Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोबाइल इन्टरनेटमा टेलिकम र एनसेलको प्रतिस्पर्धा

Posted on August 17, 2015August 17, 2015 by Salokya

Smartphone with apps मोबाइल इन्टरनेटमा नेपाल टेलिकम र एनसेलको प्रतिस्पर्धा सुरु भएको छ। सेवा सुरु गरेको कयौँ वर्षपछि बल्ल टेलिकमले यो वर्ष डाटा प्याकेज बेच्नुपर्ने आवश्यकता देख्न थालेको छ। एनसेलले डाटा बेच्न थालेको धेरै भइसक्दा पनि पोस्टपेडमा टेलिकमले यो वर्षमात्रै डाटा प्याकेज सुरु गरेको हो। त्यही पनि नजिकको सेन्टरमा गएर फाराम भर्नुपर्ने झण्झटले धेरैले यो सेवा लिइसकेका छैनन्। प्रिपेडमा भने भोलि अर्थात् भदौ १ गतेदेखि मात्रै टेलिकमले डाटा प्याकेज बेच्न सुरु गरेको छ। यसमा भने एसएमएस पठाएकै भरमा डाटा प्याकेज किन्न सकिन्छ। टेलिकम र एनसेलको डाटा प्याकेजमा कुन महँगो कुन सस्तो त? तुलनात्मक अध्ययन हेर्नुस् र आफै खुट्याउनुस्।


mobile

कम भोल्युमको डाटा प्याकेजमा एनसेलले उछिनेको छ। टेलिकमको सबैभन्दा कम प्याकेज नै २०० एमबीको छ। मध्यम स्‍तरको प्याकेजमा टेलिकम अगाडि छ। २०० एमबीको प्याकेजको अवधि नै एक महिनाको छ। जबकि एनसेलको २५० एमबीको प्याकेज सात दिनमा सकाउनु पर्छ नत्र खेर जान्छ। मूल्य पनि एनसेलकै महँगो छ।

ठूलो भोल्युमको डाटामा पनि टेलिकमले नै उछिनेको छ। १ जिबीको डाटामा टेलिकम ५० रुपैयाँ सस्तो छ। ३ जिबीको डाटामा एनसेल सस्तो भए पनि भ्यालिडिटी भने एनसेलको एक महिना र टेलिकमको दुई महिना छ।

टेलिकमको डाटा प्याकेज किन्न १४१५ मा यो लेखेर एसएमएस पठाउनु पर्छ। कति डाटा बाँकी छ हेर्न भने VL टाइप गरेर १४१५ मा एसएमएस पठाउनु पर्छ
telecom

एनसेलको प्याकेज लिन भने *17123# डायल गरी निर्देशन अनुसार गर्नुपर्छ।

उपभोक्तालाई बेवास्ता
दुवै कम्पनीले भ्याट र टेलिकम सेवा शुल्क जोडेर यति पर्छ है भनेर उपभोक्तालाई जानकारी दिन कञ्जुस्याइँ गरेको छ। कर हामीले लिने हैन सरकारले लिने हो भने पनि उपभोक्ताले त तिर्नुपर्छ। करसहित जोडेर उपभोक्ताले तिर्नुपर्ने रकम यति हो भनेर जानकारी दिएर उपभोक्तालाई सजिलो बनाउन कोही तयार देखिँदैन।

त्यस्तै एक पटक रकम तिरेपछि यति अवधिभित्रै त्यो प्याकेज सकाइहाल्नुपर्छ भनेर शर्त नराख्ने प्रतिस्पर्धा टेलिकमहरुबीच कहिले हुने होला? त्यसो त विदेशका टेलिकमहरु झन् यो मामिलामा खराब छन्। तर उपभोक्तालाई सजिलो बनाउने मामिलामा बाहिरबाटै नसिकी आफै उदाहरण बन्ने प्रयासको कल्पना कल्पनामै सीमित हुने होला त ?

8 thoughts on “मोबाइल इन्टरनेटमा टेलिकम र एनसेलको प्रतिस्पर्धा”

  1. संजीव अधिकारी says:
    August 19, 2015 at 12:12 am

    टेलिकम को data किन्नलाई १४१५ मा यो लेखेर पठाउनु पर्छ ?
    यो को मतलब के ?अनि कति mb कसरी आउछ
    बुझेकोले please explain

    Reply
    1. Salokya says:
      August 19, 2015 at 1:14 am

      मुनि लेखेको देख्नुभएन? SMS string 1415 मा ? जतिको चाहिन्छ त्यही अनुसार पठाउने नि

      Reply
  2. Anamak Sharma says:
    August 18, 2015 at 9:31 am

    The cost difference between CDMA and GSM network could be because of the delivery cost involved. GSM network is heavily used as compared to the CDMA infrastucture that NTC has set up. So, it’s not just the bandwidth cost. It’s based on the demand of delivery infrastucture. And regarding the prepaid/postpaid cost difference, both prepaid and postpaid customer of NTC pay for the service in advance. A postpaid customer has to deposit certain amount at the time of registration. S/he can use the service upto the credit limit that is equal to the deposit and pay again. The only difference which could have impacted the cost difference is the committed monthly cost of the postpaid customers which have to be paid whether or not s/he uses the service.

    Reply
  3. Yog says:
    August 17, 2015 at 9:41 pm

    Raj G

    Its because, In Nepal, Post Paid Users deposit money in advance,
    which is their credit Balance. You can Guess why Post paid is cheaper than Prepaid.

    Reply
    1. जीवन नेपाली says:
      August 18, 2015 at 4:29 pm

      कुरा यौटै भएन र ?
      पोस्ट पेड मा पनि क्रेडिट balance छ (पहिलेको भन्दा धेरै कम छ हिजो आज त ), अनि prepaid मा पनि ग्राहक ले पहिले नै पैसा बुझाको छ .

      फरक हुनु पर्ने कारण त म पनि देख्दिन

      Reply
    2. shailendra says:
      August 20, 2015 at 4:15 am

      पोस्टपेड भनेको त झन् पछि पो तिर्ने भन्ने हुन्छ होइन र?

      Reply
  4. Rosan subba says:
    August 17, 2015 at 9:08 pm

    अझ ४/५ वटा टेलिकम कमपनी भए अझ कमपिटीसन हुने थीयो!जसतो भारतमा१४/१५टेलीकम छन!

    Reply
  5. राज says:
    August 17, 2015 at 8:50 pm

    Data Cost In CDMA is 3times less than GSM . Both services are from NTC but why so differences ? In other country Prepaid customer gets more value than Postpaid as they pay before using services but here it’s just opposite .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme