Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाली ‘गुगल-बोय’ आदित्य: कति यथार्थ कति भ्रम?

Posted on July 30, 2015July 30, 2015 by विज्ञान बा

नेपाली गुगल-बोय भनेर पनि चिनिने आदित्य दाहाल उनको असाधारण क्षमताका कारण चर्चित छन्। बिशेष दिमागी अवस्थाका या दिमागी चोट लागेका केही व्यक्तिहरुको विलक्षण गणितीय क्षमता हुन्छ जसलाई सभाण्ट सिन्ड्रोम भनिन्छ। रिपोर्टहरु हेर्दा लाग्छ, आदित्य यस सभाण्ट वर्गमा पर्दैनन्। उनी औसत भन्दा निकै मेधावी तर अरु हिसाबले सामान्य नै लाग्छन्।

उनी भर्खर ५ टेकेका बालक हुन् तर उनी त्यो उमेरका बालबालिकाको तुलनामा निकै फरक र प्रतिभावान देखिन्छन्। पत्रपत्रिका र टिभीका रिपोर्टबाट यति कुरा बुझ्न सकिन्छ कि उनी असाधारण हुन्। यसमा विमति कसैको पनि छैन होला। तर हालै उनको बारेमा कतिपय कुराहरु भने अन्तत: उनैलाई हानी गर्ने गरी उचालिएको छ। हाम्रो समाज साधारणतया अलि लहडे खालको छ र हामी थाहै नपाइ बहकिन्छौ। आदित्यको सन्दर्भमा उनको भलो नाचिताउने कोही पनि छैन होला, तर हामी थाहै नपाई उनलाई अन्याय त गरिरहेका छैनौँ? आउनुहोस् केही चर्चा गरौँ।

हालै अनलाइनमा उनका बारेमा लेखिएका केही हरफहरु अचम्म लाग्ने खालका छन्। यिनै आधारमा अब आउनुहोस् उनीमाथि गरिएका अन्याय केलाउँ।

१) भारतका कौटिल्यले आफुले पढेको देखेको र सुनेको आधारमा ज्ञानको भण्डार विकास गरेका हुन् भने आदित्यले आफूले नदेेखको, नसिकेको, नसुनेको विषयमा पनि जवाफ दिन्छन्।

उनी तिक्ष्ण दिमागका हुन् तर “सुन्दै नसुनेको, नदेेखको, नसिकेको कुरामा ज्ञान” भन्नु अतिरन्जित हो । बालमस्तिष्क बिकासको हालसम्मको अनुभवलाइ यसले सिधै चुनौती दिन्छ, जुन बैज्ञानिक भन्दा पनि प्यारानर्मल क्षमतामा पर्छ । यदि यसलाई प्रमाणित गर्न सक्नुहुन्छ भने जेम्स रयान्डी एजुकेसनल फाउन्डेसनले दस लाख अमेरिकी डलरको पुरस्कार दिन्छ । यत्रो राशीको पुरस्कार किन नथाप्ने ?

२) आदित्यमा क्रमिक रुपमा नभई साढे तीन वर्षको उमेरमा एकाएक यस्तो क्षमता उत्पन्न भएको हो ।
बाल मनोबैज्ञानिकहरुका अनुसार साधारणतया बच्चाहरु ५ महिनाको उमेर भित्र आफ्नो नाम चिन्न सक्छन भने १ बर्षको हुँदा सम्म ५० भन्दा बढी शब्द जान्दछन । १८ देखि २१ महिना तिर उनीहरुमा भाषाको बिष्फोट नै हुन्छ र दिनमै औसत ९ नयाँ शब्दहरु सिक्न सक्छन । हामि औसत बच्चाले बोलेकै सुनेर पनि यति सानो बच्चाले यस्तो कसरि भन्यो होला, या कसरि जान्यो होला भनेर धेरै पटक अचम्मित् परेका हुन्छौं । तर बच्चाहरुको भाषा सिकाइमा उनीहरुको वरपर, घरका हरुले बोलेको कुराले ठुलो असर गरिरहेको हुन्छ । उनीहरु आफ्नो वरपर मान्छेहरु कसरि बोलिरहेका छन्, के को बारेमा बोलिरहेका छन् भनेर सचेत भैरहेका हुन्छन र सिकिरहेका हुन्छन । भाषिक हिसाबले राम्रो र गहन शब्दहरु प्रयोग गरि समसामयिक कुराहरुमा छलफल चलिरहने वातावरणमा हुर्केको बच्चाहरु मा यस्तो भाषाको विकास राम्रो हुन्छ । उनीहरुले बोल्न नजान्दै पनि यति धेरै कुरा सिकिसकेका हुन्छन कि त्यो हामीलाइ अपत्यारिलो लाग्छ । करिब ३ बर्षको उमेर देखि बच्चाहरुले छोटा बाक्यहरु बनाउन सक्ने हुन्छन भने ३ देखि ५ बर्ष सम्ममा कठिन बाक्य मात्र बनाउन सक्ने नभई बाक्यहरुको भाव र अर्थ बुझ्ने र दोहोरो बात-चित गर्नमा निपुण भैसक्छन । यो भाषिक दिमाग बिकासक्रम चाही साधारण बच्चाहरुको हो, या भनौ औसत हो । यसमा पक्कै पनि केहि बच्चाहरुको विकास छिटो र तुलनात्मक हिसाबमा उच्च हुन्छ । आदित्य यस्तै वर्गमा पर्न सक्छन | उनी तिक्ष्ण दिमागका हुन् तर “सुन्दै नसुनेको कुरामा ज्ञान” भन्नु अतिरन्जित हो ।

३) आदित्यको शारिरीक दुर्वलता सुरु भएको केहि समयपछि दिमागी क्षमता उजागर भएको हो । बोल्न पनि नसक्ने उनी लेखेर मात्रै जवाफ दिन सक्छन्।

बालमनोविज्ञले अवलोकन गरेर निष्कर्ष निकाल्दा मात्र जरो कुरा थाह होला, तर एउटा सामान्य अनुमान के पनि लगाउन सकिएला भने — उनको शारीरिक समस्या शुरु हुने, बोल्न गाह्रो हुने समय, र दिमाग तेज नै रही भाषा निपुणताको समय सगै पर्नाले उनको दोहोरो बातचित या सम्बाद लेखाइ को माध्यमबाट प्रस्फुटित भएको हुन सक्छ । यहाँ निर उनको क्षमता असाधारण देखिन्छ । साधारणतया यो उमेरका बच्चाले बोलेर गर्ने दोहोरो सम्बाद लेखेर गर्न सक्नु उनको ठुलो प्रतिभा हो । बोलाईको कमजोरीलाइ पूर्ति गर्न वाक्य-लेखनको क्षमताले असाधारण गति लिएको हुन सक्छ ।

४) तर आदित्य अहिलेसम्म स्कुल भर्ना भएका छैनन् । उनले कसैको सहयोगबिनै एकाएक अक्षरहरु लेख्न थालेका हुन् । आदित्यले नेपाली तथा अंग्रेजीमा मात्रै नभएर जापानी, रसियन, चाइजिन जस्ता भाषामा पनि शब्दहरु लेखेका छन्, जून कौटिल्यको क्षमताभन्दा बाहिरको कुरा हो ।

तपाइहरु मध्य इन्टरनेटको पहुच भएका धेरैका बच्चा-बच्चीले २ वर्ष पनि नहुँदै, आफुले सिकाउंदै नासिकाइ, खरर ABCD गाउने र अक्षर चिन्ने हुन्छन । खासगरी घरमा अरुले फिटिक्क अंग्रेजी नबोले पनि यु-ट्युबमा बच्चाका भिडियो हेर्ने कतिपय ३ बर्षको बच्चाले खरर अंग्रेजी बोलेका पनि होलान । इन्टरनेट भए नभए पनि आदित्यको परिवार शिक्षित भएकोले कहिँ न कहिँ अक्षरहरु को एक्सपोजर भएको हुनु पर्छ । अर्को कुरा, आफ्नै बच्चाहरुलाई राम्रो संग नियाल्नु भयो भने थाह हुन्छ कि धेरै बच्चा हरुमा हिजो अस्ति सम्म नाबोलने, आज फरर बोल्न थाल्छन र १-२ दिन मै भाषा निखारिएर आउछ । यो यति छिटो हुन्छ कि चमत्कार नै लाग्छ । त्यो एकाएक भएको हैन कि त्यतिबेला सम्म भएको भाषिक ज्ञान बोलीको रुपमा प्रस्फुटित भएको हो । लेख्ने कुरामा चाही अघि नै भने जस्तै आदित्य मा छिटो विकास भएको देखिन्छ| शब्द पक्कै लेखे, तर कहीं कतै नदेखी, नसुनी रस्सियन, कोरियन, चाइनिज भाषामा शब्द लेख्ने भन्नु अतिरन्जित हो । उनी जे हुन्, त्यसको कीर्ति गाऔँ , उनी जे हैनन् त्यो उनीमाथि जबर्जस्ति नाथोपरौं ।

५. आदित्य भविष्यका कुराहरु माथि पनि जवाफ दिन्छन् । यद्यपि, पछिल्लो समय सुरक्षा चुनौतिका कारण भविष्यवाणी लेखाउन कम गरिएको छ |
यहाँ निर चाही उनलाई ठुलै अन्याय गरिएको छ । संविधान कहिले बन्छ ? ९ रेक्टर स्केलको भुकम्प आउँछ कि आउदैन ? जस्ता प्रश्न तेर्स्याएर भविष्यवाणी गर्न लगाउनु र त्यो सत्य हुनुपर्ने अपेक्षा गर्नु मुर्खता हो । यसले उनको क्षमता भन्दा पनि हाम्रो अन्ध-बिश्वासलाइ टड्कारो रुपमा प्रकाश पार्छ।

६) शिशु अवस्थामै आदित्यको अध्यात्ममा गहिरो रुची र दख्खल देखिन्छ । उनी मन्दिर जान रुचाउँछन् । धार्मिक अनुष्ठानहरुमा रमाउँछन् । कौटिल्यमा धार्मिक प्रवृत्ति देखिदैन ।

यो पनि अन्याय नै हो । बच्चाहरु सामाजिक संकेत बुझ्न माहिर हुन्छन । वरपरकाले आफुले के गर्दा राम्रो मानेका छन् त्यता तिर रुचि राख्छन । जब त्यो कुरा बारम्बार दोहोरिन्छ, उनीहरुको दिमागी बिकास पनि त्यतैतिर ढल्कदै जान्छ । उनलाई धार्मिक बनाउने कि अरु शिक्षातिर उन्मुख गराउने, त्यो उनको बातावरणले गराउँछ ।

७. आदित्य चेतनामूलक सन्देशहरु खुबै लेख्छन् । आफ्ना सन्देशमा उनी देशको राजनीतिक, सामाजिक र सांस्कृतिक सुधारका लागि बाटो पनि देखाउँछन्।

उनको एक्सपोजर राजनीति र धर्ममा धेरै गरिएको हुदा उनको बोलीचालीमा यस्ता कुराहरु आउनु असाधारण हैन तर ५ बर्षे बालकले चेतना दिनुपर्ने समाज चाही पक्कै असाधारण हो ।

यी त भए अनलाइनमा गरिएका चर्चा । आदित्यको बारेमा गरिएका यस्ता अनेकौ कुराहरुले उनलाई न्याय भएको छ त ? अभिभावकले पनि एक पटक गहिरिएर सोच्नु पर्ने लाग्दछ ।

अन्ध-बिस्वासले गाँजेको हाम्रो समाजमा बालकमा अलौकिक क्षमता भई देबररुपमा प्रकट भएको र उनैले देश र देशबाशीको रक्षा गर्न सक्छन जस्ता भनाइहरु सजिलै बिक्न सक्छन । खासगरी उनलाई उमेर-असंगत प्रश्नै-प्रश्न गर्ने, र दिनहु सत्संग र भजन मण्डलीमा लामालाई जसरी विराजमान गराउँदै जादा उनमा बिचलन नआउला भन्न सकिन्न।

यो कुराको छनक आउँछ “९ रेक्टरको भूकम्प आउँछ कि आउदैन” भन्ने प्रश्न र त्यसको जवाफमा । यस्ता भूकम्प जस्तो कुराको भविष्यवाणी कछुवाले विश्वकपको भबिष्यवाणी गरे भन्दा फरक हुँदैन । तर उनको जवाफ सुनेर अचम्मित परिन्छ । उनले भनेछन्, “आउदैन, म सबैको रक्षा गर्छु” । पक्कै पनि उनले धेरै पटक “रक्षा गर” भनेको सुनेको हुनुपर्छ ।

आदित्यका अभिभावकलाइ यो निर्णय गर्न कठिन पक्कै छ कि छोराको भबिष्यलाइ कता डोहोर्याउने । एकातिर उनको क्षमताले ठुलो नाम र वाहि वाहि भएको छ भने अर्को तिर उनको बालक भएर बस्न पाउने अधिकार कुण्ठित भएको छ, र तिक्ष्ण बुद्धिको दुरुपयोग भएको छ । उनलाई बिस्तारै पढ्ने, ज्ञान भण्डार गर्ने र गणितीय क्षमताको विकास गराउने तिर भन्दा पनि उनलाई धार्मिक र अन्धबिस्वासका कुरा हरु तिर ध्यान केन्द्रित गर्न खोजिदै छ । उनि अहिलेकै हिसाबले लिएर जाने हो भने भोलि गएर गुरु र बाबाको भिडमा एउटा अर्को “बाबा” बन्ने अड्कल गर्न सकिन्छ । उनका अविभावकले यहि चाहन्छन भने कुरा अर्कै हो, यस धारमा लागेर पनि नाम र पैसा भरपुर कमाएका प्रसस्तै देखिएकै छ । तर यसले न त समाजले केहि पाउँछ न त उनको क्षमताको न्याय हुन्छ । सत्य त यो हो कि मनगढ़ंते भविष्यवाणी गर्ने “बाबा” हरुले भन्दा रातो, पहेलो, र हरियो चिन्ह लगाइदिने इन्जिनियरहरुले रक्षा गर्छन भूकम्पमा ।

नाना भाँतीका प्रश्न तेर्स्याएर यो उमेरको द्रुततर बढ्दो दिमागलाइ बिचलित र संकुचित पार्नु पक्कै पनि राम्रो हैन । एउटा उदाहरण लिउँ: २८९ x १५९ = कति हुन्छ जस्ता प्रश्न अप्रत्यासित रुपमा गर्दा पनि प्रश्न भुइमा झरन नपाउंदै उत्तर दिन सक्ने सभाण्ट सिन्ड्रोमले ग्रसित ड्यानियल टामेटले एउटा अन्तर्वार्तामा भनेका रहेछन: “मेरा अभिभावकले मलाइ छिमेकीको लागि चमत्कार देखाउन कहिलै दबाब दिएनन । उनीहरुलाई थाह थियो कि मा फरक थिएँ तर सकेसम्म म सामान्य जीवन जिउन सकूँ भन्ने चाहन्थे” (हेर्नुस). उनी पछि गएर एक ठुला लेखक बने र प्रेरणादायी प्रवचक पनि । आदित्य यो वर्गमा नपरे पनि उनको तिक्ष्ण दिमागलाइ सहि मार्गमा लग्न सके उनको जीवन सजिलो र सार्थक हुन सक्छ । उनको बिलक्षण प्रतिभाको असर राम्रो भएको छ कि उनले शारिरीक उपचार पाउने भएका छन् । उनि जे छन् अरु भन्दा माथि छन् तर हाम्रो रहरले उनलाई जबर्जस्ति अलौकिक देखाइ उनको बालक भएर जिउन पाउनु पर्ने अधिकार खोस्नु पर्ने केहि छैन । अबिभावक, उनको भलो चाहने आफन्त र मिडियाले पनि यो मनन गर्नु पर्ने देखिन्छ । उनि छिट्टै ठिक भएर आउँन् र धेरै पढि देश र समाजको हित गर्न सकुन भन्ने शुभकामना ।

अन्तमा:
ठ्याकै मेल नखाने भएको तथा समयाभावले गर्दा सभाण्ट सिन्ड्रोमको बारेमा चर्चा गरिएन तर यो जर्नल आर्टिकलमा निकै राम्रो रिभ्यु गरेको रहेछ, हेर्नुस ( http://rstb.royalsocietypublishing.org/content/364/1522/1351 ) । यस्तै एक व्यक्तिको बारेमा चर्चित फिल्म रेन-म्यान बनेको छ । यस्ता मान्छेको दिमाग कसरि काम गर्छ भन्ने बल्ल अलि अलि थाह हुँदै छ, जुन यस्तै असाधारण व्यक्ति ड्यानिएल ट़ामेटको रोचक टेड टकमा हेर्न सक्नु हुन्छ (हेर्नुस https://www.ted.com/talks/daniel_tammet_different_ways_of_knowing#t-167404 ) ।

[लेखक विज्ञानमा अनुसन्धान गर्नुका साथै विश्वविद्यालयमा पढाउने एक प्राध्यापक पनि हुन्। उनी अहिलेलाई आफ्नो उपनाम ‘विज्ञान बा’ बाट मात्र परिचित हुन चाहन्छन्। माइस‌ंसारमा उनका अरु ब्लगहरु पढ्न यहाँ क्लिक गर्नुस्]

माइस‌ंसारमा आदित्यबारे पुरानो ब्लग
चार वर्षका बालकको भविष्यवाणी – भावी प्रधानमन्त्री ओली

42 thoughts on “नेपाली ‘गुगल-बोय’ आदित्य: कति यथार्थ कति भ्रम?”

  1. TR Sharma says:
    September 20, 2015 at 6:07 am

    mero ta na अंग्रेजी good छ न नेपाली नै राम्रो. तैपनि I want to say that धर्मले समाज सुधार्न सक्छ यदि धर्म लाइ सहि तरिकाले बुझेर पालन गर्छ भने, Similarly science does believe in चमत्कार until it is scientifically proved otherwise.. आदित्यको बारेमा पनि हतार नगरौं, कुनै दिन scientists may prove whether he is normal or abnormal. राज्यले पेट दुखेको नेताकालागी लाखौँ खर्च गर्छ भने आदित्य्का क़ा लागि खर्च गर्यो . Both of these अनुत्पादक हुन् which should be stopped simultaneously. आदित्यको बारेमा धेरै टिप्पणी नगरौं, उ प्रति injustice हुञ्छ. उसको असाधारण प्रतिभाको बिकास कायम राख्न उचित environment create गर्न सके मात्रै कायम rahanchha पछि सम्म , नत्र त almost impossible.

    Reply
  2. prithak says:
    September 16, 2015 at 12:05 am

    सान्दर्भिक लेखको लागि लेखक ज्यु लाइ धन्यबाद

    Reply
  3. immanuel lama says:
    August 31, 2015 at 7:06 pm

    हुन त युगयुगमा एउटा महा-पुरुषको जन्म हुन्छन,,, भन्छन् ।।।।। सायद यिनै बालक पनि हो कि????

    Reply
  4. Niro says:
    August 29, 2015 at 7:15 pm

    यो सबै हेर्दा के देखिन्छ भने, अमेरिकामा उपचार गर्ने एउटा नाटकिय अभ्यास मात्र हो। आदित्य भगवान त होइन्। सन्त रामकृश्ण बमजन र आदित्य उस्तै कुरा हो। सबैले नाटक गर्छन् त उनिहरु पनि किन नगर्ने हँ? नाटक पत्याउने हामि वा, क्या छौँ?

    Reply
  5. Bishwaraj says:
    August 4, 2015 at 9:31 pm

    घन्टाको गुगल बोय- नेपालमा त्यत्रो प्रलय भयो- खोई यो गुगल बोय ले केही देख्यो त- नभएको चर्चा- यीनीहरुको मनकामना पुरा गर्न काट्टो खाने मेडिया देखी नेताहरु लागे- अन्तत: सफल भए- सम्पूर्ण परिवार अमेरिका पुगे- सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भयो- के छ त – अरु जाती भए यो सहुलियत पाउथे त- अब सबै परिवार त्यही अमेरिकामा हराउनेछन-

    Reply
  6. Shankar says:
    August 2, 2015 at 10:32 am

    कुनै हुन् नसक्ने कुरा मा जब गिरोह नै लाग्छ अनि जे पनि हुन्छ | हेरौ त् हालै मात्र नेपाल मा
    १) एउटी माता निस्की इ न , ज्ञानेन्द्र समेत भेट्न गए के के अन्त संट बकदैथिन
    २)दोलखा मा भीमसेन लाइ पसिना आएर हल्ला खल्ला
    ३) राम बहादुर बम्जन लिटिल बुद्द देखा पर्यो
    तेस्तै
    रामदेव आयो
    बाम देब , हाम्देब , झलनाथ सबलाई टुडिखेल मा योग भन्दै नचायो ,
    आशा राम
    भित्र भित्र जमिन हडप्दै , केटि रेप गर्दै , भगवान बनेर खायो
    तेस्तै साइबाबा आयो

    Reply
    1. सुदिप पण्डित says:
      August 4, 2015 at 2:47 pm

      दोलखा भिमेश्बरमा पसिना आयो भुकम्पले नष्ट गरायो दोलखा

      Reply
      1. punya prasad says:
        August 4, 2015 at 8:10 pm

        क्या जान्नी … अब एउटा ढुंगा मा पसिना आए पछि भुकम्प जाने र कुनै नराम्रो हुने रैछ … हाइ ?? क्या खतरा …

        मित्र , येसरी बुझ्नुस .. यो एउटा संयोग मात्रै हो .. बस्ताब मा भगवान भनेको कुनै चमत्कारिक जादु को श्रोत होइन .. जसले येस्ता (पसिना आउने ) चमत्कारिक काम गरोस / अनि नराम्रो हुने सूचना दियोस /

        बस्ताब मा भगवान भनेको एउटा आस्था, बिश्वास अनि हामी भित्र को स्वत स्फुर्त भाबना हो जसले हामी सब लाइ अशल काम गर्न प्रेरित गरोस /

        Reply
        1. Rohini says:
          August 4, 2015 at 11:40 pm

          ढुंगामा पसिना आएर अनिस्ट भयो भन्नु एउटा अन्धबिस्वास बाहेक केहि होइन| अनि पुण्य जी ले भन्नुभए जस्तै भगवान भनेको हाम्रो हृदयदेखिको आस्था अनि विश्वास हो |

          Reply
  7. Dr. Parakram Parajuli says:
    August 2, 2015 at 8:38 am

    Aditya Dahal should not be compared with people suffering from Savant Syndrome or real life character of “Rain Man”, since these people show extra ordinary capabilities in skill related matters only, like skill in memorizing dictionary or directory, skills on performing extra ordinarily in calculations and mathematics, skills on brilliant art and music and so on…. and these skills are developed only after age of 10, when they are exposed to these things or school.
    Aditya’s thing is no where near skills…. he was never exposed to various languages or general knowledge or school. He developed it at the age of 2 and a 1/2 years.
    He is now in the process of claiming James Randi’s US $ 1m, since he is in USA.
    He might not be god, giving him unnecessary trouble with regards to relegion is not a proper thing to do. But I know he is not a normal human too….. neither he is suffering from syndromes like Savant. Thank you

    Reply
    1. shiva says:
      August 5, 2015 at 10:33 am

      यहाँ के को डाक्टर पर्नु भयो थाह भएन तर प्यारानर्मलमा बिश्वास गर्नु हुदो रहेछ | आशा छ झार-फुक र धामी-झाक्रीमा धेरै भर पर्नु हुन्नहोला | आज सम्म कुनै पनि अलौकिक क्षमताको बैज्ञानिक पुष्टि हुन सकेको छैन, त्यसैले जेम्स र्यान्डी फाउन्डेसनले सयौं दाबि परे पनि कसैले त्यस्तो पुरस्कार थाप्न सकेको छैन | नेपालीले अलौकिक क्षमता देखाएर १० लाख डलर थाप्ला भन्ने आशा अलि बढी नै भयो कि ?

      डाक्टर साब, यति जानी राख्नुस कि गणितीय रिस्क असेस्मेंट बाहेकका अक्षेता हेरेर गरिने फाल्तु भविष्यवाणीहरुको कुनै अर्थ हुँदैन | अरु क भनौं !

      Reply
  8. Bishwaraj says:
    August 2, 2015 at 2:12 am

    यो सबै भ्रम…कुनै सत्यता छैन- Exaggereted Story about this chlld – यो सुनौलो अवसर हो सबै परिवार त्यहीं अमेरिकामा हराउने.. !

    Reply
  9. Bikash Maharjan says:
    August 1, 2015 at 8:27 pm

    He predicted that he would be fine by 072/03/31. So, what happened to him after that date is the my curiosity. Mr. Author if you know the answer then please reply. Thank You !

    Reply
  10. Krishna Thapa says:
    August 1, 2015 at 5:57 pm

    एकदम सान्दर्भिक लेख । आदित्यका अभिभावकले पनि पढुन् ।

    Reply
  11. john gauchan says:
    August 1, 2015 at 2:06 pm

    good luck aditya hope you will get well soon …

    Reply
  12. shekhar says:
    August 1, 2015 at 12:11 pm

    अति नै तार्किक विश्लेषण गरियेको लेख । बास्तबमा यो लेख मा भनिए जस्तै इ बालक असाधारण हुन तर कुनै अलौकिक दिब्य आत्मा होइनन। जबर्जस्ती भबिस्यबाणी गर्न लगाउने प्रवृत्ति चाहिँ हाम्रो संकीर्ण मान्सिकताको उपज हो।

    Reply
  13. yam thapa says:
    August 1, 2015 at 12:02 am

    यो बच्चा को दिमाख अरु साधारण बच्चा को भन्दा केहि फरक छ ,त्येसो भन्दै मा त्येस्लाई
    मान्छे हरु ले भगवान नै बनाए बा.देश मा १ महिना पछि संकाट आउछ रे यो हुन्छ रे त्यो हुन्छ रे हुदा हुदा गूगल भबिष्य वाडी सम्म गर्न थालेछ ,के भन्नु हाम्रो देश को मान्छे लाई
    मान्छे हरु नि का सम्म को रुदिबादी छन् ,कति सम्म छन् अस्ति को नवालपराशी को घटना लाई हेर्न सकिन्क्ष !त्येसैले हाम्रो लेखक ज्यु ले भने जस्तो बच्चा लाई उपचार को खाचो
    छ ,अनि उस्को परिवार ले अरु अबुज हरु को पछि लागेर बच्चा को भबिस्य नाबिगरिदिनु होला ,

    Reply
  14. बशन्त राज says:
    July 31, 2015 at 11:03 pm

    जोन नाश भन्ने एक गणितिग्य हुनुहुन्छ / उहाले अर्थशास्त्रमा १९९४ को नोबेल पुरस्कार पुरस्कार पाऊनु भयो / उहा पनि सानै देखि एक प्रकारको मानसिक बिमार हुनु हुन्थ्यो / उहाको बिसयमा एक अंग्रजी फिल्म अ ब्युटीफुल माईन्ड भन्ने बनेको छ /
    अर्का एक बैज्ञानिक स्टेफन हव्किन्ग्स सारीरीक रुपले असक्त छन् / उनीलाई मात्र २ बर्ष बच्ने भबिस्य बाणी डाक्टरले गरेका थिय / तर उनि ७२ बर्ष सम्म विभिन्न सरिरिक कठिनाईका बाबजुत बाचेका छन् / उनले बिज्ञानमा गरेको खोज सामान्य मान्छेको कल्पना भन्दा बाहिरको छ /
    हिन्दु धर्म ग्रन्थमा बाच्चाको मस्तिस्क बारे केहि प्रख्यात कथाहरु छ / महाभारत अनुसार अर्जुनका छोरा अभिमन्युले आमा सुभद्राको गर्भअबस्थामै चक्रब्युह तोडने कला सीकेका थिय/ अर्जुनले सुभद्रालाई लडाईबारे अनेक कथा सुनाउदै थिय / सुन्नेक्रममा आमा निदाई तसर्थ अभिमन्यु आधा मात्र ज्ञान पाए/ तसर्थ ” आधा ज्ञान हानिकारक हुन्छ भनियो”/ उनको मरण महाभारत लाडाईमा क्रुर तरीकाले भयो /
    अर्को प्रसङ्ग रामायणमा आउछ / रावण चोर अहिराबान भन्ने थियो / अहिराबान जन्म नराम्रो मुहुर्तमा भयो / यदि रावणले उसको अनुहार हेरेमा मर्ने भन्दै ज्योतिषहरुले भने तसर्थ रावणले छोराको मुखै नहेरी गाडीदिएको थियो / गाडेपनि अहिराबनले जमिन खोस्रेर पातालको राजा हुन पुगेको प्रसंग आऊछ / यो अन्ध विश्वास थियो र अझै पनि नेपाली समाज तेस्तो मान्यता छ /
    अर्को प्रसङ्ग आउछ बिष्णु पुराणमा / भक्त्त प्रल्हादले आमाको पेटमा हुदा नै नारद मुनिको उपदेशबाट प्रभावित हुदै बिष्णु भक्त्त भयका थिय / उत्त कथा अनुसार जब प्रल्हादका पिता हिरण्यकस्स्यपू बिस्व बिजेता बन्ने सपना देख्दै तपस्या गर्न गय/ उनको तपस्या तोड्नका लागि इन्द्रले हिरण्यकस्स्पुको श्रीमतीको अपहरण गरे / त्यो समयमा प्रल्हाद पेटमा थिय / इन्द्रको त्यो अपराध पूर्ण कार्य रोक्न देभ रीशी नारद पुगे / अनि नारदले हिरण्यकस्स्पू पत्नीलाई आफ्नो आश्रममा राखेर बिष्णु भक्तिको कथा सुनाय/ फलत प्रल्हाद माहान बिष्णु भक्त हुन पुगे /
    निस्कर्ष: बच्चामा सानो बेला देखिनै अनेक कुरा सिक्ने जिज्ञासु मस्तिस्क हुन्छ / एस्तोमा त्यो बालक आदित्यले त्यो कुरा गर्नु सामान्यनै हो / धर्मको आड लीयर त्यो बच्चाको अति प्रचार गर्नु त्यो बच्चाको लागि नै हानिकारक हुन सक्छ / अब फेरी यो कुरा गरेमा बच्चामा कसैको आखा लाग्यो भन्दै भोली त्यो आदित्यका बाबु आमाले गुनासो नगर्लान भन्न सकिन्न / माथिको धार्मिक प्रसङ्ग मैले धर्म प्रचार गर्न अथवा धर्मको अपमान गर्न लेखेको होईन / मैले बुझेको कुरा उल्खेक गरेको मात्र हो / कथा प्रसङ्ग गल्ति भए माफ पाऊ /
    बशन्त राज

    Reply
    1. Ranu says:
      August 1, 2015 at 6:06 am

      बसन्त जी बच्चा ले आमा को गर्व मा ६ महिना देखि सुन्न सक्छ हाम्रो धार्मिक ग्रन्थकेहि हद सम्म सहि हो, सहि .मलै लाग्छ कि उ होइन रोगि केहि gene को तल माथि भयर सारीरेक विकास कम र वौध्येक बिकाश बढी भयको होला.मलै लाग्दैन के उषको कुनै उपचार छ .खाली support मात्र हो

      Reply
  15. Rohini says:
    July 31, 2015 at 8:34 pm

    There is a proverb ” Morning shows the day”. The activities this boy show in this age is really impressive and extraordinary. I am curious to see how his activities change through time. It is too early to conclude anything about him.
    Get well (physically) soon Aditya !

    Reply
    1. punya prasad says:
      July 31, 2015 at 11:55 pm

      ..हेरी…. येस्तै दुवा तिर्की ले बनका हुन् त्यो बच्हो लै सेलेब्रिटी.
      proverb “morning shows the day” रे !? वैहात !! ” मोर्निंग ” मा पनि परेको थियो अनि ” डे ” मा घाम लग्न सक्दैन ?? अथवा मर्निङ्ग मा घाम लागेको थियो दियुसो पनि पर्न सक्दैन ?? येस्ता वैहात कुरा लै “proverb ” रे??
      मैले सच् भनेको मा दुख नमान … तर बस्ताब मा तिमि जस्तै घन्टे ले हो हावा फैलाउने ….
      आखिर मान्छे .. मान्छे नै हो .. कुनै चमत्कारी जादु कसै को शरीर मा हुदैन … यो सत्य लै सब ले बुझौ .. बाकी सब हावा हो र एस्तो हावा को पछि नलागौ ..

      Reply
      1. Rohini says:
        August 1, 2015 at 2:30 am

        Dear Punya Prasad
        Why should I be hurt with your analysis about Aditya? What I know is everybody has their own view regarding the extraordinary behavior of the Aditya. As you are free to express your view, other people are also free to express their views. Aditya is already celebrity, you accept or not accept it does not matter. He became celebrity by his extraordinary behavior. There is no need to be angry. Yes, it is not easy to control anger unless one is seeking for that. By the way, you can not make direct meaning of any proverb. First of all, you should know why there are so many proverbs and what exactly these proverbs tell us.

        Reply
        1. punya prasad says:
          August 3, 2015 at 8:17 pm

          रोहिणी जी,
          तपाई बच्चा को नातेदार त होइन ? जे भए नि … येदि अलिकति पनि सिक्षित हुनुन्छा भने एस्तो विचार आउदैन … एस्तो भ्रम को खेति गरेर तमासा बढाउनु हुने थिएन .. बस्ताब मा मान्छे को शरीर कसरि बनेको हुन्छा भन्ने सब कुरा मेडिकल बिज्ञान ले बतौछा … कुनै जादु को existance को आशा नगर्नुस .. जब शरीर को abnormal विकास भयो भने पनि कुनै चमत्कार हुदैन बरु अपाङ्ग हुन्छा /
          बाठा बाबु आमा … बच्चा लै उपचार चाइया थियो .. सब तपाई जस्तो हरु को आखा मा धुलो छार्दिये … येत्ति बुझ्नुस ..

          मान्छे सेलिब्रिटी हुने कुरा.. “सहि मार्ग मा कडा मिहिनेत गरेर हुन्छा …” जन्मिदै तपाई जस्तो २ – ४ जना हलुवाई हरु ले टिका लागैदियेरा हुन्न /

          Reply
          1. Rohini says:
            August 4, 2015 at 1:38 am

            Dear Punya Prasad
            I would like to make clear here that I am not a relative or family member of Aditya. I have not met him yet. However, as I said earlier, I am just curious to see how Aditya’s behavior changes through time. Time will tell us whether he is really an extraordinary boy or just media is making him celebrity. And we all are under control of time.

            Thank you

            Reply
    2. karna bahadur says:
      August 2, 2015 at 7:17 pm

      रोहिणी जी,
      टुटे फुटे को अंग्रेजी भन्दा नेपाली मा लेख्द्य भए हाम्लाई पनि तपाई ले लेखेको बुझ्न सजिलो हुन्थ्यो ..
      सबै बच्चा ले केहि अनौठो अनौठो काम गर्छ तपाई हामी ले एस्लाई सामान्य रुप मा लिनु पर्छ .. एस्लाई झन् हावा फैलाउने होइन
      तपाई को कमेन्ट हेर्दा तपाई बच्चा को नातेदार हो कि ? बच्चा सेलेब्रिटी रे .. ? कसले बना को ?? तपाई जस्तै २ – ४ जना हलुवा हरु ले ?? काम छैन … वैहात कुरा लै अतिरन्जित बनाएर .. जनामनाश मा भ्रम छर्ने काम त शिक्षित मान्छे हरु ले गर्दैन …

      हेर्नुस मान्छे सेलेब्रिटी ” सहि बाटो मा मिहिनेत र कडा परिश्रम ले हुन्छा “… यो सत्य बुझी रहनुस ..

      Reply
      1. Rohini says:
        August 4, 2015 at 1:26 am

        Dear Karna

        Thank you for your comment regarding my poor english. I have very little knowledge about english and I am learning it. I think healthy debate on good topic is always good. Just I am curious to see how Aditya’s behavior changes through time.
        Thank you

        Reply
  16. harry cool says:
    July 31, 2015 at 8:08 pm

    I agree with writer! Very true analysis. Hope, parents read this article.

    Reply
  17. punya prasad says:
    July 31, 2015 at 7:54 pm

    कहिँ नभएको जात्रा नेपाल मै हुन्छा /
    कुन दिन यो बच्हो लै देउता भनेर पुजा गर्न बेर छैन नेपली हरु ले …
    किन एस्तो मुर्ख भा का नेपाली हरिलथ्थक हरु ??

    देस मा हजारौ बाछा हरु भोकमरी मा हुदा हुदै .. यो बच्चा को मात्र उपचार खर्च सरकार ले बेहोर्ने .. त्यो पनि अमेरिका मा … किन एस्तो भेद भाब … उत्तर देउ प्रधानमन्त्री झुसे बुडा !? तिमि हरु ले हामी सब ले कर तिरेको पैसा मा जे मन लग्यो तेइ गर्न पाउछौ ?

    सानो कुरा लै बच्चा का बाउ आमा ले अति अति ठुलो (तिल लाइ पहाड ) बनाएर … मौका मा चौका हाने सोल्टा ! मान्छे को बच्चा हो ….सब को बच्चा ले गर्छ केहि केहि अनौठो काम हरु … तपाई हामी ले notice मात्रै नगरेको हो …
    थुक्क मन्त्रि अनि प्रधान मन्त्रि हरु सरकारी खर्च भनेको जनता को कर तिरेको पैसा ;हो … तिमि हरु लाइ मनपरी गर्ने अधिकार छैन …

    Reply
  18. Sabina says:
    July 31, 2015 at 2:01 pm

    आदित्य लाइ निको होस ! तर सबै कुरा नाता बाद र कृपा बाद को हो हजुर ! एक करोड रुपिया राज्य को ढुकुटी बाट खर्च भाको छ ! मानसिक रोग लागेको मानिस नेता भए पछि अरु के आस गर्न सकिन्छ र !

    Reply
  19. Mr. Krishna says:
    July 31, 2015 at 1:04 pm

    यो होइन त्यो होइन !!
    त्यसो भए के हो त ? बैज्ञानिक बाले लेख्नु पर्यो नि .

    यो त डाक्टरले आराम गर्नुस, धेरै टेन्सन नलिनुस बिस्तारै
    सब ठिक हुन्छ भने जस्तै भो नि !!

    मिस्टर कृष्ण

    Reply
    1. punya prasad says:
      July 31, 2015 at 11:59 pm

      मिस्टर कृष्ण ,

      केहि भा कै होइन … सामान्य बच्चा लाइ हावा हौवा फैलाएर तिल लाई पहाड बनाएर मौका मा चौका हानेका हुन् … येत्ति बुझ्नुस /
      तर सरकारी पैसा को येत्रो दुरुपयोग गर्ने, गराउने सब लै कारबाही हुनु पर्छ

      Reply
  20. Kirti tamang says:
    July 31, 2015 at 1:03 pm

    माथिको खबरलाई (ब्लग) किन प्रिन्ट गर्न नसकेको होला ? कृपया प्रिन्ट गर्न सक्ने बनाई रखिदिनुस l धन्नेबाद l

    Reply
  21. भाबेस राइ says:
    July 31, 2015 at 9:45 am

    नेपाल मा एस्तो धेरै छ ! हुन त मैले आदित्य को बदख्वाइ या मानमर्दन गर्न खोजेको होइन तर धेरै नेपाली लाइ एक किसिम को मनोरोग लागेको छ त्यो हो “बिस्व कै” भन्ने या भनिने !
    केहि उदाहरण :
    १. एसिया को ठुलो बोको चितवन मा
    २. बौवा हनुमान (स्वर्गीय)
    ३. एसिया कै लामो पुल कर्णाली को पुल
    ४. एसिया कै ठुलो बर्दिया को हात्ती
    ५. बिस्व कै ठुलो भनिने दांग जिल्ला मा गाडिएको त्रिसुल
    कसले प्रमाणित गर्यो र कसले सर्टिफिकेट दियो ?
    न कसैले प्रमाणित गरेको छ न कसैले सर्टिफिकेट दिएको छ यो नेपाली मनोरोग ले उब्जाएको कुरो मात्रै हो ! जसरि ड्रग्स लिने व्यक्ति लाइ जहिले पनि कसैले केहि उस को कान मा बोलिरहेको भान हुन्छ !

    त्येस्तै अहिले आदित्य को कुरो !रामदेब, आशाराम जस्ता भारतीय बाबा हरु जो नेपाल आएर झासाराम दिने काम गर्छन तिन का पाउमा पुर्ब राजा ज्ञानेन्द्र देखि नेपाल का कोटी कोटी नेता – नागरिक सास्टांग गर्छन त्येस्तो देश मा अहिले आदित्य लाइ बालक नै रहन्देउ र राम्रो सिक्ष्या देउ भन्ने कुरो उठाउनु आफ्नै टाउको मा आफैले बन्चारा ले हान्नु हो !
    यो देश त्येस्तो देश हो जहा स्टिफ़िन हकिंस आए भने पनि समाचार बन्दैन – कसैले पुछ्दैन – तर गोरखपुर धाम को सन्यासी ले नेपाल तिर फर्केर थुक्ने हो भनेपनि रास्ट्रपति – सरकार – नेता देखि जनता – पत्रकार देखि ब्यापारी सब का सब थुक परेको दिसा तर्फ निधार भुइँ मा दल्छन ! यहि हो मानसिक बिचलन ! मास हिस्टेरिया जस्तै हरेक नेपाली लाइ मनो रोग ले गाजेको छ ! चाहे जति ठुलो पद मा आसिन होस् या गरिब मजदूर होस् !

    Reply
  22. luckybipnar says:
    July 31, 2015 at 3:32 am

    Thank you बिज्ञान बा

    I Am watching “the boy with incredible brain- documentry” in YouTube .

    Reply
  23. सुरज श्रेष्ठ says:
    July 31, 2015 at 3:11 am

    आदित्य दहालको सुस्वास्थको कामना गर्दछु । स्मरण रहोस् राज्यले एक करोड़ लगानी गरेको छ । यस्ता भाग्यमानी नेपालमा बर्षमा २/४ जना मात्र हुन्छन् ।

    अरु भनेको मलाई केही अर्थ छैन ।

    सुरज श्रेष्ठ

    Reply
  24. वल says:
    July 30, 2015 at 11:57 pm

    बिज्ञान बा सरलाई मुरी मुरी धन्यवाद र कृतज्ञता|
    यस्ता लेखले समाजमा विवेक प्रयोग गर्ने र अन्धाधुन्ध बिश्वास गर्न भन्दा सही कारण बुझ्न वा पत्ता लाउन दिमागी कसरत गर्न अग्रसर गराउछन| फलाना मुर्तिलाई पसिना आयो वा दुध निस्कियो भन्नु जस्तो अन्ध विश्वास बाहेक केहि होइन|
    जे भएपनि बालकको स्वास्थ्यलाभको कामना गर्दछु|
    तर यो पनि भन्छु नीजी खर्च वा चन्दादान बाट गरे केहि भन्नु छैन| तर देशमा स्वास्थ्यको निम्ति सिटामोल किन्ने पैसा पनि नभएर कतिजना पीडा सहिरहेका छन्, मरीरहेका छन्, यस्तो बेला राज्यको ढुकुटिबाट, फेरी दोहोराउछु राज्यको ढुकुटिबाट, लाखौ खर्च गर्नु नाजायज हो, मुर्खता हो, अन्धविश्वासको चरम सीमा हो|
    कोईराला, ओली, रामबरण, लीलामणि, आदिलाई देशको ढुकुटीको पैसा मनपरी गर्ने अधिकार कसले दियो? बर्षेनी १२,००० नेपाली चेलीहरु भारतको बेश्यालयमा गरिबी, अशिक्षा र जागिर र सुन्हरा भविष्यको प्रलोभनमा परेर नर्कमा जान्छन| यो बारे कसैले सोचेको होला? कि यो सुधारको काम खालि अनुराधा कोइरालालाई मात्र सम्पूर्ण रुपमा छदिदिएको हो|
    राज्यको वागडोर सम्हालेका नेताहरुको निकम्मापन हो|

    Reply
  25. Harkaman Shahi says:
    July 30, 2015 at 11:15 pm

    Number of politicians took over a decade to grow and develop the country, even blindly changed the frame of country, finally didn’t found any result eventually depending with such where there is no single wrinkle.

    Does we lost real leader or didn’t born or it will consistently apply by milk vendors only.

    Reply
    1. XYZ says:
      July 31, 2015 at 7:39 am

      हर्कमान जी को अंग्रेजी कडा रहेछ. मलाई चाही जनकपुर को जोके याद आयो:
      एक जना अंग्रेजी सिछक रहेछ, बिद्यार्थीहरुले अंग्रेजी मा जहिले पनि सबै जना लै पास मार्क मात्र dine गर्दो रहेछ. एस बिसय लिएर विद्यार्थी हरुले उजुरी गरेछ परमुख लाई. sichhas le yesto jawaf diyachha:
      “मा ke uniharu को अंग्रेजी herera aafnai अंग्रेजी bigaraun ta?

      Reply
      1. PBKING says:
        July 31, 2015 at 10:44 am

        XYZ जी , उहाको अंग्रेजीमा सामान्य त्रुटी भए पनि उहाको भाब त bujhna सकिन्छ होला नि !!! किन ब्यर्थै मा आफुलाई व्याकरण डनठे प्रमाणित गर्न कनिरहेको.. अनि जहाँ सम्म लाग्छ यी बालक को क्षमता अदभुद भए पनि उनि बालक को तुलना मा मात्र अदभुद छन्. बरु उनको भासिक ज्ञान हरुको बिस्तृतरुपमा भिडियोमा प्रस्तुत गरेको भए अझ बिस्वस्नीय हुन्थ्यो. नभए त जसले जे दाबी गरे पनि भयो नि. न्युज २४ ले त २ मिनेट को फुटेज लै १ घण्टा को समाचार बनायिदिन्छ त्यो पनि हलिवुड चलचित्रको background music ra ost
        प्रयोग गरेर. न्युज २४ को समाचारलाई लिएर पनि कति धेरै समाचार banna सकेको. दिक्कै लाग्ने हो..

        Reply
      2. Ale says:
        August 3, 2015 at 6:17 pm

        XYZ जी को नेपाली हर्कमान शाही जी को अंग्रेजी भन्दा झन् कडा रहेछ. पास मार्क विद्यार्थी ले दिने हो र भन्या? कि पढ्ने ले नै बुझ्नु पर्ने हो?

        Reply
    2. Govinda says:
      August 25, 2015 at 12:24 pm

      #RIPENGLISH

      Reply
  26. roshan says:
    July 30, 2015 at 11:12 pm

    असाधारण क्षमताका भन्नु र गूगल बोय भन्नुमा धेर्रै फरक छ sir . कुरोले येही बिगार्छ!!!!!!!! तपाइलाई येही थाई छैन भने येत्रो लेख्नु को के फायदा !!!!! तोइत!!!!!!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme