Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जाभाले घटायो पानीको भाउ

Posted on August 10, 2015 by Salokya

himalayan वसन्तपुरको हिमालयन जाभा कफी सपमा एक बोतल मिनरल वाटरलाई १३० रुपैयाँमा बेचेको भन्दै गएको बुधबार साँझ प्रहरीले एक सञ्चालकलाई नियन्त्रणमा लिए।

परिणाम ?

अब त्यहाँको मेनुमा मिनरल वाटरको भाउ स्वात्तै घटेको छ।

यस्तो छ अहिलेको मेनु
pani

कालोबजारी गरेको भन्दै प्रहरीले सञ्चालकमध्ये एक गगन प्रधानलाई नियन्त्रणमा लिएका थिए।

यस्तो थियो प्रहरीले दिएको जानकारी
java

कानुनमा के छ?
nafa
स्रोत : कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२

तपाईँलाई पनि कतै यसरी नै बढी मूल्य लिएर केही सामान बेचेको छ कि ? उजुरी गर्नुस् है।

11 thoughts on “जाभाले घटायो पानीको भाउ”

  1. kundan raj pandey says:
    August 13, 2015 at 6:53 pm

    I know Mr. Gagan Pradhan personelly…He has supported our ailing and sad music industry out of his own pocket at the time when most needed..no one praised about that ..now black-market that too in his own hotel? he has the right to charge anything .it depends on the buyer to ask for mineral bottled water or the ones waiter and staff drink at the restaurant ,which im sure it is good drinking water…i see a foul play

    Reply
  2. rai siva kumar says:
    August 11, 2015 at 9:32 am

    ब्यबसएको प्रकिर्ती हेरेर कुनैपनि सामानको मुल्य तोक्ने अधिकार लगानीकर्तामा हुञ्छ. नाफाखोरी (१)
    दफा २ बमोगिम २०% मात्र मार्जिन राख्न पाउने भनेको होल्सेरल , खुद्रा र स्टोरहरुलाई मात्र लागु हुने हो , तर कानुनको रख्वलेहरुलाइनै यो कुराको जानकारी नाभायेपछी ब्यबसाइहरु मार्कामा परेकाछन | जाभा कफिसपले एक बोटल पानीको मूल्य १३० राखेर बेच्नु अपराध होइन तर जबर्जस्ति दबाब दिएर प्रसासनले तोकेको मुल्येमा कुनैपनि सामान बेच्न लगाउनु कानुनि अपराध हो |
    यदी जाभा कफिसप घाटामा गयोभाने तेस्को चेतिपुर्ती सरकारले दिन्छ भने गगन प्रधानलाई कारबाही
    गर्नु सहि छ नत्र यो अपराध हो , मान हानि |

    Reply
  3. Basant says:
    August 11, 2015 at 5:06 am

    यहाँ जाभा क्याफेको कुरा भैराछ उता त्रिभुवन बिमानस्थलको कुरा कसले गर्ने ? एककप चियाको कति तिरी राछ ?

    Reply
  4. kedar says:
    August 10, 2015 at 7:10 pm

    कानुनको कालो बजारी चैं हो यो |
    प्रतिष्पर्धात्मक खुल्ला बजार भनिएको व्यवस्थामा मेनुमा स्पस्ट मुल्य तोकेर बेच्न राखिएको चिजलाई कसरी कालो बजारी भनिन्छ ? सायद २०३२ सालको पंचायेती ऐन २०७२ सालको लोकतन्त्रमा घोलिए पछि निस्किने परिणाम येस्तै होला | कानुनका येस्तै सढे गलेका दफा लगाएर एकमुष्ट हफ्ता असुल्न निकै खप्पिस छन पुलिस र प्रशासन |

    Reply
  5. sam says:
    August 10, 2015 at 1:39 pm

    I don’t have a money tree. I stopped going to Java a long time ago. My friends still go just to keep their high profile status. I find the price as rip off.

    Reply
  6. kiran says:
    August 10, 2015 at 1:18 pm

    अरु रेट पनि त सातो जाला जस्तो रहेछ /

    Reply
  7. Saru says:
    August 10, 2015 at 12:54 pm

    सब भन्दा पहिले त हामी के अर्थ र बजार व्यवस्था अंगाली रहेको छौ त्यो सरकार ले स्पस्ट भन्नु पर्यो यदि उदार र स्वतन्त्र अर्थ व्यवस्था हो भने नाफा जति पनि लिन पाइन्छ यदि त्यो पारदर्शी र कर तिरेको छ भने र किन्ने नकिन्ने उपभोक्ता मा निर्वर हुन्छ तर त्यहाँ स्वन्तन्त्र बजार र उपभोक्ता लै छान्ने अधिकार हुनु पर्छ तर नाफा नै सरकार ले तोक्नो हो भने यो त कम्युनिष्ट व्यवस्था हुने भयो र सरकार ले त्यहि कुरो भन्नु सक्नु पर्यो. Syndicate चाही तोड्न नचाहने तर यस्ता बजार हस्तछेप गर्ने चाही दोहोरो चरित्र हो. तर यो सरकार नै कुन चरित्र र कुन लिङ्ग को छुटाउनु गारो परिरहेको बेला यो त सामान्य कुरो मात्र भयो. हिजडा सरकार बाट केहि आशा राखने ठाउँ पनि छैन.

    Reply
  8. Jeewan Aacharya says:
    August 10, 2015 at 11:14 am

    Ajhai pani Soft Drink ko Rs 125 chha.. Maile bujhe samma yo soft drink bhaneko 1 Glass (250 ml) ho. Yesko market price Rs 30 dekhi Rs 35 samma hola. Ajjhai samma cheteko chhaina hai yini haru. Sarkar le sampurna thagi garne byewasayi haru lai karbahi garos.

    Reply
    1. Mk says:
      August 10, 2015 at 10:07 pm

      संबैधानिक उचच पदस्थ ठग हरु लाइ कसले कारबाही गर्ने ?

      Reply
    2. kedar says:
      August 10, 2015 at 11:55 pm

      खुला र प्रतिष्पर्धात्मक बजार ब्यबस्था अपनाइएको देशमा बस्तुको मूल्य बजार आफैंले निर्धारण गर्छ | एस्तो बजारमा बिक्रेताले स्पष्ट मूल्य सहित आ-आफ्नो समान बजारमा राख्नु पर्दछ भने ग्राहाकले आ-आफ्नो आबस्यकता र क्रय क्ष्यमता अनुसार समान खोज्छन र खोज्नु पर्दछ | येस्तो बजारमा सरकारले हेर्ने र नियन्त्रण गर्ने भनेको बस्तुको गुणस्तर, मिलेमतोमा मूल्य निर्धारण, कृत्रिम अभाबहरु, मूल्य नै नतोकी ग्राहक हेरी हेरी मूल्य तोकिने जस्ता ठगीहरु हुन् |

      सरकारले मूल्य नियन्त्रण गर्ने भनेको साम्यबादी र निरङ्कुश सासन व्यवस्थाका बजारहरुमा मात्रै हो र पनि साम्यबादी चीनमा त खुल्ला प्रतिस्पर्धात्मक बजार नै छ | नेपालमा साम्यवादको हिमायेती एमाले र एमाओबादी सासनकाल लगाएत २०४७ सालदेखि आज सम्म भन्दै आएको खुल्ला बजार ब्यबस्था येही हो त ? हामीले अपनाएको बजार के हो ? स्पष्ट हुनु परो नि नत्र थोत्रा कानुनको आडमा स्पष्ट मूल्य तोकेर बेच्न राखिएको बस्तुलाई कालो बजारी भन्नुको मतलब के हो ?

      Reply
      1. Anamak Sharma says:
        August 11, 2015 at 1:58 pm

        त्येस्तो भए MRP को अर्थ चाही के हो नि? अब अस्पताल बाहिर औसधि पसल ले नि Rate publish गरेर एउटा cetamol को 100 मा बेचे भयो? अनि gas वाला ले नि तेइ भनेर 5000 मा बेच्ला | ल बधाई छ कला बजारी हरु लाई |

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme