Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बन्द नगर्ने पार्टी भन्ने अनि बन्द गर्ने कमल थापाका संभावित ६ (कू)तर्क

Posted on July 22, 2015July 22, 2015 by Salokya

sadak दोस्रो संविधानसभाको निर्वाचन अगाडि आफ्नो पार्टीको घोषणापत्र सार्वजनिक गर्ने क्रममा कमल थापाले बन्द नगर्ने घोषणा गर्ने पहिलो पार्टी भएको सगर्व घोषणा गरेका थिए। उनको पार्टीको वेबसाइट र उनको ट्विटरमा पनि यो बारे उल्लेख छ। तर आज उनकै पार्टीले बन्द घोषणा गर्दै पूर्व र मध्यमाञ्चलका जिल्लाहरु ठप्प बनाएका छन्। भनाइ र गराइमा किन यस्तो फरक त? कमल थापाका संभावित कूतर्कहरु-

१) यो हामीले कहाँ घोषणा गर्‍या हो र? जनताले आफै गर्‍या हुन्। हामीले त नगर्ने पो भनेको। गरेकोलाई साथ दिन नपाउने भनेका छैनौँ।


२) घोषणापत्रमा लेखेका कुरा कसले पालन गरेको छ र? अरुले पालन नगर्दा हुने, हामीले चाहिँ पालन गरिराख्नु पर्ने? एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा घोषणापत्र बनाएको थियो तर उसले त्यसलाई छाड्यो। कांग्रेसले एक वर्षभित्र स्थानीय निकायको निर्वाचन लेखेको थियो, उसले त्यो छाड्न हुने, हामीले बन्द गर्दैनौँ भनेर बन्द गर्न नपाइने?

दुई वर्षअघि

राप्रपा नेपालले आफ्नो चुनावि घोषणा पत्रमा "नेपाल बन्द" जस्ता बिरोधका कार्यक्रम कहिल्यै नगर्ने प्रतिबद्धता व्यक्त गर्नेछ ।

— Kamal Thapa (@KTnepal) September 25, 2013

अहिले

हिन्दुराष्ट्र स्थापनाको पक्षमा र सरकारी दमनको विरोधमा बिभिन्न जिल्लाहरुमा बिहान देखि नै स्वस्फूर्त संघर्ष भैरहेको छ।संघर्षलाई देशब्यापी बनाऔ

— Kamal Thapa (@KTnepal) July 22, 2015

३) म राजनीति र लाजनीति सँगसँगै गर्छु भन्ने पनि थाहा नपाई मलाई पत्याउनु भयो भने मेरो के दोष? २०४६ सालपछि त्रिशंकु संसद हुँदा सरकार ढाल्ने र बनाउने फोहरी खेलमा सहभागी भएको यति छिट्टै बिर्सनु हुन्छ भने मेरो के दोष? त्यतिबेला आफ्नै पार्टीको सरकार ढाल्ने मुसा प्रवृत्तिको जननी भनेर कसलाई तोकिएको थियो? लोकेन्द्रबहादुर चन्दको सरकार ढाल्न सूर्यबहादुर थापाकोमा जाने, राजाले मन्त्री बनाएपछि पार्टी फोर्दा त लाज लागेन, घोषणापत्रको सानो कुरामा किन लाज मान्ने?

४) हेर्नुस् म तत्काल जेमा फाइदा हुन्छ त्यही गर्छु। राजा ज्ञानेन्द्रकोमा लाग्दा फाइदा देखेँ, राजतन्त्रलाई नै डुब्ने गरी सघाइदिएँ। अहिले हिन्दुवादी राजनीतिमा फाइदा देखेको छु, सघाउँदैछु। हिन्दु डुबोस् कि नडुबोस् के मतलब। एक भोट दाइलाई एक भोट गाइलाई भन्ने नारा लगाएर जितेको समानुपातिक सिटमा एक दाइ (म कमल थापा) र अर्को सिटमा भाइ गणेश थापालाई सभासद् बनाइहालेँ क्यार।

५) धर्मको लेप लगाएपछि मान्छे अन्धो हुन्छ। ९० प्रतिशत हिन्दु भएको देशमा हिन्दुको कुरा उठाउँदामात्र भलाई छ। जनआन्दोलनमा मैले गरेको दमनको पाप यसरी नै पखालिन्छ। यसका लागि अतिवादी हुन जरुरी छ। भारतको शिवसेनाबाट सिक्नुपरेन?

६) हिजो यसरी शान्तिपूर्वक मस्यौदामा सुझाव संकलन भइरहेको ठाउँमा कुर्सी फुटाउँदा हामीलाई दमन भयो। अनि विरोध गर्नुपरेन? हेर्नुस् शान्तिपूर्वक कुर्सी फोडेको भिडियो-

कमल थापाको वितण्डा

कमल थापाको वितण्डा

Posted by Niraj Paudel on Tuesday, 21 July 2015

मेरो पालामा नारा लगाउँदासमेत थुनामा कोचिन्थ्यो। नेताहरुलाई नजरबन्दमा राखिन्थ्यो। अहिले मैले नै लोकतन्त्रको परिभाषा दिँदै हिँड्नु परेको छ। लोकतन्त्रमा बन्द त गर्न पाइन्छ नि घोषणापत्रमा लेखे पनि

6 thoughts on “बन्द नगर्ने पार्टी भन्ने अनि बन्द गर्ने कमल थापाका संभावित ६ (कू)तर्क”

  1. कृष्ण के सी हाल जापान says:
    July 26, 2015 at 9:06 am

    मैले न बुझेको कुरा –
    संभिधान मा हिन्दू राष्ट्र लेख्दै मा र धर्मनिरपेक्ष लेख्दै मा फरक के ?
    सबै धर्मावलम्बियोंहरुले आ-आफ्नो धर्म को अनुसरण गरे हुदैन र ? संभिधान मा लेखे पनि धर्म को शील पालन हुदैन भने के अर्थ रहन्छर खै ? मुश्लिमहरुले हलाल् गरेको हिन्दुहरुले प्राय खान्छन भने हिन्दुहरुले बलि दिएको मासु कुनैपनि मुश्लिमहरुले खादैनन् । हिन्दु धर्म खुला र कट्टर बादि हुदैन । फेरि पनि ८४%हिन्दुहरु छन भने १६% अन्य धर्मावलंबियों हरुलाई के मा रोक तोक गरेको अवस्था छर ? मुश्लिमहरुको चाडहरुमा नेपालसरकार बाट दिईने अनुदान र सेवासुबिदाहरु दिएकै छ बुध्दिष्टहरुलाई पनि सिंगो लुम्बिनी बौध्द बिहार हरु मा कुनै रोक तोक छैन हिमाली शेर्पा जात जातीहरु पनि बुध्दिष्टहरु नै हुन मदेश को पनि छठ पर्व निवारहरुको गाई जात्रा के मा रोक तोक छर ?
    ८४%लाई पन्छाएर १६%ले ज़बरदस्ती गर्दा के न्याय चित होला र ? संभिधान मा लेखेर न लेखेर हुनिवाला केहि रैन छ लेखेर हुनि भा देश कै संभिधान भन्दा माथिको निकाय सर्वोच्च अदालत को कानुन मा लेखिएको छ घुस खानु अपराध हो खैत शिल पालन भएको ? तेसैले म भन्छु संभिधान मा जुनसुकै लेखिएता पनि आफ्नो संकार अनुसार आफ्नो कर्म गर्नि हो यो कसैले लेख्दै मा र मेटाउदै मा केहि हुदैन यो २/४ जनाको ब्यक्ति स्वार्थ मात्र हो मेरो बुझाई मा ।

    Reply
  2. गोरे says:
    July 24, 2015 at 11:07 am

    कमल थापा उनको व्यवहार, काम र चरित्रले नेपाली राजनीतिमा पर्ने घिनौना व्यक्तिहरुको पहिले पंक्तिमा पर्छ|
    राजाको प्रत्यक्ष शासनमा साँढे थिए यी| ढुकुटीका १५ करोड कुनै हिसाब बेगर स्वाहा पारे जसको कुनै खोजी छैन| अहिले आयोग गठन गरेर खोजी गर्नु हो भने उनी जेल जानेछन| जनतालाई मकैको खोसला जस्तो पनि व्यवहार गरेनन| त्यसपछि एउटा पनि चुनावमा जितेनन|
    हिन्दु राष्ट्र र गौमाता भन्ने उनको अधिकार हो तर किन जनतालाई तमाशा देखाउने? पहिले आफ्नो मालिकको होटलमा बीफ बिक्रि हुन्छ कि हुँदैन त्यो बुझे हुन्छ|
    इनी धाँधली सम्राट हुन्| जतै पनि धाँधली| अहिले भ्रस्टचारमा जेल सजाय भोगेका खुम बहादुरले सहायता गरेका छन्| जेपी र गोबिन्देलाई पनि लिए हुन्छ|
    अरु सारा योग्य उम्मेदवारलाई छाडेर समानुपातिकमा उनले भ्रष्टचारमा टुप्पी सम्म डुबेका अन्तराष्ट्रिय स्तरमा नेपालको नाउँ बेचेका आफ्नै भाई लाई सभासद बनाए|
    यस्ता व्यक्तिको कटिबद्धता प्रति शंका र उपशंका र लघु शंका हुने भयो नै|

    Reply
  3. bibek dhakal says:
    July 23, 2015 at 3:33 pm

    हिजोसम्म
    उसको घरमा चुलो बल्यो बलेन मतलब थिएन
    उसको छोरा छोरीले किताब कलम पाका छन् छैनन्, मतलब थिएन
    उसको बिरामी बुढीको बारेमा कहिले चासो भएन
    उसले तिमीसंग सानो ऋण माग्दा उसलाई दिन सकेनौ
    तिम्रो एक रातमा भट्टीमा स्वाहा हुने सितन को पैसा
    अनि बाध्य भएर, पैसैको लागि
    चुलो बाल्न नसक्ने, स्वास्नी छोराछोरी पालना नसक्ने
    त्यो ‘धर्म’ परिवर्तन उसले गर्दा
    तिम्रो नितम्बमा पिलो आयो ??

    कहिले मन्दिर जान रोक्छौ
    कहिले धारमा पस्न छेकछौ
    अनि फेरी आज आएर धर्म परिवर्तन गर्यौ भनेर टोकछौ
    मान्छे हौ कि बौलाहा कुकूर ??

    कमल थापा, राप्रपा नेपाल अनि सबै हिन्दुवादी ग्याङ्ग हरुप्रति समर्पित ..

    Reply
  4. dor Prasad says:
    July 23, 2015 at 2:40 am

    हुन्दु राज फर्किए पछि त पुज्दै आएका “जिउदो बिस्नु ” का (राजा) अबतार फिर्ता हुन्छन – भन्ने सपना छ कमल थापा काजी को ! तेस पछि उनका सबै मनकामना पुरा हुने छन् – कमल थापा को विचार मा “राजा र हिन्दु” को सम्बन्ध “चरस र जोगी ” (अर्को सब्द मा – चरस र पारस ) जस्तै छ |

    राजा लै बिष्णु को अबतार कुन पुराण मा छ ? राजा बिष्णु का अबतार हुन् भन्ने हिन्दु धर्म ले अधार्मिक भनेका कुरा किन गर्दै हिने का त ?

    पाचायत गयो, सबिधान भन्दा माथि वा तल का राजा गए, अब धर्म कर्म भनेर मात्र राजनीति गर्ने धुकधुकि छ – काजी को, त्यो पनि सकिय पछि यिनी कता लाग्ने हुन् कुन्नि ????

    Reply
  5. Mk says:
    July 22, 2015 at 9:43 pm

    साएद, अरु हरु जस्तै म पनि जिल्ल पर्छु कि उनलाई के भन्ने ? काँतर भनु भने खुंखार मण्डले हुन् , बहादुर भनु भने जनता को राजनीति न गरेर धर्म को राजनीति गर्दोछ /

    Reply
  6. ekraj says:
    July 22, 2015 at 4:28 pm

    Kamal thapa is one of those gundas, who always had vested interest for his own benefit. He is alos corrupt and a politician without any credible commitment.
    He can only disturb and create chaos and he could never prove he is worth of anything.
    Should we really believe a thug like him.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme