Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संविधानको मस्यौदामा सुझाव संकलन गर्न ‘फन्डेड’ नक्कली साइट

Posted on July 22, 2015July 22, 2015 by Salokya

banda
संविधानसभाले साउन ५ गते राति १२ बजेदेखि आफ्नो आधिकारिक वेबसाइट र इमेलबाट सुझाव संकलन कार्य बन्द गरिसकेको छ। तर कसले चलाएको हो समेत नखुलाइएको बेवारिसे वेबसाइटले भने यो ब्लग तयार पार्दासम्म सुझाव संकलन गर्ने काम जारी राखेको छ। [अपडेट : बुधबार मध्याह्न हेर्दा भने यो साइटमा पनि सुझाव लिन बन्द गरिएछ]

संविधानसभाले सुझाव संकलन गर्न जिम्मा दिएको नागिरक सम्बन्ध तथा संविधान सुझाव समितिले सार्वजनिक गरेको एक मात्र आधिकारिक साइट थियो parliament.gov.np तर फेसबुकमा डलर खर्च गरी विज्ञापन समेत दिई एउटा बेवारिसे वेबसाइट constitution.org.np ले पनि सुझाव संकलन गर्न थालेको थियो।

आधिकारिक वेबसाइट
आधिकारिक वेबसाइट
बेवारिसे वेबसाइट जसमा सुझाव संकलन अझै जारी छ
बेवारिसे वेबसाइट जसमा सुझाव संकलन अझै जारी छ

आफ्नो कार्यक्षेत्रमाथि हस्तक्षेप गरेर अनधिकृत रुपमा यसो हुँदासमेत संविधानसभाको समिति भने चुपै बसेको छ।

constitution.org.np कसले चलाएको हो, वेबसाइटमा कुनै उल्लेख छैन। तर वेबसाइटको मुन्तिर सपोर्टेड बाई भन्दै अन्तर्राष्ट्रिय संस्थाहरु युएनडिपी, इन्टरनेसनल आइडिया र युएन वुमेनको लोगो राखिएको छ। यी संस्थाहरुले ‘सपोर्ट’ गर्ने भए संविधानसभामार्फत् गर्नुपर्ने हो। यसरी आफू स्वयंले संविधानसभाको सम्बन्धित समितिले गर्ने काममा हस्तक्षेप गर्न पाउँदैनन्।

यसो हेर्दा यो कुन चाहिँ एनजिओ वा आइएनजिओले रिपोर्ट देखाएर डलर कुम्ल्याउन बनाएको योजना जस्तो लाग्यो। कसले चलाएको हो भन्ने नै निश्चित नभएको, सुझाव संकलन गर्ने आधिकारिक निकायले समेत नचिनेको यो साइटले ‘तपाईँले दिएको सुझाव संविधानसभामा पठाइने छन्’ लेखेको रहेछ। तर पठाएन भने को जिम्मेवार? आधिकारिक रुपमा सुझाव संकलनै बन्द भइसक्यो भने यो साइटले लिएको सुझाव कहाँ लगेर राख्ने ? रद्दी टोकरीमा?

4 thoughts on “संविधानको मस्यौदामा सुझाव संकलन गर्न ‘फन्डेड’ नक्कली साइट”

  1. XYZ says:
    July 22, 2015 at 10:45 am

    This is the works of former UNDP/CASU Project. It can be figure out from the list of publications included in the website.

    Reply
  2. नीरज says:
    July 22, 2015 at 10:27 am

    राम्रै अभिप्रायले गरेको भए संबिधान सभा मार्फत गरिएको भए राम्रो हुने थियो| हामीलाई किन कन्फ्युजनमा पार्न खोजेको हो? कसले गरेको र कसले अथोराइज गरेको हो सो खुलाएर त्यही वेबसाइटमा लेखे भैहाल्थ्यो|
    नेपालमा जे गरेनी हुन्छ भन्ने गर्नु भएन| एउटाले आएर नेपाली जनतालाई कुहेको चामल बाँढेको सबुत प्रमाण हुँदा हुँदै पनि धम्काएर गयो| खोइ जैले पनि जे पायो त्यही उखान टुका जोड्ने कांग्रेसको बी टीमको शर्मा ओली बोलेको?

    Reply
  3. Sandip says:
    July 22, 2015 at 9:47 am

    मैले register.mos.com.np मा whois हेर्दा खेरि यो mercantile मा होस्ट गरिएय को देखियो र admin email ni mercantile कै छ. Organization चै Constitution Assembly Nepal लेखिएको छ |

    Reply
  4. Sudin says:
    July 22, 2015 at 6:57 am

    Since its .np it can be tracked so they should take some ation.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme