Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अब फेरि यस्तो सात प्रदेशमा पो जाउँ रे

Posted on August 20, 2015August 20, 2015 by Salokya

7pradesh
गएको मंसिरमा कांग्रेस र एमालेले साझा अवधारणाका रुपमा यस्तो सात प्रदेशको प्रस्ताव गरेका थिए। बाबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनीतिक सहमति तथा संवाद समितिबाट यसलाई पास गरिनुपर्ने कांग्रेस र एमालेको अडान थियो। तर एमाओवादीले भने यसलाई हुँदै हुन्न भनेर अडान राखेको थियो। यो पास भएको भए माघ ८ मै संविधान आइसक्ने थियो। यो त पास हुनै सक्दैन, यसमा संघीयताको गन्ध छैन, पाँच विकासक्षेत्रलाई सात बनाए जस्तो तथा १४ अञ्चललाई ७ मा घटाएको जस्तो भएको भन्दै प्रचण्डले आलोचना गरेका थिए। त्यतिबेलाका समाचारहरु साक्षी छन्।

तर नेपाली राजनीतिको नाटक हेर्नुस् त, बुधबारको विशेष समिति बैठकमा उही एमाओवादीले त्यही सात प्रदेशमा जाउँ न त भनेर पो प्रस्ताव गरेछ। एमाले पनि मानेको, विजयकुमार गच्छदार पनि मानेको, कैलाली कञ्चनपुर नटुक्रने भएर देउवा पनि मानेको यो प्रस्तावमा आपत्ति चाहिँ कसलाई भएछ त ?

प्रधानमन्त्रीलाई रे। त्यतिबेला नै मलाई झुक्याएर साइन गराएको भन्दै प्रधानमन्त्री त फन्किएर बैठक छाडेर पो हिँडेछन्। ल भो अब। अब उनलाई भोलिसम्म मनाएर लगभग यस्तै प्रदेशमा पो सहमति होला कि जस्तो भएको छ।

भनेपछि एमाओवादी लत्रिएर पहिले संघीयताको गन्ध नभएको भन्ने प्रस्तावलाई आफैले प्रस्ताव गरेर पारित गराउने पो देखियो त। नेपाली राजनीतिको अनिश्चितता भनेको यही होला।

यो प्रस्तावमा विकास क्षेत्रलाई खासै चलाइएको छैन। पूर्वाञ्चलका दुई जिल्लाला मध्यमाञ्चलका तराईका जिल्लासँग जोडेर जनकपुर प्रदेश बनाइएको छ। त्यसैगरी कैलाली र कञ्चनपुरलाई छाडेर तलका बाँके वर्दिया दाङ कपिलवस्तु रुपन्देही अनि नवलपरासीको पश्चिम भागलाई जोडेर लुम्बिनी प्रदेश बनाइएको छ। बाँकी सब जिल्ला जस्ताको तस्तै छन्।

12 thoughts on “अब फेरि यस्तो सात प्रदेशमा पो जाउँ रे”

  1. dor Prasad says:
    August 20, 2015 at 8:15 pm

    अहेले को भन्दा राम्रो …. बर्दिया को बबई र कर्णाली नदि बीच (गुरालिया र राजापुर ) लै कर्णाली प्रदेश मा गाभ्ने हो भने कर्णाली प्रदेश ले पनि भारत छुन पाउँछ |

    Reply
  2. shurendra says:
    August 20, 2015 at 5:50 pm

    गरिबका छोरालाई डान बनायर गोलि हान्नु भन्दा .. गरिबका छोरालाई डान बनाउने मन्त्रीलाई गोलि हान्नु थियो .. के यो हिम्मत नेपाल पुलिसमा छ???? काडाको हागा होइन झारा काट्नु जरुरि छ ……

    Reply
  3. nisan says:
    August 20, 2015 at 4:53 pm

    येसरी तराई लै सानो प्रदेश दियो भने सम्झनुस पछि एस्तो सानो प्रदेश धेरै निस्कन्छ सरकार ……हिमाल देखि तराई सम्म को ठिक …५ बिकाश छेत्र लै नै बनौ प्रदेसः

    Reply
  4. krishna says:
    August 20, 2015 at 12:39 pm

    better solution!

    Reply
  5. Saru says:
    August 20, 2015 at 12:23 pm

    यो पनि कसै ले मान्दैन किनकि pandora box खोलेका छन् यी हाम्रा महान बुदधू नेता हरुले अब नेपाल मा यसो गरे पनि चित्त बुझ्दैन उसो गरे पनि चित्त बुझ्दैन किनकि यो संघियता नाम को कुरो नै नेपाली हरु को माग थिएन. बरु संघियता र धर्म securilism को बारेमा जना मत संग्रह गराउनु उपयुक्त होला. यहि नै एउटा उपाय हो जस्तो लाग्छ नत्र यी बेवकूफ हरु ले देश लै पुरै गृह युद्ध मा धकैल्च जस्तो छ.

    Reply
  6. devendra says:
    August 20, 2015 at 10:51 am

    मलाई मन पर्यो यो प्रदेशहरु तर कर्णाली प्रदेश ले पनि इंडिया लाई छुनु राम्रो होला

    Reply
  7. Tenzing Gaba says:
    August 20, 2015 at 10:13 am

    “……..प्रधानमन्त्रि त् फन्किएर बैठक छोडेर पो हिडेछन्….”

    कठै !!!
    नया पुस्ताको युवा नेता सम्माननीय प्रधानमन्त्रि ज्युको त बोलि मात्रै बालकको जस्तो होला भनेको त बुद्दी-बानि -ब्यहोरा पनि बालक कै जस्तो पो रहेछ

    ….जदौ !!!

    Reply
    1. Tenzing Gaba says:
      August 20, 2015 at 10:18 am

      केटाकेटी आए, गुलेली खेलाए, ंमट्य़ान्ग्रोको सत्यानास भन्या यहि हो

      होइन सुसिल दा (बा – ‘हजुर’ सहितको ) भन्दा अलिक पाको मनुवालाई प्रधानमन्त्रि दिन मिल्दैन ?

      Reply
  8. loutan awadhi says:
    August 20, 2015 at 8:45 am

    नेपाल लाइ त एस्तो बनाए – जुन किस्ती मा राखेको केक हो – जस लाइ जताको खान मन पर्छ त्येश लाइ त्येता बाट चट्ट काटेर खान मिल्ने !

    आज को दिन मा नेपाली हरु को मानसिकता !!

    १. नेपाल का निर्माता प्रिथिबी नारायण शाह चाइ सामन्ती रे – सिन्को साइनो सम्बन्ध नभएको लेलिन मुक्ति दाता रे !
    २. देश अखण्ड राख्न लाइ दुनिया जुगाड गरेर तराइ मा पाहाडी बस्ति बसाउने महेन्द्र सामन्ती रे – छिमेकी का महान नेता माओ चाइ हाम्रा पुज्यनीय रे !
    ३. ब्रिटिस संग लडेर देश सार्ब भोउम राख्न ज्यान को बाजी थाप्ने काजि – क्षेत्रि सामन्ती रे – विदेश बाट आएका रे – ज्यान हत्केला मा राखेर ब्रिटिस को लागि लड्ने हरु चाहि आदिबासी रे !!

    हुन त सैदान्तिक रुप मा यो कमेन्ट बाहुनबादी जस्तो पर्न गएका ले छापिने भन्दा नछापिने मै बिस्वस्त छु किन कि हाम्रा एडमिन लाइ बाहुनबादी विचार मन पर्दैन जस्तो लाग्छ !

    Reply
  9. Shankar says:
    August 20, 2015 at 7:39 am

    १.जब व्यक्तिगत स्वार्थ हाबी हुन्छ तब के माउबादी , कांग्रेस, एमाले ,मधेस बाद सब एक हुन्छ केहि फरक छैन |

    २. जब सब मा भय पैदा हुन्छ फेरी पनि यी एक हुन्छन , केहि फरक पर्दैन

    ३. जब मोदीको जिउ मा खुजुली पैदा हुन्छ , तब फेरी कन्याउन यी सब एकै हिसाब ले पुग्छन , केहि फरक छैन |
    अहिलेको अबस्था नम्बर २ हो |

    Reply
  10. डा. सुरज श्रेष्ठ says:
    August 20, 2015 at 6:14 am

    Back to Mangalman !!!

    Suraj Shrestha

    Reply
    1. जीवन नेपाली says:
      August 20, 2015 at 10:48 am

      फेरी पनि, आफुले आफुलाई डाक्टर ? अरु ले डाक्टर भनेको राम्रो सुनिन्छ, आफुले आफैलाई भनेको सुहाउदैन

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme