-हार्दिक गुरुङ-
दुई वर्षअघि नेपाल वायुसेवा निगमले (नेवानि) एयरबससँग दुईवटा न्यारोबडी विमानको सम्झौता गर्दा लेखेको एउटा लेखको स्मरण गर्दैछु। २०७२ सालभित्र निगमले यी दुईवटा न्यारोबडी ल्याएमा यसको धेरथोर श्रेय सुगत रत्न कंसाकारलाई पनि दिनु पर्दछ भनेर तर्क गरेको थिएँ। संयोग नै भन्नु पर्ला, आज यो लेख लेख्दा नेवानिको महाप्रवन्धक पदमा कंसाकार फेरि नियुक्ति हुनु भएको छ। यी दुई वर्षको अन्तरालमा धेरै परिवर्तन भएको महसुस त गर्दिनँ तर महाभूकम्पले देशको भविष्य अलि अन्योल छ। यसपालि पनि निगमको जहाज, व्यवस्थापन र भविष्यको बारेमा सानो विश्लेषण गर्ने जमर्को गर्दैछु।
सन्दर्भ चार वर्षअघिको कुरा हो, बुवाको ५७ वर्षको पूजामा नेपाल पुगेको थिएँ। नेपालको पर्यटकीय जिल्ला मुस्ताङमा इन्टरनेटको पहुँचले त म आश्चर्यचकित नै भएको थिएँ। अमेरिकी र नेपाली जीवनशैली बीचमा एउटा गजबको समानता भेट्टाए, दुर-संचारको पहुँच। नेपाल टेलिकमले छोटो समयमा गरेको फड्को र क्रान्तिको योगदान यदाकदा कंसाकारलाई दिने गरिन्छ। चार वर्ष कार्यकालको लागि नियुक्त भएका कंसाकारले निगमको भविष्य कस्तो बनाउला त्यो त समयले नै बताउला तर ध्वजावाहकलाई अन्तर्राष्ट्रिय स्तरको विमान कम्पनी बनाउने योजना फलामको चिउरा चपाउनु सरह हुनेछ।
नयाँ जहाज किन्दैमा निगम सफल हुन्छ भनेर हचुवाको आधारमा निर्णय गर्न सकिन्न भनेर पहिला पनि भनेको थिएँ। पाइलटको अभाव र जहाज व्यवस्थापनको लापरबाहीले नयाँ एयरबस विमानहरु काठमाडौँ विमानस्थलमा थन्केर बसेका घटनाहरु त आम नेपाली जनतालाई अवगत नै छ। दीर्घकालीन योजना र चुस्त व्यवस्थापन सबैभन्दा महत्वपूर्ण पक्ष हुन्। निगमलाई हवाईजहाजको अत्यन्त आवश्यक छ तर यसको आपूर्तिले सबै समस्याको हल चाहिँ कदापि हुन सक्दैन। त्यसमाथि पनि नयाँ जहाज हुँदैमा आफूलाई अरु विमान कम्पनी भन्दा विशेष देखाउनु तत्कालको लागि उपयुक्त होला तर यो विशेषता भोलि जुनैपनि नयाँ स्वदेशी एवं विदेशी विमान कम्पनीले अपनाउन सक्दछ। निगमको प्रतिस्पर्धी भनेको अरु देशका राष्ट्रिय ध्वजावाहक नै हुन्, विशेष गरी खाडी मुलुकका विमान कम्पनीहरू।
अमेरिका जस्तो शक्तिशाली राज्यको प्रतिष्ठित एवं पुराना विमान कम्पनीहरूले खाडी मुलुकका ध्वजावाहकहरुलाई बजार बिस्तारमा चुनौती दिन धौ- धौ परिराखेको अवस्थामा नेवानिलाई खाडी मुलुकका विमान कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न न त पर्याप्त विमानहरू नै छन् न त स्रोत-साधन नै छ न त आधुनिक प्रविधि नै छ।
निगम स्थापना भएको लगभग ३-४ दशक पछि खुलेका यी खाडी मुलुकको ध्वजावाहकहरुको प्रगति लोभलाग्दो छ। स्रोत-साधनमा प्रतिस्पर्धा गर्न नसकेपनि सेवा र संस्कारमा टक्कर दिन नेवानि सछम छ। निगमसँग इतिहास र अनुभव छ। निगमले विगतका गल्तिहरुबाट पाठ सिकेर सकारात्मक रुपले अगाडि बढ्न जरुरी छ।
” वी नीड टू थिङ्क ग्लोबल बट एक्ट लोकल “- अहिले समयको खाँचो हो।
निगमलाई कर्पोरेट संस्कृति र अद्वितीय सेवाको संस्कार बसाल्न र विस्तार गर्न अत्यन्त आवश्यक छ। विश्वभरिका कम्पनीहरुले संचालन गर्ने भनेको अधिकांश जेट विमान भनेको बोइङ्ग वा एयरबस मात्र हुन् तर फरक भनेको सेवा-संस्कार नै हो। भौतिक स्रोत जडान गर्ने रणनीति जो कसैले पनि अनुकरण गर्न सक्ला तर कर्पोरेट संस्कृति र संस्कार भनेको कुनै पनि कम्पनी अथवा संस्थानसँग आवद्ध हुने अदृश्य सम्पति हुन्। परम्परा-संस्कृतिको लागि हामी नेपालीहरु धेरै धनी छौँ र यही संस्कार नेवानिमा समावेश गर्न जरुरी छ।
पंचायत कालमा तत्कालीन शाही नेपाल वायुसेवा निगमको “यति सर्विस” ले पाएको लोकप्रियता यसको राम्रो नमूना हो। निगमले आफ्नो उद्देश्यलाई विस्तार गर्न कर्मचारीहरुमा उत्साह, उत्प्रेरणा र आत्मसन्तुष्टि जगाई त्यही जोश-जाँगरलाई यात्रुहरुको सेवामा परिणत गर्न सक्षम हुनु पर्दछ। दुई दशकसम्म जेट विमान किन्न नसकेको नेवानिले दुईवटा आधुनिक एयरबस न्यारोबडी विमान संचालन गरेर नेपाली हवाईक्षेत्रमा ल्याएको फड्को सराहनीय छ। आधुनिकता जहाजमा मात्र होइन, हरेक क्षेत्रमा लागू भई सन्तुलन हुन आवश्यक छ।
एयरबस ए-३५० र ए-३३० जस्ता अत्याधुनिक वाइडबडी जहाज खरिद गर्ने चर्चा हुँदा नेवानिको पुरानो, सुस्त र अप्रचलित वेबसाइट समयसँग परिवर्तन गर्न नसक्नु एउटा सानो उदाहरण हो। ३-४ वर्षअघि कापाले आफ्नो प्रतिवेदनमा उल्लेख गरे अनुसार, वाइड बडी किनेमा निगम धरायसी हुनेछ भन्ने तथ्यलाई विश्लेषण गर्न जरुरी छ। वाइडबडी किन्नु आफैमा दीर्घकालिन सोच, गर्व, र साहसको विषय हो र यसलाई सकारात्मक रुपमा लिन सकिन्छ। कसैको साख र कार्यसूचीको आधारमा भन्दा पनि वाइड बडी खरीद गर्ने कदमलाई समयको माग अनुसार परिचालित हुन आवश्यक छ।
अहिलेको युग भनेको इलेक्ट्रनिक र डिजिटल युग हो, निगमले अनलाइन बुकिंग सिस्टममा व्यापक सुधार ल्याउनु जरुरी छ। सेवा-सुविधामा नयाँपन, सक्षम युवाहरुलाई अवसर, उन्नत प्रविधिको उपयोग र अभिनव विचारको खाँचो छ नेवानिलाई। परिवर्तन आफैमा सजिलो विकल्प होइन, तर जबसम्म यस्ता प्रतिरोधीहरु नेवानिमा हावी हुन्छन् तबसम्म परिवर्तन को संभार आउन सम्भव छैन।
सहि दिशा, सक्रिय कर्मचारी, न्यूनतम राजनीतिक हस्तक्षेप र सक्षम प्रशासनले विगतझैँ नेवानिलाई राष्ट्रकै सबै भन्दा ठूलो रोजगारदाता र विदेशी मुद्रा आयातकर्ता हुन कसैलेपनि रोक्न सक्ने छैन। सुगत रत्न कंसाकारले देशको अर्को सार्वजनिक संस्थानको उत्थान गरेर आफ्नो नेतृत्व र व्यवस्थापकीय कला पहिले नै साबित गरिसकेका व्यक्ति हुन्। आशा छ, त्यस्तै नेतृत्व, अवसर, जाँगरले नेपाल वायुसेवा निगमको मुहार फेरिनेछ।
निगमको प्लेनमा आमा समुहले सेवा दिन्छ ।
केहि साल अगि पढेको थिए , सा ने बा नि कोएउटा बिमान को इन्जिन बाट मुसा निस्क्यो ,
अझै बेला बेला मा निस्किन्छ कि के छ ? नया प्रगति ?
व्यवस्थापन र उत्पादन दुई विलकुल अलग्ग कुरा हो। बुझ्नु पर्ने कुरा के हो भने अहिले चलिरहेको सबै रुटमा अन्य विशाल विदेशी एयरलाइन्स कै हाराहारिमा यात्रुहरु हुनेगरेको पाइन्छ। थाई र सिंगापुरको सिल्क एयर बाहेक अन्य सम्पुर्ण विदेशी एयरलाइन्सको एयरहोस्टेसको व्यवहार र सेवा आदि निगमको भन्दा धेरै नराम्रो छन् भनि सबैले भन्छन्। “एयर होस्टेस हाँस्दैन त्यसैले विमान थप गरि निगमको ब्यापार बढाउन हुन्दैन” भन्ने मानसिकता हावि भए सम्म निगम उँभो नलाग्ने मात्र होइन यस खालको नकरात्मक मानसिकताले मुलुक पनि बन्दैन। सबैले बुझ्नु पर्ने आर्को कुरा के छ भने केहि मात्रामा रिस्क वा खतरा नभएको ब्यापार वा उद्योग संसारमा नै कतै हुन्दैन। खतरा मोलेर व्यापार गर्दैन भनि निगम चुपचाप बसेको २८ वर्ष भैसक्यो, अव पनि आर्को २८ वर्ष पनि भएको जहाज र चलिरहेको रुटमा मात्र रमाएर विदेशी एयरलाइन्सलाई पोस्दै जानुपर्छ भन्ने सोच मुर्खताको पराकाष्ठ हो।
सुगत रत्नज्यु
यदि तपाईं निगमको प्रमुख भयको सुगत ज्यु नै हुनु हुन्छ भने लगभग ३० बर्षको सेवा गर्दा मैले देखे भोगेको “निगम किन उभो लाग्न बाधा गरेको केहि कारणहरु”मा यहाको ध्यान आकर्षण गर्न चाहन्छु/
म माईसंसार मा प्रतिक्रिया लेख्दा आफ्नो सक्कली नामनै प्रयोग गर्छु तेसैले मैले गलत लेखेमा याहाले चाहेमा मलाइ खोजि कार्यवाही गर्न सक्नु हुन्छ/ नेपाल बायु सेवा निगम संग संगै खुलेको “थाई र बंगलादेस को बिमान कम्पनि जत्तिकै बिकसित नभयकोमा निम्न कारणहरु पनि छन् तर सबै भन्दा ठुलो कारण त् निगमलाई रास्ट्रिय धोजा बाहक होइन भ्रस्ट नेताको भ्रस्ट नीति बाहक बनाईनु नै निगम बिकशित नहुनुको प्रमुख कारण हो/
०१. “निगमलाई घाटा पुर्याउन्दै आफुले कमाउने व्यक्तिहरु” निगम भित्र र बाहिर सिन्डिकेट बनायर बसेको/ धमिजा लाउदा काण्ड लगायत निगम भित्र ब्यागेज काण्ड जस्तो गलत कामहरु तेस्ताले नै गरेका थिय/ तेस्ताहरुले निगमको बिमान स्थल र निगमको महत्व पूर्ण निकायहरुमा कब्जा जमायर बसेको/ तेस्ता माथि रिपोर्ट नै परे पनि कुनै कार्यवाही गराउन अत्यन्त मुस्किल हुने/
०२. निगम मार्फत देसको सेवा गर्छु भनेर प्रतिस्पर्धामा नियुक्त हुने भन्दा नेताको सिफारिसमा बिना प्रतिस्पर्धा “आफु मालामाल” हुन् निगममा भर्ति भयका कर्चारिहरु बढी हुनु/
०३. निगममा निर्देशक पदमा बसेकाहरु नै नालायक तथा अरु बात निर्देशित हुनु/
०४. ठुलो जहाज किन्न पुग्ने रकम कमाउने अबशरमा भ्रस्टाचार गर्ने कयौं काण्डहरु निगम भित्र भयको थियो/ तेस्तो कुकार्य गर्ने कर्मचारीहरुको बारेमा जत्ति पटक ब्यबस्थापनलाई जानकारी दिंदा पनि कुनै कार्यवाही नहुनुमा कसको कमजोरी हो त्यो बारेमा निगमको सबै भन्दा ठुलो पदमा बस्ने व्यक्तिले कहिले पनि ध्यान दियनन/ उदाहरण र प्रमाण चाहिन्छ भने मैले कतिपटक सम्म दोलखा ट्राभेल यजेंट काण्ड, हिमाल वोर्ल्ड को इन्सेंतिभ काण्ड लगायत हंगकंग र त्रिभुवन बिमान स्थलमा हुने ब्यागेज काण्ड हरुको बारेमा लेख्नु परेको थियो भन्ने कुरा निगमको अभिलेखमा हेर्न सक्नु हुन्छ/ अमेरिकाको यजेंतले बेकारको बैंक ग्यारेन्टी दियको निगमको रिजर्भेसन सुबिधा को गलत फाइदा उठायको र जापानको एजेन्टलाई सम्झौता बिपरित करोडौको इन्सेंतिभ दिन नहुने भन्दा मलाइ निगमको तत्कालिन कार्यकारिणी अध्यछ्य रामाग्य चतुर्वेदीले आमा चकारी गालि गर्दै नेपाल गंज सरुवा गरेको थियो बा थियन त्यो पनि हेर्न सक्नु हुन्छ/
०५. अरु उद्द्योगले सामान उत्पादन गर्छ निगमले सेवा/ उत्पादित सामानको उचित भाउ राख्न नसके उद्द्योग घाटामा जान्छ/ निगम घाटामा जानुको प्रमुख कारण यो पनि हो/ आज पनि जहाज भरि यात्रु भय पनि नोक्सान हुने कयौं उडानहरु निगमले गर्ने पर्ने अबस्था छ/ आन्तरिक उडानमा अरु निजि बिमान सेवालाई आफ्नो लागत अनुशारको भाडा निर्धारण गर्ने अधिकार छ तर निगमलाई छैन/ नेताको आफ्नो जिल्लामा तिनै नेताको सरकारले तोकेको आफ्नो उडान लागत पनि नउठ्ने भाडामा निगम उडान गर्न किन बाध्य भयो?
०६. संसार भरि निगमले आफ्नो टिकट बेच्ने एजेन्ट नियुक्त गर्न सक्दैन/ निगमको एजेन्ट नभयको मुलुक बात कुनै पर्यटक नेपाल आउन चाहेमा त्यो मुलुक बात नेपाल सम्म आउने भदा कति हुन्छ भनेर कहा हेर्ने? आयताले संसारको कुनै पनि कुना बात कुनै पनि मुलुक सम्मको नर्मल सिजनल र स्पेसल भाडाहरू प्रकाशित गर्छन/ तर के नेपाल सम्म आउने भाडाहरू तेस्मा प्रकाशित छन्? अहिले हेर्नुस संसारको कुनै पनि कुना बात भारतको कुनै पनि सहरमा उडान गर्न तिर्नु पर्ने स्पेसल रिटको सस्तो भाडाहरू कितावमा प्रकासित छन् तर नेपालको छैन; किन? अमेरिका युरोप बात भारतको दिल्ली मुम्बई र नेपालको काठमान्डू सम्मको दुरी लगभग समान नै छ तर भारतको दिल्ली मुम्बई कलकता सम्म भाडा भन्दा नेपालको काठमान्डू सम्मको भाडा किन तेती साह्रो महँगो भयको होला भनेर कसैको ध्यान किन नगयाको?
०६. संसारको कुनै पनि देसमा त्यो देसमा उडान गर्ने बिदेशी बायु सेवाले तेस्को उडान भाडा निर्धारण गर्दा त्यो देसको त्यो देसको रास्ट्रिय धोजा बाहकको सहमति अनिवार्य छ/ नेपालमा पनि थियो त्यो नियम तर तेस्लाई किन र कसको स्वार्थ पुरा गर्न मिचिन दियो?
निगमको युरोप उडान घाटामा जानुको प्रमुख कारणमा यो पनि थियो/
०७ संसारमा अरु पनि लोकतान्त्रिक अलोकतान्त्रिक देसमा पनि तेस्रो मुलुक बात उडान तेस्रो मुलुकमा उडान भर्ने बिदेसी बायु सेवा रास्ट्रिय धोजा बाहकले ट्राफिक कम्पेसन बापत प्रति यात्रु र प्रति किलो कार्गो बापत केहि रकम उठाउछन्/ निगमले तेस्तो रकम उठाउँदै आयको पनि थियो र तिर्दै आयको पनि थियो/ तर पछि…… यस्तो किन?
अहिलेलाई यत्तिकै/
सुगत् रत्न जी भाबेस राइ को कमेन्ट को के जवाफ छ त ?
नेवानिको बारेमा जति लेखे पनि कम हुन्छ|
राजनैतिक हस्तक्षेप र कुब्यवस्थापन समस्याको जड हो| कुन चाहि पहिलो र ठुलो हो भन्न गाह्रो छ नेवानिको परिपेक्षमा| राजनैतिक हस्तक्षेपले कुव्यवस्था निम्त्याउछ र कुब्यवास्थाले राजनैतिक हस्तक्षेपलाई प्रोत्साहन गर्छ|
नेवानि भनेको ६ बेते कोरल्ली हो| सत्तामा रहेकाले यसलाई आफ्नो स्वार्थ पूर्तिमा दुहुनो गाई जस्तै प्रयोग गरे| जति गरे पनि अब हुँदैन जबसम्म यसमा आमुल परिवर्तन ल्याईदैन| यसको वर्तमान र हुर्कदै आएको वर्क कल्चर र स्ट्रक्चरमा जे गरे पनि आज नभए भोलि भोलि नभए पर्सि यो कुबाटोमा जान्छ जान्छ| अति नै profitable मानिएको सेक्टरमा पनि नेवानि यो र त्यो कारणले उडान भर्न र पैसा कमाउन असमर्थ छ|
उच्च व्यवस्थापनलाई दोषारोपण गर्न सकिन्छ र ओरालो लाग्नुमा संस्थान जिम्मेवारी छन् पनि| तर करिब ९० प्रतिशत कर्मचारीमा कस्टमर सेवाको जिम्मेवारी वोध छैन|
अरु एयरलाईन्सको कार्गो र सभिस ह्याण्ड्लिङ्ग नगर्नु हो भने नेवानि आजै बन्द गर्न पर्छ| अरु एयरलाईन्सले पनि अर्को विकल्प नदिएकोले मात्र नेवानिलाई करले राखेको हो|
NAC is a national shame carrier.
It should be put into liquidation as soon as possible.
Another way would be to privatize it. Usually, in a business organization like this one, employees are assets. However, it is impossible run the airlines with the existing employees from top to bottom. They have no motivation with NO ability to work in the changing environment. Many of them hired on the basis of a cheat (chit) by a political or relative source. They are responsible for turning it into a white elephant. If you start firing employees to bring reforms, there will be a big political hue and cry. There are many employees who sucked the blood of the RNAC/NAC till the last drop have left or retired. This is not to say all were hopeless employees; there were many good ones who kept the airlines alive from various levels.
So, the best option is to go into liquidation.
Start from the scratch in a privatized way. If you don’t make profit, you don’t exist. If you make profit, employees should get a share of it.
I say it not in a biased way but based on my long dealing with RNAC and now NAC. As much as possible, I do not fly on NAC. Even the President chose to fly another airlines when he could have flow the so called national airlines.
Nepal Airlines = NA = Not Available
The only way the national flag carrier can improve is by commercializing the corporation and adopting professionalism. Keep it completely out of reach of nepotism & favoritism. Until and unless the management gets this, there is no way an airline business can compete & sustain in this global competition.
Just kick out all the employees who think the corporation belongs to their dad and get a new set of recruits who are competitive, young, energetic & work hungry. I bet there are thousands of smart people in Nepal who are unemployed.
But if a business can’t make profit then there’s no point in running a business. Just shut it down and move on to something that’s more profitable. I don’t think a country has to have a national flag carrier specially for a country like Nepal and I don’t see any logic in spilling tax money in such a thing just for the sake of country’s pride (which is almost none).
Who cares if a country has a plane or not…we can always hire it if needed in case of emergency.
Rather invest money in something more productive that a country can operate and generate employment opportunities.
Hi,
Nice to hear this article regarding NA.
Buying is once investment but must care the things which we bough and must earn using those things.
Pay proper salary to the cabin crew and pilots to get progress of NA. Reduce discounts to friends and relatives. Do not reserve seats for nothing which was previous trend. Ticket sodhdha chaina re, ani anta bata balla balla kinyo, bhare plane chai khaali. Yestoo prabriti na hosh.
* Proper Timing
* Staff Behavior
are main thing which is related with Public Relation.
Wish all the best to NA.
SAM
वी नीड टु गेट रिड अफ ओल्ड काउज फ्रम द क्रू |
१. निगम भित्र कै लोडरहरु लाइ यात्रा गर्न प्रतिबन्ध लाउनु पर्यो ! किन कि प्रत्येक लोडर ले यु यस डी २५०० बोकेर ब्यापारी लाइ सहयोग गरेका छन् जसले देश को लागि न्युन बिजक को बिल बनाउन मद्दत गरेर हानि पुर्याई रहेका छन् !
२. लोडर हरु मलेसिया, हंगकंग को उडान मा प्रतिव्यक्ति २५ किलो भनिएपनि आपसी मिलोमतो मा ३५ किलो सम्म समान बोकेर ब्यापारी को मद्दत गरिरहेका छन् (एक पटक हंग कंग अध्यागमन ले नेपाल वायुसेवा का कर्मचारी लाइ अबैध चुरोट बोकेको केस मा समातेको पनि थियो जसमा चार लाख धरौटी राखेर छुटेका थिए) जसले निगम को एक पटकको उडान मा कम्ति मा १०५०० यु यस डलर को घाटा लगाई रहेका छन् !
३. लोडर हरु ले नेपाली गहना बिना भन्सार बोकेर ति राष्ट्र मा पुर्याउछन जसले निगम र देश लाइ घाटा भै रहेको छ !
४. फर्किदा समेत सुन, मोबाइल, ल्यापटप आदि बोकी निगम र देश लाइ घाटा पुर्याएका छन् !
एक पटक को उडान मा कम्ति मा ४० हजार यु यस डलर को घाटा निगम लाइ छ भने देश लाइ प्रत्यक्ष अप्रत्यक्ष घाटा छ ! नेपाली लोडर को सट्टा सम्बन्धित देश को सुबिधा लिने हो भने पनि निगम लाइ फाइदा छ !
सानो कुरा हो तर नाफा र घाटा को सवाल मा हेर्नु पर्छ !
५. निगम मा कर्मचारी को आफन्ती लाइ समेत आधा पैसा मा टिकट दियिने रहेछ ! यो प्रचलन तुरुन्तै हटाइ, क्रु मेम्बर बाहेक का अन्य कर्मचारी जो व्यक्तिगत काम मा हिडेका छन तिन बाट समेत यात्रा को पैसा लिने गर्नु पर्छ !
७. बुढा एयर होस्टेज लाइ हटाइ सालिन, नया र कम उमेर का परिचारिका को ब्यबस्था गर्नु पर्छ !
८. चुस्त ब्यबस्थापन र ब्यबस्थापकीय जानकारी भएका व्यक्ति लाइ विदेश का शाखा हरु मा पठाउने गर्नु पर्छ !
९. राजनैतिक हस्तक्षेप बाट मुक्त राख्नु नै निगम लाइ अगाडी बढाउनु हो !
Compelling the earlier person, who earned the position out of OPEN competition, to resign with non cooperation by party affiliated “union” has a smack of a cunning ploy to bring back SRS to serve ulterior motive more than looking after the interest of NAC.