Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जनताको के सुझाव समेटियो, के बाँकी रह्यो?

Posted on August 9, 2015August 9, 2015 by Salokya

संविधानको प्रारम्भिक मस्यौदामा जनताको सुझावपछि परिमार्जन गर्न चार दलका शीर्ष नेताको उच्चस्तरीय विशेष समितिले केही विषयमा सहमति गरेका छन् भने केही विषय बाँकी नै छन्-

१) संघीयता : पहिले ८ प्रदेश रहेकोमा अब २ प्रदेश घटाएर ६ प्रदेशमा सहमति भएको छ। पहिले नाम र सीमा बिनाको प्रदेश थियो भने अब सीमाङ्कन टुङ्गिएको छ। नाम भने प्रदेश सभाले राख्नेछ।

२) धर्म निरपेक्षता : यो विषय टुङ्ग्याउन बाँकी छ।

३) प्रस्तावना : यसअघि ‘प्रेस स्वतन्त्रता’ मात्र रहेकोमा अब ‘पूर्ण प्रेस स्वतन्त्रता’ रहने भएको छ। प्रस्तावनामा दलित समुदायले उठाउँदै आएको ‘एकात्मक राज्य व्यवस्थाले गरेको शोषण’अन्त्य गर्दै भन्ने शब्द राखिने भएको छ।

‘लोकतान्त्रिक मूल्य र मान्यतालाई अबलम्बन गरी समाजवादको आधार निर्माण गर्न प्रतिवद्ध रहँदै’ भन्ने शब्दको सट्टा ‘लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण गर्छौँ’ भन्ने शब्द राखिएको छ।

यस्तै, मस्यौदामा उल्लेख गरिएको ‘संविधानसभा मार्फत यो संविधान घोषणा गर्दछौँ’ भन्ने शब्दको सट्टा ‘संविधानसभाबाट यो संविधान जारी गर्दछौँ’ भन्ने शब्द राखिएको छ।

४) राष्ट्रपति र उपराष्ट्रपति : अब राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुने व्यवस्था गरिएको छ। मतलब राष्ट्रपति पुरुष भए उपराष्ट्रपति महिला। राष्ट्रपति मधेसी भए उपराष्ट्रपति जनजाति आदि।

५) नागरिकता : नागरिकताको अंश परिमार्जन गरिएको छ। आमा र बाबु नेपाली वंशज नागरिक भए उनका सन्तानले नागरिकता प्राप्त गर्न सक्ने भनिएकोमा अब आमा वा बाबुले भएको छ।

६) विशेष क्षेत्र : सङ्घीय कानुनमा व्यवस्था भएबमोजिम सामाजिक सांस्कृतिक संरक्षण वा विकासका लागि विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सकिने व्यवस्था राखिएको छ।

७) सीमाङ्कन : प्रदेशको सीमाङ्कनसम्बन्धी नमिलेका वा प्राविधिक विषयमा सुझाव दिन सरकारले एक सङ्घीय आयोग गठन गर्ने र त्यसले प्राविधिक विषय टुङ्गो लगाउने भएको छ।

८) स्थानीय निकाय : नगरपालिका प्रमुख, उपप्रमुख, वडा प्रमुख र वडा सदस्यको निर्वाचन पहिलो हुने निर्वाचन प्रणालीद्वारा हुनेछ।

९) प्रत्यक्ष निर्वाचित कार्यकारी : यसमा पुरानै व्यवस्था कायम रहने सहमति भएको छ।

१०) सुरक्षा परिषद् : राष्ट्रिय सुरक्षा परिषद्मा मुख्य सचिव र नेपाली सेनाका प्रधानसेनापति सदस्य रहने व्यवस्था गरिएको छ।

११) थ्रेसहोल्ड : सहमति जुट्न बाँकी छ।

१२) संवैधानिक अदालत : निरन्तर छलफलमा छ विषय।

7 thoughts on “जनताको के सुझाव समेटियो, के बाँकी रह्यो?”

  1. Chetan Nepali says:
    August 11, 2015 at 2:57 am

    यो संबिधान भन्ने चिज दूरदर्शी, विवेकशील, बुद्धिवान र निस्पक्ष १ जना व्यक्तिले बनाए हुने कुरो थियो तर के गर्ने, अदूरदर्शी, अबिवेकशील, बुद्धिहीन र पक्षपातिहरुको भीडले बनको चिज के नै राम्रो आशा पो गर्न सकिन्छ र!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    Reply
  2. सिर्जने says:
    August 10, 2015 at 10:38 pm

    रास्ट्रपति र उप-रास्ट्रपति फरक लिङ्ग? भन्नाले चुनाउ लड्ने होइन? कसले मनोनित गर्ने “भारतले” (?) कि नेपालि जनताले?

    Reply
  3. Ram Bdr Thapa says:
    August 10, 2015 at 6:52 am

    Ekraj and Rajat,

    What else you expect? what a rubbish and uncivilised comments you are putting here. We can not go in this global age to 24 se and 25 se Rajya. Is it possible in a mixed society like ours.
    You should be shamed to say oli and Gacchedaar is criminals. They are the one who are trying to resolve current crisis which has been for last 10-20 years. Do you want this to continue for another 20 years? What benefit you get?
    Why can’t Tareai part be with Pahad and Pahad Part be with Madhesh, we are one country. Why do we need separation of State by race? There are lots of Madhesi leaving in Pahad and lots of Pahade living in Terai? At the end of the day we all are Nepali. Can you make Kathmandu as a Newar Rajya where all nepli are living there.

    Be practical and be a Nepali Not a Gurung, Rai. Bahun, or Madhesi.

    Reply
    1. rajat says:
      August 11, 2015 at 2:19 am

      Thanks for you comment Mr. Thapa. We both have individual rights to express our views. I am not convienced at all with your logic. I guess u are not mr cloud. Are you?
      This constitution is written by people who has been involved in revolution, not by one who wants evolution. I think now its a phase of evolution. I dont believe some one who has been achieved goal by bullet will believe in ballot. I am not convienced by this draft. I say the sivision of terroteries is not sxientific. These guys are trying to paralize socity by making lazy more lazy and intiligent more intelliget. Nd again letting think these brahmin are grabbing more positions. If u see mow falit are more richer than khas. And they enjoy kotas. What a shame.

      Reply
  4. Kamal says:
    August 9, 2015 at 10:08 pm

    ओली र प्रचन्डलाई देशको भविष्यको के वास्ता? कसरि आफैमात्र रफ खेलेर गोल पारु र चुनाव जितु भन्ने ध्याउन्न मात्र छ| प्रधान मन्त्रि बिचरा बिरामी छन्| रेफ्री गर्न पनि इनर्जी छैनन्| सल्लाहकारले आफ्नो स्वार्थ पूर्ति गर्न जे भन्यो तेइ गर्छन|
    ओलीले सोच्या होला अब म प्रधान मन्त्रि बन्ने भए| रामचन्द्र र प्रकाशमानले कुनै पनि हालतमा बन्न दिने छैन| सोचिरहेका होलान कुनै पनि हालतमा ओलीलाई प्रधान मन्त्रि बन्न दिन हुँदैन| प्रचण्डलाई बाबुरामले अध्यक्षमा पछारिदिनेछ| हेर्दै जाम, देश बिकाश गर्ने होइन अब आपसमै द्वन्द शुरु हुन्छ|
    किन हो बैद्य र चन्द फुटकर माओवादी चुप छन्? के साज रचिरहेको होला मुलुक अशान्त गराउने|
    कता हो रामचन्द्र पौडेल पुत्र अमेरिकामा गरिबी अध्ययन गर्न भ्रमणमा गएका छन् रे| देशको ढुकुटी बाट खर्च गरेर यस्तो नहुन पर्ने| सिन्धुली र धादिङ्गमा गए जति पनि ज्ञान हासिल गर्न सकिन्छ|

    Reply
  5. rajat says:
    August 9, 2015 at 3:58 pm

    What a shame? मलाई यो संबिधान को प्रस्तावित खाका एउटा ठेक्का को कागजात भन्दा पनि तल्लो स्तर को लग्यो. यो त पहिले पहिले ढुंगे युगमा बुढापाका को जमात ले जेबोल्यो त्यो नै कानुन जस्तो भो . यो संबिधान लागु हुनु हुन्न. जब येस्तै ल्येउनु थियो, then why sati pratha,fasi,chakadi pratha,daspratha is missing Dr. Bhattarai. . I see dark future, after reading this, I can proudly say I have better vision than most educated dr. bhattarai. He is mobilised and his education are ancient one.

    Reply
  6. ekraj says:
    August 9, 2015 at 8:32 am

    The agreement and disagreement in few words in constitution will not make any improvement in the law and order.
    All these gangs of thugs, corrupts and criminals are the major powerfull position holders in the Government, business sector and development projects will continue to cripple the law and order of the country.
    Unless there is major overhaul of these old criminal gangs within the government, the constitution is just a piece of paper it will not be able to serve the country or the people.
    If there was any law and order in Nepal, the current Vice President Jhan would have died in the Jail, rather than to be qualified as vice president.

    There are several other criminal characters considered as leaders of party ( Gachhedar, Oli), powerful minister (Bamadev), terrorist leaders like Prachanda all should have been paying for their crimes.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme