-विजय तामाङ-
सन् १९८५ मा जगमोहन मुन्दराको निर्देशनमा एउटा फिल्म बनेको थियो – कमला। फिल्मको कथाअनुसार दिल्लीका पत्रकार जयसिंह यादव (मार्क जुवर) ले भिल जातिमा महिला बेचविखन हुने थाहा पाउँछन् र स्थलगत रिपोर्टिङ गर्न जान्छन्। समाचारमा तथ्य र प्रमाण पेश गर्नुपर्ने भएकाले २ सय ५० रुपैयाँमा एउटी युवती (दीप्ती नवल)लाई किनेर ल्याउँछन्। किनेर ल्याइएकी युवतीलाई नयाँ लुगा लगाउन दिँदैनन् र उनको हैसियत देखिने नै पोशाकमात्र लगाउन दिन्छन्। र, समाजमा व्याप्त कुसंस्कारको मिडियामाथि भण्डाफोर गर्छन्।
सन् २०१५ मा नेपालका सुपरस्टार राजेश हमाललाई लिएर बेलायती जनताको करबाट सञ्चालित बिबिसी मिडिया एक्सनले दीपक मालिकलाई लिएर इनारमा पानी भर्न लैजान्छन्। स्थानीयले दलित समुदायका मालिकलाई पानी भर्न दिँदैनन्। राजेश हमाल अनुनयविनय गर्छन्। गाउँलेले टेर्दैनन्। बिबिसी मिडिया एक्सनको टिम हमालसँगै दु:खी भएर फर्किन्छ। साझा सवाल बनाउने बिबिसी मिडिया एक्सनले घटनाबारे काठमाडौंमा घटनाबारे जानकारी गराउँछ। गाउँमा रहेका दलित समुदायका परिवारमाथि निगरानी र आक्रमणको सम्भावना बढ्दै जान्छ।
फिल्म कमलाको कथाजस्तै बुनिएको २०१५ को घटना फिल्म भने होइन। तर दलित समुदायमाथि भइरहेको असमान व्यवहारको गतिलो मिडिया स्टन्ट हो भन्ने स्थापित भइसकेको छ। दीपक मलिकहरु थप जोखिमपूर्ण जीवनतिर धकेलिएका छन्। तर, बिबिसी मिडिया एक्सनको साझा सवाल ‘हिट’ भइरहेको छ। आफ्नै सर्वेक्षणमा पछिल्लो समय लगातार भ्युअरसीप गुमाइरहेको रिपोर्ट बुझेको बिबिसी साझा सवालका लागि पक्कै पनि फिल्मी शैलीको यो घटनाले माथि पुग्न सघाउ पुर्याउँछ।
अभियान र मिडिया
नेपालको संविधान र कानुनले जातीय विभेदको कल्पना नगरे पनि नेपालमा त्यस्तो कुसंस्कार समाप्त भएको छैन। जातीय विभेद पहाडको तुलनामा तराईमा सबैभन्दा धेरै छ। राजेश हमाललाई साझा सवालका क्रुसहित गएर पानी भर्ने सपना देखेका कथित दलित समुदायका युवकको सपनाले मुलुकभरका दलित तथा पिछडिएकाको सपनालाई पनि प्रतिनिधित्व गर्छ। छुवाछुत, असमानता, दुर्व्यवहार र अपमानजनक जीवन विताउन वाध्य छन् यस्ता समुदाय। एउटा सत्य हो – यसको पुनर्पुष्टि भएको छ।
तर, मिडिया सञ्चालन र अभियन्ताबीच भेद हुन्छ भने यहाँनेर बेलायती जनताबाट नेपालका लागि आएको रकममाथि प्रश्न खडा भएको छ। गाउँलेको अपमान खपिरहेको एक युवक र उसको समुदाय अहिले पूरै मुलुकबाट अपमानित भएको छ। सिनेमाको हिरो र मिडियाबाट थप अपमानित भएको छ। अपमानसँगै असुरक्षित पनि भएको छ। कुनै दिन मुलुक भेदभावमुक्त हुन्छ भन्ने सपना बोकेर बसेका दीपक मालिकहरु अब सपना पनि देख्न नपाउने अवस्थामा पुगेका छन्। राजेश हमाल त फेल भए भने अब उनीहरुको पक्षमा को सफल हुन्छ ? बेलायती जनताको पैसामा चलेको मिडिया त असफल भयो अब को सफल हुन्छ ?
समाजमा रहेका कुरीति र कुसंस्कारलाई समाप्त पार्न मिडियाको भूमिका निसन्देह महत्वपूर्ण हुने गर्छ। तर, तर आइएनजिओ स्टन्टले कुरीति र कुसंस्कारलाई भजाउनेभन्दा ठूलो उद्देश्य राख्दैनन्। दलितमाथिको दुर्व्यवहार अन्त्य गर्न राजेश हमालले दीपकलाई लिएर परम्परादेखि चलिआएको कुसंसार अन्त्य गर्न जानुभन्दा त्यहाँका समुदायलाई शिक्षित बनाउने प्रयासको आवश्यकता थियो। जनचेतनाका लागि स्टेरियो शैलीका अहिलेका मिडियामात्र पर्याप्त छैनन्। अभियान नै छेड्न आवश्यक छ यसका लागि। मिडिया चाहिन्न तर अभियान चाहिन्छ। मानिसमा चेतनाको पर्दा उघार्न आवश्यक छ। साझा सवाल आफैँले गरेको अध्ययनले तराईमा आफ्नो उपस्थित कति कमजोर अवस्था छ भन्ने बुझेको छ। यसर्थ खेतीपातीमा अल्झेको गैससभन्दा माथि राख्ने प्रयास उसले गरेको छैन।
मिडियाको शो बिज र रियालिटी सो चलाउन पनि नैतिक बन्धनहरु तय गरिएका हुन्छन्। तर, अभियन्ताकै रुपमा मधेसमा मिडियाबाट गरिएको यो स्टन्ट अन्तत: कुनै पनि आधारमा समर्थनयोग्य हुन्नन् भलै त्यो राम्रो स्वार्थ लिएर गरिएको होस्।
निर्देशककै पपेट
कुनै पनि फिल्म निर्देशकको हुने गर्छ। कुन कलाकारलाई कसरी अभिनय गराउने भन्ने निर्देशकको सोचमा भर पर्छ। कलाकारले अभिनय गर्नेमात्र हुन्। मधेसको यस घटनामा राजेश हमालले अभिनय गरे। अझ अभिनयभन्दा बढी हात जोडेर पानी भराउन चाहे। असफल भए तर दु:खी पनि रहे। उनलाई आफ्नै हैसियत पनि पपेट झै लागेको हुनुपर्छ। तर सिनेमामा कहिलेकाही निर्देशकमाथि त्यसका कलाकार हावी हुने गर्छन्। निर्देशकलाई निर्देशनमा अभिनेताहरुले सघाउँछन् र सिकाउँछन्। कलाकारले दिएको सुझबुझपूर्ण सुझाव निर्देशकले नस्वीकार्ने कुरै भएन। फिल्म अनि राम्रो पनि हुन्छ। शिक्षित र विवेकी राजेश हमालले यहाँ निर्देशकको पपेटमात्र नभइ केही सुझाव दिएका हुन्थे भने सायद उनको हिरोइज्म यसरी स्खलित हुने थिएन।
लाटो देशमा गाँडो तन्नेरी
त्यसो त नेपालमा जे गरे पनि हुन्छ। राजनीतिकै नैतिक धरातल छैन भने बाँकी सप्रिने कल्पनामात्र हो। बिबिसी नेपाली सेवामा रवीन्द्र मिश्रहरुले जसरी ‘क्रुरतापूर्वक’ प्रश्न सोध्छन् हामीले कहिल्यै उनीहरुको माउ संस्था बिबिसी विश्व सेवामा सुनेका छैनौं। न सुनिन्छन नै। अन्तर्वार्ताको धर्म पछ्याउने बिबिसीको नेपाली सेवालाई त्यो धर्मले छुँदैन। त्यसैसँग जोडिएको साझा सवाल लाटो देशमा गाँडो तन्नेरी हुनु अनौठो विषय पनि होइन। दु:ख यतिमात्र हो दलितलाई देखाएर वर्षौदेखि भजाउँदै आएका एनजिओकै अर्को संस्करणका रुपमा यो देखियो।
अन्त्यमा, राजेश हमालहरु फँसेका छन्। दलित समुदायका नागरिक थप असुरक्षित भएका छन्। साझा सवाल सफल भएको छ। नेपालका विभेदमाथि आवाज उठाउनका लागि पक्कै पनि मिडिया एक्सनले थप सहयोग पाउने छ। र, फेरि पनि हिरोहरुलाई जिरो बनाउँदै साझा सवालहरु सफल भइरहनेछन्। सन् १९८५ को सिनेमाको अवस्था नेपाली समाजमा फिल्म बनेको तीन दशकपछिभन्दा गतिलो अवस्थामा छैन। पहिचान र अधिकारका नारा विकासेभन्दा जनतासँग जोडिएका छैनन्। जबसम्म यो जनतासम्म पुग्दैन साझा सवालहरु फस्टाइरहनेछन्।
एउटा हल्का अफ टपिक कुरा, तपाइले अन्त्यतिर उल्लेख गर्नु भाको छ ‘ रविन्द्र मिश्रहरुले जसरि क्रुरतापूर्वक प्रश्न सोध्छन त्यसरी माऊ संस्था बिबिसीमा सुनेका छैनम, न सुनिञ्छ नै ‘ सायद लेखाक्ज्यु ले ‘हार्ड टल्क’ नामक बिबिसी कार्यक्रम हेर्नुभाको छैन रहेछ… हेर्नुस एकपल्ट कति क्रुर प्रश्न सोधिन्छ त्यहा
बिजय जी, मेरो विचार मा राजेश हमाल ले छुवाछुत बिरुद्ध लागि देखा परेर ( भलै TV program मा देखा परेर) वास्तविक अर्थ मा hero भएका छ. Films मा चिच्चयेरा १० गुण्डा पछारेर वा heroine संग नाचगान गरेर भन्दा एस कार्यक्रम मा देखा परेर (चाहे director ले सिकाएकै कुरा भनेर किन नहोश) उनि बल्ल real HERO भएका छन्.
अनि कुरा आयो दलित को असुरक्ष्य को , के उनि हरु सुरक्षित थिए यो भन्दा पहिले? कुनै कुरा कतिपय बेला मा नाटकीय रुप ले नै बाहिर ल्याउन पर्छ. तपाई हामि नि बरु आआफ्नो इस्तर बाट छुवाछुत विरुद्ध बोलौ.
छुवाछुत एउटा कालोपाटी मा लेखिएको कुनै अक्ष्यर होइन एकै छिन मा मेटाएर मेटिने होइन एसको लागि एउटा क्लास सक्नु पर्छ .मेरो मतलब एउटा पुरानो पिडि को अन्त्य भएर नया पिडि को सुरुवात हुनु जरुरि छ अनि चेतना बढाउनु पर्छ …..परिवर्तन चाहन्छा भने आफै बाट सुरु गरौ जय Nepal
खै आफु त हिन्दु तेस माथि बाहुन बिहान सुरु हुन्छ ‘दराईली’ संग चिया खाएर बेलुका समापन गर्छु ‘पासा’ संग ‘वासा’ खाएर…जनै नि छोडीदैन दारु देखि ताडी नि छोडिदैन….को राजेस हमाल को साझा सवाल…घण्टा….
ति दराई वा पाशा लै आफ्नो भन्सा वा पूजा कोठा लान सक्नु हुञ्छ?
सहि प्रश्न, उत्तर दिन पक्कै सक्दैनन् यी जनैधारी ताड़ी र वासा कारी महानुभावले ….
निकै राम्रो बिषयमाथि प्रश्न गर्नुभो बिजय तामाङ्ग ज्यु |
सायद त्यो बिषयमाथि ध्यान नपुगेकै हो वा गम्भीरताका साथ् नलिईएकै हो |
नितान्त व्यक्तिगत विचार मेरो; मलाई लाग्दैन TRP को लागि साझा सवालले
दलितहरुको बिबशताको दलाली गर्छ, आवश्यकता देख्दिन म तेस्को |
अर्को कुरो, राजेश हमालको बारेमा थाहा नभएको हुनसक्छ लेखकलाई; राजेश हमाल थारु, दलित र पिछडिएकाहरुको पुरानो मित्र हुन् | विर्सनुहोस यो साझा सवालको सन्दर्भ, उनिहरुका लागि हमालले सक्दो गरेका छन् | इतिहास खोतल्नुहोस् हमालको व्यक्तिगत जिबनको |
हमाललाई प्रयोग गरियो भन्नुलाई उनको व्यक्तिगत रुचिको बारेमा कत्तिको थाहा छ तपाइलाई ? के तपाईलाई थाहा छ हमालका नवलपरासी, चितवन अनि दाङ्गका थारु मित्रहरुको बारेमा ? उनीहरुसंगको सम्बन्धको बारेमा ??
सहि सहि हो र गलत गलत हो | गलतको बिरोध कसैले गर्छ भने कसले गर्यो महत्वपुर्ण हुदैन,चाहे त्यो पिडित आफै होस् या कुनै सचेत नागरिक | किन गर्यो भन्ने तिर सोच्नु पर्छ |
सक्छौ भने समर्थन गर्नु नैतिकता हो, सक्किन भने बिरोध गर्नु या खुट्टा तान्नु दरिद्रता हो |
कुरो साझा सवालको, साझा सवालको त्यो प्रयाश आफैमा एउटा ”अभियान” हो, धेरैको ध्यान आकर्षण गरेको छ | ढिलो चाढो अब त्यो ठाउँमा परिवर्तन जरुर आउछ किनकि त्यो अनि त्यस्ता हजारौ गाँउहरु अब सबको चासो को बिषय बनिसकेको छ या बन्दै गहिरहेको छ | तपाइले भने जस्तो त्यस्ता धेरै ‘अभियान’ हरुको लागि PLOT मिलाईदिएको छ साझा सवालले | तपाई हामी जस्ता सहरमा बसेर छुवाछुतका बिषयहरुमा अनभिज्ञलाई ओहो त्यस्तो नि हुने रहेछ है भनेर झट्का दिएको छ, केहि गर्नु पर्छ उनीहरुको लागि भन्ने प्रेरणा दिएको छ |
सधै नकारात्मक कति हुने यार … कहिले कै सकारात्मक सोचले पनि हेरुम न यो दुनियालाई |
लेख्नै पर्ने थियो र बिजय जी??
मिडिया स्टन्टलाई यसैगरी दुत्कार्नु ठीक होला र? मिडिया स्टन्ट आफैमा नराम्रो होइन जसरी तपाईले प्रस्तुत गर्नु भएको छ| यो मिडिया स्टन्टले के गर्न खोजेको छ त्यता ध्यान दिदा राम्रो होला| यसले समाजमा गढ़िएर रहेको कुरीति र संस्कारलाई “जमिन” माथी ल्याउन मद्दत गरेको छ| सारा देशको ध्यान तान्न सफल भएको छ| समाजलाई शिक्षा दिनका लागी, औंलाउने, तोक्ने काम गरेको छ| यो त सकारात्मक पक्ष नै हो नि होइन र?? कति आफ्नै आँखा छोपी अँध्यारोमा, केहि नभए जसो गरेर बस्ने! फोहोरमैला बढारेर गुन्द्रीमुनि पुर्याउदैमा सफा हुदैन, रोगबीधि लागी नै रहन्छ| नलजाई, धक नमानी बढार-कुढार गर्नु अहिलेको आवस्यकता हो| त्यसमा सार्बजनिक व्यक्तित्व, राजेश हमाल जस्ताले होस्टेमा हैंसे गर्दा, झन् हौसला बढाउनु चाहि बढी न्यायिक होला है| र साथै राज्य र सरकारको ध्यान एकत्रित गरेर, सम्बन्धित सबैको सुरक्षाको बन्दोबस्ती र “रिहाब” गर्न तिर जोडबल गर्न लागौ|
अब टाईमिङ्गको कुरो| यत्ति नै बेला यो किन भैरहेछ भन्ने कुरो आइरहेको छ| अब हामी सबै नेपालीको तरिका नै यस्तै छ| “जब राती तब बुढी ताती” भने जस्तो|
I think the problem rests with NGOlisation of development/social issues. Now there is a wholesale NGOlization; it has penetrated public and private sectors. Some examples included:
1. Lila Mani Paudyal’s Bagmati Cleaning Campaign – I am waiting for its sustainability after Paudyal’s tenure.
2. Opening up Bhaktapur for tourists after April Earthquake with great fanfare and lakhe dance.
3. Similarly, candle light prayer at Maitighar chow – this has now become a regular feature.
4. Peace walks, morning walks, bicycle rallies etc.
Instead of blaming media, how about changing ourselves and mentality? BBC might have its self-interest, but can we disagree that whatever they’ve shown is just a staged drama and actually don’t prevail in our society? And why do you think some media or sth from outside will come and educate us to change us? We have to change before it is too late. “ARULAI CHOR DOSH LAUNU BHANDA AAFNO DHOKA BALIYO PARE KASO HOLA ?”