Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेरि सुरु भो बन्दको मौसम

Posted on August 16, 2015August 16, 2015 by Salokya

ok संविधान घोषणा हुने दिन नजिकिँदै गर्दा फेरि एक पटक बन्दको मौसम सुरु भएको छ। अघिल्लो संविधानसभामा संविधान बन्ला बन्ला जस्तो भएको बेलामा पनि यसै गरी दिनहुँ बन्द हुने गर्थे। यसपाला अलि त्यस्तो भइसकेको थिएन तर चालामाला हेर्दा फेरि त्यस्तै सुरु हुने देखिएको छ। वैशाख १२ को भूकम्पपछि कति दिन बन्द जस्तै भयो। भूकम्पपीडित कतिपय ठाउँमा अझै त्यहाँका बासिन्दा राम्रोसँग उठ्न सकेका छैनन्, यता यस्तो हालत हुन थालेको छ। बन्दको यो शृङ्खलामा ३३+९ दलले आज र भोलि दुई दिन बन्द गर्दैछ। सुरुमा एक दिनमात्र बन्दको कार्यक्रम थियो। तर पछि त्यसलाई तन्काएर दुई दिन बनाइयो।
banda

11694130_978377462214580_2115570052083576747_n
बन्द गर्नेहरु दुई मोर्चामा छन्। एउटा त मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चा भइहाल्यो। यो मोर्चामा कुन कुन दल छन् भनेर मोर्चाकै मान्छेलाई पनि थाहा छैन होला। तर पनि यो एउटा ब्रान्ड भइसक्यो। वैद्यको ३३ दलीय मोर्चा। यो मोर्चाले संविधानसभाको चुनाव बहिस्कार गरेको थियो र त्यतिबेला पेट्रोल बम हानेर सर्वसाधारण यात्रुलाई घाइतेसमेत बनाएको थियो।

अर्को मोर्चा छ उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल। अशोक राईको संघीय समाजवादी र उपेन्द्र यादवको मधेसी जनअधिकार फोरम नेपाल मिलेर बनेको संघीय समाजवादी फोरम नेपालको नेतृत्वमा मधेसकेन्द्रित दलहरुसमेत रहेको मोर्चा। यी दलहरु संविधानसभा भित्र पनि छन्। फोरम नेपाल त १५ सिट भएको संविधानसभाको पाँचौ ठूलो शक्ति पनि हो। अर्थात् गच्छदारको पार्टीभन्दा ठूलो।

उता तराईका २२ जिल्लामा धेरै दिनदेखि थरुहटले बन्द गरिरहेको छ। अरु ठाउँमा बन्द प्रभावकारी नभए पनि थारु बाहुल्य क्षेत्रमा बन्द छ।

सिमाङ्कन चित्त नबुझेर सुर्खेत, जुम्लामा भइरहेको आन्दोलन कायमै छ। सुर्खेतमा तीन जनाको ज्यान गइसक्यो। कर्णालीलाई छुट्टै प्रदेश बनाउने मागसहित आन्दोलन भइरहेको छ। शनिबार नवलपरासीमा एमाले नेता बैजनाथ चौधरीको घरमा आक्रमण गर्न गएपछि हवाई फायर र लाठिचार्ज हुँदा ६ जना घाइते भएका छन्।

बन्द अघि गरिएका धरपकड, राजधानीमै प्रदर्शनकारीले मसालले प्रहरीलाई हान्ने जस्ता काम अनि यो दुई दिनको बन्दले नेपालको राजनीतिक बाटो निर्धारण गर्छ भन्दै हिँड्नुले आगामी दिन कठिन र हिंसात्मक हुनसक्ने संकेत गर्छ।

दुई दिने बन्द सुरु नहुँदै अर्को दुई दिने बन्दको घोषणा भइसकेको छ।

कहिले हुने होला यो केटाले टिसर्टमा लेखेको जस्तो ?
ok

5 thoughts on “फेरि सुरु भो बन्दको मौसम”

  1. poudel Rajesh says:
    August 18, 2015 at 7:43 am

    दिनका दिन बन्द गरेर जनतालाई किन दुख दिन्छौ हामि जस्ता बिधाथिको पढाई किन बिगार्छौ एउटा कुराको लागि बन्द गर्दा कतिको भबिस्य बिग्रीएको छ । यो पनि सोचन

    Reply
  2. GP says:
    August 17, 2015 at 4:52 pm

    धिक्कार एमाले, कांग्रेस र एमाओबादिका नेताहरु…..काठमाडौँमा बसेर सहमति गर्ने अनि आ-आफ्नै निर्बाचन क्षेत्रमा गएर खण्ड-अखण्ड भन्दै जनता भड्काउने, प्रादेशिक राजधानी आ -आफ्नै ठाउँमा बनाउने भनेर बखेडा झिक्ने….हुतिहाराहरु साझा एजेन्डामा टिक्न नसक्ने , मिलेर बसेका जनतालाई लडाउने भिडाउने र आफु रमिते बन्ने……पुनर्संरचना गर्ने रे अनि अखण्ड चाइयो रे… अखण्ड नै चाइने हो भने किन आन्दोलन गरेर त्यो खण्डित नारा उचालेउ त? फेरी लेखराज भट्ट ले प्रचण्ड संग, भिम रावल ले के पी ओली संग र शेर बहादुर देउबाले सुशील कोइराला संग बार्गेनिङ्ग गर्नु नि…युबराज ज्ञावाली लाइ दांग, प्रकाश ज्वाला लाइ सुर्खेत राजधानी चाइयो रे अनि बाबुरामले नि सुर्खेतको पक्ष मा वकालत गर्ने…तेरीमा पाखण्डी हो….बैध्य बा हरु पनि आफु महलमा बस्ने, पजेरो छाड्ने अहि गरिखाने जनताको रोजीरोटी हरण गर्नेगरी बन्द हड्ताल गर्ने हृदय नभएका कठोर शोषकहरु……पहिचानबादी को कुरो बुझ्नै नसकिने… झापा/मोरंग/सुनसरी कुमार लिङ्ग्देन लाइ नि चाहिने…उपेन्द्र यादब लाइ नि चाहिने….त्येई ठाउ मा कोचिला हुनुपर्ने रे….धरान खम्बुवान लाइ नभई नहुने रे…एकपटक लिङ्ग्देन जी, यादब जी, राई जी र राजबंसी जी हरु बसेर साझा धारणा बनाइहेरौं न अनि पो के पी ओली र के पी सिटौला संग लड्न सकिन्छ त…..यस्तै हो भने यो संघियता भन्ने हड्डी ज्ञानेन्द्रले फुत्त तानेर चिलिम पार्दिन्छ; अनि खाउला नि दांत उद्याउदै बसिराख न….जसलाई जे मनपर्छ त्येई धर्म माने भैगो नि, कमल थापाहरु किन बुर्कुसी मार्नु…आंगमा जनै छ कि छैन हिन्दु भनेर उफ्रिने

    Reply
  3. dor prasad says:
    August 16, 2015 at 7:29 am

    थुक्क ! यो देश कहिलै न बन्ने भो … दल भन्दा कार्यर्कता कम !!! नेपाल बन्द भनेको नेपाली हरुको आपमान हो .. जे गर्नु छ संबिधान सभा बाट गरे भो नि ! अल्पमत (निउन मत ) ले बहुमत लै कसैले सासन गर्छ कहिँ !!

    नेपाल लै लाखौ तरिकाले प्रदेश मा बिभाजन गर्न सकिन्छ .. अहेले को दुइ तिहाई ले जे निर्णय गर्छ गर्न दिनुनी .. तागत छ भने २/३ लाएर संबिधान संसोदन गरेर आफु खुसि राज्य बनाए भो नि !!!

    Reply
  4. Shankar says:
    August 16, 2015 at 4:58 am

    पौराणिक काल, इतिहास काल देखि नै हेर्ने हो भने देश मा ब्यबास्ता बस्न , उन्नति हुन् र देश अगी बढ्न देश मा सासन चाहिन्छ | सासन को लागि दण्ड अनिबार्य छ |
    तेसैले निर्धा ले सासन चलाउन सक्दैन भन्ने कहाबत बन्यो |
    किनकि सासन चलाउन कडा न भै हुदैन | हाल हाम्रो देश मा भएको सासन हैन , एस्लाई अराजकता ( जसले जे बोले , जे गरे पनि हुने , कानुन निश्चित व्यक्तिलाई मात्र लाग्ने ) भनिन्छ | अथवा कुएको लोकतन्त्र , बा प्रजातन्त्र भन्दा फरक पर्दैन |
    येसो बिचार गर्दा , यो सब को पछाडी भारतीय हस्तछेप मूल कारण हो , ७ साल अघि देखि नै उसले यहा मनोमानी गर्दै छ , कुनै समय मा राना , बि पी , राजा , काँग्रे . माउबादी सबैलाई बाँदर नाच नचाउने र छोड्ने गर्यो |
    किनकि सिक्किम र भुटान जस्तो अधिन मा बनाउन पनि न सक्ने , चीन सिमाना मा भएकोले छोंडन पनि नसक्ने |फेरी नेपाल को पहाडी शासक र जातिहरुलाई तितर बितर न पारे सम्म यहा स्थिर सासन हुने छःःआट काट पनि देखिदैन | न भए राजा हटेपछि प्रचण्ड लाइ त् चलाउन दिन पर्ने नि , ( किनकि उनीहरुले नै राजतन्त्र फाल्न माउबादी युज गरेको थ्यो ) तर तेसो पनि उनीहरुको अन्तिम लक्ष्य थिएँन |
    किनकि भारत को अन्तिम लक्ष्य कुनै भारतीय लाइ नै नेपालि नकाब लगाएर नेपाल को शक्तिसाली सासक बनाएर आफ्नो स्वार्थ सिद्द गर्नु हो | उ क्रमसः तेही दिसामा जादो छ , उसले मदिसे + जनजाती आन्दोलन येसैको लागि छेडेको छ ( राजा हटाउन माउबादी आन्दोलन सिर्जना गरे जस्तो )| उ बेला राजा हटे , नेता दंग परे , पत्रकार ले बाघ नै मारे भन्ने ठाने अब बिस्तारै सब को पालो आउदैछ |
    कटु यथार्थ | हाल को यो सब हल्ला गुल्ला फिल्म को टेलर मात्र हो |

    Reply
  5. डा. सुरज श्रेष्ठ says:
    August 16, 2015 at 3:37 am

    नेपालको बन्दको बेलामा टिका टिप्पणी पनि बन्द ।
    आज ब्रत (उपवास) बसेर खाना बन्द ।

    सुरज

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme