Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कहिले मनाउने त संविधान दिवस ?

Posted on July 25, 2015 by Salokya

नेपालीहरु विदाका साह्रै भोका हुन्छन्। जति विदा भए पनि पुग्दै नपुग्ने। यो हप्ता सात दिनमा तीन दिन विदा दुई दिन बन्द भयो। एक दिन इद, दुई दिन संविधानको सुझाव बटुल्न विदा र दुई दिन राप्रपा नेपाल र विप्लव माओवादीको पालैपालो बन्द। यत्रो विदा हुँदा पनि अझै विदा भइदिए हुन्थ्यो भन्ने मनमा लागिरहेकै हुन्छ केहीलाई। एउटा यस्तै विदा पाइने दिन हो संविधान दिवस। यो दिवसको विदा नभएको धेरै भइसक्यो। किनभने संविधानै थिएन। २०४७ सालको संविधान लागू भएको दिन कात्तिक २३ गतेलाई त्यसपछिका वर्षहरुमा संविधान दिवसका रुपमा मनाउन थालियो। त्यसअघि पुस १ गते पञ्चायति संविधान दिवस मनाइन्थ्यो। गणतान्त्रिक संविधान दिवस चाहिँ जेठ १४ मा मनाउने तयारी थियो। तर संविधान जारी हुन नसकेर संविधान सभा नै भंग भयो।

दोस्रो संविधान सभाले माघ ८ गते संविधान दिवस बनाउने तयारी गरेको थियो। तर त्यो पनि सफल हुन सकेन। अब यसो चालामाला हेर्दा भने साउन महिनामा संविधान दिवस जुर्ला जस्तो देखियो। साउनको स र संविधानसको स पनि मिल्ने।

शुक्रबार चार दल प्राइभेट लिमिटेडको बैठक बालुवाटारमा बसेको थियो। बैठकमा जनताको सुझावलाई समेटेर साउन २० गतेसम्म संविधान जारी गर्ने विषयमा छलफल भएको रहेछ। यो महिना ३२ गतेसम्मको छ। भनेपछि भावी संविधान दिवस साउन २० गतेदेखि ३२ गतेभित्रका कुनै पनि दिन हुनसक्ने देखियो।

यो अवधिमा कुनै चाड पनि छैनन्। साउन २७ गते काठमाडौँमा मनाइने गठेमंगल चाड रहेछ। कुन दिन संविधान दिवसको साइत जुर्ने हो, हेर्न बाँकी छ।
newpm

संविधान जारी भएको सात दिनभित्र भने भने नयाँ प्रधानमन्त्री देशले पाउनेछ। यो सम्बन्धी व्यवस्था संविधानको संक्रमणकालीन व्यवस्थामा स्पष्टसँग गरिएको छ। त्यसैगरी सभामुख २० दिनभित्र नयाँ चुनिनेछ भने राष्ट्रपति र उपराष्ट्रपति १ महिनाभित्र नयाँ आउनेछ।

4 thoughts on “कहिले मनाउने त संविधान दिवस ?”

  1. सुरज श्रेष्ठ says:
    July 26, 2015 at 10:16 pm

    २०७३ देखि संविधान दिवस मनाउने । मेरो विचारमा अब २०७२ मा नेपालको संविधान अवश्य पनि घोषणा हुन्छ ।
    शुभकामना

    सुरज श्रेष्ठ

    Reply
  2. ekraj says:
    July 26, 2015 at 9:21 am

    We just wait and see, which thugs, corrupts and criminals will rule the country after the promulgation of so called new constitution.
    Will that really make any different to the country and the ordinary people when the country will be rulled by same old criminals.

    Reply
  3. माेहन ज्ञवाली says:
    July 25, 2015 at 12:03 pm

    एकदिन भन्दा पनि दुइ दिन दिने चलन गरे हामी जस्ता निलाे काेटे लाइ नाम्राे हुने थियाे ।

    Reply
  4. ekraj says:
    July 25, 2015 at 3:52 am

    When we look into the totality of all this drama, waste of time and continution of rule by same deadwood, thugs and corrupt criminals, the constitution day does not mean anything to ordinary Nepalese.
    If the promulgation of new constitution, and syndicate (thugs) of four parties make KP Oli ( physically and brainwise halfdead) and a sphycopath criminal gets tthe opportunity as Prime Minister to loot the country and paralyse law and order system of Nepal we all know what this new constitution will give to Nepal and Nepali.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme