Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संघीयता बुझाउन नसक्दा आन्दोलन, बित्थामा मान्छेको गयो ज्यान

Posted on August 10, 2015August 10, 2015 by Salokya

final_nepal_map सीमाङ्कन बिनाको संविधान ल्याउन लाग्दा पनि नहुने भएपछि सीमाङ्कन पनि बल्लतल्ल गरियो। तर कुनै ठोस आधार नदेखाई गरिएको सीमाङ्कन र संघीयताबारे नेताहरुले जनतालाई बुझाउन नसक्दा ठाउँठाउँमा अखण्ड आन्दोलन भइरहेको छ। यस क्रममा सुर्खेतमा दुई जनाको ज्यानै गयो (दुई जनाको पुष्टि-भन्नलाई तीन पनि भनिएको छ)। राज्यको पुनर्संरचना गर्ने भन्ने, संघीयतामा जाने भन्ने अनि जिल्ला पनि छुन नहुने, विकास क्षेत्र पनि अखण्ड चाहिने माग आएपछि यो बुझाउन नसक्नुमा नेताहरुकै नालायकी देखियो। जिल्ला र अञ्चल बनाउँदा देश नटुक्रने, प्रदेश निर्माण गर्दा देश टुक्रने भन्दै फैलाइएको भ्रम चिर्न उनीहरु असफल भए। छिमेकी देश भारत जान त भिसा लिनु नपर्ने सत्य हुँदाहुँदै अर्को प्रदेशमा जाँदा भिसा लिनुपर्ने जस्तो हल्ला मच्चाउँदा पनि उनीहरु यसको खण्डन गर्न सकेनन्। हास्य कलाकारहरुले यस्ता भिसा लगायतका संघीयताबारे विकृत कुरा पस्कँदा त्यसलाई चिर्न अर्को व्यङ्ग्य गर्न सकेनन्। फलतः आज अखण्ड मध्यपश्चिमको आन्दोलनमा मान्छेको ज्यानै गयो।

यो धमिलो पानीमा माछा मार्न चाहनेहरुले जनतालाई उत्तेजित गराउँदाको स्थिति पनि हो। कुनै दल विशेषले नेतृत्व नगरेको भिडको आन्दोलन यस्तै अराजकतातिर उन्मुख हुनसक्ने डर हुन्छ। सुर्खेतलाई अखण्ड मध्यपश्चिम चाहिएको हो भने त्यसका लागि अरु उपाय थिए। अहिले सीमाङ्कन फाइनल भइसकेको पनि होइन। बल्ल त प्रस्ताव हो। संघीय आयोग बनाएर सीमाङ्कन मिलाउने भनिएको छ। यहाँ त आजको भोलि हुने जस्तो गरेर सरकारी कार्यालयमा भीडलाई आक्रमण गर्न उक्साइयो, नेताका घर छानी छानी तोडफोड गरिए, पार्टी कार्यालय छानी छानी फोरिए।

गृह मन्त्रालयको विज्ञप्तिले यसै भन्छ-

तर विज्ञप्तिले यो भने भन्दैन। हेर्नुस् त यो फोटोमा
Untitled-1
गोली लागेर मृत्यु भएको भनिएको यो फोटोमा छाता बोकेर कतै जान लागेको जस्तो पो देखिन्छन् त। सुने अनुसार कसैको घरमा रङ्ग लगाउन जाँदै थिए रे यिनी। आन्दोलनसँग कुनै मतलब थिएन रे। बिचरा। बित्थामा ज्यान गयो। तोडफोड गर्नेहरु कता भागे होलान्, मारमा परे सर्वसाधारण।

Untitled-1

अनि विज्ञप्तिको यो भाग हेर्नुभो?
jumla
तरुण दलका जिल्ला अध्यक्ष पो रहेछन् तोडफोडको नेतृत्व गर्ने। अर्थात् कांग्रेसको भ्रातृ संगठन। नेताहरुले आफ्नै कार्यकर्तालाई बुझाउन सकेका रहेनछन्। अनि के स्थिति होला?

14 thoughts on “संघीयता बुझाउन नसक्दा आन्दोलन, बित्थामा मान्छेको गयो ज्यान”

  1. यशन्क yshank says:
    August 12, 2015 at 5:56 pm

    अति नै चित्त बुझ्दो लेख रहेछ । जनचेतना को लागि सक्दो share गरम हौ साथिहरु । हरेकको दिमाग त बोधो हुदैन नि । बुझ्ने ले बुझी खान्छन नबुझ्ने ले ,,,, गोलि खान्छन ।

    Reply
  2. shurendra tamang says:
    August 12, 2015 at 2:30 pm

    नालापानी कालापानी दर्जलिंग टनकपुर भारतले खादा सुतेर बस्ने नेपाली भेडा नेता र जनता नेपाल देशभित्र आफ्नो छेत्र यताउति पर्दा कर्फु गर्नु पर्ने गोलि चलाउनु पर्ने स्तिथि ……….. कहिलेकाही त मलाई दिक्कर लग्छ नेपाली भयर जन्मिनुमा पनि ……….

    Reply
  3. नन्दन चालिसे says:
    August 12, 2015 at 11:54 am

    कुन चाहि लालबुज्जकड़ ले बुजाउने हो के नेपाली जनता लाइ, बुजाउने ले पो कति बुजेको छ??? अंगुठा छाप हरु ले अरु लाइ कसरि बुजाउने हो के? जब संघियता र धर्म निरपेक्षता जनता को मांग नै होइन व्यक-डोर बाट छिराइएको हो भने येहा बुज्ने बजाउने कुरा कसरि आयो, बुज्न त दलाल नेता हरु ले बुज्न जरुरि छ समय मा यी कुरा सच्चाईएन भने रगत को खोलो बग्छ अब यो देश मा …

    Reply
  4. Saru says:
    August 11, 2015 at 1:48 pm

    संगीयता र धर्म निर्पचेयात्ता आदि जान आन्दोलन को नारा पनि थियन र माग पनि थिएन त्यति बेला जनताहरु निरंकुश राज तन्त्र को बिरोध गरि रहेको थियो र जनता को माग निर्वाचित सरकार बाट मात्र साशित हुने थियो यो कुरो सबै त्यति बेला को साक्षी हरु ले छाती मा हात हालेर सत्य बोल्नु पर्छ पछि यो संघियता र धर्म निर्पचेय्ता को माग आयातित र dollar र IC को खेति गर्ने हरु को कारण ले अस्वाभाभिक तरिका ले अन्तरिम संविधान मा छिराएको जग जाहिर नै छ. अप्राकृतिक तरिका ले जन्मेको बच्चा बहेकोले अहिले यो बच्न पनि मुस्किल छ र अहिलेको ताण्डव हेरी राख्नु परेको छ. यी बेवकूफ नेता हरुले Pandora box खोलेको छ र यसले देश लाई तहस नहस गर्ने छ यसको जिम्मेवारी यी चार या चोर दल बनाउदा हरु ले लिनु पर्ने छ.

    Reply
  5. दिनेश छेत्री says:
    August 11, 2015 at 1:40 pm

    हिमाल, पहाड र तराइ एक अर्का बिना अपुरा छन् !!! तसर्थ, कथित जातीय पहिचानको संघियेता कुनैपनि हालतमा हुनु हुदै हुदैन !!! संघियेताको बिसयमा जनमत संग्रह गरेर जनताको राय लिनापर्छ !!! संघियेतामा जानुनै छ भनेपनि हरेक प्रान्तले उत्तर दक्षिण छुने गरेर, बिज्ञ हरुसंग सल्लाह गरेर नेपाल लाइ आर्थिक रुपले सम्वृद्धिमा लानसक्ने गरि, तटस्त नाम भएका बढीमा ४ प्रदेश बनाउनु पर्छ !!!!!
    संकीर्ण जातीय पहिचान भन्दापनि नेपाली पहिचानमा गर्ब गरौ !!!
    जय नेपाल, जय नेपाली

    Reply
  6. Sisir says:
    August 11, 2015 at 11:06 am

    हवाई फाएर गर्दा ८ जनालाई गोलि लागेको रे !!! आकाशमा हान्दा सडकका मानिसलाई लाग्ने कस्तो बन्दुक बोक्छन हो हाम्रा प्रहरी ??

    Reply
  7. chandra says:
    August 11, 2015 at 9:17 am

    “संघियता ” भनेको के हो भन्ने कुरा सबै भन्दा पहिले के पी ओली, शेर बहादुर देउबा, लेख राज भट्ट, राम चन्द्र पौडेल, भिम रावल र कमल थापा नाम गरेका “जन्तु” हरुले बुझ्न अति आबस्यक छ ! उनीहरु ले बुझे पो जनता लाइ बुझाऊछन् !

    Reply
  8. सुरज श्रेष्ठ says:
    August 11, 2015 at 7:29 am

    आफैबाट छुट्टीएर बनेको सुदुरपश्चिमान्चलमा गाभिने पुरै कर्णाली र भेरी अंचलको सुर्खेत, दैलेख र जाजरकोट जिल्लाहरुलाई कसरी मान्य होला भन्ने श्री ५ को नेताहरुको (बाबुराम, सुशील, पुष्प र बिजय) घैटोमा न पसेको ?

    यसका अलावा अझ धेरै मुद्दाहरु बॉकीनै छन् ।

    सुरज श्रेष्ठ
    नेपालगंज

    Reply
  9. Shankar says:
    August 11, 2015 at 4:49 am

    देश पुन निर्माण , पुन सिमाङ्कन राम्रो कुरा हो | तर सोचेर , दिमाग लगाएर सबै समेट्ने गरि भयो कि , हत पत मा भयो ?
    त्यो चै जनताले मुल्यांकन गर्नु पर्ने कुरा हो |

    Reply
  10. XYZ says:
    August 11, 2015 at 4:45 am

    WTF with the leaders?

    Prachanda: सिमांकन गर्दैमा आतिनुपरने कुरा छैन
    राम चन्द्र पौडेल: प्राबिधिक सहयोग को लागि हामीले आयोग बनायक छौं
    बाबुराम: थरुहट लाई समर्थन आखान्दको बिरोध
    शेर बहादुर: संघियेता को समर्थन साथै अखान्दको समर्थन
    सिटौला: सिमांकन अन्तरिम बेबस्था मात्र हो

    Reply
    1. sam says:
      August 11, 2015 at 5:25 pm

      Leaders of country are those who are capable of leading a country, they are just loosers and leader of their own party only, so it is good to call them party leaders.

      They need multiple constitunent assembly to draft a constitution and they have already failed once. Loosers.

      Reply
      1. MADAN BAJRACHARYA says:
        August 11, 2015 at 10:03 pm

        भारतको भूगोल भन्दा २० गुणा, जनसंख्या भन्दा ४० गुणा सानो र भारतकै कयौं प्रदेश भन्दा सानो नेपालमा झन्डै झन्डै भारतमा भय जत्तिक्कै जात जातको देस भरि छरियर बस्ने नागरिकहरुको सानो नेपाललाई अब कसकसको पहिचान हुने कतिवटा संघीय राज्यहरुमा विभाजन गर्ने?

        उहिले ५५० भन्दा अनेकौ जातको राज्यहरु यकिकरण गरेर अंग्रेज ले जसरि आजो भारत निर्माण गरेरको थियो ठिक तेसरिनै २२से २४से जात जातको राज्यहरु सबैलाई मिलायर पृथ्बी नारायण शाहले आजको नेपाल निर्माण गरेको थियो/ त् नेपालमा जातको नाममा कति वटा संघिय राज्यहरु बनाउने बा बनाउंदै जाने ?

        हिन्दु धर्मको उद्गम भयको भारत हिन्दु मुस्लिम क्रिस्चियन बुद्धिस्ट बसोबास गर्छन/ बुद्ध जन्मेको नेपालमा पनि हिन्दु बुद्धिस्ट मुस्लिम क्रिस्चियनहरु बस्छन/रास्ट्र र ब्यबस्था सबै धर्म मान्नेको साझा कुरो हो त् त् कसैलाई नेपाल हिदु रास्ट्र नै हुनु पर्ने किन लाग्यो?

        भारको संघीय राज्यहरुलाई उनीहरुले चाहेमा भारत बात अलग्ग हुन् सकिने स्वायत तथा आत्म निर्णयको अधिकार दियको छैन त् नेपालमा बनिने संघीय राज्यहरुलाई नेपाल बात अलग्गिन सकिने स्वायत तथा आत्म निर्णय गर्न सकिने अधिकार दिने दिलाउने कुरामा नेपालको कुन भूभाग लाइ नेपाल बात अलग्याउने षड्यन्त्र छ?

        नेपाल र भारतको सिमाना अंग्रज सिटको सन्धि पछि किटेकोहो र तेही सिमाना देखायर सन् १९४५मा भारत र सन् १९५५मा नेपाल संयुक्त रास्ट्र संघको सदस्य बनेको हो/ संयुक्त रास्ट्र संघमा दर्ता गरेको दुवै मुलुकले तराइको भूभाग नेपालको भयको उल्लेख गरेकोमा बिरोध गर्दै नेपालको तराइ उहिले भारतको बिहारको बिन्द्याचल सम्मको मध्य देस भनिने भुमि भयकोले नेपाल बात अलग्ग हुनु पर्ने भनेर आजको मधेश्बाद्को झण्डा रघुनाथ ठाकुर भन्नेले उठायको थियो र तेस्ले तराइलाइ नेपाल बात अलग्याउन भारतको सहयोग पाउन भारतको सदनको अगाडी आफ्नो टाउकोमा मट्टीतेल खान्यायर आगो समेत बालेको थियो र रास्ट्र संघमा समेत तराइ नेपालको नभयको भनेर पत्र लेखेको थियो/ तर रघुनाथ ठाकुर गोइत महत र महतो जस्तोले भन्दैमा रास्ट्र संघले तराइ नेपालको नभयको भन्न सक्दैन र भारत रास्ट्र संघमा तराइ कालापानी लिपुलेक सुस्ता आदि नेपालको भयको देखायर नक्सा दर्ता गरेको भारतले तराइ मधेश्बादिको स्वतन्त्र मध्य देस बनाउन दिन नेपाललाई प्रत्य्छ्य दवाव दिन त् सक्दैन तर तराइ नेपाल बात अलग्याउन चाहने मधेश्बादिको माग पुरा हुने ब्यबस्था अपनाउन नेपाल अर्कै किसिमले बाध्य गर्न सक्छन/ के भारतले यस्तो प्रयास गरेको छैन? मधेश्बादिहरु रघुनाथ ठाकुरलाइ आफ्नो महान नेता तथा सहिद मान्छन!!! के यति कुराले मधेश्बादिको तराइलाइ स्वायत तथा आत्म निर्णय गर्न सकिने राज्य किन बनाउन खोजेको हो स्पस्ट हुँदैन ?

        Reply
        1. XYZ says:
          August 13, 2015 at 1:57 pm

          गुरु बज्य खण भचा मथु थें चोन, छि नेवा मखुला? प्रिथिविनारायण शाह न २२ २३ राज्य त्यता एकिकन्यता धका सुन ढल?

          Reply
          1. MADAN BAJRACHARYA says:
            August 16, 2015 at 8:55 am

            मित्र
            सर्व प्रथम नेवारी भाषामा लेख्नु भयकोमा मनैले धन्यबाद दिन चाहन्छु; चाहे तपाइंले मलाइ र मेरो नेवारी भाषालाई हिज्याउन खोजेकै किन नहोस/

            हो म उहिले जाति बादी शासक र तालिवाने किसिमका पुरोहित बर्ग बात दवायको नेवार समुदायकै व्यक्ति हु/ मलाइ यो पनि थाह छ कि पृथ्बी नारायण शाहले अनेकौं जातिको राज्यमा विभाजित नेपाललाई यकिकरण गर्छु नै भनेर ती राज्यहरुलाई जितेको थियन/ तापनि पृथ्बी नारायण शाहको ठुलो देसको राजा बन्ने प्रयासले आजको नेपाल बन्न पुग्यो/ पृथ्बी नारायण शाहले आफुले जितेको राज्यहरु गोरखामा मिलायको थियन उल्टै आफ्नो देस समेत नेपालमा मिलायको कारणले पनि पृथ्बी नारायण शाहले नेपाल यकिकरण गरेको मान्न करै लाग्छ/

            Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme