Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अहो, यो कस्तो अन्धविश्वास! आफ्नो बिरामी छोरा बचाउन अर्काको छोराको बलि

Posted on July 26, 2015July 26, 2015 by Salokya

1437833562577_BG-Parasi-Jeevan Kohar धर्मको नाममा अधर्मतिर लाग्ने गरी अन्धो भइयो भने त्यसले कुन हदसम्म लैजान्छ भन्ने कुराको प्रमाण नवलपरासीमा अहिलेे भेटिएको छ। सँगै देखिएका बालकको नाम जीवन कोहार हो। १० वर्षका थिए यी बालक। बिचरा बालक, खाने खेल्ने उमेर थियो। आफ्नो स्वार्थका लागि आफ्नै छिमेकीहरु राक्षस बन्छन् भन्ने कुरा उनलाई के थाहा!

थाहा त उनलाई मात्र हैन, अरुलाई पनि थिएन। गएको मंगलबार उनी हराउँदा कसैले यस्तो होला भनी सोचेका पनि थिएनन्। छोरो हरायो भन्दै प्रहरी कार्यालयमा निवेदन दिएपछि खोज्ने क्रममा दुई दिनपछि बिहीबार मन्दिर नजिकको झाडीमा लाश भेटियो। अनि सुरु भयो प्रहरीको अनुसन्धान। त्यसपछि पो थाहा भयो, पापीहरुले बलि चढाउन घाँटी रेटेका पो रहेछन् आफ्नै छिमेकीको छोरालाई।

शनिबार प्रहरीले घटनामा संलग्न भएको भन्दै ५ जनालाई पक्रेर सार्वजनिक गर्‍यो। ती पापीहरुको अनुहार हो यो
1437833443457_PS-Parasi-Sarbajnik
यी हुन् पूजारी गंगा हरिजन, रुदल हरिजन, कोदाइ हरिजन र कोदाइका छोरा विजय हरिजन।

कोदाइ रहेछन् सबभन्दा अन्धविश्वासी। झाँक्री भनाउँदा। कतै कोही बिरामी भयो भने झारफुक गरेर निको पार्न तम्सनेे यिनै थिए। तर यिनकै छोरा भने बारम्बार बिरामी हुन्थे। यिनलाई नै निकोपार्न भन्दै पूजा गर्ने क्रममा देउता हो कि भूत चढेका छोराले मलाई मान्छेको मासु देऊ नत्र तिम्रै छोरा खाइदिन्छु भनेर भने रे।

लौ परेन अब आपत्। यसो बाहिर हेर्दा छिमेकीको छोरा देखेछन्। बिस्कुट दिएर फकाउँदै ल्याएर घाँटी रेटेर बलि दिएछन्।

प्रहरीलाई हत्या गरेको हो भनी बयान दिएका कोदाइले पत्रकारहरुलाई सुनाएको विवरण झन् कहालिलाग्दो छ – ‘बिस्कुट दिएरपछि मख्ख परेको बालक पैसो देखेर पछि लागे। शोखाले पूजा गरिदिए। अक्षता छर्किदिए। त्यसपछि रुदलले टाउको र हात समाते, सूर्यभानले खुट्टा, मैंले उखु काट्ने गडासाले अगाडिबाट घाँटी रेटिदिएँ। बालक चिच्याउन खोज्दा मुख थुनिदियौँ।’

दलित बस्तीमा अन्धविश्वासले भएको यो घटना सजिलै बिर्सन सकिने छैन। त्यो बस्तीमा मात्र होइन अझै पनि नेपालका अरु ठाउँमा पनि बोक्सी र देवता विद्याको जगजगी कायमै छ। कतिपयले बोक्सी हुँदैनन् भन्छन्। तर भोगेकाले थाहा पाउँछन् यो एउटा रहस्यमय कुविद्या हो जसमा लागेपछि यसरी नै मान्छे मार्ने कामसमेत हुन्छ।

मान्छेकै बलि चढाउने काम भने पुराना कुरामा बाहेक अहिले खासै सुनिएको थिएन। पशुबलि कै विरोध भइरहेको बेला नरबलिको कुरा सुन्न पर्नु ज्यादै दुःखद हो। पशु बलि र नर बलिका तर्कहरु झण्डै उस्तै हुन्छन्। पशुबलिले पनि देउतालाई खुसी पार्न नै बलि दिएको बताउँछन् भने नरबलिवालाले पनि देउताले मागेको भन्दै नै बलि दिन्छन्।

यी अन्धभक्तहरुलाई अन्धविश्वासबाट मुक्ति दिलाऔँ।

10 thoughts on “अहो, यो कस्तो अन्धविश्वास! आफ्नो बिरामी छोरा बचाउन अर्काको छोराको बलि”

  1. SUSHELI says:
    July 28, 2015 at 5:12 pm

    REST IN PEACE JEEVAN

    Reply
  2. सिर्जने says:
    July 27, 2015 at 10:50 pm

    कस्तो दया माया नभा’को कुबुद्धिहरु …..
    बच्चाको बाउलाई जो सुकैको भए’नि बच्चाको माया लाग्नुपर्ने ……

    Reply
  3. dor Prasad says:
    July 27, 2015 at 10:40 pm

    नया सबिधान कानुन मा मर्तिउन दण्ड रखुनु पर्छ – कसै ले मत्रिउन दण्ड पुछ भने यिनै ले पाउनु पर्छ !

    Reply
  4. shyam says:
    July 27, 2015 at 2:45 pm

    मानिसहरु शैतानमा विस्वासगर्ने अन्ध विश्वासी तब हुन्छ जब उनीहरु देवतामा विस्वास गर्छन| विज्ञान नबुझेपछि भववान को विस्वास गर्नु स्वाभाविकै हो | शिया, सुन्नी, ISIS तालिबान मुजाहिद्दीन, धर्मान्ध्वादी, पुरोहित, पास्टर, पण्डित,पुजारी हरु सब ठग, अनि जाली फटाहा र क्रुर प्राणी हुन् जो एस्ता किसिमका हर्कतहरु गर्न कत्ति पछि पर्दैनन्| तसर्थ, एस्ता कत्तार्पन्थिहरु देखि सावधान| त्यो निरिह बालक को के गल्ति यो समाजमा त्येस्ता नारपिशाचहरु बचिरहेकोमा?

    Reply
  5. john gauchan says:
    July 27, 2015 at 1:46 pm

    what a danger mission yaaaaaar…

    Reply
  6. Ang Sherpa says:
    July 26, 2015 at 4:24 pm

    धर्म केहो ?धर्म कसको लागि ?धर्म किन ? मन्दिरमा जनावर र मान्छे (बालक )हरुको
    बलि किन दिनु पर्छ?र यो गटना विरुद्ध किन नारा जुलुस गर्दैनौं कमल थापा र खुम बहादुर
    हरु ?

    Reply
  7. bibek dhakal says:
    July 26, 2015 at 3:25 pm

    ‘ यी अन्धभक्तहरुलाई अन्धविश्वासबाट मुक्ति दिलाऔँ।’

    तेस्को लागि हामी आफै पहिले मुक्त हुनुपर्यो… धेरै गारो छ सर… बच्चै देखि संस्थागत धर्म र धार्मिक क्रिया प्रक्रियाहरुलाई नै असली धर्म हो भनेर सिकाइएको छ. आपत परेको बेला शिव, हरि, बिष्णु, राम, जिजस, अल्लाह, पध्मसंभव, आदि, इत्यादिको नाम जप्नु भनेर सिकाइएको छ. बाढी, पहिरो, भुइचालो आउँदा कोहि बाँच्यो भने ‘ हे भगवान तिमि धन्न छौ’ अनि कोहि मरे भने ‘ हे भगवान तिम्ले के गरेको?’ मानौं भगवानको टोलि माथि बसेर प्लेस्टेशन खेल्दैछन..
    इनिहरु त बिचरा अनपढ हरु भए, अन्धविश्वासले किन जरो गाड्यो बुझ्न सकिन्छ… तर मेडिकल हलमा ग्रह शान्ति लाउने डाक्टरसाबहरुलाइ के भन्ने? प्रविधिले झन्डै १८० डिग्री फड्को मार्ने बेलामा बश्तुशास्त्र अनुसार घर डिजाइन गर्ने आर्किटेच्त हरुलाइ के भन्ने?
    नढाटि भनम त हामी मध्ये कति ज्योतिसीकहाँ वा माताकाहाँ धाउछम, पैसा बगाउछम, फगत मन्त्र प्राप्त गर्न जुन मन्त्रले भगवान खुसि हुन्छन…हाहा, एक हिसाबले हामी त्यो भगवानलाई सर्वशक्तिसम्पन्न र सर्वव्यापी( सबै ठाउमा उपस्थित) मानिरहेका छौं भने फेरी त्यहि भगवान रिसाइरहेका छन् र उनलाई खुसि पार्न चाकडी गर्नुपर्छ ( मन्त्र जप्ने काम) भन्ने कुरामा पनि विश्वास गर्छम. बिहान ४ बजे उठेर फलानो मन्दिरमा फलानो रंगको लुगा लगाएर सेतो नरिवल फोड्न कार चढेर जानेहरु र माथिका अभियुक्तको ‘मोटिभेसन’ एउटै हो: आफ्नो दुख टार्न देउतालाई खुसि पार्ने.
    संस्थागत धर्मले राम्रो कुरा भन्दा नि अन्धविस्वास, आपसी कलह, धन र समयको क्षति बढी दिएको छ.. यति थाहा हुँदा हुँदै हामी संविधानमा ‘धर्म’ भन्ने एउटा बुँदा राख्नको लागि मरिमेट्छम

    Reply
  8. Tika gurung says:
    July 26, 2015 at 7:12 am

    यिनीहरु को पनि घटी काट्नु पार्छ कुकुरहरु

    Reply
  9. Shankar says:
    July 26, 2015 at 1:50 am

    ल यिनीहरुलाई साउदी अरब लगेर तरबार ले च्वात्त्त काटेर सजाय देउ |
    नेपाल मा त् तेस्तो चलन छैन |

    Reply
    1. dor Prasad says:
      July 27, 2015 at 10:39 pm

      साउदी अरब होइन नेपाल मै म्रितुं दण्ड हुनु पर्छ – घृणित बालबालिका मर्ने लै बच्ने अधिकार छैन !!

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme