वाग्मतीको पानी तपाईँ हामीले देखेकै हौँ कस्तो छ र कस्तो थियो भनेर। फोटोले तपाईँलाई अलि झुक्याउन सक्ला है। यो फिल्मको दृश्य हो। वीपी कोइरालाको तीन घुम्ती उपन्यासलाई आधार बनाएर बनेको फिल्ममा विक्रम संवत् २०३० साल अर्थात् ४२ वर्षअघिको सेरोफेरोको दृश्य पर्दामा उतार्ने क्रममा वाग्मती नदीको पानी एनिमेसन गरेर यस्तो बनाइदिएका हुन्। कस्तो नसुहाउँदो देखिने हगि! यस्तो त २०३० सालमा पनि थिएन होला भो। म नजन्मिएको बेलाको कुरा पर्यो। कोही त्यतिबेलाको हुनुहुन्छ भने भनौँ है- के यस्तै देखिन्थ्यो त वाग्मती त्यतिबेला?
पानीको रङ हेर्दा त वाग्मती होइन, समुद्रको पानी जस्तो पो देखिन्छ।
अझै हाँस उठ्दो चाहिँ यो धरहराको दृश्य एनिमेसनबाट बनाएको हेर्दा लाग्छ। कति लापरवाह पाराको! भर्खर फोटोसप सिकेकाले फोटो काटे जस्तो हेर्दै थाहा हुने गरी काटेको। अहिले त धरहरा पनि छैन। तर धरहरा भएकै बेला खिचेको दृश्यमा २०३० सालको वातावरण देखाउने नाममा साह्रै नसुहाउने पाराले ब्याकग्राउन्ड बनाइएको छ
एउटा भ्यागुते गाडी गुडाउँदैमा ३० सालको वातावरण बन्दैन नि।
पुरानो फिल्म बनाउन कम्ता गाह्रो छैन। कि सेट बनाउनु पर्यो। त्यो गर्न धेरै खर्च लाग्छ। कि सुहाउने गरी एनिमेसन गर्नुपर्यो। कि भने फरक नपर्ने खालका लोकेसन छान्नुपर्यो। एउटा यस्तै ३० साल र ७० साल फरक नपर्ने दृश्य यसरी छानेका रहेछन् फिल्ममा।
नेपाल प्रहरीको वर्दी २०४६ सालको आन्दोलनपछि परिवर्तन भएको हो। त्यसअघि यस्तो थियो पुलिसको वर्दी।
४० वर्षअघि यस्तो हुन्थ्यो महिलाको शृङ्गार?
गरिमा पन्तलाई पुरानो कथाका फिल्म जुर्ने रहेछ। कृष्ण धरावासीको झोला कथामा बनेको फिल्ममा पनि उनै हिरोइन थिइन्।
कहाँको हो लोकेसन कुन्नि, तर पुरानै झल्को आउने गरी खिचिएको रहेछ।
यी फोटो तीन घुम्ती फिल्मको प्रोमोबाट लिइएको हो। यो फिल्मको प्रोमो नेपालको फिल्म इतिहासकै सबैभन्दा लामो पनि भनिएको छ। पाँच मिनेटको प्रोमो।
https://youtu.be/zJPFQe2nFpA
माथि धरहराको दृश्य असुहाउँदो देख्दा र हलिउडमा क्रोमा गरेर पुराना ठाउँ वा आफूले चाहेको जस्तो ब्याकग्राउन्ड एनिमेसनबाट गरेको देख्दा खर्च कम हुने भए नेपाली फिल्मले पनि त्यस्तो गर्थ्यो नि जस्तो लाग्ने। त्यसो त नेपालबाटै हलिउडका कतिपय एनिमेसनहरु बनाउने गरिन्छ। तर नेपालकै फिल्ममा भने एनिमेसनको हालत। भो यो कुरा छाडेर हेरौँ हलिउडको क्रोमा
पहाड को कठोर जीवन…अन्न को आभाब गरिबी भाको ले बुबा को उदेश्य येउतै थियो लोक सेवा दिएर kathamandu मा ४ आना मा घर बनाउने…उहाँले घर बनाछी ४९ तिर हामी बानेश्वोर मा बस्न थाल्यौ..बनेस्ज्वोर बाट बागमती को तिरै तिर जाँदा मानिसहरु लुगा धोइर को धेखिन्थ्यो …पनि निर्मल पनि थियो …कोइ कोइ गाग्री मा पनि पनि बोकेको धेखिन्त्यो…कोइ कोइ पौडी पनि खेलेको धेखिन्थ्यू…पानि चै निलो थिएन…
बिदेशी सिनेमा को अनिमेशन हरु पनि नेपाल मा पनि हुन्छ आजकल, अनिमेशन गर्ने टीम हरु पनि चिन्छु. साथी हरु को अलि मिहिनेत पुगेन. तर गुड लक्!!!!
२०३० साल मा म पनि बागमती तिर निकै पटक गयेकोछु , हो पानी सफा थियो र मज्जाले नुहाउन मिल्थ्यो , तर एस्तो निलो पानी चाही २००० साल मा पनि थिएन होला ! संसार को कुनै पनि नदीमा एस्तो निलो पानी चाही मैले देखेको छैन , त्रिशुली तिर कहिँ कहिँ हरियो पानी चाही देख्या हो !
२०३० सालमा पनि तरकारी पसलहरुमा प्लास्टिकको क्रेट रहेछ दुरुस्त हिजो आज जस्तै ….
२०४४/४५ साल सम्म त पौडी खेले कै हो बाग्मती मा, पानीको रंग चाहिं याद भएन तर सफा चाहिं थियो है /
थाहा नभएको र सुहाएको लोकेसन गोरखा दरबार भित्रको हो।
यी सब कमि कमजोरीको बाबजुद नेपालि फिल्म इन्द्रस्ती ले बलिदान दियो | युग देखि युग सम्म कुसुमे रुमाल दियो |कान्छी दुइ थोपा आँसु झार्दै चिनो दियो |
३० सालको जस्तै लोकेशन त छानेछन् तर त्यो पसल बाहिर को प्लास्टिकको बट्टा चाहिँ हटाउन बिर्से छन्|
यस्तै नै थियो भनेर त् भन्न अलि गारो पर्ला तर म पहिलो पटक २०२९ मा पशुपतिमा आउदा मैले बागमतीको पानि अन्जुलिमा उठायर पियको छु/ पानि सफा र स्वोछ थियो/ प्राकृतिक बातावरन सुन्दर थियो/ मठ मन्दिरहरु साफा र रंग रोगन गरियका थिय/ स्रदालु भक्त जनहरुको संख्या पनि कम थियो तर बाँदरहरुको संख्या भने धेरै भयको अनुभब गरेको छु/ तस्बिरमा कल्पना गरीय जस्तो बागमती बनाउनु हाम्रो अहिलेको चुनौती हो/ ४० बर्षमा हामी धेरै सिछित र बिकसित भयका छौ/ यो चुनौतिको सामना गर्नु हाम्रो कर्तब्य र दयित्यो हो/
प्रोमोको अन्तिममा पोस्टरमा हेराैत “सोर्गीय” बिश्वेश्वर रे स्व. हुनुपर्नेमा अनि “अधिरियत” रे आधारित हुनुपर्ने हैन र?
काठमाडौँ को मन कालो छ , माटो कालो छ अनि पानि कसरि निलो हुन्छ ? बाहियात
हैन,
काम त मलाई ठिकै लाग्यो,…यो त सुरुवात भयो,…बिस्तारै राम्रो काम हुँदै जाला….यसलाई बिरोध गरिहाल्नु भन्दा प्रोत्साहनको जरुरत छ …
हलिवुडसंग दाँजिन त त्यहाको जस्तो खर्च, बजार , अनि दर्शक हुनुपर्यो नि,…सिमित स्रोत साधन खर्च गरेर रिस्क लिएर बनाएको चलचित्र चल्ने होकी हैन त्यो थाहा छैन,…यसलाई त मा सुरुवात को रुपमा लिन्छु,…सच्याउने कुरा धेरै छन्, त्यो बिस्तारै हुँदै जाला…
नेपाली फिल्म बन्न थालेको कति भयो? अझै सुरुवात भनेर बस्ने? ग्राफिक्सको नाममा भर्खर फोटोसप चलाउन जान्नेले फोटो एडिट गरेको जस्तो दृश्य हेरेर बस्ने??
भावनामा चल्दैन मित्र । उतिनै रुपियाँमा नेपाली दर्शकले हिन्दी र अग्रेजी फिल्म हेर्न पाउँछन् भने यस्तो मेहनत नगरिएको दृश्य भएको नेपाली फिल्म किन हेर्ने? कत्तिन भावनात्मक हुने मित्रले बरु कतिवटा पो नेपाली फिल्म हेर्नुभएको छ? उही किबोर्डमा टाइपमात्रै हो कि ?
राकेश जी,…
फिलिम बनेका छन नेपालमा नबनेका हैनन, तर यसरि कुनै कृतिमा धेरै कम बन्छन, जुन सर्हानिय कार्य हो । म यति मात्रै भन्न सक्छु । हजुरलाई ५०-६० लाखको बजेटको फिलिम र २०० करोडको फिलिम संग तुलना नगरिदिनुस भन्न खोजेको हो,..तेतिनै बजेट पाए भने अनि बजार पाए भने नेपालीहरुले अझ राम्रो फिलिम बनाउथे भन्ने मेरो आसय हो,…फिलिम चल्ने, नचल्ने आफ्नो ठाउँमा छ, तर सुरुवात हुनु राम्रो हो भन्न खोजेको हुँ। फिलिम बनेन भने किन बनेन भन्ने र बन्यो भने झुर बन्यो, किन हेर्ने भनेर कुरा काट्नेहरुले नै हो यो क्षेत्रको विकास नभएको । हो क्वालिटिमा ध्यान दिनु जरुरि छ जुन हजुर र म दुवै को आसय हो,…
म भावनात्मक पनि छु र नेपाली फिलिम पनि हेर्छु, किबोर्डमा टाइप पनि गर्छु, अरुले यसमा टाउको दुखाउनुपर्ने जरुरत छैन, मेरो नितान्त ब्यक्तिगत मामला हो,
अनि फेरी हजुर अंग्रेजी फिलिम हेर्नुहोस कि हिन्दि फिलिम हेर्नुहोस, त्यो हजुरको व्यक्तिगत मामला हो…मलाई यसमा टाउको दुखाई छैन
हजुरको भलो होस्,
कृतिमा बन्यो भन्दैमा लाजै लाग्ने दृश्य देखाउँदा पनि पचाउनु पर्छ भन्ने छैन
म नेपाली फिल्मलाई अरुसँग तुलना गर्छु । अरुले यसमा टाउको दुखाउनु जरुरी छैन
हस, हजुरको जो इक्षा …:)