Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फिल्मी शैलीको फेक इन्काउन्टरमा मारिए घैँटे

Posted on August 20, 2015August 21, 2015 by Salokya

ghaite
प्रत्यक्षदर्शीहरुको भनाई र प्रहरीको अपत्यारिलो घटना विवरणले प्रष्टै पार्छ- यो एउटा फेक इन्काउन्टर थियो। हिन्दी फिल्महरुमा हुन्छ नि, त्यस्तै। हुनत सोझो हिसाबमा यी गुन्डा नाइके कुमार घैँटेलाई पक्रन सजिलो पनि थिएन। पक्रे पनि छुटिहाल्थ्यो। पहिले पहिले जस्तै। अझ पछिल्लो समयमा त प्रधानमन्त्री सुशील कोइरालाले नै भूकम्पप्रभावित ठाउँमा राहतका लागि पठाउने टोलीका सहसंयोजकका रुपमा विदाइ गरिएका व्यक्ति थिए घैँटे। तर पाप धुरीबाट करायो हेर्नुस्। कतिको ढाड भाँचेका थिए, कतिलाई धम्क्याएका थिए। कुकुरको मृत्यु मर्नुपर्‍यो। घैँटे जस्तालाई राजनीतिक संरक्षण दिएर थप घैँटे र चरीहरु जन्माउनेहरुको पापको घैँटो चाहिँ कहिले भरिने हो कुन्नि।

Kumar_ghaite (16)
यो हो कुमार घैँटे बस्ने घर। एमाले कार्यकर्ता दिनेश अधिकारी ‘चरी’ लाई प्रहरीले एक वर्षअघि भीमढुङ्गाको सुनसान ठाउँमा इन्काउन्टर गरेको थियो। तर यस पटक कांग्रेस कार्यकर्ता घैँटेलाई प्रहरीले घरै अगाडि पो इन्काउन्टर गरिदियो। प्रहरीको विवरण पत्याउने हो भने पनि भाग्दै आएका घैँटे त्यहाँबाट अगाडि भाग्ने ठाउँ नै नभएका ठाउँमा किन पो जान्थे होलान् र।

Kumar_ghaite (5)
त्यो ढलेको स्कुटर देखिन्छ नि, त्यसैमा चढेका रहेछन् घैँटे। घर अगाडिको खाली जग्गामा स्कुटर पार्क गर्दैगर्दा गोली चलेको भन्छन् प्रत्यक्षदर्शी। तर प्रहरी भन्छ- पल्सर मोटरसाइकल र स्कुटरमा सात आठ जना अस्वभाविक गतिमा शंकास्पद रुपमा कुदे। ड्युटीमा रहेको प्रहरीले चेकजाँचका लागि रोक्दा पनि भागे। पिछा गर्दा ४/५ जनाले मोटरसाइकल रोकी पेस्तोल निकाली प्रहरीतर्फ नै फायर गरे। केहीले इँटाढुंगाले समेत हाने। अनि प्रहरीले गोली हान्दा तीन जना घाइते भए।

प्रत्यक्षदर्शीका अनुसार सादा पोशाकका मान्छेले गोली चलाएका हुन्। आफ्नो टोलमा कुन चैँ गुन्डा समूह आएर आक्रमण गर्‍यो भन्ठानेर बचाउन गएका एकै घरका दाजुभाइ घैँटेका छिमेकीलाई प्रहरीले खुट्टामा गोली हानेर घाइते बनाएको छ। उनीहरुको टिचिङ अस्पतालमा उपचार भइरहेको छ। प्रत्यक्षदर्शीहरुका अनुसार त्यहाँ प्रहरीले सटर बन्द गर्न र झ्यालबाट नहेर्न समेत छिमेकीहरुलाई भनेका थर्काएका थिए। यस्तो अवस्थामा पनि एक जनाले झ्यालबाट लुकेर खिचेको भनिएको भिडियो युट्युबमा हेर्न सकिन्छ-

Kumar_ghaite (15)

Kumar_ghaite (14)
यो पेस्तोल घैँटेको भनिएको छ।

Kumar_ghaite (13)
घैँटेको हेल्मेट।

Kumar_ghaite (12)

Kumar_ghaite (11)

Kumar_ghaite (10)

Kumar_ghaite (9)

Kumar_ghaite (8)

Kumar_ghaite (7)

Kumar_ghaite (6)

Kumar_ghaite (5)

Kumar_ghaite (4)

Kumar_ghaite (3)

Kumar_ghaite (2)

Kumar_ghaite (1)

यस्तो छ प्रहरी विज्ञप्ति

कसरी भयो इन्काउन्टर?
11904006_688027081296780_8128680330721838057_n
यो फोटो हेर्नुस् त। धेरै अघिको होइन। भूकम्पपछि नेपाली कांग्रेसले भूकम्पप्रभावित ठाउँमा राहतका लागि खटाएको टोलीका सहसंयोजकका रुपमा बालुवाटारमा विदाइ गर्दाको फोटो हो यो। यसमा प्रधानमन्त्री सुशील कोइराला, शेरबहादुर देउवा अनि रामचन्द्र पौडेल पनि देखिन्छन्। नुवाकोटे कांग्रेसी नेताहरु अर्जुननरसिंह केसी र जगदीश्वरनरसिंह केसीको विशेष कृपा प्राप्त थियो उनलाई। घैंटेले गजुरमुखी निर्माण सेवा नामक कम्पनीलाई ठेक्का मिलाउन अन्य ठेकेदारहरुलाई धम्क्याउने गरेको उजुरी प्रहरीमा परेको छ। गजुरमुखी निर्माण सेवामा कांग्रेस नेता जगदीश्वरनरसिंह केसी लगायतको स्वामित्वमा छ। त्यसैले जसरी चरीको मृत्युपछि राजेन्द्र पान्डे आक्रोशित भएका थिए घैँटेको मृत्युपछि जगदीश्वरनरसि‌ंह केसी आक्रोशित भए।

चरीको इन्काउन्टरपछि विदेश भागेका घैँटे भूकम्पपछि फर्किएका थिए। आफूलाई इन्काउन्टर गर्न खोजेको आभास उनले पहिले नै गरेका थिए। त्यसैले मानवअधिकार आयोगमा निवेदनसमेत दिएका थिए उनले। उनीविरुद्ध पछिल्लो समयमा कुनै उजुरी पनि थिएनन्। उनी भागेर हिँडेका पनि थिएनन्। लुकिछिपी पनि बसेका थिएनन्। किन फेक इन्काउन्टर गरियो त उनलाई? यो प्रश्नको जवाफ पाउन गाह्रो छ। अपराधको दुनियाँ हामीले सोचे जस्तो सोझो र सहज हुँदैन। के थाहा भित्रभित्रै उनलाई संरक्षण दिएर राख्ने कसैको केही स्वार्थ मिलेन कि?



29 thoughts on “फिल्मी शैलीको फेक इन्काउन्टरमा मारिए घैँटे”

  1. Bajra Kumar says:
    September 2, 2015 at 4:46 pm

    मानव अधिकार हनन भयो भनेर हिंडने नेताहरु ले कति को घुस खान भ्याओ होला त घेते जस्तो गुन्डालै समर्थन गर्ने नेताहरु , भारत ले जग्गा हडपदा चैचुन गर्न नसक्ने नेता वह कस्तो देश हाम्रो ?

    Reply
  2. Bekha Nepal says:
    August 22, 2015 at 9:17 pm

    Encounter may be justifiable but I read in Kantipur that few years ago this Ghaite has bitten up the SSP Sarbendra Khanal in Dilli Bazzar. What is true about it?

    Reply
  3. Neeta says:
    August 22, 2015 at 7:11 am

    Good Job !!

    Reply
  4. विजय says:
    August 22, 2015 at 5:03 am

    पटक पटक पक्रेर थुन्यो नेताको दवावमा छुट्छ । दुइचारवटै हत्या अभियोग, अवैध हतियारको अरोप लाग्दा समेत छुट्ने भएपछि नेताले पत्तै नपार्इ सुइंक्यादियो टन्टै साफ । नेता भुक्दै गर्छ पुलिसको काम तमाम । काइदा यो हो नी त । अव अरू डनहरूको पालो । बिचराहरू डरले कटुमा पी गर्दै होलान एउटा कुनातिर बसेर ।

    Reply
  5. Shankar says:
    August 21, 2015 at 8:59 pm

    मेन डन ( सम्रक्ष्याँन दिने व्यक्ति, नेता ) अझै जीवित छन् |
    ति जीवित रहेसम्म येस्ता घैटो , गाग्री , कसौडी मात्र के भोलि घ्याम्पे डन निस्किनेछ |

    Reply
  6. Sailesh says:
    August 21, 2015 at 6:42 pm

    अलि कति टेक्निकल गडबडी भएको कुरा चाहिं.. dead body को फोटो सबै प्रहरीले mobilele खिचेको सार्बजनिक भएको रहेछ..तर जिउँदो आवस्था मै अस्पताल पुर्याएको भन्ने बयान…..

    Reply
  7. Basu says:
    August 21, 2015 at 5:53 pm

    कारण र निहुँ जे सुकै होस्, एउटा फोहोर फालियो | यसमा नेपाल प्रहरीलाई धन्यवाद भन्नैपर्छ | यो इन्काउन्टर गर्दा आएको जस्तो आरोप आउँछ भन्ने प्रहरीलाइ अनुमान नभएको कहाँ होला र ? तर आँट गर्यो, फोहोर फाल्यो |

    Reply
  8. mahesh says:
    August 21, 2015 at 4:36 pm

    होइन कांग्रेसी हरु हो, सहिद घोसना गर्न पर्छ भनेर आन्दोलन गर, केन्द्रिय कार्यलय मा घैते को शालिक राख, मिल्छ भने केन्द्रिय कार्यलय लाइ कुमार घैते भवन भनेर नाम राख, मिले सम्म राजमार्ग वा कलेज को नाम घैते को नाम मा राख, घैते प्रतिस्ठान खोल र गगन, नर्सिङ्ग केसी , धनराज हरु लाइ तेस्को संग्रक्षक घोषणा गर, घैते को फोटो बिपी ,गणेशमान,गिरिजा, कृष्ण प्रसाद भट्टराई भन्दा माथि राख. गुण्ड नाइके शिव पौडेल त शहिद भयो भने घैते किन नहुने? को हुन् सरोज कोइराला, राम लक्ष्मन, दुर्गानन्द झा,ठगि दाहाल कुमार घैते को अगाडी?

    Reply
  9. mahesh says:
    August 21, 2015 at 4:30 pm

    यो जगदीश नरसिंह केसी भन्ने गोरु, नेता भनेको त कुमार घैते को PA रहेछ.कुमार ले कहाँ काम गर्छ, कति बजे सुत्दछ, कति बजे खाना खादै थियो भन्ने सबै जानकारी राख्दो रहेछ. अर्को धनराज भन्ने स्वाठ कुमार मारिएको मा आन्दोलन गर्ने रे! गुण्डा समतिदा कारबाही गर्न नदिने, पुलिस लाइ प्रेसर दिने, आहिले आएर कानुनि कारबाही गर्न पर्छः भन्ने! होइन खुब निष्ठा को कुरा गर्ने र इमान्दार को नाटक गर्ने गगन थापा खोइ? निष्ठा को नाटक गर्दा ससुराली खलक रिसाउछ भनेर चुप बसेको हो?

    Reply
  10. Ganesh Niraula says:
    August 21, 2015 at 4:16 pm

    Like Nunwa killed by Bachha Yadav in Bollywood Movie Gangajal.

    Reply
  11. Bishnu Pantha says:
    August 21, 2015 at 3:37 pm

    घैटो त फुट्यो तर जब सम्म घैटो बनाउने कुमाले जिवितै रहन्छन, एस्ता घैंटे कति बनौन्छां कति/ त्येसैले यो घैंटो बनाउने कुमलेलाई मार अनि मात्र परिबर्तन हुनेछ/

    Reply
  12. shyam says:
    August 21, 2015 at 12:58 pm

    The word ENCOUNTER does not fit well here. It should be rather PREEMPTIVE ATTACK which means attack and destroy prior when some one is going to be attacked.THERE ARE A LOT MORE SUCH DONS AROUND. THOSE ALSO SHOULD BE CLEARED GIVING SURPRISE GIFTS TO THEIR BOSSES ON THE POLITICAL ECHELONS. PREVIOUSLY, KP OLI AND HIS GANGSTERS CRIED FOULS WHEN DINESH CHARI WAS CLEARED NOW NC LEADERS DOING THE SAME. I PRAISE THE NEPAL POLICE PERSONNEL WHO ACTIVELY AND SMOOTHLY ACCOMPLISHED THEIR DUTIES.

    Reply
  13. Paru says:
    August 21, 2015 at 12:40 pm

    घाइते को बारे मा तारिफ गर्ने को मुख बाट एही सुन्न बाकि थियो “काँग्रेस सभासद बाट घाइते लाई शहिद घोषणा गर्न माग”
    हैन कति सम्म निच गिरेका..

    Reply
    1. Paru says:
      August 21, 2015 at 12:42 pm

      Ghaite भन्न खोजेको auto correct ले गर्दा घाइते भयेछ.

      Reply
  14. pesal says:
    August 21, 2015 at 12:39 pm

    जब पुलिस आफ्नो हदमा आउछ, जब पुलिस गुन्डा बन्छ अरु सब गुण्डाको यहि हाल हुन्छ सहि काम गर्यो पुलिसले येस्तै गर्नु पर्छ

    Reply
  15. Surya says:
    August 21, 2015 at 12:33 pm

    अब पालो कसको हो? चक्रे मिलन, गणेश लामा, अरु खै के खै के फ्यौरे गुन्डाहरु अझै बाँकि छन्. यिनीहरुलाई एक एक गरेर यसरीनै सिध्याउनु पर्छ. धर्तीका बोझहरु. इन्काउन्टर न सिङ्काउन्तेर, यिनीहरुलाई त लुकेर, फसाएर, झुक्काएर जसरि मारेपनि केहि फरक पर्दैन. सिर्फ सिध्याउनु पर्छ.

    Reply
  16. जीवन नेपाली says:
    August 21, 2015 at 10:35 am

    शायद यो कुरा भन्ने मा एक्लो मान्छे हुन्छु होला, तर यदि यसरि जवाफदेहिता बिना घर घर मा छिरेर मान्छे मार्दै हिड्ने हो भने कानुनी राज्य को उपहास भएन र ?
    प्रहरी र डन मा के फरक भयो र?
    हुन त पहिला पनि के नै फरक थियो र 🙂

    Reply
    1. sujan maharjan says:
      August 21, 2015 at 9:47 pm

      जब प्रहरीलाइ आफ्नो काम गर्न दिईदैन, तब प्रहरी पनि don बन्दै हिड्नु पर्ने रहेछ !!!

      Reply
      1. रमेश says:
        August 22, 2015 at 8:10 am

        तपाई एक दम सहि हुनु हुन्छ महोदय !तर खोइ कानुन सात सात वोटा ज्यान मुद्दा लागेको मान्छे जेल मा हुनु पर्ने होइन ? सर्बसाधारण भए जेलको हावा खाइरहेको अवस्था होइन ?उसको कर्म को फल नै यस्तो थियो . मेरो भनाइ संक्षेपमा कोदो रोपेर धान फल्दैन भन्नु मात्र हो , आ-आफ्नै सोचाइ न हो कि कसो मित्र ?

        Reply
      2. yan nara says:
        August 22, 2015 at 8:43 am

        if that is the case then why don’t they shoot the leader first? they are the one who control the police.

        Reply
    2. bibek dhakal says:
      August 22, 2015 at 2:22 pm

      तपाइँ एक्लो हैन, कांग्रेसका भरौटेहरु ( इस्पेसल्ली अर्जुन नर्सिङ्ग क पुच्छर हरुले ) सबले तेही भन्दैछन

      Reply
  17. bijay rai says:
    August 21, 2015 at 5:20 am

    बास्तव फिल्म को याद आयो ….. नेता को हरुवा चरुवा बनेर गुण्डागर्दी गर्ने को घैटो मा घाम लाग्छ कि ? प्रहरी ले पनि क गरोस र? कम हैरानी खेलाएको थियो र ? भए जति को रिस पोखेछन !

    Reply
  18. punya hawaii says:
    August 21, 2015 at 4:49 am

    अब केसी जस्ता दलका नेता र सभासदले नीर्दोश ब्यक्तिलाई पेलिसले मार्यो भनेर कतिदिन सदन अबरुद्ध गर्दा हुन।

    Reply
  19. arun gaacha says:
    August 21, 2015 at 4:04 am

    मा कसम अब देखि घर मा गुलेली समेत रख्दिन

    Reply
  20. mahesh says:
    August 21, 2015 at 1:39 am

    It is justified and it is only remarkable achievement of sushil koirala government.

    Reply
  21. Ranaji says:
    August 21, 2015 at 12:34 am

    weldone Nepal police

    Reply
  22. Jai says:
    August 21, 2015 at 12:21 am

    Thank You very much Nepal Police, much appreciated. I hope this is just a beginning.

    Reply
  23. Krishnaraj says:
    August 21, 2015 at 12:11 am

    Good job Nepal Police. Even if it was an encounter, you are justified. Now go after those who protect these dons. We all know it was KP Sharma Oli who was protecting Chari earlier. It was KP Sharma Oli who made a gang master Mahesh Basnet as Minister.
    Say big NO to Oli.
    Yasto maanchhe Prime Minister hune abmition raakhne? Kati padeka chhau bhanda ulto Gautam Buddhale kati padeka thiye bhaner sodhchhan. Jaau na tapasya garna…

    Reply
    1. Bajra Kumar says:
      August 21, 2015 at 8:26 pm

      घटे कांग्रेस को अबल नेता बन्ने भयो अब बिपी भन्दा माथिनै हुने भयो स्याबास कांग्रेस शहिद घोसना गर /

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme