Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संबिधान मस्यौदामा अलि बेग्लै किसिमको सुझाव

Posted on July 25, 2015July 25, 2015 by mysansar

draft1 क. जातपातको विभेदले हाम्रो मुलुक अदृश्य रुपमा खर्लप्प खाएको र खिईदै गएको छ। धेरैले मान्छे नदेखे पनि कथित दलित वा अन्य थर मात्र देखेपछि भित्रभित्रै मन्टो बटार्छन। जेमा पनि पहिले जात नै हेर्छ, योग्यता पछि। पूर्वाग्रह नराखी अन्तरात्मालाई सोधे यो साँचो रहेछ भन्ने सबैले थाहा पाइहाल्छन, बाहिरि मुखडा जस्तो सुकै किन नहोस।

यसलाई हटाउन निम्न तरिका संबिधानमा उल्लेख गरिन पर्छ। अलि आमुल र क्रान्तिकारी देखिन आए पनि कालान्तरमा अर्को पुस्तासम्म यसले सकारात्मक सुधार ल्याउन सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ।

१. जात वा थर लेख्न प्रतिबन्ध लगाइन पर्ने। नाउँ मात्र लेख्ने। सके पहिलो र दोस्रो नाउँ लेख्न पाइने। जस्तो, बीरेन्द्र राज वा बीरेन्द्र बहादुर। बाबु वा आमाको लास्ट नेम सन्तानले फलो गर्न नपाईने र जात थर बुझाउने लास्ट नेम राख्न नपाइने। नत्र भने उही जातको पहिचान हुनेछ र भेदभावको निरन्तरता जारी रहनेछ। गोत्र वा जात खालि सांस्कृतिक वा धार्मिक कार्यमा मात्र प्रयोग गर्ने।
एउटै नाउँ भएको दुई वा धेरै व्यक्तिलाई कसरि चिन्ने? बाबु वा आमा वा दुवैको नाउँबाट छुटाउने। बाबु र आमाको नाउँमा पनि जात संकेत गर्ने हुन् भएन।

२. जात थर लेख्न नपाईने संबिधानमा उल्लेख गरेर व्यवस्थापिकाले कानुन बनाएर दुई चरणमा लागु गर्ने।
पहिलो चरणमा सबै सरकारी अड्डा कागजात र कर्मचारीहरुमा लागु हुने। सरकारी तलब र भत्ता खाने सबैले यो पालना गर्नु पर्ने।
दोस्रो चरण बाँकी सबैमा देशभरी लागु हुने।

ख. मुलुकलाई समयानुकुल परिचालन गर्न, व्यवहारिकता र ग्लोबालाइजेसनलाई ध्यानमा राखेर विक्रमीय सम्बतबाट ग्रेगोरियन क्यालेन्डरमा (इस्वी सन्) सरकारी कामकाज गर्ने।
यसलाई पनि दुई चरणमा लागु गरिन पर्छ।
पहिलो चरण: सबै सरकारी मिति तिथी इस्वी संवतमा हुन् पर्ने तर साथसाथै बि स पनि उल्लेख गरिन पर्ने।
दोस्रो चरण: देशव्यापी रुपमा लागु गरिन पर्ने।
बि. स. सांस्कृतिक रुपमा प्रयोग गर्ने।
अचेल भोलि एउटै रिपोर्ट, लेख र आलेखमा मनपरी कतै बि. स. त् कतै
ई. स. प्रयोग गरेका हुन्छ। यो बन्द गरिनपर्छ।

ग. ग्लोबालाईजेसनको जमानामा सरकारी कामकाजको भाषा पनि नेपाली भाषा संगसंगै विस्तारै समयानुकुल अंग्रेजी बनाउने तिर निर्देशन प्रदान गर्ने।
सरकारी बिद्यालयहरुको शिक्षण माध्यम पनि नीजी स्कुलहरुमा जस्तै अंग्रेजी अनिवार्य गरिनपर्छ। यसो नगरीए नत्र यँहा पनि राष्ट्रिय विभेदको खानी जारी नै रहनेछ। अधिकांश जनता भ्याए सम्म आफ्ना समुन्नतिका लागि अंग्रेजी र इस्वी सम्बतका पछि नै दौडेका छन्। कसैले बिरोध गरे हिपोक्राट भन्न सुहाउला।

14 thoughts on “संबिधान मस्यौदामा अलि बेग्लै किसिमको सुझाव”

  1. Max Thapa, Sydney says:
    July 27, 2015 at 7:56 pm

    If you do not write your last name/surname then you have to stop the facilities which have been providing according to surname (like; janajati, pichhadiyeko, dalit, etc,etc.). Now a days, the re is quota each and every sectors in Nepal according to surname/last name which will be affected. Do you think the backward people accept to stop the quota after stopping to write surname? even though the quota has been provided, the backward people are still at same position so think to study and come forward instead of thinking this and that. I can give you an example that the government provides scholarship to the civil servants’ children which also includes the quota and the quota is never fulfilled by the people which it should be.

    Reply
  2. Sujan Babu says:
    July 26, 2015 at 1:46 am

    म भने यि खौवा दल हरु लाई सुझाब दिने मनस्थिस्ती मै छैन खैर सरकार र यि सम्पूर्ण दल लाई नै बिपक्षी बनाएर सर्वोच्च मा रिट हाल्ने प्रकृयामा रहेको छु !

    प्रसंग समानुपातिक प्रतिनिधित्व अनी एस्ले निम्त्यायको बिक्रिती को !

    मेरो गाउमा आर्थिक स्स्थिस्ती एकदम कमजोर भयको ब्यक्ती भनेर टिकाराम दाई लाई चिनिन्छ ! उहा जातले ब्राम्हन हुनुहुन्छ, उहाका छोरा किरण बास्तोला जो ऐले पि यन क्याम्पसमा पढ्दै छन उनीलाई Alternatives ले दिने Scholarship दिलाउन मैले समुन्द्रलाई सम्झाउदा उ (किरण बास्तोला) त हाम्रो Criteria मा नपर्ने भयो भनेर नमानेपछी टिकारामको छोरालाई Scholarship दिलाउन पनि नसक्ने भय पछी के संस्था चलायर बस्छौ त ? हाम्रो गाउमा उस्को भन्दा आर्थिक स्थिस्ती कमजोर भयको अरु कोही छ ? उस्लाई नदियर हुन्छ ? होइन सक्दिन भन्छोउ भने संस्थाबाट राजिनाम देउ भनेर थर्कायको थिए र किरणलाई Scholarship पनि दियियो, उस्को Mentor म आँफै बसेर Alternatives को अफिसमा पनि गयर सबै बिद्यार्थीलाई सम्झाउने प्रयास पनि गरे !

    Criteria नै नपुगेको भनेको किरण बास्तोलाले नियमित रुपले +२ साईन्स पास गर्ये भने, समुन्द्रको Criteria मा पहिलो स्थानमै परेको बाबु लगायत अन्यको पढाईको नतिजा सन्तोष प्रद भयन !
    जव किरणले जाच दियर सके मैले मेरो साथीको बिद्यालयमा उस्लाई पढाउन पठाए र उस्ले त्यो नौलो ठाउँमा राम्रो प्रभाब छाडेर आयपछी म अरु सन्तुस्ठ भयको छु !
    बिचराले खाइ नखाइ पढेर राम्रो नतिजा लियायो भने पनि अब सरकारी जागिर खाने बेलामा उस्को भन्दा कम प्रतिसत लियाउने ब्यक्ती जागिरमा छानिने छ, उस्लाई Scholarship दिलाउन मैले संघर्श गर्नु पर्‍यो तर मेरो तनहुँ सुन चादी पसलको अंकलको छोरा, राज भाई ले भने सहजै Scholarship भेटे, उनीले Scholarship पायर पनि पढाईलाई निरन्तरता दिन सकेनन र बाहिर गय, हाल फेरी नेपाल फर्केका छन र अंकलकै पेशा पसललाई निरन्तरता दिने सोचमा नेपाल फर्केको मैले बुझेको छु !

    म बैंक मा गयको थिए, धेरै बेर लाइन बस्नु पर्ने अवस्था थियो किनकी त्यहाका कर्मचारी जो आरक्षण कोटा बाट चयन भयका थिए उनी साह्रै सुस्त थिए, म जस्ताइ धेरैले अशक्षम ब्यक्ती सार्वजनिक सेवामा नियुक्त भयकोमा अनाहकमा दुख पायको देख्दा,

    मैले त यो आरक्षण होइन सक्ष्यमताको लागि राज्य लाग्नु पर्दछ । जुन परिवार, बर्ग वा ब्यक्ती, भौगोलिक क्षेत्र का बासिन्दा पछी परेको छन, उनिहरुलाई सफल, सक्ष्यम बनाउने खालका कार्यक्रम सरकारले लियाउनु पार्ने देखेको छु !
    म सत्य र शही कुरा भन्ने, जो भन्यो त्यो गर्ने ब्यक्ती भयकोले म यि नालायक कुनै पनि दलको पछी नलागेको अवस्था !
    जुना दिन मैले बोकेका सिद्धान्त र भनेका कुराहरुलाई पूर्ण गराउन सक्ने हैसियत बनाउछु तव मात्र म सार्वजनिक सेवामा देखियर लाग्ने छु । यि नेपालका सम्पूर्ण दलहरु सतही र परनीर्भर भयको कारण देश अबिकास तर्फ धकेलियको हो, ऐले को यो संबिधानको मस्यौदाको कुनै औचित्य नै छैन र मैले बिभिन्न कार्यक्रममा उपस्स्थिस्ती जनाय पनि यो मस्यौदा प्रती घोर आपत्ति प्रकट गर्दछु !
    अतिरन्जित तवरले यि दलहरुले जनताको भावना बिरुद्ध गरेका निर्णय मलाई मान्य छैनन, सम्पूर्ण साधारण जनता संबिधानको बिषयमा पूर्ण जानकार नभय पनि राष्ट्रियता बोकेका र अती महत्वपूर्ण बिषयमा यि दलहरुले गरेका निर्णयले देश टुक्र्याउने हुँदा,
    मकै बारीमा फर्सी वा सिमी बोडी लगाय पनि मकै बारी मकै बारी नै हो, धान खेतको इत्लामा मास, भट्ट वा मस्याङ लगाय पनि धान खेत भनेको धान खेत नै हो मकै बारी भनेको मकै बारी नै हो, मकै बारी नै नहुँदा सिमी के मा जाने ? धान खेतमा पानी लगाइन्छ धान खेत को साथ साथ गोड्मेल हुन्छ र पो भट्ट, मास, मस्याङ मज्जा ले फल्छ भन्दै सम्पूर्ण धर्महरुको उद्गम बिन्दु परिसक्रित सनातन धर्म सन्स्क्रिती प्रती गरियको अपहेलना प्रती खेद ब्यक्त गर्दछु !
    सनातन हिन्दू सन्स्कार मात्र सर्वश्रेस्ठ सन्स्कार हो, सबै धर्म सन्स्क्रितीलाई मकै बारी जस्तो सबैलाई उम्रिने फुल्ने फल्ने झर्ने अवस्था श्रीजना गराउछ, सबैलाई “बसुदैव कुटुम्बकम” को भावनाले हेर्न सिकाउछ, जहाँ अतिथी देवो भव: को मुल मन्त्र को अभ्यास हुन्छ मान सम्मानको बिशिस्ट प्रयोग हुन्छ, तर मकै बारीलाई फर्सी बारी वा बोडी बारी भन्नेहरु, जो क्रिस्चियन कहिन्छन उनिहरुले हाम्रा आस्थाका केन्द्र मठ मन्दिर अनी देवालयलाई र हामी हिन्दू बौद्धलाई सैतान भन्दछन, यो आदी अनादी काल देखी ॐ कार परिवार बस्दै आयको भुमीमा भाड्भैलो मचाउन यिनिहरुलाई नआउन अनुरोध गर्दछु !

    हामी हिन्दू बौद्ध धर्मवालम्बी प्रती केन्द्रित हुन भन्दा छाडापन र बिक्रितीले ब्याप्त भयको तिमीहरुको आफ्नै समाज ततेर ! प्रक्रिती चक्र अनी
    बाइबल बिरुद्ध भयको जुन २६, २०१५ को अमेरिकाको फैसलालाई सक्छौ भने उल्ट्याउ होइन भने म अाइदिन्छु तर हाम्रो समाजमा बिक्रिती नभर क्रिस्चियनहरुले धर्म होइन बिक्रिती भरेका छौ यसैकारण तिमीहरु आँफैमा अस्तित्व हीन भयका छौ ! तिमीहरु हाम्रो सन्स्क्रिती भाड्न आय पनि मैले भने “बसुदैव कुटुम्बकम” को द्रिस्टीले नै हेर्ने अवस्था !
    र आज मेरो नेपाली मिती अनी अङ्रेजी तारिख बमोजिम को जन्मदिन को अवसर मा सम्पूर्ण सम्पूर्ण मा शुभकामना ब्यक्त गर्न चाहन्छु !
    सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया
    सर्वे भद्राणी पस्चन्त्यु मा कस्चिद दुख भागभवेत !
    ॐ: शान्ती शान्ती शान्तीही !

    Reply
  3. Bappis says:
    July 25, 2015 at 9:20 pm

    बकवास, surname, religion , globalization, english date, nepali date, what ever .is not a problem ..the root problem is education and vision…who ever has proposed such ridiculous idea…not relevant at all. problem is how one wants to manipulate their own peoples in ones benefit rather society and country..

    Reply
  4. Prakash Nepal says:
    July 25, 2015 at 8:42 pm

    यो विचार सारै मन पर्यो.

    Reply
  5. bibek dhakal says:
    July 25, 2015 at 6:05 pm

    अनि यो लिस्ट हेर्नुस. तपाइले भने जस्तो लागु गर्ने देशहरु ‘ राष्ट्रिय भाषा अंग्रेजी नभएपनि अफिसियल भाषा अंग्रेजी भएका’ को लिस्टमा कस्ता देश हरु छन्….
    https://en.wikipedia.org/wiki/List_of_territorial_entities_where_English_is_an_official_language

    Reply
  6. bibek dhakal says:
    July 25, 2015 at 5:58 pm

    ‘ ग्लोबालाईजेसनको जमानामा सरकारी कामकाजको भाषा पनि नेपाली भाषा संगसंगै विस्तारै समयानुकुल अंग्रेजी बनाउने तिर निर्देशन प्रदान गर्ने।’
    म यो कुरामा म सहमत छैन. विश्वको जुन सुकै बिदेशी देश हेर्नुस, उदाहरणको लागि नेदरल्यान्ड्स जहाँ लगभग ९० प्रतिशत भन्दा बढीले अंग्रेजी बुझछन र बोल्छन होला तर पनि तपाईं बस/ट्राम/मेट्रो चढ्नु भो भने त्यहाँ लेखेको इन्स्ट्रक्सन नबुझेर वाल्ल पर्नुहुन्छ. भन्न खोजेको सरकारी चलनचल्तीको भाषा डच नै छ भलै नेदरल्यान्ड्स बाहेक अन्त डच सायदै प्रयोग हुन्छ होला र अंग्रेजीमा सबै पोख्त छन्.
    सम्बृद्ध देशको एउटा सूचक भनेको भासिक आत्मनिर्भरता पनि हो. कालान्तर सम्म परनिर्भर हुन्छ्म, युरोपियन मुलुकका दाँजोमा, जापान चीनको दाँजोमा कहिले पुग्न सक्दैनम भन्नु हुन्छ भने ठिक छ, तपाइले भनेको जस्तो गर्दा हुन्छ.
    अनि अन्त्यमा ग्लोबलाइजेसन कै कुरा गर्ने हो भने छिट्टै नै चिन संसारको प्रथम शक्ति बन्दै छ. ताल परे भोलि हाम्लाई अंग्रेजी भन्दा चिनिया भाषा बढी काम लाग्ने हुन सक्छ. तेसैले बिध्यालायामा ८ कक्षा पछि अप्शन दिएर एउटा बिदेशी भाषा अनिवार्य गर्दा ठिक होला….

    Reply
  7. roshan says:
    July 25, 2015 at 4:22 pm

    खाली जात र धर्म को कुरा गर्छ !!!!! खुरुक्क अब देखि बिबाह गर्दा आफ्नो जात र धर्म मिले संग गर्न नपाउने नियम लगायो भने केहि बर्ष मा यो समस्या आफै बन्द हुन्छ . mix बच्चा हरुले कस्सैको पछया लिदैन ……..

    Reply
  8. Dinesh Chhetri says:
    July 25, 2015 at 1:18 pm

    अरु कुरा त तेस्तै हो, यो थर लेखन बन्द गर्नपर्ने कुरा चाही सहि हो !!! यो कुरा मैले पनि भन्दै आईरहेको छु !!!!!! यो गर्न सकियो भने जातीय भेदभाब भन्ने कुरा १ वा २ पुस्ता पछी पुरै हट्छ !!!!!!!!! हामि सबैको जात नेपाली मात्र हुनेछ !!!!! संकीर्ण जातीय पहिचान भन्दा पनि महान नेपाली पहिचानमा गर्ब गरौ !!!!!!!! जय नेपाल, जय नेपाली

    Reply
  9. hemanta says:
    July 25, 2015 at 11:26 am

    कालान्तरमा यो पनि उही “जंग बहादुर” भनेर पछाडी लेख्या जस्तै हुनेछ. नाममा होइन विचार र विवेकमा परिवर्तन गरौ.

    Reply
  10. Shankar says:
    July 25, 2015 at 9:42 am

    बलबहादुर जी
    कानुन द्वारा छुवाछुत लाइ दण्डनीय बनाउने त् छदैछ | उन्नत र प्रगतिसिल शिक्ष्या र पिछडिएका र अछुत भनिएकालाई आराक्ष्याँन नै उत्तम समाधान हो कि ?

    Reply
  11. XYZ says:
    July 25, 2015 at 7:17 am

    जब सम्म जात पात को कुरा दिमाग बाट हरौदैना तब सम्म एस्तो बेबस्थाले केहि गर्ने वाला छैन

    Reply
  12. Bishnu Chaudhary says:
    July 25, 2015 at 6:07 am

    Very good.I like it, I also support it.

    Reply
  13. guru prasad mk says:
    July 25, 2015 at 4:19 am

    एस यो यक्दम ठिक हो समे यसै गरि चल्यो भने नेपाल मा केहि हुन्क्ष नत्र समे हो

    Reply
  14. gajendra adhikari says:
    July 25, 2015 at 2:59 am

    bilkul sahi. we don’t want last name.2nd or 3rd generation will accept easily.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme