-शेष दाहाल-
मेरो कामका कारण नेपालकै एकमात्र अन्तराष्ट्रिय विमानस्थल बेलाबखत गइरहनु पर्छ। जहिले पनि त्यहाँबाट बाहिर निस्किँदा मन भारी लिएर निस्किने गरेको छु। हरेक पल्ट विमानस्थलबाट बाहिर निस्किँदा ठगिएको महसुस गर्छु तर समाधान कहिल्यै पाउँदिन। ठगी ट्याक्सी भाडामा, रेस्टुरेन्टको बिलमा, पार्किङ शुल्कमा।
कुरा साउन १७ गते आइतबारको हो। म एयरपोर्टको आन्तरिक टर्मिनलबाट पार्किङ गरेको बाइक निकाल्दै थिएँ, एक जना ब्यक्ति पार्किङ भाडा भन्दै म नजिक आइपुगे। मेरो विचारमा सरकारी एयरपोर्टमा काम विशेषले जाने जोसुकैलाई पनि पार्किङ निःशुल्क हुनुपर्छ। ल भैगयो, सरकारी कर्मचारीलाई पनि अलिअलि दानापानीको ब्यबस्था गर्न पार्किङ लगाउँछन भने पनि ठिकै छ मरोस् भनेर तिर्दै आइरहेको छु र यसमा मेरो अहिलेसम्म केही गुनासो छैन।
तर जीवनमा मैले मोटरसाइकल पार्किङको यति धेरै पार्किङ शुल्क तिरेको पनि थिइनँ। बढीमा एक घण्टा सरकारी जग्गामा पार्किङ गरेको शुल्क २० रुपैयाँ रे। सुन्दै मेरो त सातो गयो। मैले प्रतिवाद गर्न लागेँ। उसले कुटौँला झै गरेपछि सरक्क पैसा तिरेर बिल लिई म आफ्नो बाटो लागेँ। तर मन मेरो साँच्चै नै पोलिरह्यो, अरु केहि कारण होइन, कारण एउटै हो, “मैले नेपालमा किन सोझो तरिकाले आजसम्म कर तिरेछु भनेर।”
बेलुका कोठामा आएपछि त्यो बिल ओल्ट्याई पल्ट्याई हेरे। मैले तिरेको पार्किङ शुल्कको केही रकम सरकारी कोषमा करको रुपमा गएको होला भनेर सोचेको थिए, होइन रहेछ। बिलमा नि मलाई ठगेछन। हेर्नुहोस् बिल-
बिलमा लेखेको छ संक्षिप्त कर बिजक। तर कति रुपैयाँको बिल मलाई दिएको हो स्पस्ट हुन्न। २० हो कि ३० हो कि ५० हो। यसरी नि कहीँ बिल जारी हुन्छ होला? बिलमा रकम नै नतोकी।
त्यसमाथि अर्को फट्याइँ के भएछ भने एउटा बिलको कार्बन कपि उसले राखेर त्यसको आधारमा उसले कर तिर्नुपर्नेमा मलाई थमाएको बिल त कार्बन कपि पो परेछ। यसको अर्थ मैले तिरेको शतप्रतिशत पैसा ठेकेदार कम्पनी देश प्रेम इन्टरनेशनल प्रा. लि.का मालिकले कमाएछन्।
केहि साथीहरुले पहिले भन्थे, त्यो कार्बन कपिलाई नि तीन भागमा च्यातेर हरेकलाई एक एक टुक्रा बाँड्थ्यो रे। तर हिजो मेरो भागमा भने सग्लो कार्बन कपि नै पर्यो।
यो कम्पनीबारे बुझ्न मैले आन्तरिक राजस्व विभागको वेबसाइटमा क्लिक गरेर सो संस्थाका प्रतिनिधिसँग फोन मै भए नि गफ गरौँ जस्तो लाग्यो। अगाडि बोले त शरीरको हड्डी गन्लान भन्ने डरले फोन रोजेको हुँ। तर त्यहाँ उपलब्ध दुबै नम्बरमा फोन सम्पर्क हुन सकेन।
केही समयअघि काठमाडौँ महानगरपालिकाले महानगरपालिकाका विभिन्न स्थानमा निःशुल्क पार्किङको व्यवस्था गरेको थियो। एयरपोर्ट भित्र भने अझै यस्तै कायमै छ। बिचरा हामी।
येस्तै- २ कुराहरु ले गर्दा नै हो कि नेपाल फर्किन मन नलाग्ने /देश विकास को लागि एसता कु कृत्य जतिसके चांडो हताइएनु पर्छ /
This is a part of the everyday life in Nepal .You have to learn to live with it. We do not have choice but to accept.
तेस्तो नक्कली महँगो बिल दिने लाइ तिम्ले पनि १०० रुपिया को photocopy गरेर देउ न …दुवै बराबरी हुन्छा 🙂
तपाईंले त धन्न पार्किङ गर्नु भएको रहेछ र पैसो ठट्टाएछ म त अस्तीन एक पटक बाइक लिएर पार्किङ भित्र छिरेको मात्र थिए घरबाट फोन आएर फर्किनु पर्ने भयो तर कहाँ त्यत्तिकै फर्किन पाउनु र पार्किङ शुल्क नतिरी । कत्रो झगडा गर्नु पर्यो त्यहाँ अनि अन्तमा त्यो पार्किङ शुल्क उठाउने केटाले आमा चाकारी गाली गर्न थाले पछी म सुत्त हिडी दिए
हो हाम्रो नेपालको airport मा यस्तो हुन्छ । सबै भन्दा अच्चमको कुरा त दुनियाँमा कहिँ पनि नभएको system छ आन्तरिक तर्फ । पहिला पहिला आफन्त छोडन जादा पर्किङ तिर्नु नपर्ने थियो र यो नै अन्तरास्ट्रिय अभ्यास हो । तर अहिले नयाँ ठेकदार आएपछि त छोडनमात्र जादा पनि रसिद (रसिद नभनौ चिट) दिन्छ्न । यो त अति भयो । सोध्दा पर्छ भन्छन् । मलाई थाहा छ कि नयाँ terminal बने पछि ठेकदारले यसरी उठाउनु पाउदैन । किनकि नयाँ terminal मा सिधै छोडेर निस्कन मिल्छ । अहिले जस्तो पार्किङ भित्र जानु पर्ने छैन । तेसैले उनिहरु ठगी गर्दैछ्न पार्किङ नतिर्नु पर्ने महानुभावहरुसंग पैसा लिएर । यसमा कहिले संबंधित निकायको ध्यान जाने हो खोइ ????????
(१) एरपोर्ट को फोन कति महँगो ! होइन अलिकति महँगो त सबै एरपोर्ट मा हुन्छ तर १०-१५ गुना (प्रतिसत होइननि ) महगो कहिँ हुन्छ ! यो लुटपाट होइन ? बाहिर ५ रुपैया पर्ने बिस्कुट लै ५० रुपैया !!
(२) नेपाल मा रंग भेद छ – संबिधान मा जे लेखे पनि – कुइरे लै एउटा भौं नेपाली अलि अर्कैं – हुदा हुदा “नेपाली कुइरे ” (उहेले लाहुरे भन्थ्यो ) लै पनि छुटै (येन अर येन ) भौं कयेम गर्न के बेर !
सबै लै धनि बन्नु पर्याछ – भोलि नै !!!
(१) एरपोर्ट को फोन कति महँगो ! होइन अलिकति महँगो त सबै एरपोर्ट मा हुन्छ तर १०-१५ गुना (प्रतिसत होइननि ) महगो कहिँ हुन्छ ! यो लुटपाट होइन ? बाहिर ५ रुपैया पर्ने बिस्कुट लै ५० रुपैया !!
(२) नेपाल मा रंग भेद छ – संबिधान मा जे लेखे पनि – कुइरे लै एउटा भौं नेपाली अलि अर्कैं – हुदा हुदा “नेपाली कुइरे ” (उहेले लाहुरे भन्थ्यो ) लै पनि छुटै (येन अर येन ) भौं कयेम गर्न के बेर !
सबै लै धनि बन्नु पर्याछ – भोलि नै !!!
खोइ सरकार के हेरेर बस्छ ? येस्बारे संबिधानमा लेख्नु पर्छ ! सबै जनता जागेर उठौ सरकार बिरुद्द !!!!!!
हो हो, चित्त नबुझ्या जे जति छ, त्यो सबै संबिधानमा राखौं.
बिजुली बिभागले समयमै काम सकायेन, संबिधानमा राखौं.
बाटो बनेन, संविधानमा राखौं.
निकै राम्रो कुरा उठाउनु भयो| राजधानीको विमानस्थल जस्तो ठाउँ मा जनताको शोषण हुन्छ भने कुन ठाउँ बाकि होला? ति पैसा उठाउने भुस्तिग्रे हरुले कमसेकम पार्किंग मिलाइदिए त पैसा दिएको सार हुन्थ्यो| गाडी पार्किंग खोज्दा खोज्दा टाउको दुख्छ| पैसा लिने बेला टुप्लुक्क आइपुग्छन| प्रश्न गर्दा अपमान सहनु पर्छ| हाम्रो देश मा जुनसुकै व्यवस्था परिवर्तन भएनी जनता को सम्मान चाहि कहिले भएन|
अझ सरकारलाई गुनासो गर्यो भने , संबिधान औन दिनुस यो सबै कुरा मिल्छ भन्ने होला .
त्यसमाथी ललितपुरको चापागाउँमा दर्ता भएको कम्पनी काठमाडौँको एयरपोर्टमा …..
पार्किंगको ठेक्का हुन्छ, ठेक्का पाएपछि उनीहरुले वर्षभरी एक एक रुपियाँ पनि छोड्दैनन | जति पनि उठाउन पाइन्छ…..त्यो उनीहरुको नाफामा जाने व्यवसाय नै हो; सरकार वा महानगरपालिका वा विमानस्थल कार्यालयले नै औपचारिक रुपमा त्यसो गर्नु छूट दिएको हो | त्यो बिल दिए पनि लिए पनि, नलिए पनि केहि फरक पर्दैन ….मुख्य कुरो बाइक वा कुनै मोटर खुरुक्क पार्किंग बाट निकाल्नु पाए भैगो ….महँगो त भयो नै अचाक्कली, तर हाम्रो केही सीप लाग्दैन |