Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दुई प्रदेश घटेर आउने भयो संविधान

Posted on August 6, 2015August 6, 2015 by Salokya

नक्सा साभार : नागरिक
नक्सा साभार : नागरिक

गएको जेठ २५ गते प्रमुख चार दलबीच १६ बुँदे सहमति भयो। त्यसै अनुसार संविधानको प्रारम्भिक मस्यौदा तयार पारियो। त्यसमा ८ प्रदेशसहितको संघीयता भनिएको छ।

प्रारम्भिक मस्यौदाबाट संविधान बन्दासम्म भने अब दुई प्रदेश घटेर ६ प्रदेशमात्र हुने लगभग निश्चित भइसकेको छ। यो संघीयता पनि अचम्मैको चीज भयो। शीर्ष नेताहरुले भन्या भरमा कहिले ८ प्रदेश कहिले ६ प्रदेश। बन्ने चाहिँ कस्तो भयो त प्रदेश?

पहाडमा ४ र तराइमा २ गरी ६ प्रदेश रे।

पूर्वको झापा, मोरङ र सुनसरी जिल्लालाई पहाडी जिल्लाहरुसँग मिसाएर पूर्वी प्रदेश बनाउने रे। यति भएपछि ओली दङ्ग।

पश्चिममा विवादित कञ्चनपुर र कैलाली जिल्लाको थारुबहुल क्षेत्रलाई तराई क्षेत्रका अरु जिल्लासँग मिसाएर थरुहट प्रदेश बनाउने कुरा छ। तर यो देउवाको निर्वाचन क्षेत्र हो। यो ठाउँमा फेरि अखण्ड सुदूर पश्चिमवालाहरुले विरोध गर्न थालिसकेका छन्। बन्द त्यो पनि अनिश्चितकालीनको घोषणा हुँदैछ।

चितवन र मकवानपुरलाई काठमाडौं उपत्यकासँग जोडेर प्रदेश बनाइनेछ। गण्डकी, धौलागिरी तथा लुम्बिनी अञ्चलका पाल्पा, गुल्मी अर्घाखाँचीको अर्को प्रदेश बन्नेछ। मध्य तथा सुदूर पश्चिम पहाडको अर्को प्रदेश बनाइनेछ।

तराईका दुई प्रदेशमध्ये पूर्वी क्षेत्रमा मधेस प्रदेश र नवलपरासीदेखि पश्चिमतर्फ थरुहट बनाउने तयारी हो। तर यसमा नवलपरासी टुक्राउनु पर्ने माग छ। यता सप्तरीलाई गच्छदार झापा, मोरङ, सुनसरीतिर राख्ने प्रयास गरिरहेका छन्।

यही बाँकी अलिकति कुरा मिलाउन बिहीबार बिहानको समय लाग्ने भनिएको छ। त्यो मिलेमा ६ प्रदेशसहितको संविधान सीमाङ्कन र नामाङ्कनसहित आउने लगभग तय छ।

16 thoughts on “दुई प्रदेश घटेर आउने भयो संविधान”

  1. Yashraj says:
    August 7, 2015 at 1:09 pm

    हाम्रो देशमा संबिधान बनाउने भनेको दुई चार नेताहरुको स्वार्थमा कानुनी लेखनदासले आफ्नै पारामा ढलौट गर्ने भएको छ| जनताको सुझाव संकलन गर्ने भन्ने नौटंकी र सभासदहरुले ढुकुटीको पैसाले फोकटमा घुम्नु र खानु मात्र हो|
    प्रदेशको नम्बर लगाएर कलहको बीज रोपेको हो|
    आगामी चुनावमा सत्ताधारी पार्टी कांग्रेस र एमालेलाई जनताले हारको माला पहिराउन आतुर छन्| देशमा दुईटा सरकार छ जस्तो छ| समाजवाद र साम्यवादको खिचडी बीरबलको खिचडी भएको छ| प्रधान मन्त्रि पूर्णरुपमा नीरिह बनेका छन्| आफ्नै मन्त्रीहरु के गरिरहेका छन् अनभिज्ञ रहेका प्रधान मन्त्रि एमालेका मन्त्रीहरुमा कुनै नियन्त्रण र निर्देशन छन्| उर्जा मन्त्रि, खेलकुद मन्त्रि र गृह मन्त्रीको निकम्मापन र चर्तिकला देख्दै आएका छौ| क्षमता र योग्यता पर सारेर गुट मात्र हेरेर जो पायो त्यसैलाई टिपेर मन्त्रि नियुक्ति गर्दा कृषि मन्त्रिबाट एमालेले के पाठ सिक्यो कुन्नि तर देशको निम्ति गर्न खोज्दैन भन्ने प्रमाणित भैसकेको छ| कांग्रेसकै मन्त्रिहरु जे पायो त्यही गर्छन|
    एमाओवादी चार देखि अर्को पांच र छ वटा फुटमा तयार छन्| बीसै वटा भए पनि नेपाली जनतालाई अझ चोट मात्र दिने हो| राप्रपा यसबेला पशुपति, कालमोचन र देवघाटको आश्रममा गए हुन्छ| जनताको पसिना चुसेर कमाएको धन कैले सम्म चल्ने हो| जेल भुक्त भोगी खुमे पनि राप्रपामा जोइन गरे जस्तो छ|
    अख्तियार आयोगका हाकिमहरु कामै नगरी बसी बसी तलब भत्ता पकाउनु शरम मान्नु पर्ने हो तर हाम्रो मुलुकमा शरम धरम त्यस्ता कामचोरहरुले बेचेर खाईसकेका छन्|
    अन्तमा, आगामी चुनावमा यी नेताहरुलाई बहिष्कार गरिन पर्छ|

    Reply
  2. nidesh says:
    August 7, 2015 at 6:44 am

    संसारका प्रजातान्त्रिक मुलुकमा कहिँ नभएको कुरा नेपाल मै देख्न पाइने भयो , जनमत संग्रह गरे त सक्की गयो नि , कि जनताको मतको केहि मतलब छैन ??

    Reply
    1. Tenzing Gaba says:
      August 8, 2015 at 10:40 am

      जनमत संग्रह राम्रो कुरो हो तर जनमत संग्रह सबै कुरो को उपचार होइन बन्धु
      जस्तै :
      आज भन्दा १५० बर्ष अगाडी अमेरिकामा लिंकन ब्रो ले दासप्रथा हुत्याइ दिए यदि त्यति बेला दासप्रथा उन्मुलन गर्ने कि नगर्ने भन्ने जनमत संग्रह गरेको भए दासप्रथा बिरुद्द जनमत प्राप्त हुन्थ्यो होला ?

      आजै पनि कत्तिपय धार्मिक नियम अपनाउने मुलुक हरुमा ४ वटी स्वास्नी बिहे गर्न पाउने नियमै छ, यदि त्यो मुलुकहरुमा अब उप्रान्त ४ वटी बिहे गर्न नपाउने वा पाउने भनि जनमत संग्रह गर्यो भने नतिजा कस्तो आउला ?

      Reply
  3. dor Prasad says:
    August 7, 2015 at 3:14 am

    बास्तबमा तराई / मदेश मा धेरै प्रदेश चाहिए कै छैन ! बरु पहाड मा यातायात को सुबिधा छैन ठुलो प्रदेश बनाउदा सदर मुकाम जान धेरै हिंड्नु पर्ने हुन्छ ! प्रदेश ६ हेरौं त – त्योता नेपाल को टेक्सास जस्तो हुने भो !

    Reply
  4. Rohini says:
    August 7, 2015 at 12:56 am

    भोटको राजनीति ले बन्धक भयो नेपालको संघियेता |
    संबिधान कहिले बन्छ भनेर कुरिरहेका छन् नेपाली जनता |
    ये कति आन्दोलन गर्छु भन्छौ नेपालका नेता |
    गरिबीले आत्महत्या गरिरहेका छन् नेपाली जनता |
    नेताहरु राजनीति गर्छन जनताका नाममा |
    जनता भने बेरोजगारीले विदेश जाने लाममा |
    भयो अब नगर हो यो भोटको राजनीति |
    नेपालीको भोको पेट पोलिरहेछ भतभति |
    नेपालीको भोको पेट पोलिरहेछ भतभती |

    Reply
  5. Ramesh Limbu says:
    August 6, 2015 at 10:39 pm

    लिम्बुवान र किराँत जोडिदैन ! लिम्बुवान लिम्बुवान चाहियो हाम्लाई लिम्बुवान ! जय लिम्बु1.

    Reply
    1. Subba Tamang says:
      August 7, 2015 at 8:37 pm

      जय लिम्बुवान!
      I am with you 100%.

      Reply
      1. samrat~ says:
        August 10, 2015 at 5:37 am

        लिबुबान बनाए भोलि नै देखि तिमि लिम्बु हरु को घर कुखुरा ले सुन पार्छ ? अरु नेपालि हरु को तिमि हरु लाइ केहि वास्ता छैन ? तिमि हरु जस्तो देश विखण्ड गर्ने विखण्ड कारी हरु लाइ त गल हत्याउनु पर्ने एक जना जंगे चाइयो ! पहिला नेपालि भन्न सिक अनि मात्र लिम्बु . म पनि नेवार हु तर चाहिएको छैन मलाइ नेवार राज्य. मलाइ चाहिएको छ अखण्ड नेपाल. बेलै मा बुढी पुर्याउ है नत्र तिमि हरु जस्ता अनपढ हरु ले गरेर एक दिन बन्देमातारम भन्नु पर्ने दिन आउला..भाइ फुटे गवार लुटे भन्ने उखान त सुनेको होला नि लिम्बु भाइ तिमि ले ?

        Reply
  6. nisan says:
    August 6, 2015 at 12:31 pm

    हिमाल पहाड तराई कोइ छैन पर्राई भन्ने थ्यो अब खतम भो …Nepal ले बढी मा ३ प्रदेश बनाएको भए हुन्थ्यो …धेरै प्रदेश बनाउनु को कारण यो नेता ले आफ्नो स्वार्थ को लागि बनाएको जनता को लागि होइन ….सिंगो देश नेपाल जत्रो राज्य हरु त छ नेपाल लै येत्रो राज्य मा किन टुक्र्याउनु पर्यो ….अझै येस्मा छेत्रफल कसैको धेरै र कसै को थोरै छ …नेता ले आफुलाई मिल्ने गरेर बनाएको जनता को भाबना अनुसार कहाँ बनको छ र ..गरिब देश हामीले ६०१ लै पालना त येत्रो दुख छ पछि झन् तेसै धेरै नेता हरु …..मिल्ने भए त यो नेता हरु ले १४ अञ्चल लै एउटा एउटा राज्य गर्ने थ्यो होला …..नेपाल ले धेरै राज्य थाम्न सक्दैन सरकार …तेइ माथि कोइ सानो कोइ ठुलो ….येस्मा विचार गरियोस जय नेपाल

    Reply
  7. Tenzing Gaba says:
    August 6, 2015 at 7:26 am

    जति प्रदेश बनाए पनि बनाओ, घटाए पनि घटाउ, बढाए पनि बढाउ
    तर
    “छिमेकी परममित्र रास्ट्र” को प्रदेशको संख्या चाही नबढाउ

    जदौ

    Reply
  8. XYZ says:
    August 6, 2015 at 7:13 am

    आज प्रचण्डको भनाइ: येदि हामीले लचकता देखायेना भने प्राप्त गरेको चिज पनि गुमे डर भयो
    भोलि प्रचण्ड को भनाइ: हामी अलि बढी महातोकांची भयोकि?
    Comon, please help this man, he is ruining the country.

    Reply
  9. Mk says:
    August 6, 2015 at 6:20 am

    संविधान परिवर्तनिय दस्तावेज भैदियेकोले, विना अबिलम्ब,निउनतम समजदारी मा जारि गर्नु देश को हित मा हुने छ / सर्व मान्य संविधान – ‘न भूतो, न भाविस्यति’ , चेतना भया/

    Reply
  10. gyanu tajpuriya says:
    August 6, 2015 at 4:50 am

    यो हुनै सक्दैन
    पुर्बि झापा मोरङ सुनसरी पहाडी जिल्ला मा गाभन मिल्दैन
    कोचिला प्रदेशमा
    नत्र यसको नतिजा नराम्रो हुनेछ

    Reply
  11. Shankar says:
    August 6, 2015 at 3:15 am

    ल ल ठिक छ , हामि हात मा गास लिएर मुख मा नहाली संबिधान पर्खेर बसेको छौ |

    Reply
  12. सुरज श्रेष्ठ says:
    August 6, 2015 at 2:44 am

    हाम्रो चार दलका छलफल अनुसार यस लेखमा भन्न खोजिएको निम्न अनुसार हो जस्तो छ :

    पुर्व तराई —- एक प्रदेश
    पश्चिम तराई —- एक प्रदेश
    पुर्व तराई, पहाड र हिमाल —- एक प्रदेश
    सुदुर पश्चिम तराई, पहाड र हिमाल —- एक प्रदेश
    पश्चिम पहाड र हिमाल —- एक प्रदेश
    मध्य पहाड र हिमाल —- एक प्रदेश
    ————————————————————
    जम्मा छ प्रदेश

    कर्णाली, भेरी र राप्ती अंचलहरुका हिमाल र पहाड़ी जिल्लाहरु तथा सगरमाथा र जनकपुरका पहाड़ी र हिमाली जिल्लाहरु कति कति कता राख्ने कता ?

    फेरी यी शान्त पहाड़ी र हिमाली जिल्ला बासिन्दाहरुलाई मान्य होला र दुई हिमाल र पहाड़ी प्रदेशमा अटाउन ?
    बड़ो सोचनीय विषय छ ।

    डा. सुरज श्रेष्ठ
    प्राकृतिक श्रोत तथा भू-उपयोग बिज्ञ
    नेपालगंज

    Reply
  13. kedar says:
    August 6, 2015 at 1:13 am

    कांग्रेसलाई आफैंले छोड्छु भनेको सत्ता जोगाउनु छ भने दिने भनेको सत्ता कहिले झर्ला र खाउँला भन्नेमाछ एमाले | यिनै दुइ खेलको गोटी बनेर आएको छ सिमांकन | अनि एमाओबादी तेसैमा डुबुल्की मारेर माछा मारीहाल्छु कि भन्ने दाउमा छ | यिनले संबिधान लेख्दैनन | लास्टमा नरोद्दम सिम्हानुकलाई फर्काए झैं देश भित्रकै प्रभुलाई सत्ता बुझाएर सती जान्छन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme