Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के नासाले भर्खर पत्ता लगाएको पृथ्वी जस्तो नयाँ ग्रह यस्तै देखिन्छ होला?

Posted on July 24, 2015July 24, 2015 by Salokya

kepler
अन्तर्राष्ट्रिय मिडियामा अहिले खुबै छाएको छ दोस्रो पृथ्वी। पृथ्वी जस्तै ग्रह भेटियो। earth 2.0 आदि इत्यादि। खासमा नासाको केप्लर नामको ग्रह खोज्ने अन्तरिक्ष यानले यो ग्रह भेट्टाएको हो जसलाई केप्लर ४५२ बी नाम दिइएको छ। यसको घोषणा नासाले बिहीबार गर्दै भन्यो, उनीहरुले अहिलेसम्ममा भेट्टाएका ग्रहहरु मध्ये पृथ्वी जस्तै देखिएको यही हो। माथिको फोटो नासाले नै जारी गरेको हो। यो चाहिँ फोटो नभएर कलाकारले गरेको परिकल्पना हो जसमा पहाड र ताल देखिएको छ। के साँच्चै यस्तै छ होला त त्यो ग्रहमा ? पृथ्वीमा हामी मान्छे जस्तै त्यहाँ पनि छन् कि?

अन्तर्राष्ट्रिय समाचारको भिडमा सबैले नासाका कुरालाई नै प्राथमिकताका साथ सम्प्रेषण गरेको भेटिएको छ। तर वायर्डमा भने अलि फरक कुरा छ। यहाँ त्यसैको भावानुवाद राख्दैछु।

नासा आफ्नो केप्लर मिसनको सफतालाई प्रदर्शन गर्न हतारिएको छ। वास्तवमा खगोलविद्हरुलाई यो केप्लर ४५२ बी ग्रहको बारेमा धेरै कम थाहा छ। किन त ? किन भने एक्सोप्लानेट फेला पार्नु निकै निकै नै गाह्रो छ। केप्लरले आफ्नो ताराअगाडि कुनै ग्रह गुज्रँदा प्रकाशमा हुने सानो परिवर्तनलाई हेर्छ। यही विधिबाट मात्रै वैज्ञानिकहरु ग्रहको आकार र यसको सूर्यसँगको दूरी बारे थाहा पाउन सक्छन्।

नासाले अहिलेसम्म यो ग्रहबारे थाहा पाएको तथ्य भनेको यसको रेडियस पृथ्वीको भन्दा ६० प्रतिशत बढी छ। त्यस्तै यसको आफ्नै सूर्यलाई फन्को लगाउन ३८५ दिन लाग्छ। हाम्रो पृथ्वीले लगाउने ३६५ दिनभन्दा थोरै बढी।

तर एउटा महत्वपूर्ण कुरा खगोलविदहरुलाई थाहा छैन त्यो हो केप्लर ४५२ बीको मास। पृथ्वीभन्दा पाँच गुणा बढी भएको अनुमान छ। त्यसो हो भने यो ग्रहमा चट्टान धेरै हुनेछन्। तर चट्टानै चट्टानको हुने संभावना ५०-५० भन्दा केही बढी मात्र छ। यही संभावनाका आधारमा ग्रहको बारेमा जानकारी राख्ने भूगर्भविद्को बयानका आधारमा यो काल्पनिक चित्र तयार पारिएको हो। हेर्दा यो राम्रो देखिन्छ। तर यस्तै हो भन्ने भ्रममा चाहिँ नपर्नुस् है।

fig10-new_kepler_planet_cand
कति हो कति ! नासाका अनुसार ४६९६ वटा ग्रह सम्भावित उम्मेदवारका रुपमा देखिएको छ अहिलेसम्म। त्यसमध्ये १०३० वटाको पुष्टि भइसक्यो। अझ रमाइलोसँग हेर्ने भए न्युयोर्क टाइम्सको यो ग्राफिक्स हेर्नुस्। नासाको प्रेस विज्ञप्ति पढ्नुस्

10 thoughts on “के नासाले भर्खर पत्ता लगाएको पृथ्वी जस्तो नयाँ ग्रह यस्तै देखिन्छ होला?”

  1. Shankar says:
    July 25, 2015 at 4:24 pm

    त्याहा पनि पहिले नेपालि लाइ नै पुग्नु पर्ने हो कि ? मंगल ग्रह मा जस्तै त्यहा जाने आप्लिकेसन चै कहिले खुल्ने हो ?

    Reply
  2. सिर्जने says:
    July 24, 2015 at 8:19 pm

    यो ग्रह १४०० प्रकाश बर्ष टाढा छ भनिएको छ, यानेकी मान्छेले कथम्-कदाचित प्रकाशको गतिमा उड्नसक्ने यान बनायो भने त्यो यान केप्लर बि-४५२ मा पुग्न मात्रै १४०० बर्ष लाग्नेछ। अहिलेको प्रबिधीले त्यहा पुग्ने सम्भावना नै छैन। भने’सी यो जुनीमा त के देख्न पाइएला र साइला? नासाको आशा नगर पासा।

    Reply
    1. punya prasad says:
      July 24, 2015 at 10:24 pm

      कत्ति न नजिक भाको भए त घर नै बनाएर बसंला जस्तो !!!
      चन्द्रमा को दुरी 238,900 miles छ … के खुल्क्यायेका छौ त नजिक हुदै मा …
      केहि हुने होइन नजिक टाढा … बस फोटो देखि हालेउ त आब फोटो हेरेर नै मोज गर तिमि !! तेसो गरे कसो होला ?

      Reply
    2. punya prasad says:
      July 24, 2015 at 10:29 pm

      अझ भन्ने हो भने चन्द्र मा बाट १ सेकेन्ड मा प्रकास पृथ्बी मा आइपुग्छ अनि सुर्य बाट जम्मा ८ मिनेट जति मा .
      अब अझै … येत्ति नजिक भाको मा के खुल्क्यायेका छौ भन त …

      Reply
      1. सिर्जने says:
        July 27, 2015 at 10:37 pm

        किन नापिन्छौ हौ पुण्य,
        कत्ति न भोलि नै केप्लरमा जानेजस्तो गरेर समाचार आको आइ गर्या भ’र भन्या पो त!

        Reply
    3. देवराज says:
      July 29, 2015 at 11:48 am

      वास्तवमा यो खोजको कुनै व्यावहारिक महत्व छैन, मानिसको कौतुहलता मेटाउन मात्र हो | प्रकृतिले ब्रम्हाण्ड यति ठुलो बनाइदिएको छ कि मानिसले बुझ्न त सक्ला तर उस्को पहुच कहिले पनि हुने छैन, किनभने प्रकृतिमा गतिको अन्तिम सीमा भनेको प्रकाशको गति अर्थात ३ लाख कि.मि. प्रति सेकेन्ड हो त्यो पनि मानिस निर्मित कुनै यानले हासिल गर्ने सम्भावना देखिदैन भने पछि अर्बौं प्रकाश वर्षमा फैलिएको यो ब्रम्हाण्डमा पृथ्वी जस्ता करोडौं ग्रह भए पनि के गर्नु जान मिल्ने होइन | तर ज्ञानको लागी भने ठीकै छ |

      Reply
  3. Aasha says:
    July 24, 2015 at 2:47 pm

    प्लुटो को फोट खिचेको जस्तो सजिलो न होला | पृथ्वी को यान तेती टाढा पुग्नुको लागि wormhole बाहेक अरु कुनै उपाय छैन, जुन Einstein को जटिल गणित मा सिमित छ, अनि wormhole खडा गर्न ब्यबहारिक छ कि छैन टेस्ट गर्न पनि कसैले सकेको छैन |

    Reply
  4. Shankar says:
    July 24, 2015 at 8:12 am

    मिलियन डलर बजेट पचाउन केहि गफ त् गर्नु नै पर्यो नि ?
    भनेर भन्न नहुने , बिज्ञान पढेका बालक हरु उफ्री हाल्छन |

    Reply
  5. Prakash says:
    July 24, 2015 at 5:48 am

    It is scary to know that planets like earth with aliens exist in the outer space. It is scarier to know that we are alone in the entire space.

    Reply
  6. prabin pokhrel says:
    July 24, 2015 at 5:41 am

    This is a planet bigger the earth . No-one can announce like that, even they are big scientists. There must be some probability. Thank you

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme