Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसरी गरिन्थ्यो पुराना नेपाली फिल्ममा रोमान्स, हेरौँ रमाइला पाँच तरिका

Posted on August 14, 2015August 14, 2015 by Salokya

oldageromance
आजभोलिका फिल्ममा रोमान्सले फड्को मारेको छ। मनकामना फिल्ममा शिव श्रेष्ठ र करिश्मा मानन्धरको चुम्बनको दृश्यले एकताका हङ्गामा मच्चाएको थियो तर त्यसलाई चपली हाइट र एटिएम जस्ता फिल्मले गिज्याइदिएको छ। चुम्बन र अरु दृश्यहरु आजभोलि सहज भइसकेको छ। अहिले आएर पुराना फिल्म हेर्दा रोमान्सका तरिका अनौठो लाग्न सक्छ। हेर्नुस् पुराना नेपाली फिल्ममा रोमान्सका पाँच तरिका।

तरिका नम्बर १ : हवाई चुम्बन


नेपाली फिल्मका रोमान्टिक हिरो भुवन केसीले त्यो जमानामा यसरी हावाबाटै चुम्बन फाल्थे। अनि हिरोइन त्रुप्टीले पनि हावामै त्यसलाई ग्रहण गर्थिन्। यो दृश्य ३२ वर्षअघि बनेको सम्झना फिल्मको हो।

तरिका नम्बर २ : काँधमा हात राखेर हिँड्ने


अहिले पुलिसका रमेश खरेल हिरो भए जस्तै त्यतिबेला अर्जुनजंग शाही हिरो थिए। शाही रिल लाइफका हिरो थिए खरेल जस्तो रियल लाइफका हैनन्। यो दृश्य २५ वर्षअघि बनेको चेलिबेटी फिल्मको हो। हिरोइन शर्मिला मल्ल हुन्।

तरिका नम्बर ३ : अहँ हुन्न


अरु ठाउँमा चुम्बन त देखाइन्थ्यो तर ओठमा? अहँ हुन्न। विजय लामा र कृष्टि मैनालीको यो रोमान्स २५ वर्षअघिको चोखो माया फिल्मको हो।

तरिका नम्बर ४ : सुपरहिट फिल्मको रोमान्स


२१ वर्षअघिको सुपरहिट फिल्म थियो दक्षिणा। त्यसमा भुवन केसी र हिरोइन निरुता सिं‌हको रोमान्स यस्तो थियो।

तरिका नम्बर ५ : खुला ठाउँमा रोमान्स


त्यतिबेलाका एक्सन हिरो थिए शिव श्रेष्ठ। उनले ३१ वर्षअघि कान्छी फिल्ममा शर्मिला मल्लसँग गर्ने रोमान्स यस्तो थियो।

7 thoughts on “यसरी गरिन्थ्यो पुराना नेपाली फिल्ममा रोमान्स, हेरौँ रमाइला पाँच तरिका”

  1. Sher Shing says:
    August 15, 2015 at 11:26 pm

    उहिले को लव पो लव ….धत् अहिले त लव पर्यो कि घोडा चढी हाल्नु पर्ने ….बोकाहरू क्क्क्क्क्क्क

    Reply
    1. Bhunte says:
      August 16, 2015 at 9:57 am

      लप कसरि पर्छ?
      – ल र प जोडेर

      Reply
  2. shankar says:
    August 15, 2015 at 10:47 pm

    सहि हो बोरो सहि !!!!

    Reply
  3. Shankar says:
    August 14, 2015 at 2:56 pm

    पुरानो रोमान्स हेर्दा एस्तो भ्रम दिन्छ , बच्चा जन्माउन लब मात्र गरे पुग्छ , अरु केहि गर्नु पर्दैन |

    Reply
    1. bibek dhakal says:
      August 14, 2015 at 7:02 pm

      तेस्तो ‘ अरु केहि गरेको’ रोमान्स हेर्न त मेन स्ट्रिम चलचित्र हैन अरु नै खालको चलचित्र हेर्नु परो 😀 …

      Reply
    2. sujan maharjan says:
      August 14, 2015 at 9:17 pm

      एस्तो पुरानो फिल्म हेरेका हरुले कसरि थाहा पायो होला बच्चा कसरि जन्माउने !!!

      Reply
      1. yk says:
        August 15, 2015 at 3:29 am

        एक पटक आफ्नै बा लाई पो सोधने हो कि

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme