Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो थियो धरहरा ढलेको डरलाग्दो दृश्य

Posted on July 31, 2015July 31, 2015 by Salokya

dharhara1वैशाख १२ को भूकम्पलगत्तै सबैभन्दा बढी फैलिएको खबर थियो- काठमाडौँको धरहरा ढल्यो रे। कतिले त विश्वासै गरेनन्। भूकम्पलगत्तै फोटो खिच्न र समाचार स‌ंकलन गर्न हिँडेको मलाई भने धरहरा ढलेको थाहै थिएन। रत्नपार्कमा दरबार हाइस्कूल भत्किएको हेरेर साथी मनोजसँग स्कुटरमा दरबारमार्गबाट सुन्धारा जाँदै गर्दा टुँडिखेल पारी नदेखिएपछि नै धरहरा ढलेको थाहा पाएका थियौँ। धरहरा ढल्न त ढल्यो तर कसरी ढल्यो भन्ने देखाउने न फोटो आयो न भिडियो। भूकम्पको तीन महिना पूरा भएपछि बल्ल एउटा सिसिटिभी भिडियो सार्वजनिक भएको छ जसमा टाढाबाट धरहरा ढलेको देख्न सकिन्छ। सुन्धाराको गोश्वारा हुलाक कार्यालय नजिकै राखिएको सिसिटिभीबाट खिचिएको भिडियोमा यसरी धरहरा ढलेको देखिएको छ।

chara
यो धरहरा ढल्नु एकछिन अगाडिको दृश्य। गोलो घेरामा तपाईँ चराहरु उडिरहेको देख्न सक्नुहुन्छ।

dharhara
फोटोमा देख्न सक्नुहुन्छ धरहरा ढल्दैछ। धरहराको बरन्डा तपाईँ गोलो घेरामा देख्न सक्नुहुन्छ।

dharhara1

यसमा तपाईँ धरहराको गजुर नै ढलिरहेको देख्न सक्नुहुन्छ।

dharhara2

धरहरा भूइँमा बज्रिसकेपछि उडेको धुलो।

यी त भए भिडियोबाट निकालिएका फोटो। भिडियो हेर्नुस्-

अझै जुम गरिएको भिडियो हेर्नुस्-

यसको ओरिजिनल सिसिटिभी भिडियो न्युज २४ टिभीका पत्रकार विकास थपलियाले अपलोड गरेका हुन्। हेर्नुस् ओरिजिनल फुटेज

यस्तो थियो धरहरा ढलेपछिको दृश्य

6 thoughts on “यस्तो थियो धरहरा ढलेको डरलाग्दो दृश्य”

  1. Paresh says:
    August 1, 2015 at 5:29 pm

    धरहरा ढलेको यो ठाउँलाई सुरक्षित राखी यसलाई अवलोकन गर्ने मुख्य क्षेत्र पार्कको रुपमा सजाउनुपर्छ/बनाउनुपर्छ र नया धरहरा अन्यत्र बनाउनु पर्छ । यसो गर्दा हामीसग हेर्नलायक दुईवटा ठाउ बन्छन् । यदि हामीले पुरानै ठाउमा नया धरहरा बनाउदा घुम्नलायक ठाउ एउटा मात्र रहन्छ । सम्बन्धित निकायले ध्यान दियोस् ।

    Reply
  2. Durga Adhikari says:
    July 31, 2015 at 8:12 am

    नेपालको इतिहासको दुखद दिन/ अब फेरि कहिलेही एस्तो दिन देख्नु नपरोस/

    Reply
  3. सिङजाली says:
    July 31, 2015 at 7:20 am

    आब बन्ने धरहरा आल्मुनियम को बनोस

    Reply
    1. Shankar says:
      August 3, 2015 at 6:46 am

      अल्मुनियम को किन ? फलाम को हुन्न?

      Reply
  4. dor Prasad says:
    July 31, 2015 at 2:07 am

    धरहरा तिमि फेरि उठने छौ नया रुपमा
    नया नेपाल, नया सबिधान, नया धरहरा !

    नेपाली पुर्खा को सान तिमि
    नेपाली तेसै बिर्षने छैन् …

    बिगत मा पनि तिमि पनि ढल्दा हामी ले माथि उठ्येकै हो
    फेरि उठाउने छ गोर्खाली हरुले , तिम्रो दिदि को जस्तो तिम्रो हालत हुने छैन !

    तिमि फेरि उठने छौ , अझ अग्लो, मजबुत भएर !
    कुनै भूकम्प ले केहि नाप्ने छैन अनि !

    तेसैले तिमीलाई समबेद भनि नहालु
    १-२ वर्ष पर्खन्छु म त !

    Reply
    1. Shankar says:
      August 3, 2015 at 6:45 am

      पर्खनुस पर्खनुस डोर जी | पख्दा पख्दै न निदाउनुस नि |

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme