Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँ केन्द्र भएर अहिलेसम्म १५ परकम्प

Posted on August 11, 2015 by Salokya

मंगलबार बिहानदेखि दुई वटा परकम्पले राजधानीवासीहरुलाई तर्साउनसम्म तर्साइदियो। वैशाख १२ पछि कम्पनहरु कम भइरहेका बेला एकै दिन दुई पटक काठमाडौँ नै केन्द्र भएर कम्पन भएका थिए। पहिलो कम्पन ३.७ म्याग्निच्युडको थियो भने दोस्रो कालिमाटी केन्द्रबिन्दु भएको ४.३ म्याग्निच्युडको थियो। काठमाडौँ केन्द्र बनाएर ४ माथिको यो १५ औँ परकम्प थियो।

काठमाडौँ केन्द्र बनाई सबैभन्दा ठूलो कम्पन ४.६ म्याग्निच्युडको भएको छ। साउन ६ गते राति १० बजेर १४ मिनेटमा र वैशाख १३ गते राति १२ बजेर ४३ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो। वैशाख १२ को भूकम्प गएकै दिन राति ७ बजेर ४७ मिनेटमा काठमाडौँ केन्द्र बनाई ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको भोलिपल्ट काठमाडौँ केन्द्र बनाई चार वटा कम्पन भएका छन् भने पर्सिपल्ट दुई वटा।

यी ठाउँमा केन्द्र बनाई गएका थिए भूकम्प

6 thoughts on “काठमाडौँ केन्द्र भएर अहिलेसम्म १५ परकम्प”

  1. Shankar says:
    August 13, 2015 at 3:33 am

    भुकम्प आउदा अपनाउनु पर्ने सतर्कता |
    ”जाँड भुइँ मा पोख्नु हुदैन , जमिन धेरै मातिने डर हुन्छ ”

    Reply
  2. Bhukampa Vid says:
    August 12, 2015 at 12:42 pm

    यो तथ्यांक माई संन्सारको रेडारले रेकर्ड गरेको हो? This is no such record in USGS which even records 2.5 magnitude earthquake and absolutely accurate.

    Reply
    1. Salokya says:
      August 12, 2015 at 1:16 pm

      त्यहाँ लेखेको देख्नुभएन कि कसो ? सबै तथ्याङ्क राष्ट्रिय भूकम्प मापन केन्द्रका हुन्। नेपालका सबै भूकम्पका तथ्याङ्क युएसजिएसमा हुँदैनन् काफ्ले जी, यसो नेपाली संस्थातिर पनि हेर्नुपर्‍यो विदेशी मात्र हैन। उपनाममात्र भूकम्पविद् राखेर भएन, भूकम्पको तथ्याङ्क कहाँ कहाँ राखिएका हुन्छन् पनि थाहा पाउनु पर्‍यो 😛

      Reply
    2. sam says:
      August 12, 2015 at 2:06 pm

      Even USGS doesn’t show all earthquakes in USA since it is caused by fracking operations and many people and even some states are against fracking operation.

      Reply
    3. bibek dhakal says:
      August 12, 2015 at 7:25 pm

      यी ‘भुकम्पविद'(भुबी) महोदय को कमेन्ट अनुसार मैले अनुमान गरेको एक संवाद
      भुबिबू (भुकम्पविद कि बुडी): ए हजुर भूइंचालो आयो, बाहिर निस्क्म छिटो
      भुबी: के भन्छे, पख है त ( स्मार्टफोन हेर्दै). नआत्ति न त्यो बाटोमा ट्रिपर आएर हल्लेको होला, खै यो USGS ले केहि देखाको छैन..

      Reply
  3. arun gaacha says:
    August 12, 2015 at 5:06 am

    ईन्डिया ले नेता हरुले र भुकम्प ले नपाल हल्लाउन नछाड्ने भो बा……..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme