Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : अदृश्य आसय

Posted on July 25, 2015July 25, 2015 by mysansar

– कञ्चन शर्मा –

saturday-fiction“ ओई शर्मा आंखां छैन तेरो देख्नै छाडिस् कि क्या हो” । आज चै यसलाई भेटन् नपरे नि हुन्थ्यो भनेको काहां बाट देखि यसले । “क्लास सुरु भै सक्यो बेल सुनिनस् काली” । ओहो मलाई कथा सुरु गर्न कस्तो हतार् पहिला परिचय दिन नै बिर्सेको । म आशिष शर्मा अनि कालि अर्थात ज्यासमिन, हामी एक­आर्कालाई उपनाम द्वारा नै बोलाउछौ, तर काली भन्नै छुट चै मलाई मात्र छ । अरुले कि त् पुरैनाम कि ज्याज मात्र दायां बायां भनेको त्यसलाई मन पर्दैनथ्यो ।

साचैं भनु पर्दा ज्यासमिनमा केटीको भन्दा केटाको छवि हाबि भएको देखिन्थ्यो । जहिले पनि जिन्स पाईन्ट, शर्ट, वा टिशर्ट मात्र लगाएको देखिन्थ्यो । टमबोई, हो टमवोई भन्ने शब्द त्यसको लागि उपयुक्त हुन्छ । धनिबाउकि छोरी न परी, कलेज आउदा आÏनो कार नभए टयाक्सी चढेर आउथी, क्यानटिनमा हामि सबैले खाएको पैसा अरुले तिर्न पाउदैनथ्यो । अरु झन कति हो कति त्यसको अनौठो बानी, नमुना नै हो त्यो ।


मेरो कथा अघि बडाउनु भन्दा आर्काे पात्रको पनि परिचय दिन्छु म । दिभम अधिकारी त्यसको पनि उपनाम छ, बाहुन । अनि मेरो पनि छ, किन लुकाउनु म चै । मेरो उपनाम काने , काने कसरी , न मेरो कान ठुलो भएर हो वा मेरो कानै नभएर हो । मेरो त छालाको रगं एकदम गोरो सेतो छ, कति झुक्कीएका पनि छन बिदेसी नै हो कि भनेर । अनि पहिला­पहिला अमेरिकन, त्यस पछि अम्रिकाने, हुदाहुदै अपभ्रसं भएर कानेमा पुगेर रोकिएकोछ । हामी स्कुल संगै पढथ्यौ तर कलेज भने फरक छ । त्यै पनि दिनमा एक न एक पटक हाम्रो भेट नभएको भने हुदैनथ्यो । म र ज्याज पुरानो बानेश्वरको गोल्डेनगेट कलेज , दिभम पुरानो बानेश्वरकै एपेक्स कलेज पढथ्यौं । हामि सबैको चिया खाजा खाने अखडा् पुरानो बानेश्वर चौकनेरको हटब्रेड क्याफे । रमाईलो थियो ति दिन हरु ।

एकदिन ज्याज धुम्म फुलेर एक्लै बसेकि थिई कलेज अगाडिको गार्डनमा, मैले के भो भनेर सोध्दा कसैले उसलाई छोरीमान्छेमा हुनुपर्ने गुण नभएकि केटि भनिदिए छ । मलाई नै प्रश्न तेस्र्याई के म तेस्तै छु त भनेर । म सारै असामान्यजसमा परे हो भनु कि होइन भनु । ज्यासमिनलाई नारी पहिरन कति सुहाउछ भन्ने कुरा सायद मलाई मात्र थाहां छ होला र होईन भनु भने त्यसको वोल्ने, हिडने, खाने, रफ गाडी चलाउने स्टाईल कुनै केटाको भन्दा कमको थिएन् ।

एक छिन Ïल्यासव्याकमा जान्छु म । हाम्रो कलेजमा आएका नयां जुनिएर बिध्यार्थीहरुको लागि वेलकम प्रोग्रामको लागि एउटा गितमा ज्यासमीनले पनि नाच्ने भईछ, चार पाचं दिन रिहर्सल गरे पछी जुन दिन प्रोग्रामहो त्यो दिन अलि नर्भस थिई, किन थाहा थिएन् । कसरि कसरि ज्याजको मोबाईल म सगं थियो त्यस बेला, सायद म गेम पो खेल्दै थिए कि बिर्से अहिले । रिगं बज्यो ज्याजको घरबाट थियो, बाहिर सारा खोजे भेटिन भित्र जादां थाहां भयो, चेन्जिङ रुममा थिई, जुनकुरा हाम्रो सहपाठीबाट जानकारी भयो । मैले बोलाईदेउन् भनेर बाहिरनै कुरीरहे । “शर्मा भन के भयो किन बोलाको रु” मैले तेरो घर बाट फोन आएको थियो कलव्याक गर भने । हो त्यसदिन ज्याजले लेहेंगा लागाएकी थिई, त्यसको त्यो नारीरुपको त म अहिले पनि बयान गर्न सक्दीन होला । पहिलो पटक गांजल, टिका, थप नक्कली परेला, श्रीबिन्दी, कपाल पनि जोडेर होला सदा भन्दा लामो थियो । एक किसीमको रति रुपमा थिई त्यस दिन । हतारमा सल ओडन् बिर्सिछ, सधै शर्ट र टिशर्ट मा गुम्सीएर रहेका प्रेमपिन्डहरु आज जोडि ढुकुरहरु एकैसाथ गुडवाट निक्लनलागेका जस्ता देखिन्थे । साथित्वको नाताले त म त्यो सब हेर्न सक्दैनथे तर म भित्र रहेको पुरुषको नजरलाई म द्वारा रोक्न सकिन ।

हुन त ज्यासमिनको जिउ एकदम मिलेको थियो तर उ आÏनो लुगा लगाउने रफ स्टाईलले गर्दा कसैको नजरमा पर्दैनथि, भन्छन नि केटीमान्छेको जिउ भनेको कोकको बोतलजस्तो हुनुपर्छ भनेर तर ज्यासमिनको बडि यस्तो मिलेको थियो कि कोक को बोतल डिजाईनरले त्यसलाई देखेको भए वोतलको डिजाईननै परिमार्जित गर्थोहोला । म त्याहांबाट बाहिरीए केही नभनी । म ज्यासमिनले कसरी नाच्छेहोला भनेर सोचीरहेकोथिए । मोबाइलमा रि¨ वज्यो ज्यासमिनकै रहेछ । मलाई हटब्रेडमा बोलाई, प्रोग्राम सुरु हुनेबेलामा किन त्याहां गएकीहोला भनेर छक्क परे । “हेर न शर्मा मैले त्यो लेहेंगा लगाएर एैनामा हेर्दा एकदम अनकम्फर्टेबल फिल भयो यार म नाच्न सक्दीन जस्तो लाग्यो” । धेरैबेर हामी एकआर्का सगं बोलेनौ, मैले पनि केहि भन्न सकिन घर फर्कियौं ।

अचेल ज्याजमिन मेरो मात्र साथी नभएर दिभमको पनि साथी भएकी थिई । हामी यत्ति धेरै क्लोज भएको थियौ दिभम र म मा नजानिदो किसीमको कम्पीटिशन नै शुरु भएको थियो कसको बेस्टफ्रेन्ड भनेर । अचेल म नहुंदा पनि उनिहरुको साथ जम्ने गथ्र्याे ।

कहिले काहीं ज्याज फुलटेशंनमा हुन्थी र नहोस पनि किन, आमा थिइनन् र वाबु पनि अमेरीकामा हुनुहुन्थ्यो कान्छीआमासगं, उ मामाघरको हजुरआमा सगं बस्दथी, बाबुले धेरै कोशीस गरे अमेरीका बोलाउन तर् उ हजुरआमा जिवित भइन्ज्याल नेपाल नछोडने अड्डिकसेर बसेकिथिई । बाबु महगां महगां किसिमका ग्याजेट्स र पैसा पठाईरहन्थे, केहि कमी थिएन त्यसलाई । तर बाबु लाई त्यसको टमब्योई छविको पिर थियो, सायद पछि गएर बिहेबारीको कुरालाई होला । ज्यासमिनको हजुरआमा पनि भन्नुहुन्थ्यो कसलो बिहेगर्ला यसलाई ।

एवंरितले दिन, हप्ता, महिना बित्दैगयो, हाम्रो कलेज लाईफ पनि सकियो । अब कुन बिषय पढने, काहां पढन जाने भनेर सोच्न थालियो । हामी तिनजानाको दोस्ती भने काएम नै थियो, भेट भईरहन्थ्यो । दिभम र ज्यासमिन अचेल कार्टुनपात्र टोम एण्ड जेरी जस्ता भएका थिए सानो सानो कुरामा झगडा गर्नु फेरी मिल्नु तिनीहरुको दिनचर्या भएको थियो ।

“ शर्मा म तेरो घर आउदै छु बसिराख है” भनेर हतार हतार फोन गरेर राखि ज्यासमिनले केहिभन्न नपाई । एकछिनमा निलोकलरको बिधुतीय सानो गाडीलिएर आई । त्यो मेरो घरमा आई भने सबैजाना छक्क पर्दथे किनकी त्यसको बोलने, हिडने, खाने स्टाईल कुनै पनि केटिको जस्तो थिएन् ।
हुण्डरीको बेगमा आउथि, कसैलाई आदर सम्मान गरेर नमस्कारको लागि हात पनि उठाउदैनथी । तर आज माथि पनि आईन् तल गडिबाटै बोलाई र मलाई लिएर हयातरिजेन्सि होटल तर्पm गयौं हामी । ज्यासमिनलाई उसको बुबाले नयां भर्सनको आईप्याड, चकलेट र त्येसको फेबरेट च्युईगंम पठाईदिनु भएको थियो ।

त्यस्ता महंगा सामान पाएर पनि त्यो खुसी थिईन, जुन मायां ममता र प्रेमको त्यसलाई खाचो थियो त्यो ति सामानहरु द्वारा पुर्ति हुदैनथ्यो । साउने झरीको दिन जस्ता अनुहार बनाएकी थिई । तलाई एउटा कुरा भन्छु नरिसा है भने मैले, हामी त्यही होटलमा रहेको रेस्टुरेन्टमा कफि खादै गर्दा भने । म ज्यासमीनलाई हसाउन मात्र चाहन्थे । “तेरो नाम आज देखि चमेली है” किन रु छक्क परि त्यो “ तलाई थाहांछैन ज्यासमीन भनेको नेपालीमा चमेली हो नि ” । त्यसलाई मेरो कुरा यत्ती मनपरे छ कि हास्नु हासी । वरपरको मान्छहरु सबै हेर्दै थिय त्यो पागल लाई । मैले पनि अहिले सम्म तेसरी हासेको देखेको थिईन् । तेहीदिनको बेलुका त्यसले आÏनो फेसबुकको नाम चेन्ज गरेर चमेली राखी ।

दिभम अचेल ब्रिजकोर्सको तयारी गर्न लागेको थियो, खासै भेट हुदैनथ्यो । म घरमै बसेल ईन्जिनियरि¨को तयारी गर्दै थिय दाजुको सहयोगमा र बाकि समय हाम्रो पसलमा बुबालाई पालो । केहि परिवर्तन आएको थियो दिभममा, बस अचेल हाम्रो सामाजिक सन्जालमा भेट हुन्थ्यो ।

म केहि समय काठमान्डौ बाहिर बिताउन चाहन्थे र मेरो मामाको छोराको बर्तमन्धको लगन पनि जुरेको थियो तेसैबेला । म बर्तमन्धको दिन भन्दा केही अगावै पुग्न र मेरा साथि हरुलाई पनि घुमाउन चाहन्थे, तर दिभम र ज्याजको पोखरा घुम्न जाने प्लान बनिसकेको रहेछ । म बिना नै प्लान गरेकोले अली खल्लो लागेको थियो तर सामन्य रुपमा लिए । हाम्रो काठमान्डौ छाडने एउटै दिन परेकोले हामी पहिला मनकामना दर्शन र त्याहां बाट छुट्टिने सल्लाह गरेउ । तर मनकामना दर्शनगर्ने भक्तजनको भिड यती धेरै थियो हामी आत्तिएका थियौ । करिव एक घन्टा कुरिनटार स्थित केबुलकारको लाइनमा बसे पछि थाहां पायौं कि मनकामना मन्दिरमा पनि हजारौैं भक्तजनको भिड छ भनेर । त्यस कारण बिहान नौ बजे देखि सांमm पांच बजे सम्म चल्ने केबुलकार पनि सांमmको सात बजे सम्म चलिरहेको थियो । हाम्रो ध्वर्यताको वाध टुट्यो हामी मन्दिर सम्म पुग्न सकेनौ तर एउटा कुरा के थाहां भयो कि त्यो टिकट एक हप्ता सम्म भ्यालिड हुनेहरेछ । हामी काठमान्डौ र्पmकदा दर्शन गर्ने भयौ ।

हामी त्यहि कुरिनटारमा रहेको एउटा रेष्टुरेन्टमा बसेर खाजा खायौ र मामा घर जाने बसको प्रतिक्षा गरी रहेउ । मलाई आज ज्यासमिनसंग छुट्टिन मन थिएन् , यस्तो लागेको थियो कि एकचोटी त सोधुन् हिड् हामी संग पोखरा भनेर तर उनिहरुले पनि भनेनन् मैले पनि केहि भन्न सकिन् । उनिहरु ज्याजको कारमा पोखरा गए म हेटौडाको बसमा बसे भरी मन लिएर ।

बिहान सवेरै फोन आयो ज्याजमिनको “ शर्मा फेसबुक हेर्न एक चोटि अनि फोन गर मलाई ” । फेसबुक चेक गरे ज्याजमिन आज कुर्ता सलवारमा सजिएकी थिई, सरप्राईज भए । बिन्धवासिनी मन्दिर अगाडि, निलो रंगको त्यो लुगामा असाध्यै राम्री देखिएकी थिई । फोन गरे जिस्क्याउन “काली कुर्ता सलवार लगाउनको लागि पोखरानै पुग्न पर्छ त रु भनेको भए म काठमान्डौंमा नै किनीदिन्थे नि ” । प्रतिउत्तर आयो “ शर्मा एकचोटि फेरी हेर न प्लिज” । फोन राखेर फेरी फेसबुक हेरे अरु फोटो त थिएन तर त्यसको प्रोफाइल भने चेन्ज थियो । चमेली रिलेशन विथ दिभम अधिकारी । धेरैवेर मोबाइल हेरिरे, न केहि कमेन्ट गर्न सके, न लाइक गर्न सके ।

फेरि मेरो फोनमा रिङ बजिरहेको थियो । काली कलिङ ।

4 thoughts on “कथा : अदृश्य आसय”

  1. sabee sigdel says:
    August 3, 2015 at 3:44 pm

    awesome story 🙂

    Reply
  2. Bogati says:
    July 30, 2015 at 6:44 pm

    रमाइलो लाग्यो कथा पढेर

    Reply
  3. bibek gautam says:
    July 27, 2015 at 10:42 am

    Nice story ….

    Reply
  4. Suwekshya Sharma says:
    July 26, 2015 at 6:51 pm

    Kanchan ji Nice story.. Keep it up.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme