Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के थियो उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेशकुमार सिं‍हले गरेको भनिएको भाषणमा विवादित कुरा?

Posted on August 18, 2015 by Salokya

केही दिनघि थारु समुदायको आन्दोलनमा संबोधन गर्न कैलालीको टीकापुर पुगेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंह र सद्भभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गरेको भाषण विवादित बनेको छ। राष्ट्रिय सार्वभौमिकताविरुद्ध अभिब्यक्ति दिएको भन्दै आइतबार ब्यवस्थापिका संसदमा सभासदहरुले गृहमन्त्रीको जवाफ मागेका थिए। सोमबार स‍‍ंसदमा गृहमन्त्रीले दिएको अडियो र त्यसको लिखित रुप बुझाएपछि सभामुख नेम्वाङले त्यसबारेमा अध्ययन गर्न संसदको राज्य ब्यवस्था समितिलाई निर्देशन दिएका छन्। उपेन्द्र यादव र अमरेश सिंह सभासद छन् भने महतो पूर्व सभासद हुन्। के छ त भाषणमा त्यस्तो आपत्तिजनक कुरा? सुन्नुस् अडियो –

गृहमन्त्री वामदेव गौतमले सभासदहरुले अमरेशकुमार सिंह र उपेन्द्र यादवले कैलालीको टीकापुरमा भएको कार्यक्रममा द्वन्द्व चर्काउने र जातीय आवेग उत्पन्न हुने अभिव्यक्ति दिएको भन्दै यसबारे छानबिन गर्न संसदको ध्यानाकर्षण गराएका छन्। सोमबार ब्यवस्थापिका संसदमा जवाफ दिँदै गृहमन्त्री गौतमले सभासदहरुले नै द्वन्द्व चर्काउने, जातीय आवेग उत्पन्न गराउने अभिब्यक्ति दिनु दुखद भन्दै कारबाही अगाडि बढाउन उनीहरुले गरेको भाषणको अडियो र त्यसको लिखित रुप सभामुख सुवासचन्द्र नेम्वाङलाई बुझाएका हुन्। ‘माननीय सभासद ज्यूहरुले द्न्द्व चर्काउने र जातीय आवेग उत्पन्न गराउने गैर जिम्मेवार अभिव्यक्ति दिनु दुखद कुरा हो’ गौतमले भने ‘यसमा सरकारको ध्यानाकर्षण भएको छ।’

उपेन्द्र यादव

राजेन्द्र महतो

अमरेशकुमार सिंह

के यो विचारका आधारमा उनीहरुलाई कारबाही हुनुपर्ने देख्नहुन्छ? आफ्नो धारणा तल कमेन्टमा लेख्नुहोला।

18 thoughts on “के थियो उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेशकुमार सिं‍हले गरेको भनिएको भाषणमा विवादित कुरा?”

  1. Binod says:
    September 5, 2015 at 3:50 am

    यो माइसंसारले उपेन्द्र यादव, राजेन्द्र महतो, अरमेश सिह को भिडिओ हटाए छ . वास्तबमा यी भिदिवो ले जानजाति, मधेसी, दलित, मुस्लिम, तथा पिछडा वर्ग को चेतना बधाउन मदत गरेको थियो . जनता को चेतना बढेको देखि यो माइ संसार पनि डराएर छ . चोरले लुकाए जस्तै माइ संसार ले पनि भासन हटाए छ

    Reply
  2. Suman says:
    August 23, 2015 at 11:23 am

    राजेन्द्र महतोले कसरि नेपाल को मन्त्रि सम्म बन्न सकेको हो? यस्तो संक्रिना दिमाग ले चलायको देश को हालत यस्तो नभए कस्तो हुन्थ्यो ???

    Reply
  3. MADAN BAJRACHARYA says:
    August 19, 2015 at 10:03 pm

    श्रीलंकामा असफल भयको “प्रभाकरणको लित्तेवाद र मधेशबाद उस्तै उस्तै हो”

    सन् १९५०मा भारतसित सन्धि हुँदा अंग्रेज सिट नेपालले गरेको सबै सन्धि सम्झौता बदर हुने भनेको आधार देखायर सन् १९५६मा रघुनाथ ठाकुर भन्नेले अंग्रेज बात नेपालले फिर्ता पायको कैलाली कंचनपुर लगायत सम्पूर्ण तराइ नै नेपालको नरहेको र भारतले पनि तराइ आफ्नो नभनेकोले तराइ नेपाल र भारत बिचको स्वतन्त्र मध्यदेस हुनु पर्ने भनेर संयुक्त रास्ट्र संघमा पत्र लेख्दै तराइलाइ नेपाल बात अलग्याउन भारतको सहयोग र समर्थन पाउन भारतको दिल्लीको सदन अगाडी आफ्नो शिरमा आगो बालेर धर्ना दियको थियो/ बिरेन्द्रको शासन कालमा रघुनाथ ठाकुर मारियो/मधेशबादीहरु तिनै रघुनाथ ठाकुरलाई आफ्नो महान नेता तथा प्रथम सहिद मान्छन र तिनै रघुनाथ ठाकुर ले बोले मागेकै मागहरु आज पनि माग्दै आयकोछ/मधेशबादीहरुले आफ्नो अघोसित सर्व माननी नेता मानेको जय कृष्ण गोइत लगायत सिके रावत र अहिले मधेश्बादिहरुले पनि बोले जुन कुरा रघुनाथ ठाकुरले बोलेको थियो/ बोलेर मागेर मात्रै नेपालको तराइलाइ नेपाल बात अलग्याउन सकिंदैन/ संयुक्त रास्ट्र संघमा आफ्नो देसको सिमाना किटेको नक्सा दर्ता गर्दा तराइ नेपालको रहेको देखाउने भारतले भित्र बात नेपाल बात तराइ अलग्ग होस् भनेर चाहे पनि तराइलाइ नेपाल बात अलग्याउन चाहे पनि भारतले मधेशबादीहरुलाई प्रत्य्छ्य साथ् दिन सक्दैन/

    रास्ट्रिय आत्म निर्णय गर्ने (जसको सिधा अर्थ चाहेमा रास्त्रियनै बदलेर छुट्टै देसनै हो”, आफ्नै सेना हुने, विदेश सिट सन्धि सम्झौता पनि गर्न पाउने, प्रदेशको रास्ट्रिय श्रोतमा यकाधिकार र पहाड सिट नजोडेको तराइको सम्पूर्ण भूभागलाइ मधेसको “मध्यदेस” बनाउने भन्नुको तात्पर्य त् नेपाल बात अलग्गिनु नै हो/ मधेसबादीको मागलाई नियालेमा श्रीलंकाको भुमि जाफ्नालाइ श्रीलंका बात अलग्यायर “मध्य देस” बनाउन खोज्ने “प्रभाकरण” र तराइलाइ नेपाल बात अलग्यायर नेपाल र भारत बीच “मध्यदेस” बनाउन खोज्ने मधेशबादी बिचमा कुनै फरकनै देखिंदैन/ हतियार बोकेर प्रभाकरण सफल नभयकोले मात्रै नेपालको मधेश्बादिले नेपालको संबिधान र संघियता लाइनै तराइलाइ नेपाल बात अलग्याउने हतियार बनाउन खोजेको स्पस्ट देखिन्छ/

    Reply
  4. dor Prasad says:
    August 19, 2015 at 9:32 pm

    यस्तो भासन गर्दै हिन्ने अम्लेस कुमार सिंह लै काग्रेश ले किन आफ्नो पार्टी मा राखेको छ – काग्रेश आइ वा भाजपा वा लालु पार्टी मा तु सरुवा गर्नु पर्यो, …… !

    Reply
  5. Govin says:
    August 19, 2015 at 11:35 am

    होई ना ओ नेपलि जनता यस्तै थोत्र्ा लेखाई र बुझाई ले गर्दा नेपाली हरु सुन माथि बस्ने रगुन्दरी ओडेर सुत्छन भन्ने साच्चै को साबित हुन गए का हुन। बास्तब मा यिनि हरु लाई के भारत ले नेता बनाए का हुन र? अबस्या पनि होईन्न। यिनि हरु लाई यहा सम्मा आई पुग्न र यो मौका दिए को त हामी सम्पुण नेपाली ले नै होनि। किन भने नेपाल आमा लाई कस्तो नियत भएको ब्याक्ति लाई नेता बनाउने। भोट दिदा हामी सम्पुण नेपाली र नेपाल को हित हुन्छ कि हुन्न भन्ने हेक्का नराखि भोट दिएर कुनै न कुनै पार्टी को नेता अझ् भन्ने हो भने ब्याक्ति लाई भोट दिई। जिताई नेपाल को सम्पुण ज़िम्मेवार जो मुख म राम राम बगलिमा छुरा, भन्ने हरु लाई देश चलाऊना दिए को ले गर्दा आज यो हालत हुन आए का हुन। यदि भरत बाट भरतिय जनता लाई नेपाल को नागरिक बनाऊने अधिकार भए। हामी सबैले थाहा हुन्िथयो होला नि हैन? अझै होस गरौ सबै नेपालि आमा बुबा दाजु भाई तथा दिदी बहिनि हामी सबै ले।

    Reply
  6. Thule says:
    August 19, 2015 at 7:32 am

    भारतीय को डिजाइन अनुशार यी तिन देशद्रोही हरु ले जातिय दंगा फैल्याउन खोजि रहेको छ . पहिला थारु हरु लाइ मधेश बनाउन कोशिस गरेर न सकेका यिनी हरु अहिले देउवा को बोलि ले गर्दा हिच्किएको थारु हरु संग मौका मा चौका हानेर देश मा आगो फैलाउन खोज्ने लाइ देशद्रोही मुद्दा लगाउने पर्छ. हामी ले राना शाहा को सासन लाइ फालेर नया नेपाल बनाइ सकेका छोउ अब तिनी हरु ले गरेको सोषण लाइ लिएर किन भड़काउँ खोजि रहेको छ यी भारतीय एजेन्ट हरु. खबरदार मधेश को नेपालि भनेर गर्ब गर्ने जनता हरु. येस्ता भेडा को खाल मा ब्वासो हरु संग !

    Reply
  7. फूत्पाथ says:
    August 18, 2015 at 7:58 pm

    यो विषयलाई ठूलो इस्यु बनाउने कुनै ठाउ छैन । कुरा त ठिकै गरेकोछ त आपत्तिजनक शब्द र देश टुक्राउने कुरै गरेछैन त।

    Reply
  8. chetan says:
    August 18, 2015 at 7:57 pm

    तेहित शंकरजि हामिलाइ भुटानि शरणर्थि नेता टेकनाथ रिजाल, सिक्कमर आसाम बाट झरेका भारतियहरु मधेसका नेपालिहरु भन्दा प्यारो लागछ अनि तपैहरुले उनिहरुलाइ नै नेता बनाउने कि, अनि स्मरण गर्नुस अहिलेका नेता भनाउदाहरु पनि उहि भारतिय भुमिबाट आएका हुन यहाका होइनन

    Reply
    1. Shankar says:
      August 19, 2015 at 1:36 am

      चेतन जी
      मधेस को केहि नेता भेडा को छाला ओडेको बिहारी ब्वासो हुन् त् न लाग्ने अस्वाभाविक हैन | तर टेक नाथ हरुले आफुलाई कहिले नेपालि त् भनेंन , उ भुटानी नै हो |
      विदेश मा बस्ने भुटानी आफ्नो देश न भए पनि आफुलाई भुटानी नै भन्छ |
      बरु तपाइँ बिहारी हरु आफुलाई किन नेपालि भन्न रुचाउनु हुन्छ ? किनकि तपाइँ हरुलाई तपाइकै इन्डिया मा समेत घृणा गर्छ |
      यहा मधेस को जनता को नाउमा छिरेका बिहारीको बिरोध हो , मदेस का लोकल को हैन |
      यहा इन्डियन डिजाइन को कुरा भै रा ठाउमा किन यो बहस मा ओर्ले को हो ?
      नेपाल को पहाडिया हरु आफै आफै जुधेर , बाठो भएर लडेको बा लडाई एको मौका मा मदिसे बिहारी ले फाइदा उठाएको हो |

      Reply
  9. dor prasad says:
    August 18, 2015 at 5:56 pm

    मैले येति निच स्थारिये भासन कहिले सुन्ने को थिएन !! रिस को आवेग मा बहुलाए जस्तो भासन गरेर आफुलाई रस्त्रिये नेता (मधेसी नेता ) भन्छन –

    (१) नेपाल मा साह राना ले सासन गरे तिनी हरुलाई फालेर देश मा गणतन्त्र लाउने पार्टी ले किन राना राजा ले गरेको कर्तुत वा कुससन को जिम्मा लिने ? यितिहस नै हेर्ने हो भने नेपाल को साह हरु मधेशी हुन् जो भारत को राजस्थान बाट मुगल संग भागेर नेपाल पसेका हुन् – तेसो भन्ने हो भने राजा ले गरेका काम को जिम्मा मधेसी नेता ले लिनु पर्छ

    (२) संसार मा अल्प मत ले कहिँ सासन गर्दैन – कुनै राज्जे कुनै जति को पेवा हुन् सक्तैन – अमेरिका काला हरु लै दास बनायियो, चेन लगियो . के अहिरे तिनी हरु को नाउमा कुनै प्रदेश छ ? तर रोजगारी , देश ले दिने सामाजिक सुरछाया मा केहि सुबिधा छ – आखिर २-४ जिल्ला को राज्जे बनाएर केहि हुँने वाला छैन जहाँ को मुख्हे मन्त्रि खस हुन्छ !

    यो जातिय राजनीति गरेर कहिले देश को भलो हुदैन !

    Reply
  10. kedar says:
    August 18, 2015 at 5:55 pm

    संघियेता अघि नै यो हाल छ झन् संघियेता पछि मधेसमा जातीय हिँसा नबढ्ला भन्न सकिन्न | पहाडेले मधेसी उम्मेदवारलाई भोट दिएनन् भनेर पहाडे भगाउने प्रपन्च रच्दैनन भनेर भन्न सकिंदैन अब | मधेसी जनता भन्दा पनी तिनलाई भड्काएर उत्पात मच्चाएर शक्ती आर्जन गर्ने खेल धेरै देखिंदैछ | संबिधान बन्न नसकेर येही हाल रहेमा अबको १/२ बर्षमा ज्ञानेन्द्रलाई बोलाएरै राजा बनाउँछन र त्यतिखेरको ज्ञानेन्द्र झन् शक्तीशाली भएर आउने निश्चित छ |

    Reply
  11. Dilip Pradhanang says:
    August 18, 2015 at 10:42 am

    इनिहरु सबै भारतीय बिस्तारबादका गोटीहरु हुन् …

    Reply
  12. somana Tharu says:
    August 18, 2015 at 10:33 am

    I didn’ tfind any disputed speech .

    Reply
  13. NABIN says:
    August 18, 2015 at 10:27 am

    मधेसी नेता हरु ले तेती बोल्दै मा के फरक पर्यो?
    चोर त एमाले,CONG .,माओबादी रहेछ

    Reply
  14. kanchha says:
    August 18, 2015 at 8:59 am

    कमल ठापा हरुले तरवार देखाउदा आपति नहुने अरुको भाशन पनि आपति ?
    अचमै छ वा:)

    Reply
  15. samantee says:
    August 18, 2015 at 7:02 am

    देशै टुक्कराए नि केहि गर्नु हुन्न उहांहरुलाइ अब त

    Reply
  16. Shankar says:
    August 18, 2015 at 6:14 am

    उनीहरुको भासण कसैको लागि आपत्ति जनक हो कसैको लागि हैन |जातिगत राजनीतिको कुरा यहा उठ्थ्यो नै , हिजो राजा फाल्ने बेला बाहुन ,क्षेत्री नेता ले बडो जान्ने भएर बाद को ( नौलो जनबाद , बहुदलिय जनबाद , प्रचण्ड पथ, प्रजातान्त्रिक समाजबाद के के के ),ठुलो कुरा गरे थ्यो , राजा फाल्यो , पहाडिया ले आफनै खुट्टा मा बन्चरो हान्यो |
    इन्डिया ले पनि पहिले माउबाद भन्दै , अब मदिसे + जनजाति भन्दै नेपालि फ़ुताउदै
    नया एजेन्डा उठाएर बिहारी लाइ नेपाल को सत्ता मा पुर्याउने कटु चाल चल्दै छ |

    Reply
  17. nick says:
    August 18, 2015 at 6:12 am

    यो देशमा जातीय युद्ध सुरु गर्ने खोजियाको हो र जातीय युद्द बाट नेपाल लाइ टुक्राउन खोजियको हो. त्यसकारण नेपालमा संगियता चाहिदैन स्थानिय स्वयतता सहितको संबिधान बनाउनु पर्छ/ . हेरौला, अनि को कराउदो रहे छ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme