Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बन्दमा समेत सरकारले दियो वैद्य माओवादीलाई मात्रै मान्यता, उपेन्द्र यादवलगायत मधेसकेन्द्रित दल बेवास्तामा

Posted on August 17, 2015 by Salokya

oBt6DXr१५ वटा गाडी फोड्दै ४२ दलको दुई दिने बन्दको पहिलो दिन सकियो। बन्द जारी रहँदासमेत साँझतिर काठमाडौँमा भाडाका सवारी साधन प्रशस्तै चल्न थालेका थिए। बन्दबारे जानकारी दिन गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने बन्द आयोजकका रुपमा वैद्य माओवादीलाई मात्रै मान्यता दिइएको छ। बन्द संविधानसभाको पाँचौँ ठूलो दल संघीय समाजवादी फोरम नेपाल (उपेन्द्र यादव नेतृत्वको) र अन्य मधेसकेन्द्रित लगायत नौ दलले पनि आह्वान गरेका थिए। तर सरकारको विज्ञप्तिमा भने वैद्य माओवादी र ३३ दलको मात्रै नाम छ।

हेर्नुस् विज्ञप्ति

बन्द आयोजकहरु
banda
उता जुम्लामा भने कर्फ्यु नै लगाउनु पर्ने गरी हि‍ंसात्मक प्रदर्शन भयो। कर्णाली प्रदेशको माग राख्दै भइरहेको आन्दोलनका क्रममा गोली चलाउँदा ६ प्रदर्शनकारी र २१ प्रहरी घाइते भए।

यता राजधानीमा भने हिजो मस्यौदा परिमार्जन गर्ने काम सकिए पनि प्रमुख तीन असहमतिका विषयममध्ये प्रमुख दलका शीर्ष नेताहरुसहितको विशेष समितिले एउटा विषयमा मात्रै सहमति कायम गर्न सक्यो- न्यायाधीश र संवैधानिक अंगका प्रमुखमा पुनः नियुक्ति गर्न नपर्ने। पुनः नियुक्ति गर्न नपर्ने व्यवस्थाका लागि न्यायपालिकाले आग्रह गरेको थियो भने अख्तियार प्रमुख लोकमानसिंह कार्की लगायत थर्कमान भएका थिए। तर अब पुनः नियुक्तिको कुरा टुङ्गिने भएको छ।

धर्म निरपेक्षता र देशभरमा कति प्रतिशत मत ल्याए मात्रै राष्ट्रिय पार्टी हुने भनी थ्रेसहोल्ड राख्ने विषयमा सहमति हुन बाँकी छ। प्रदेश र सीमाङ्कनको विषयमा त फेरि प्रदेशको संख्यामै छलफल हुन थालेको छ। राजधानीलाई छुट्टै प्रदेश बनाउने कि र मध्य र सुदूर पश्चिमको एउटै प्रदेश बनाई त्यसमा थारु र कर्णालीलाई विशेष संरक्षण क्षेत्र बनाउने प्रस्तावमा छलफल भएको छ। थारुका माग पूरा गर्न कैलाली टुक्राउने विषयमा छलफल हुँदा देउवाले रौँ पनि दिन्न भनेपछि बाबुरामसँग भनाभन समेत भएछ।

3 thoughts on “बन्दमा समेत सरकारले दियो वैद्य माओवादीलाई मात्रै मान्यता, उपेन्द्र यादवलगायत मधेसकेन्द्रित दल बेवास्तामा”

  1. Rohini says:
    August 17, 2015 at 9:47 pm

    देशमा अराजकता हुदा खुसि हुने नेता अनि दुखि हुने जनता कुन देशका हुन् ?
    त्यो देश हो नेपाल |

    Reply
  2. Shankar says:
    August 17, 2015 at 5:16 pm

    भनेपछि देउवा रौ पनि न दिने बाबुराम गेडागुडी सबै लिन खोज्ने , कुरो कसरि मिल्ला त् ?

    Reply
  3. Durga Adhikari says:
    August 17, 2015 at 8:45 am

    बन्ध गर्ने, जनतालाई सास्ती दिने, दुख दिने जो कसैलाई पनि म सराप दिन चाहन्छु/
    तिम्रो जिन्दगीमा कहिलेयी सुख र खुसि नआओस/
    तिम्रा परिवार बिरामी पर्दा औसधी र अस्पताल नपावोस/
    केहि गरि खान खोज्दा काम नपावोस/
    समाजमा सधै घ्रिडित र बेसहारा जिबन होस्/
    तिम्रा सन्तानले पढ्न लेख्न नपावोस/
    सधै पसुवत जीवन बिताउनु परोस/
    किनकी अहिले तिमीले नेपाली जनतालाई तेही अवस्थामा रखेकाछौ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme