनिएको छ ,
    येसैले हाल को मिडल इस्ट , पाकिस्थान , अफगानिस्तान , इरान सब हिन्दु रहेको पुस्टि हुन्छ |
    के मुसलमान हरु यो कुरा मान्न तयार छन् ?

    Reply
    1. Ram Raj says:
      August 22, 2015 at 12:15 pm

      यो कुरा BBC Documentary मा पनि देखाइएको छ |यो के तर्क मात्र पनि हुन सक्छ || इसाई तथा मुस्लिम हरु ले मानुन या नामानुस कुनै अर्थ रहदैन || गुरु ले समेत ठोकुवा गरेर भनेका थिएनन् तर प्रबल सम्भाबना देखाएका थिए |

      Reply
      1. suresh says:
        August 23, 2015 at 9:59 pm

        डलरमा बिक्ने नेपाली converted धार्मिक बेश्या हौर्लाई धेरैनै टाउको दुख्ने गर्छ हाम्रो सस्कारमा के छ के छैन यीनी हौर्लाई चासो हुन्छा तर मरे को लास पुजना छोद्दैना

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme