Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राजेश हमाललाई खुल्ला पत्र

Posted on August 3, 2015 by mysansar

-नृपेश उप्रेति-

nripesh राजेश जी म तपाइँको अभिनयको ठूलो फ्यान हैन किनकि तपाईलाई अभिनय गर्न आउदैन। तर म तपाइको ब्याक्तित्व र बौदिकताको ठूलो प्रसम्श्क थिए। म भर्खर पत्रकारितामा लागेको थिय र पहिलो मोशन पिक्चर अवार्ड्मा तपाइँ मात्र यस्तो कलाकार हुनुहुन्थ्यो अङ्ग्रेजीमा भाषण गरेर नेपाली दर्शक र बिदेशी अतिथिका माझ आफ्नो स्टारडम स्थापित गर्न सफल हुनु भएको थियो। त्यस पछि मैले तपाईं जस्तो बौदिक कलाकारको कारण फिल्म उद्दोगलाइ फाइदा हुन्छ भन्ने कुरा धेरै पटक मिडियामा उजागर गरे तपाईंको अन्तरवार्ताहरु पनि प्रस्तुत गरे।

अभिनय भन्दा पनि मिथुन चक्रवर्तीको नेपाली भर्शनको रुपमा तपाईंलाइ दर्शकहरुले यति रुचाएकी तपाईं इतिहासकै सबै भन्दा सफल र चर्चित नेपाली नायक बन्न सफल हुनु भयो। आज एउटा प्रायोजीत न्युजमा तपाईलाई देखे साह्रै दुख लाग्यो। राजेश हमालजी तपाईं पनि नराम्ररी फस्नु भएको रहेछ जस्तो लागेको छ।

दिपक डोमको नाममा प्रोपोगाण्डा गर्नेहरुका अगाडि तपाईं बिक्नु भयो जस्तो लागेको छ। हो दिपकको भन्दा डर लाग्दो छुवाछुतको समस्या हाम्रो समाजमा छ। यसको सिकार धेरै दिपकहरु हुनु परेको छ। यो अपराध हो यस्को अन्त्य हुनु पर्छ। तर जुन रुपमा तपाइले अतिरन्जित गर्नु भयो त्यस्को पनि छ्ट्टै रहस्य हुन सक्छ जस्तो लागेको छ। 25 बर्षको क्यरियरमा तपाइले छुवछुत अनुभुत गर्नु भएन भनेर म मान्दिन र तपाईंले छुवाछूतको बिषयमा बनेको कति चलचित्रमा अभिनय पनि गर्नु भएको छ। यो बिषयमा आवाज उठाउनु पर्छ भन्ने कुरा तपाईलाई कहिले सुझेन।

आज मुलुक धर्म निरपेक्ष वा धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्य हुने भन्ने मुद्दामा अल्झिएको बेला अतिरन्जित ढङ्ले यो कुरा बाहिर ल्याउनु भयो यसलाई प्रायोजित हैन र तपाई पनि प्रयोग हुनु भएन भन्ने कुनै आधार छैन। यहाँ करोडौं खर्चेर धर्मनिरपेक्षता लादिदै छ। अर्को अर्थमा भन्नू पर्दा इशाइकरणलाइ कानुनिकरण गरिने प्रयाश हुदैछ। लोभ, लालच प्रलोभनमा। नेता देखि सेलेब्रीटी र समाजमा प्रभाव भएका तपाईं जस्ता ब्यक्तित्वहरुलाइ आर्थिक मोहमा फसाएर यसको लागि क्यम्पेनिङ गरिदै छ। त्यसैले तपाइँ पनि त्यसैमा बिक्नु भयो भन्ने शंका उब्जिएको हो।

हो उमेरको साथै नया शैलीका स्टारको आगमनले फिल्म उद्दोगमा तपाईंको प्रभाव शुन्य भएको छ। स्टारडमलाइ कायम राख्न नियमित आयआर्जन पनि चहियो। अब फिल्म बाट त्यो सम्भव छैन। समाजले आफ्नो फाइदाको लागि जन्माएको कुरितिलाइ हिन्दु धर्म सङ्ग जोडि अहिले यो धर्म बदनाम गरे राम्रो आयआर्जन हुने अवस्थामा तपाई कतै यतै तिर लागेको हो कि भन्ने भान भएको छ। अनि नेपाली हुनुमा लज्जित छु भनेर पनि भन्नू भएछ। अब के गर्नु हुन्छ? अरु कुनै देशको नागरिकता लिनु हुन्छ या यो देश छोड्नु हुन्छ? तपाईलाई राजेश हमाल बनाउने नेपाली नै हुन नेपाल नै हो। वास्तवमा एउटा घटनालाई लिएर यति ठूलो कुरा गर्दा तपाईंलाइ तपाईं बनाउने दर्शकहरुलाई कति आघात पुग्यो होला तपाई महशुश गर्नु भएको छ। हुन त तपाई समाजिक मुल्य मान्यता नमान्ने अलिकती कुसंस्कारी पनि हो। खोलाको किनारमा आपत्ती जनक अवस्थामा पक्राउ पर्दा भाग्यरेखाबाट तपाईंलाई निकालिएको थियो भने कामनाले तपाईंको नाङो तस्विर छापेको थियो, बुवाको मृत्युमा कपाल नकाटेकोले पनि तपाईं उनिहरुले टार्गेट गरेको र तपाईं प्रलोभनमा पर्नु भएको भन्ने बिश्वाश लागेको छ। म आशा गर्छु मेरो यो बिश्वाश गलत सबित होस। राजेशजि मलाइ लाग्छ। अब तपाईले लज्जाबोध भयो भन्दैमा यो कलन्क भोलि नै अन्त्य हुदैन। अनि सामजिक कुरिती र कुसस्कारलाई लिएर धर्म बिशेषको आलोचना गर्नु हुन्छ भने त्यो मुर्ख्याइँ हुन्छ।

हो छुवाछुत र बर्णब्यबस्था हाम्रो समाजको कलन्क हो। त्यस्को अन्त्य गर्न आत्मालाई साक्षी राखेर भनौ हामी बाट के पहल भयो त? प्रायोजित न्युजलाई आधार बनाएर सामजिक सन्जालहरुमा कुर्लन सजिलो छ। तर तिनिहरु बाटै माखो मार्ने काम भएको छैन। यस्ता कुरितिको अन्त्य रातारात हुदैन। कम्तीमा पनि एउटा पुस्ता(genaration)को बिशर्जन हुनु पर्छ। दुनिया यहा सम्म हिजोको आजै आइ पुगेको हैन। विभिन्न कालखन्डहरु पार गर्दै आएको हो। मेरि छोरीलाई केही दशक आगाडी सम्म गोरेहरुले कालाहरुलाई जनावरको श्रेणिमा राख्थे, पशुलाई जस्तो बाधेर राख्थे भन्दा “बाबा त्यस्तो नि हुन्छ र? म सङ्गै पढ्ने इमान्युल(काला जातिको बालक) म जस्तै हैन र भन्छे”। म छुवाछुत मान्दिन। तर मेरि ७५ बर्षिय आमामा छुवाछुतको धङ्गधङ्गी छ।

म डाडा माथिकी जुन भैसक्नु भएकी मेरी आमाको मन पनि दुखाउन सक्दिन र उहाको अगाडी कथित छुवाछूत मानेको जस्तो पनि गर्छु। जबकी मेरो छोराछोरीलाई छुवाछुत जस्तो कुरा exist गर्छ भन्ने कुरा थहा हुन दिएको छैन र दिन्न। हामी सबैले यति कुरा मात्र ब्यबहारमा लागू गर्न र अरुलाइ लागू गराउन सक्यौ भने केही बर्ष भित्र यो छुवाछूत अन्त्य हुन्छ। किनकी छुवाछुत मान्ने एउटा कट्टर पुस्ता लोप हुने चरणमा छ।

हामी सबैले आफ्नो ठाउँ बाट पहल गरयौ भने भोलिका सन्ततिले छुवाछुत पनि exist गर्थ्यो र भनेर अचम्म मान्ने हुन सक्छ। मानिशमा चेतना जगाउनु पर्यो, सम्झाउनु पर्यो। यतिकै कुर्ले, डलर पचाउने बाहेक कुनै काम हुदैन। र छुवाछुतलाई धर्म सङ्ग जोड्नेहरुलाई सोध्न चाह्न्छु कुन हिन्दु ग्रन्थमा छुवाछुतलाई बढवा दिएको छ? ससारमा कुनै धर्म नराम्रा छैनन। सबैले जीवन दर्शन, मानबियता, सेवा सहयोग र शान्तिनै सिकएका छन। IS लाई इश्लाम र रुखको जरो जस्तो फैलिएर आशान्ती फैलाइउदै दुनियाँ आफ्नो पकड्मा लिन खोजको आधारमा कृश्चियन धर्मलाई नराम्रो भन्न मिल्दैन। यिनिहरुको धर्मग्रन्थ पनि आफैमा महान छ्न। त्यसैले कुरिती र कुसस्कारको बिरुद्द लडौ। हातमा हात मिलाएर काधमा काध मिलाएर। कुरिति र कुसंस्कारलाई जोडेर धर्मको आलोचाना गर्नु रक्तपात निम्ताउनु हो। र पश्निमाहरुले हाम्रो देशमा प्रभाव जमाउन चाहेको पनि यहि हो। (उप्रेतिको फेसबुकबाट)

58 thoughts on “राजेश हमाललाई खुल्ला पत्र”

  1. ramu says:
    August 13, 2015 at 11:11 pm

    अनेक कवज लगाएको यस्तो कुराको समेत रक्षा गर्न खोज्ने यस्तै कुबुद्दिहरुका कारण बरु धर्म,जाति बदनाम भएको छ।
    कुन हिन्दु पुस्तकले छुवाछुतलाई वढावा दिएको छ रे?
    मनुस्मृति भन्ने नाम सुन्नु भएको छ कि छैन।अनो त्यसले ४ जात भन्दछ र त्यो धर्मले नै भनेको कुरा हो अझ जयस्थिति मल्लले त त्यहि किताबबाट टिपेर कानुन नै बनाए
    हो त्यसैमा आधारित छ यो छुवाछुत

    Reply
  2. jyoti says:
    August 9, 2015 at 1:39 pm

    My friend, you represent everything that is wrong with the nepali society. You think that you are an intellectual representing new generation, with your ability to read and write, but you are nothing but a boorish and arrogant son of a bitch whose head is still stuck in some kind of shithole. Thank you very much.

    Reply
  3. HarataraH says:
    August 7, 2015 at 4:09 am

    नृपेश’ले मलाई फ्यान बनायो यार! ९०% अग्री लेखसंग अरु कुरा बुझिन ! कमेन्ट गर्नेहरुले के-के गरेका त्यो पनि सबै बुझिन ! ‘राजेस’को त म, हामी फ्यान. प्रसंग उहाको तौर-तरिका-भूमिका यतिबेला सूहाएन भन्या! वश..

    Reply
  4. punya prasad says:
    August 5, 2015 at 7:39 pm

    येहा का कमेन्ट पढ्दा एस्तो देखिन्छ्हा कि …. धेरै जसो पाठक हरु ले उप्रेती जी ले लेखेको पुरा पढ्नु भएन अथवा पढेर पनि बुझ्नु भएन …
    मलाई एस्तो लग्छ कि उप्रेती जी ले जातीय छुवाछुत लै प्रोत्साहन गर्नु भएको छैन बरु नया पुस्ता लाइ जातियता को रोग बाट जोगौना खोज्नु भाको जस्तो बुझे मैले / उहा को मनसाय जातियता को भेत्भाव राख्ने जस्तो मैले त बुझिन ..
    पाठक हरु ले बुझ्दै नबुझी नकारात्मक कमेन्ट गरेर आफ्नो संकीर्ण सोच अनि बौद्धिक स्तर को परिचय नदियु कि ? तेसो गरे कसो होला ?

    हिन्दु धर्म का original भर्सन को किताब हरु मा येस्ता जातियता, महिला हिम्सा , बलि प्रथा , राजा लाइ भगवान मान्ने कुरा , यित्यादी .. कुप्रथा हरु को कुरा कैले पनि छैन … यो सब विभिन्न समय मा विभिन्न (सामन्ती) प्रकाशक, संकलक आफ्नो अनुकुल जाड जाड गरेर प्रकाशन गरेर धर्म को मूल मर्म नै बिगर्दियेका हुन् ..
    original संस्कृत मा लिपिबद्ध बेद पुराण अरु हिन्दु धर्म का किताब हरु हेर्नुस … अनि आफै बुझ्नु हुनेछ … विभिन्न समय का फटाहा मान्छे हरु ले कत्ति बढाई chadai गरेर प्रकाशन गरेका रैछन

    Reply
  5. Chetan Nepali says:
    August 4, 2015 at 11:25 pm

    आ आफ्नो स्तर अनुसार अरुलाई herne नजर फरक पर्छ, फूलको आँखामा फूलै संसार………………… भने झैँ

    अहिलेको जस्तो माहोलमा उठाउनु पर्ने सवाल हो यो यदि संचिकै हाम्रो कमि कमजोरीलाई उजागर गरेर देशमा परिवर्तन ल्याउने हो भने !

    छुवाछुत प्रथा सजिलै हट्ने भए उहिले जमानामै हटिसक्नु पर्थ्यो ! नेपालमै janmeka बुद्धले त्यत्रो gyaanko दियो बालि दिदा पनि haami बत्ति मुनिका अँध्यारो ma बस्ने नेपाली लै के भन्ने?

    बुद्धले उही जमानामा त्यत्रो ब्रह्मन्हारुलाई ज्ञान दिए पनि, उप्रेती जी जस्तै संकुचित र घमण्डी पूर्ण विचार, लोभी व्यवहार, पापी मन भएकाहरुले गर्दा आजा सम्म पनि सहि कुरालाई सहि भन्न सक्ने स्थिति chaina! अब कहिले आउने हो बुद्धि, बिबेक र sad bichaar !!!!!

    Reply
  6. santosh ramtel says:
    August 4, 2015 at 9:56 pm

    plz I have seen smart journalist but not like u sir what type of analysis u r doing , u r stupid if ur mindset is as ur concept. this chhuwachut problem is not only dalit’s problem it is society.s problem unless n until this problem will be ours that is society.s then this will not removed so being a reader . analyser . journalist don’t interprete ur mindset interprete ur quality of concept and fact of problem rajesh is right n we all should support him to eradicate such type of criminal opinion .
    if such intelectual people like u could not support such powerful movement how can we expect the change yar so sad condition n mindset yar writter ko book ko theli matra padera k kam yar jasle samaj kai problem bujdaina vane

    Reply
    1. Prakash Nepal says:
      August 5, 2015 at 2:54 am

      मेरो विचारमा नृपेशजी कुनै पत्रकार नि होइन, लेखक पनि होइन (लेख्ने शैली हेर्दा), राजेशजीलाइ गाली गरेर लाइटमा आइन्छ कि भनेर प्रयास गर्नु भए जस्तो लाग्यो |

      Reply
  7. Nimesh, KTM says:
    August 4, 2015 at 9:01 pm

    यहाँले शिवसेना, खुमबहादुर आदिबाट के कति पाउनु भयो भारु ? यो लेख्नको लागि सायद म गलत हुनसक्छ त्यसो होस भनि कामना पनि . के इशाईकारण पहिला भएको थिएन र अहिले आएर धर्म निरपेक्ष हुन्छ भनि वकालत गर्नु भएको ?
    स्मरण रहोस राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्रको “कु” गरेर २०१९ सालमा मात्रै हिन्दुराष्ट्र नेपाल लेखेको थियो त्यस “कु” अवगालबाट बच्न र भारतको त्राशले . हाल पनि खुमबहादुर जस्ता भ्रस्टहरु नै धर्म निरपेक्षताको विरुद्ध आवाज उठाउंदै छ किनकि यिनीहरु नै हुन धर्मलाई ढाल बनाउंदै आफु अनुकुल प्रयोग गर्नेहरु, पात्र फरक तर प्रवृति एउतै . खुमबहादुर तथा कमल थापा प्रवृतिलाई के भन्नु हुन्छ लेखक महोदय ?

    Reply
  8. Paru says:
    August 4, 2015 at 8:50 pm

    अति मतिभ्रस्त मान्छे ..म नि आम़ा को लागि छुवाछुत मान्छु रे …नराम्रा कुरा त बा आमा गुरु ले सिकाए भने नि आफ्नो मति प्रयोग गरेर त्याग्न सक्नु पर्छ.

    विदेश मा बसेर रक्सि सुँगुर beef चद्कौदै मा त modern मान्छे भन्न बेर नलाउने होला christian क़ा christmas मनाउने होला बडो गफ दिन्छन उप्रेती बाजे!

    के पाएर छुवाछुत मान्ने पुस्ता हराउदै जानु नि? विदेश मा पढेलेखेका जागिर गरेका हरु जात मिलेन भनेर boyfriend /galfriend संग बिहे त गर्दैनन् . उप्रेती बाजे जस्ता मान्छे हुनुजेल सम्म छुवाछुत बन्ध हुने हैन बद्छ बरु

    Reply
    1. punya prasad says:
      August 6, 2015 at 1:01 am

      फेरी भुक्यो अर्को …आमा को लागि छुवाछुत मान्छु भनेर कहानिर भन्या छ लेखक उप्रेती ले ?. कुरा नबढाउ न तिमि ..
      आमा को अगाडी माने जस्तो गर्छु भन्या छ… तेस्को मतलब “बस्ताब मा छुवाछुत मान्दिन ” भनेको हो/
      माने जस्तो गर्छु भन्नु र मान्छु भन्नु दुइ फरक कुरा हो … येत्ति नेपाली पनि आउदैन तिम्लाई फेरी नेपाली हुम भनेर भुक्न लाज लाग्दैन ?

      लेखक बिदेस मा बसेको होला तर तेहा रक्सि, सुँगुर, गाइ, खायो लेखेक ले भनेर कहाँ बाट थाहा पयेउ नि तिम्ले ?? तेस्को श्रोत नि लेख्दिये राम्रो हुने … कि मौका पाको बेला मा बिदेस बसेको मान्छे लै जे भन्दिए नि नेपाल बसेको मान्छे सहि हुन्न्छा भन्ने ठानेर जे पायो तेही भन्दिएको ?

      कुन चै बिदेस बसेका boyfriend / girlfren ले जातियता का कुरा ले गर्दा बिहा गरेनन त्यो नि भन्दिए हुने … संसार लै थाहा नभाको सूचना तिम्लाई थाह हुने रैछ … खतरा नारद मुनि रैछौ है तिमि ..
      girlfriend / boyfriend अनि बिहा को पछाडी मान्छे का अरु धेरै कारण होलान … खै मैले त अन्तर्जातीय कुरा बिहा भा को धेरै सुनेको छु आजकल ?? तिम्ले कहाँ बाट सुनेचौ एस्त बकवास कुरा हरु ??

      उप्रेती होइन तिमि जस्तो भेडी गोठे जेठा बाउ ले गर्दा जातियता भद्किन्छा …जे पायो तेइ कमेन्ट गर्य छ केटो .. अलिक तिम्ले चै पिएर कमेन्ट गर्न बस्येउ कि जस्तो लग्यो मलाई त …

      Reply
      1. Paru says:
        August 6, 2015 at 12:56 pm

        पुण्य प्रसाद बन्धु म गत १० वर्ष देखि विदेश (अहिले सम्म ४ देश म बसोबास गरिसकेको) मै पढेको अनि विदेश मै जागिर (white collar jobs) गरेर बसेको महिला हु. अनि मैले आफनै friend circle मा देखेकोभोगेको कुरा लेखेको हु. मलाई अल्कोहोल को allergy नै छ medically proven ) अनि स्वाद पनि फिटिक्कै मन पर्दैन . तर खाने ले खान्छन भने मलाई केहि आपत्ति छैन.

        हो अन्तर्जातीय बिहे मा मैले देखेको चै बिदेशी हरु संग हो, नेपाली आफु भन्दा तल्लो जात को त हुदै हुदैन रे, बा आम़ा को चित्त दुक्छ रे के. तर गोरा ज्वाई वा बुहारी त मज्जा ले चल्छ रे… अनि उनीहरु ले नि नृपेश उप्रेती ले छुवाछुत मानीदेको जस्तै गरेर तल्लो जात को boyfriend /girlfriend संग बिहे नगर्ने रे. अनि पश्चिमा चाडबाड म रक्शी beef pork सब चद्कार्दा चाही आफु हरु modern रे . आआफ़ु हरु तेस्तो casteist भाको चाही हुने रे धर्म अनि बा आम़ा क़ा नाम मा तर गोरा हरु ले अलिकति केहि भन्दिए भने racist भनेर दोहोलो काड्ने जमात विदेश मा टन्नै छन्.

        अनि उप्रेती जी ले छुवाछुत मानदेको जस्तो bhaneko चाही क रहेछ? पहिले घर भित्र पस्न पानी पधेरो छुन नदिने अनि सेमिनार अनि विभिन्न forum हरु मा छुवाछुत हटौना पर्छ भनेर कुर्लने हो? कि छुवाछुत हटाउने जिम्मा मेरो हैन मेरे छोरी को हो भनेर उम्किने?

        लौ अब भनन्नुस कसले कुरै नबुझी भुकेको रैछ? नाम अनुसार को पुण्य कमाउन चाहनु हुन्छ भने छुवाछुत मनिदेएको जस्तो हैन कि totally नामानिदिनुस. हर पल कतै कहिँ छुवाछुत हुनै नदिनुस्. कमसे कम उप्रेती जी को ” छुवाछुत मानदेको जस्तो ” कुरो लाही प्रोत्साहित नगरी दिनुस.

        Reply
        1. punya prasad says:
          August 7, 2015 at 12:07 am

          पारु जी ,

          तिम्ले जति सुकै देस मा बस अनि जति सुकै वर्ष बस, जुनसुकै जागिर खाउ .. यो येहा को चर्चा को बिसय होइन / तिम्लाई अल्कोहोल को alergy होस् / नहोस, स्वाद मन परोस / नपरोस त्यो पनि येहा को चर्चा बिसय होइन / … येस्ता वैहात कुरा नलेख्दा राम्रो /

          तैपनि तिम्रो लेख बाट प्रस्ट हुन्छा कि … तिम्रो साथी संगत , साथी सर्कल नै तेस्तै बकम्फुसे , drunker , जति भाति मान्ने रैछ बिदेस मा, अनि सब बिदेस आउने नेपाली दाजु भाइ दिदि बहिनि हरु लाइ तेस्तै देखेउ
          … खै मैले त मासु सम्म नखाने कत्ति नेपाली हरु बिदेस मा देखेको छु … रक्सि को त कुरा छोड देउ ….

          अनि ..मैले देखेको अनुभव चै .. नेपाली हरु ले कुइरे / कुरेनी बिहा गर्दा बाबु आमा ले “गाइ खाने जात ” बिहा गर्यो भनि हप्कौलन भनेर नेपाली हरु बिदेस मा डराएको देखेको छु … न कि तिम्ले भने जस्तो कुइरे / कुइरे बिहे गर्न प्रोत्हसित/

          अब फेरी दोहोर्याएर भन्छु …. बिहा , girlfriend / boyfriend भन्ने कुरा व्यक्ति का नितान्त नितान्त व्यक्तिगत कुरा हुन् … को संग किन बिहे गर्ने, कैले गर्ने .. सम्पूर्ण निर्णय दुवै जना मा निहित हुन्छा … एस्तो संबेदनसिल कुरा लै जात भात मा जोड्ने कस्तो दुवा तिर्की दिमाग हो तिम्रो ???? प्रेम मा परे पछि जात भात बिर्सेर अन्तर्जातीय बिहे गरेका थुप्रै थुप्रै उदहारण त तिम्रो कान सम्म पुगेका छन् कि ??

          सुन … मान्देको जस्तो भनेको : घर मा आमा संग मात्रै मान्देको जस्तो… किनकि डाँडा माथि को घाम भएका पुस्ता लाइ जबर्दस्ती उनीहरु को सोच बदल्न खोज्नु ठुलो मुर्खता हो … heartfail हुन सक्छन कति बुडाबुडी हरु उनि हरु को बिश्वास मा आघात पुग्यो भने … येत्ति पनि बुझ्न सकेनौ ??? छी … तिम्रो दुवा तिर्की दिमाग ! … तिम्ले बरु उप्रेती ब्रो ले लेखेको बुझ्न सकेनौ /

          मेरो नाम मा तिम्ले गरेको कमेन्ट मा : नाम “पुण्य” हुदै मा एसको ” पुण्य ” कर्म संग केहि सम्भ्न्ध छैन त्यो पनि थाहा होला नि तिम्लाई ??

          अन्त्य मा … जाति भाति को कुरा एकदम नराम्रो हो … हटाउनु पर्छ जति सक्दो छिटो … तर यो जादुमय तरिका मा आजको भोलि हट्दैन … मान्छे हरु सिक्षित हुदै जादा .. निर्मुल हुन्छा … तेसैले सिक्ष्या मा जोड दिनु पर्छ जसले एस्त कुसंस्कार हरु सजिलै र प्रभावकारी रुप मा निर्मुल पर्नेछ /

          Reply
          1. paru says:
            August 7, 2015 at 12:58 am

            मैले रक्शी को कुरो विदेश को कुरो र म महिला भएको कुरा एस कारण लेख्न परेको हो कि..तपाई को पहिलो जवाफी हमला मा मलाई रक्शी खाएर नेपाल मा बसेर विदेश बसेका को खेदो खन्ने भेडा गोठे भन्ने assumption थियो नि तपाई को तेस्को जवाफ हो. अनि आफ्नो opinion राख्दा तपाई को मुखार्ब्रिंद बाट “भुकेको” भन्ने सब्दवाली को जवाफ थियो यो. बिदेशी juwai को गोडा धोएर पानि खाने तर आफु भन्दा सानो जात को संग बिहे गरिश भने मर्दिन्च्चु भन्ने आमा बा का सबै चर्तिकला देखेकै हो मैले अनुमान लागको हैन.

            Sikshya ले मात्रै पुग्दैन बेबहार परिबर्तन गरेर र्देखाउने पर्छ. तपाई हाम्रो generation ले गरेन भने जातीय छुवाछुत उन्मुक्ति अझै pachhii धकेलिंछा..अर्को पुस्ता ले गरोश हैन कि आफ्नै पाला बाट सुरुवात गर्न parchha

            Reply
            1. punya prasad says:
              August 7, 2015 at 7:23 pm

              पारु जी ,

              “बिदेसी ज्वाई को गोडा धोएर पनि खाने ….”
              कस्तो संगत परेछ ओ तिम्रो बिदेस मा, … मैले त कयेउ राम्रा उदहारण पनि देखेको छु / (सायद जड्या को साथी जड्या … गजदी को साथी गजदी … जुवाडे को साथी जुवाडे भएर एस्तो भा को हो कि ?)

              बिदेसी भन्दै मा छि छि गर्नु पर्ने सिक्ष्या चै जातीय / बर्गीय भेद भाब मा पर्दैन कि क्या ? सचा भावना मिलेर नेपाली र बिदेसी को बिहा भा को पनि त हुन सक्छ / जात भात को देखावटी नाम मा बिदेसी अथवा गैर दलित लाइ अपमान गर्ने अधिकार पनि तिम्लाई छैन /
              येसरी बुझा – सब जना मान्छे भएर जन्मे पछि सब समान हुन् / अलिक संसार लाइ हेर्ने , बुझ्ने सोच बदल्ने कि ? तेसो गरे कसो होला ?

              तिम्रो कमेन्ट मा : “सिक्ष्या ले मात्रै पुग्दैन .. ” /
              के भन्या एस्तो दुवा तिर्की ? सिक्ष्या भनेको के हो थाहा छ तिम्लाई ?? तिम्ले त किताब घोकेर exam पास गरेर डिग्री लिएको जस्तो लग्यो … (“जस्तो लग्यो भन्या फेरी घोकेरै ल्यायेउ डिग्री भनेर भन्या चै हैन है फेरी तेसरी नबुझा ..”)
              सुन … सिक्ष्या मा येस्ता सम्पूर्ण सामाजिक , लैंगिक , धार्मिक बिकृति हरु समेटिए को हुन्छा /

              तिम्ले कैले “सामाजिक सिक्ष्या ” अथवा “समाज शास्त्र ” अथवा “नैतिक सिक्ष्या ” ….
              येस्ता बिषय हरु बुझेर पढ्ने मौका पयेउ होला नि ?? हो००… तेइ भित्र समेटिएका छन् एस्त सामाजिक बिकृति हरु …

              Reply
              1. Paru says:
                August 8, 2015 at 12:34 am

                अब यो भन्दा अरु समय मा बर्बाद्द गर्दिन. तपाई नै ‘म्या’ म्य़ा गरेर “उप्रेती उप्रेती” गर्दै चरिरहनु होश mysansar मा .

                मैले बिदेशी लै छि छि गरेको हैन . मात्र सिक्षित नेपाली वर्ग को द्विचरित्र देखेको कुरा गरेको हो. मेरो उदाहरण मा नेपाली सानो जात नचल्ने तर बिदेशी चल्ने कुरा मार्फत हामि कति छुवाछूत लै कायमै राख्दो रैछौ भन्ने हो.

                अनि सिक्ष्या भनेको के नि.. पढेलेखेका बाटै नै छुवाछुत लै मान्यता दीराखेको अवस्था छ. छुवाछुत मानबिय हैन भन्ने कुरो कसलाई थाहा छैन र. तेस कारण सिक्ष्या sikhchya भनेर के आलापी रहनु?!

                अनि u suffer from “selective /filtered hearing ” पहिले assumption राखेर मलाई rakshi खाने भेडा गोठे भनेर कमेन्ट लेख्या भन्नु भयो तेस्को जवाफ मा मलाई allergy छ मा त खादिना र खाने मान्छे माथि नि नो कमेन्ट भनि सके पछि फेरी पनि मा र मेरा friend circle जड्याहा भन्नु हुन्छा?! अनि तपाई कै कुरा को जवाफ दिदा तिम्रो खानपिन जागिर विदेश को कुरो नगर रे ! तपाई ले देखेको आक्कल झुक्कल अंतर्जतियत बिबाह ब्राह्मण छेत्री ले “सुद्र” संग को बिबाह देख्नु भछ? हमेहम्मे “वैश्य” सम्म कताकति सुनिएको हो. यहाँ एउटा शुद्र को नि उत्तिकै मानबिय हक हुने अवस्था सिर्जना गरिनु पर्यो.

                तपाई पूर्ण रुप मा छुवाछुत बन्द गर्नुस न आफ्नो तर्फा बाट तेस्मा किन कन्जुसाही? तेस्मा किन अर्को generation को पर्खाइ?

                anyway , कम से कम police कै रहोबर मा भने नि इनार छुन पयेछां. He lived a MAGICAL MOMENT . यो कति दिगो रहला भनेर बिषय उठान अरु कुनै बेला मा गरौला. But this is definitely a startling moment for him , and the much needed परिबर्तन इन practice (not only preaching and waiting for next few decades )

                Reply
              2. Paru says:
                August 8, 2015 at 3:11 pm

                इनार छुन पाएको घटना दिपकको नभई अर्को पुलकित मल्लिक को परिवार ले प्रहरी को रहोबार मा गाउ को इनार छुन पाएको अर्को ठाउँ को उल्लेख गरेको हु.

                Reply
                1. punya prasad says:
                  August 10, 2015 at 7:22 pm

                  कुन्नि के चलायो भने मुख मा छिटा आउछ भन्थे ठिकै रैछ .. 🙂

                  Reply
            2. punya prasad says:
              August 7, 2015 at 7:30 pm

              जातियता भनेको भावनात्मक बिकृति हो … जुन एउटा कम्प्युटर जस्तो “सुन्य” अथवा “एक” मा चल्दैन … अनि आज को भोलि सब कुरा जादुमय तरिका ले परिबर्तन पनि हुदैन …

              तर… यो विभेद हटेर पनि जान्छा अवश्य जान्छा किनकि ” परिवर्तन नै संसार को नियम हो ”
              छिटो परिवर्तन गर्न को लागि व्यक्ति , समाज, अनि देश लाइ सिक्षित बनाउ .. तपाई हामी मिलेर … अनि परिबर्तन छिटो हुन्छा /

              Reply
  9. Amos Gurung says:
    August 4, 2015 at 8:06 pm

    Mr. Upreti, you are totally wrong. No christian country gives money to institutionalize the secularism but Indian/Hindustan pouring down money to Kamal Thapa and to Nepalese Politician to institutionalize hinduism. I think you are one of the journalist who receive dons of money from Indian government that’s why you blame to christian. Thief tells other thief.

    Reply
  10. सावित्री says:
    August 4, 2015 at 6:23 pm

    उप्रेतिजी.
    छुवाछुत हिन्दू धर्मको एउटा भाग हो | तपाईं हिन्दू धर्मको कुनै खण्ड मान्नु हुन्छ कि पूर्णतामा ? पूर्णतामा मान्ने भए तपाईं अत्याचारी हो र खण्डमा मान्ने भए तपाईं अवसरबादी हो | राजेश हमालले के भन्नु पर्ने? डोमलाई इनार छुन नदिएकोमा म हिन्दु हुनुमा गौरब गर्छु भन्नु पर्ने? तपाईं पटमुर्ख हो, बेकुब हो | अझ यस्तो बिषयमा कलम चलाउन खोज्ने ! छ्या !!!

    Reply
  11. aadaan pradaan says:
    August 4, 2015 at 4:13 pm

    Dear Nripesh Ji, so you pretend to observe xuwa xoot ? don’t you dislike it ? don’t you hate it ? Big surprise that you are not brave enough to fight it and hate it. But you criticise Hamal for going public to hate this xuwa xoot.

    Reply
  12. Devendra Basnet says:
    August 4, 2015 at 4:11 pm

    यो न्रिपेश् जस्ताको वायियात् लेख् समेत छापेर मेरो संसार् ले आफ्नो गुण्स्तर् खस्कायेको छ । अङ्रेजि बोलेको भरमा बिद्वान् मान्नेले राजेश् हमाल ले अभिनए गरेको कुनै चल्चित्र हेरेको छैन होला ।
    नेपाल र नेपालिको र नेपाली संस्क्रिति लाइ अत्तिनै माया गर्न मान्छे हुन् राजेश् हमाल। त्यो उहा को अन्तर्बार्ता हरू हेरेर् नै थाह् हुन्छ । अजै कुसंस्करि रे, यो त पत्र नभएर सिधै चरित्र हत्या हो।
    देश्मा भएको कुसंस्कार् को बिरुद्द आवाज् उठाउनु हिन्दु धर्म को बिरोध् कसरी हुन्छ ? तिमी जस्ता बिदेश् मा बसेर आफ्नो सँस्कार् केही पनि नमान्नेले ठुला कुरा नगरेकै बेस ।

    Reply
  13. Tufan says:
    August 4, 2015 at 3:19 pm

    संकीर्ण सोच अनि कमजोर बौद्धिकता
    हजुरबुवा भन्ने गर्नु हुन्थ्यो पढे लेखेको मुर्ख |

    परदेशमा बसेर राष्ट्रिय मुद्दाहरुमा बोल्ने फगत हुटिट्याउ हुन् |
    हो देशमा आहिले हिन्दुत्वको लहर चलेको छ | तर हरेक घटना अनि
    हरेक प्रसङ्गलाई त्यो लहरसंग जोड्नु गलत हो |

    Reply
  14. bibek dhakal says:
    August 4, 2015 at 3:16 pm

    अंग्रेजी मा भाषण गर्न सक्ने क्षमता भएको कारण कलाकारलाइ बौद्दिक मान्ने पत्रकारले आफ्नो बौद्दिक क्षमता पहिलो अनुच्छेदमै देखाउनुभो…

    जातपात र धार्मिक कुरीतिको आडमा एउट सिंगो गाउँले कसैको मौलिक हक कुण्ठित गर्न सक्दो रहेछ भन्ने कुरा उजागर गर्दा यसलाई बढ्याइ, चढ्याइ गर्यो भन्ने तपाइंलाई खै के भन्ने….

    भन्नाले तपाइलाइ त्यो सिङ्गै गाउँ उल्टेर ति डोम माथि गरेको थिचोमिचो भन्दा धर्म परिवर्तन को कुरा ठुलो लाग्यो हैन? २१औ सताब्दिमा बाच्नेहरुले पनि धर्म धर्म…मेरो धर्म, उसको धर्म भनेर रटान लगाउदै गरेको देख्दा त सारै टिठ लागेर आउछ..एउटाले ठिकै भन्थ्यो
    ‘ नैतिकता भनेको आफुलाई जे सिकैये पनि ठिक काम गर्नु हो
    धर्म ( संस्थागत ) भनेको जे ठिक भए पनि आफुलाई जे सिकाइयो तेइ काम गर्नु हो
    तर जति भने नि के गर्नु बौद्दिक भनाउदा अबुझ हरुलाई

    अनि अन्त्यमा एउटा चुनौती त्यो ८० प्रतिशत हिन्दु भनेर रटान लगाउने कमल थापाका भरौटेहरुलाई: त्यो ८० प्रतिशत भित्र सायद मलाई पनि गनेको होला तथ्यांक संकलन को क्रम मा .. तर याद राख्नु त्यो ८० प्रतिशत हिन्दु भित्र हामि जस्तो पुरानो खियिसकेको सोच नराख्ने हरु पनि छम

    Reply
  15. Sisir says:
    August 4, 2015 at 2:33 pm

    I really feel sorry for the writer and his mindset. If you cannot praise someone’s (Rajesh Hamal in this issue) good effort atleast don’t insult and discourage them. Yes the quality of the article published in MYsansar has dropped drastically and even the articles by Salokya are not up to the mark as he has set previously.
    Looking at this article i really felt sorry for Nepali journalism.

    Reply
  16. Tenzing Gaba says:
    August 4, 2015 at 12:43 pm

    नृपेश ब्रो ,
    छुवाछुत् जस्तो कुप्रथा बिरुद्द आवाज उठाउदा किन यत्रो गलफत्ती ?

    # यो कुप्रथा बिरुद्द जसले आवाज उठाउदा पनि हुन्छ
    # जहिले उठाउदा पनि हुन्छ
    # जहा उठाउदा पनि हुन्छ
    ——————————-
    तपाइको कुरो गरे अनुसार तपाइँ त् गोरे कै देश मा बस्नु हुदो रहेछ,
    होइन त्येस्तो “मलेछ्या” हरुको मुलुकमा बसेर किन मन दुखाउनु हुन्छ बुढी आमाको ? फर्कनुस बा फर्कनुस नेपालाँ,
    अनि
    “बोको-हराम-बाद” लाइ सघाउनु होस्

    जदौ !!!
    आखा फुटेको गोरुलाई पुष न भदौ !!!

    Reply
  17. Tulsi says:
    August 4, 2015 at 11:47 am

    तिमि नेपाली फिल्म हेर्दैनौ अनि राजेश हमाल को बारेमा कमेन्ट गर्छौ ? राजेश हमाल ले पर्दा मा पनि छुवाछुत विरुद्ध लडे अनि पर्दा बाहिर पनि लडिरहेका छन् | तिमि चै आफ्नो बा आमा को चित्त दुख्छ भनेर छुवाछुत लाइ बढावा दिन्छौ | कसैको चरित्र हत्या गरेर लेख लेख्दैमा अनि तिखो आलोचना गर्दैमा तिमि महान बन्दैनौ कुरा बुझेका छौ ? एस्तो बकवास लेख्ने लाइ स्पेस दिनु हुन्न | अंग्रेजी बोल्दैमा विद्वान अनि महान ठान्ने तिम्रो सोच ज्यादै तल्लो स्तर को छ | धर्म ले निम्त्याको अन्ध विश्वास छुवाछुत लाइ नकार्न सकिन्न यो हाम्रो धर्म को कालो पाटो हो | ताइ न तुइ को लेख लेख्या छ तोइट…

    Reply
  18. Saroj Tuladhar says:
    August 4, 2015 at 8:54 am

    एकदम दुख लाग्यो शिक्षित भनाउंदा यस्ता मान्छेहरुको सोच देखि!लेखक महोदयलाई मेरो एउटा विनम्र अनुरोध छ सक्नुहुन्छ भने आफ्नो सोचलाई अलि फराकिलो बनाउनुहोस् किनकि यसले तपाईलाई सकारात्मक कुरा सोच्न र गर्न धेरै मद्दत मिल्नेछ नत्र तपाईको निकृष्ट सानो सोचले गर्दा तपाई आफु कहिल्यै अगि बढ्नुहुने छैन नत समाजलाई अगी बढाउने कार्यमा तपाइँ अग्रसर हुनुहुनेछ जुन तपाइको लेखमा प्रष्टरुपमा छर्लङ्ग भैसकेको छ, सांचिकै तपाइँ जस्तो कथित शिक्षित मान्छे देखेर!

    Reply
  19. Miraj says:
    August 4, 2015 at 8:38 am

    अंग्रेजी जानेको र मिथुनको नेपाली भर्सन भएर नै राजेश हमाल नेपाली फिल्ममा नम्बर एक भएको भन्ने कुरा बकवास हो ! येस्ता दरिद्र सोच भएका वैयात कुरा गर्नेले पनि मिडियामा ठाउँ पाउछन यार !!

    Reply
  20. Durga Adhikari says:
    August 4, 2015 at 8:23 am

    पूर्वाग्रह राखी गरिने कुनै पनि काम राम्रो होयिन/ यो संसारमा राम्रा र नराम्रा दुवै पछ्य छन/ सच्चा हिरोहरुले राम्रो कुराको संदेशलाई प्रोत्शाहन दिने हो चाहे त्यो पर्दामा होस् वा ब्याबहारमा/ पत्रकारितामा पनि यो कुरा लागु हुन्छ/ तेसैले म यौटा पछ्यलाई होच्यायर आफु अग्लो बन्न्य प्रवृतिको समर्थन गर्न सक्दिन/ राम्रो र ठुलो काम त्यही हो जसले अरुको राम्रो कामको सम्मान गर्दै आफु पनि राम्रो काम गर्छ/

    Reply
  21. darshan kunwar says:
    August 4, 2015 at 8:03 am

    धर्मको नाममा व्यापार गर्नेहरु लाई जिउँदै जलाएर मार्नु पर्छ ।

    Reply
    1. Tenjing Gaba says:
      August 4, 2015 at 3:45 pm

      धर्म (सस्कार) को नाममा मानिसलाइ पानी नै खान नदिनेलाई चाही के गर्ने नि ?

      Reply
  22. Shankar says:
    August 4, 2015 at 7:49 am

    नृपेश जी
    राजेश हमाल ले तेत्ति राम्रो अभिनय गर्दैनन् उनि डांग डुंग गरेरै माथि पुगे भन्ने भनाइ ठिकै भए पनि उनको धर्म निर्पेक्ष्यता को आस्था लाइ तेत्ति न राम्रो भन्न मिल्दैन |
    किनभने धर्म निर्पेक्ष्यता र प्रजातन्त्र , लोकतन्त्र पुरक कुरा जस्तो लाग्छ मलाइ त् |
    नत्र ८० प्रतिसत जति हिन्दु भएको देश इन्डिया ले आफ्नो हिन्दुस्तान लाइ किन हिन्दु राज्य बनाउन सकेन ?
    किनकि इन्डिया प्रजातान्त्रिक देश हो |
    तेस्तै नेपाल ले हिडेको बाटो पनि उही भएकोले गंत्यब्य धर्म निर्पेक्ष्यता हो | जबर्जस्ति बा प्रलोभन मा धर्म प्रचार मा रोक र असामान्य गतिबिधि मा राज्या सचेत हुनु चाही जरुरि कुरा छ |
    हाम्रो धर्म मा छुवा छुत रहेको कुरा कटु सत्य हो , रामायण , भागवत, माहाभारत आदि आदि ग्रन्थ मा सुद्र, चाण्डाल को प्रसस्त प्रसंग छ |यी धर्म ग्रन्थ ले एकातिर कर्म ले मानिस ब्राह्मण , क्षेत्री, सुद्र बन्छ भन्छ आर्कोतिर योनिलाइ उत्तिकै महत्त्व दिन्छ याने कि कुन योनिबाट जन्मेको छ ?
    ब्राह्मण योनि बा सुद्र योनि बा क्षेत्रीय योनि ?
    तर यत्ति न राम्रो भन्दैमा हिन्दु धर्म लाइ मात्र न राम्रो भन्ने पक्ष्यमा छैन म किनभने राम्रो र न राम्रो पक्छय सबै धर्म मा छ | धर्म ले मानिस लाइ नियम भित्र आबद्द राख्छ |
    तर समय अनुसार फाल्नुपर्ने कुरा सबै धर्म मा छ तेसैले समयानुसार परिमार्जित गर्दै जादा राम्रो लाग्छ |
    नत्र धर्म मार्क्स ले भने झैँ अफिम मात्र हुन् जान्छ |
    उदाहरण
    पहिले पहिले ६ महिना नै क्रिया बस्ने चलन थ्यो , चन्द्र सम्सेर ले १३ दिन मा ल्यायो , त् आखिर तेही चल्यो | भन्दा गरे त् हुने रे छ नि ?
    जात पात लाइ कानुन र ब्यबहार मै राज्य ले अन्त गरिदिने |
    पहिले मानन्धर को पानि न चल्ने , कुन चाही राणाले मानन्धर ( सायद धिर सम्सेर तिर कोइ )श्रीमती लेरा यो पानि चलायो अनि चल्यो | तेस्तै अरु जातिमा गर्न सकिन्न ?

    Reply
    1. XYZ says:
      August 4, 2015 at 11:46 am

      शंकरजी,
      अलिकति मानन्धर हरुको इतिहास पढ्नु भयको भय राम्रो हुन्थ्यो. धम्म साहु जंग बहादुर को बाल्यकल देखि को मिल्ने साथि मात्र नभयर आर्थिक सल्लाहकार र व्यापार साझेदारी पनि थियो, मानन्धर हरु को चेली बेटी कुनै रानाले भित्र्याएर मन समान दियको भन्ने कुरा वाहियात हो.

      Reply
  23. जगदिश says:
    August 4, 2015 at 7:12 am

    हाम्रा पुर्खाले दलितहरूमाथि घोर अन्याय गरेका छन्, त्यो अन्यायलाई हामीले पनि साथ दिदैछौं । राजेश हमालले जे पनि गरे, त्यसमा सारा नेपालले उनलाई नमन गर्नुपर्छ । यदि यो हिम्मत 100 वर्षअघि मात्रै कसैले गरेको थियो भने आज कुनै दलितले तिरस्कृत भएर जिउनु पर्दैनथ्यो, कुनै दलितको छोराछोरीले सहरमा कोठा भाडामा पाउनकै लागी जात ढाँट्नु पर्दैनथ्यो, आफुले गर्दै नगरेको गल्तीको सजाय पुरा जिन्दगी पिडीत बनेर भोग्नुपर्दैनथ्यो ।
    यस मामलामा म सधैं मेरो समाजप्रति असन्तुष्ट छु । बाहुनको परिवारमा जन्मेकाले वाल्यकालमा समाजले मलाई दलितहरूलाई हेप्न सिकायो, दलित साथीसँगै पानी लिन धारामा गए पनि झुक्किएर पनि उसलाई नछुनु, केहि गरि छोइयो भने फेरि अर्को पानी भरेर ल्याउनु भनेर सिकाइयो । मैले त्यसै गरें । मलाई पछुतो छ यसमा, मलाई भतभति पोल्छ यी कुराहरूले । हामीहरूले आफ्नो पुख्यौली पाप प्रायश्चित गर्ने दिन आइसक्यो । आफ्नो धोती फुस्किसक्यो, कति अरूको दोष देखेर बस्ने हामी ? अब त धोती सम्हाल्नतिर लाग्ने हो कि ? नत्र साह्रै लाज हुन्छ हजुर !
    अरूहरूले अर्को ग्रहमा हामीजस्तै जीवित प्राणी छन् कि भनेर खोज्न थालिसके, हामी भने हाम्रै आँखा अगाडीका दाजुभाइ दिदीबहिनीहरूलाई अर्कै ग्रहका झैं सोच्दैछौं । यो दुर्भाग्य हो हाम्रो देशको कि गाइ काट्दा बन्द हड्ताल गर्नेहरू मान्छे काट्नेहरूको समाचार बाहिर नआए हुन्थ्यो झैं गर्छन् । कथित बुद्धिजीविहरू यस्ता बकवास लेख लेखेर बस्छन् ।

    Reply
  24. XYZ says:
    August 4, 2015 at 6:57 am

    In some points I agree with the author and in others I do not:

    Points of Agreement:
    1. This stupid character has been badly framed, moreover, it is not his capacity and responsibility to be a hero in the real life.

    Points of Disagreement:
    1. It takes ages to reform cultural malpractices, therefore, we should not seek have an overnight solution
    2. Discrimination abound in the West and Islamic societies; during colonization etc.
    3. This is framed by Christians to downgrade Hindus

    Reply
  25. prahlad lamsal says:
    August 4, 2015 at 6:52 am

    उप्रेती जी तपाइंकाे महाकाव्य त मैले पुरै पढिन किनकी कुनै लेख कति वजनदार छ भन्ने कुरा पहिलाे अनुच्छेदबाट नै थाहा हुन्छ र त्याे लेख लेख्ने मान्छे काे बुध्दि कति छ भन्ने पनि त्यसै लेखबाट जानिन्छ । तपाइं यत्ति भनि दिनुहाेस् तपाइं चैं कतिमा बिक्नु भयाे? पक्कै पनि निक्कै कमाउनु भयाे हाेला । याे लेख हेर्दा त्यही देखिन्छ ।

    Reply
  26. Babu Ram Pandey says:
    August 4, 2015 at 6:51 am

    Nripesh ji. The title of the article is attractive, so I started reading but could hardly complete reading.You look like a well-informed and educated person. Shame on people like you who support (knowingly or unkowingly) to such a discrimination. You write that we all should do something from our side. What Rajesh Hamal did, wasn’t it a good thing for people like Deepak? This was one of the good things he could do to expose such thing still existing in our society.It looks like you feel proud that such things still exist in our society.

    Reply
  27. Shovakhar Baral says:
    August 4, 2015 at 6:17 am

    Is Mysansar against dalit? The latest two articles are against the sentiment of dalit. At the prime time of making constitution why such antidalit voices are promoted by Mysansar? “achanako pir khukuri le bujhdaina” The humilations and the torture faced by this community(dont think of only urban area) should be addressed in best possible way. Iam a regular reader of mysansar but such articles offends me.

    Reply
  28. samrat~ says:
    August 4, 2015 at 6:00 am

    कुरा ठिकै भए पनि ठाडै कसैको character Kill गर्ने गरि सम्भोधन गरिएको मा यो लेखक को पनि स्वभाब अलि ठिक लागेन.

    Reply
  29. Ajanabee says:
    August 4, 2015 at 5:49 am

    हिन्दु धर्म समाजमा छुवाछुत र भेदभाव जन्माउने धर्म हो जबसम्म यो धर्मको अन्त हुन्दैन तबसम्म नेपाल देशमा बिकाश सम्भव छैन यो त दुइ सय तीन सय बर्षको ज्वालंदा उदाहरण अहिले हामीले स्पस्ट देखिरहेको छ. देशलाई बिकसिल मुलुकमा परिवर्तन गर्न नृपेश उप्रेती जस्तो व्यक्तिको दिमागमा पनि परिवर्तन अति जरुरि छ.

    Reply
    1. Deepak koirala says:
      August 4, 2015 at 4:52 pm

      जब सम्म संसार मा हिन्दु धर्म मात्र हैन अरु कुनै पनि धर्म रहनछ तब सम्म भेदभाव,असमानता, अशिक्षा, हिँसा आदि रहनछ |

      Reply
  30. rajbhanu says:
    August 4, 2015 at 4:44 am

    पहिलो वाक्य ध्रुवसत्य हो, मेरो मुखबाट खोस्नु भयो ! हिन्दु राज्य घोषित गर्दैमा सम्पूर्ण धर्म परिवर्तन रोकिन्छन भन्ने ठान्नु मूर्खता हो ! जनताको जीवनस्तर उकास्ने कार्यक्रम चाहिं ठण्डाराम-आम्दानीको स्रोत बन्छ र छुवाछुतको भुमरीबाट छुट्कारा मिल्छ भने कुन धर्मले के हुने वाला छ र आखिरमा सबै धर्म मानव सृजित त हुन् नि ! जन्मको आधारमा मृत्युले मात्र छुटकारा दिलाउने भुमरीको सिर्जना कुनैपनि धर्मलाई सोभा दिंदैन ! किन धर्म परिवर्तन गरिंदै छ भन्ने मूल जड पत्ता लगाउनु पर्यो | त्यो धर्मनै के काम जुन अरु धर्मको अघि निस्तेज ठहर्छ ??

    Reply
  31. Deepak Koirala says:
    August 4, 2015 at 4:31 am

    This is the most idiotic and baseless article ever posted on mysansar. Who the hell are you to say राजेश हमाललाइ अभिनय गर्न आउदैन? I am not a big fan of Nepali movies at all, but based on my knowledge of Nepali cinema, he has been reigning the industry for quite a long time. Millions of Nepalese like him for a reason. You are just a pathetic hater spewing your hate from a dark corner of you freaking closet.
    If you don’t want people to convert to Christianity or any other religion fix the F**cking problems with your religion. Update it, so that is fits the society of 21st century. Don’t declare Hinduism as a state religion and declare a Hindu caliphate. Oppression and persecution of the people from other religion is not going to help your cause. Nepal has been a great country religion wise until now and religious zealots like you started brainwashing and radicalizing the people of Nepal.

    Reply
  32. Nishan says:
    August 4, 2015 at 4:12 am

    I respect your opinion Nripesh bro. But, your opinion not only sucks, it stinks. You need to grow up.
    Thank you Rajesh Hamal for doing little thing at a time. Good job.

    Reply
  33. सुरज श्रेष्ठ says:
    August 4, 2015 at 3:40 am

    १) नेपालमा जातीय भेदभव र छुवा छुत अन्त्य भनि आएको कानुन ५३ बर्ष भै सक्यो । यो कानुन आएको बेला कतिपय भर्खरै जन्मेकाहरु बाजे र बजै भै सके तर नेपालमा जातीय र छुवा छुतको भेद भावको अन्त्य गर्ने ऐन अझै शिशु अवस्था मै छ । यो कानुनलाई पोलियो, जान्डीस, टीबी, चर्मरोग, क्षारे रोगहरुले हमला गरेकै गरेकाले अझै शिशु अवस्थामा रहनु परेको छ ।

    २) नेपाली समाजमा सामाजिक सुधार ऐन नियम खोपामा बसी टुलु टुलु सामाजिक गतिविधि हेरी रहन्छ । यो ऐन नियम जति जति पुरानो भयो भोज, भत्यार, दाईजो, तिलक, जन्ती, जन्मदिन, विवाह बार्षिक उत्सव, पुजापाठ झन झन भव्य हुदै गएको छ ।

    ३) हाम्रो प्यारों नेपालमा ऐन कानुन र संविधान बनाउने जिम्मैवार पाएकाहरुले नै यसलाई लत्याउछन भने नेपालका प्रशासन, कानुनका ज़िम्मा पाएका र सुरक्षाकर्मीहरुले उच्यवर्ग, धनाढ़्य, नवधनाढ्य, जसरी भएपनि अकूत सम्पति आर्जनकर्ताहरुलाई भव्य खुशीयाली मनाउदा पानी जस्तो खर्च गरेको हेरी बस्नु पर्ने स्वाभाविक हो ।

    ४) राजेश हमालले चलचित्रमा दशौ जना संग आफुलाई जोगाई बिजय प्राप्त गर्ने भएपनि वास्तविक जीवनमा यस्ता भद्र नायकलाई हाम्रा समाजका एकजना ठेकेदारले सजिलै संग तह लगाई दिन्छ ।

    डा. सुरज श्रेष्ठ
    नेपागंज

    Reply
  34. जगदिश says:
    August 4, 2015 at 3:38 am

    उप्रेती दाजु, मेरो भन्नु यत्ति छ कि तिमी सामन्ती हौ, शोषक हौ ।

    Reply
  35. Nishal says:
    August 4, 2015 at 3:26 am

    कुरो एकदम सहि हो. धन्यवाद लेखक ज्यु .

    Reply
  36. kedar says:
    August 4, 2015 at 2:31 am

    समाजमा रहेका विद्धमान बिक्रितीहरुलाई यो त हिन्दु धर्मको हो, यो त बाहुनको हो भनेर आफु पन्छिन खोज्ने बिकृती अहिले प्रसस्त देखिन थालेको छ |

    शास्त्र र धर्म ग्रन्थमा नलेखिएका तर समाजमा भएका कुरिती कसरी हिन्दु धर्मका भए ?

    के चामलका बोरामा बाइबल घुसेटेर क्रिस्चियन धर्मको प्रचार प्रसार गर्नु भनेर लेखेको छ बाइबलमा ? छैन नी तर गर्छन | कुरानमा गला रेटेर मान्छे मार्दै, बच्चा बच्चालाई आत्मघाती लडाकु बनाएर शत्रुलाई मारेर इस्लामको प्रचार प्रसार गर्नु त भनेको छैन नि तर अल्काइदा, तालिबान, IS, बोको हराम तेसै गर्दैछन | बुद्ध dharmale कमिलो पनी नमार्नु भन्छ तर श्रीलंका र बर्मामा मानव रगत बगाउदैछन |

    समाजमा हरेक खालका मान्छे हुन्छन र थिए | तिनै मद्धे अलिक टाठा भनाउँदाहरुले धर्मलाई अडेस लाएर कुरीतिहरुको सिर्जना गरेर निमुखाहरुलाई कज्याएर खान थाले | आज पनी राजनीतिक पार्टी NGO INGO को नाममा टाठाहरुले तेसै गर्दैछन | अस्ती सम्म धर्मको क ननिकाल्ने खुम बाहादुर र कमल थापा राता रात किन हिन्दु धर्मका रक्षक भए भन्दा आफ्नो राजनिती खेती सपार्न होइन भनेर कसले भन्छ ?

    अहिले होइन, उबेला असिक्षित समयमा धर्म भनेपछि मान्छेमा अन्ध आस्था र डर थियो, समाजका ठुला भनाउँदाहरु तेही धार्मिक डर र आस्थालाई हतियार बनाएर कुरीतिको सृजना गर्थे | डर र आस्थाकै कारणले धर्मसंग जोडिएर आएका कुरीतिहरु समाजमा स्थापित गर्न सजिलो हुन्थ्यो | आज तिनै कुरितीहरुमद्धे हाम्रो समाजमा केही विद्धमान छन् भने केहि शिक्षा र चेतनाका कारणले त केही सतीप्रथा, बोक्सी विरुद्धका नयाँ नयाँ कानुनको कारणले हटेर जाँदैछन् |

    तेसैले हिजो धर्मको आडमा कुरीति जन्माए जस्तै आज कुरीतिको आडमा कुनै धर्मको बद्नाम गर्ने होइन, कुरीतिलाई टाठा बाठाको हतियार सम्झेर सर्ब साधारणलाई सम्झाउने र सुसुचित गर्न तिर लागौं |

    Reply
  37. budharaj kambang says:
    August 4, 2015 at 12:43 am

    छुवाछुत को बारेमा चाई भननेहो ने तपाईं जसतो मानछे तिहाँ गएर सिकाउनु परयो तपाईं ले भननुभो पुरानो पुसतालाई छोडनु परछ मलाई लागछ यो गलत हो पुरानो लाई पनि मेनटिनेस गरियोभने नयाँ हुदाईनार मलाई लागछ पुरनो लाई नयाँ बनाउनुनै 21सौ सताबदी जसतो लागछ।अरको कुरा धरमको कुरा त गरनुभो तपाईं सङगधरम को पातरो कहाँ समम छ राजेस ज सोतनतर मानिस हुनअनि कु सषकारभननुभो तपाईं सङग कुन सषकार छ नेपाली सामाज मा तपाईं ले कुन दिनुभको छ यसता चिटठी हरुचाई ।
    धरम को नाममा राजनिती गरने नेता हरुलाई लेखेको भएअलि कतिभए पनि देशलाई योदान पुगथियो होला मितर।

    Reply
  38. Nandan says:
    August 4, 2015 at 12:38 am

    राजेश हमाल एक भलादमी अभिनेता हुन्, यो मान्छु| यो ब्लगको बिषय चाहि ठिकै भए पनि तल माथि पारेर यति शब्द खर्चिनु पर्ने कारण देख्दिन बिशेष गरी तातो न छारोमा मिथुनसंग तुलना गरेर उनको कद बढाउने होइन बरु होच्याएको जस्तो महसुस भयो|
    यसै बिषयमा यो पनि सोधिहालु| राजेशजीले आफ्नो खल्तीबाट भुकम्प पीडितका लागि कति
    रकम दिनुभएछ? अरु तरिकाले सहयोग गर्न पनि ठिक हो तर जब आफ्नो खल्तीबाट पनि यथासक्य दिंदैन तब सम्म पिन्च हुँदैन| मनिषाजीको कुरै नगरम| उनले आफ्नो करोडौ बरोडौ कमाईबाट नेपालीका लागि के कति रकम कहिले कुन कामको लागि दान गर्नुभएको छ त्यसको कुनै हिसाब होला?

    Reply
  39. Madan says:
    August 4, 2015 at 12:33 am

    छुवाछुत मान्नेको पुत्र वा नाति हरुले नै हिन्दु धर्म लै कलंकित बनाउदै गरेको जस्तो लग्छ भन्दा कस्तो होला लेखक ज्यु ? राजेश हमाल तपाई भन्दा धेरै बौद्धिक रहेको स्पस्ट झाल्किन्छा/

    Reply
  40. yam thapa says:
    August 4, 2015 at 12:25 am

    ताई न तुइ को थिस कुरो न लेखम न हो मित्र ,क्ये english बोल्न जान्ने मात्र कलाकार ?अरु बोल्न नजान्ने चै कलाकार नै होइन ,मान्छे नै होएन नेपाली फिल्म industry मा educated कलाकार नै छेन,हावा लेख लेखेर हुन्क्ष,
    तिम्रो यो लेख अनुसार त राजेश हमाल ले छुवाछुत को बिरोध गर्यो त्येसैले राजेश हिन्दु धर्म बिरोधि हो ,र हिन्दु धर्म र छुवाछुत प्रथा एक अर्का मा सभंदित छ भन्ने बुज्नु पर्यो होएन ,
    सिधै भन न मित्र नेपाल लै हिन्दु राष्ट्र बनाउनु पर्छ भनेर, किन कुरो घुमौक्षौ ,राजेश हमाल लाई किन दोष दिन्छौ?

    Reply
  41. Himal says:
    August 4, 2015 at 12:06 am

    अनि क को थन थन उप्रेती Jee लाई!
    २००७ को परिबर्तन, २०४६ साल को परिबर्तन तेसै भएको haina मित्र! त्यो थियो वाक स्वतन्त्र मौलिक अधिकार प्रात गर्न का लागि थियो भने! २०६२/२०६३ को आन्दोलन निरंकुस राज तन्त्र अनि जातीय असमानता अनि धार्मिक swatantra ta को लागि हो! एकल जातीय सासन को अन्त्य र समानु पातिकअधिकार साथै अगरागमन अधिकार को लागि थियो!

    जय नेपाल!

    Reply
  42. Nsh says:
    August 3, 2015 at 10:40 pm

    सर्वप्रथम म ह्न्दु राष्ट्रको विरोधी हैन भन्ने कुरा प्रस्ट पर्न चाहन्छु. र,…

    1. राजेश हमालजी एकदमै राम्रो actor हुनुहुन्छ. ‘कोर्ट मार्सल’ नाटक हेर्नु भएको छैन भने राजेश हमालको अभिनय तपाइले देख्नु भएकै छैन. विदेश पलायन भए पसी कसरी हेर्नु हुन्थ्यो नाटक!

    2. तपाईको फेसबुक हेर्दा ‘हिन्दु राष्ट्र’ topic ले तपाईको आखा मोतिविन्दुले जसरी ढाकेको भन्ने थाह पाइन्छ.

    ३. तपाई लाई मन नपर्ने कुरा गर्दैमा कुरा हरु सुनियोजित हुदैनन्.

    ४. राजेश हमालले भनेको कुरा गलत छैन, तपाई कसरी बुझ्नु हुन्छ त्यो सुधर्नुस्.

    Reply
  43. shyam giri says:
    August 3, 2015 at 10:31 pm

    Great Analysis!

    Reply
  44. achut nepal says:
    August 3, 2015 at 10:01 pm

    ठोके मा’नायक लाई..

    Reply
  45. Meek says:
    August 3, 2015 at 10:00 pm

    भने पछि उप्रेतीले छुअछुत गर्नु , दलित हरुलाई हेप्नु पर्छ यो परिबर्तन हुनु हुदैन भन्नेमा अडिग हुनुहुन्छ , किनकि यो छुअचुत भनेको हुन्दु धर्म मा मात्र हुन्छा, बाहुन हरुले आफ्नो जातलाई ठुलो जात ठान्छन हिन्दु धर्मकै कारणले , अर्को कुरा आयो च्रिस्तियन धर्म मा लाग्दा कसरि आर्थिक लाभ हुन्छ? यदि आर्थिक लाभ हुने भए सबै बाहुन हरु च्रिस्तियन भैसक्ठे, होइन भने हेर्नुस न हाम्रो देसको नेताहरु सबै बाहुन सबै भ्रस्टचारी , उप्रेती को सोचाई पनि अरु जातिलाई थिचोमिचो पार्न्ने भन्ने रैछ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme