Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हिन्दु राष्ट्र मात्र किन पूरै देशलाई हिन्दु बनाइदिउँ न

Posted on July 21, 2015July 22, 2015 by mysansar

-विश्वास रिजाल-

विषय-धर्म निरपेक्षता

प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,

हुनत संविधानका लागि सुझाव संकलन सकिसक्यो रे। तैपनि एउटा सुझाव। नेपाललाई ‘हिन्दू राष्ट्र’ मात्र किन घोषित गर्नु भन्या, पुरापुरी देश नै हिन्दू नै बनाइदिउँ न।

‘हिन्दू राष्ट्र’ घोषित गर्दा बाँकी १० प्रतिशत नेपाली बौद्ध धर्मावलम्बी, मुसलमान, नेपाली जैन, नेपाली इसाई इत्यादिलाई कस्तो लाग्दो होला, है? हुनत, हामी नेपाली हिन्दूहरुलाई के खाँचो; ९० प्रतिशत जनसंख्या हिन्दू भाको देशमा हाम्रै बिगबिगी चल्न पर्यो नि, हैन? त्यसैले नाममात्र किन बदल्नु, आधा काम हुन्छ क्या।

हैन, अहिले हिन्दू राष्ट्र नभन्दा, याँ बडेमानको शिवजीको मूर्ति ठड्याउन बल्लबल्ल पाइया छ…हिन्दू राष्ट्र भनेर के-के गर्नु छ यहाँ। हाम्रा विष्णुको अवतार नागार्जुनमै भग्नावशेष होलान् भन्ने पिर छ याहाँ। थपना गर्न परेन, पाइयो भने।

त्यसैले, देशलाई पुर्ण रूपमा हिन्दू राष्ट्र बनाम्। यसो गरौं, बाँकी १० प्रतिशतलाई नि किन यसै धार्मिक स्वतन्त्रता दिनु, है, सबैलाई हिन्दू बनाएर साँच्चै शत प्रतिशत हिन्दू राष्ट्र बनाउँदा कसो होला? गज्जब!

तत्।

प्रार्थी,
विश्वास।

29 thoughts on “हिन्दु राष्ट्र मात्र किन पूरै देशलाई हिन्दु बनाइदिउँ न”

  1. samanta says:
    July 24, 2015 at 3:14 pm

    हिन्दुको मात्रै नेपाल हैन,धेरै पहिलाको जस्तो दादागिरी चल्दैनन अ्ब, हिन्दुले सक्छ भने जयस्थिती मल्ल,पृथिवीनारायण शाह,महेन्द्र र बीरेन्द्रले जस्तै जबब्बरजस्ती बन्दुकको भरमा हिन्दु राष्ट् घोषणागरे भो नि तर अब बन्दुकको गोली छातीमा आई हाल्छ , कारण अब पहिलाको जस्तै दम छैन, नेपाल हिन्दु राष्ट हुनु भन्दा बरु ऊत्तरको आफ्नो पुर्खौलीसंग मीसिएको बेश छ, हाम्रो उहिलेको ऊत्तरको राज्यहरु मगरात,तमुवान,तामाङससीन,शेर्पा राज्य,खम्बुवान र लिम्बूवान ऊत्तरतिर छ मिसीनपनि सजिलो हुन्छ, हामीलाई दक्षिणको सारै चासो छैन केवल छिमेकी मुलुक मात्रै हो, हाम्रो विचार मधेशको नेता सि के राऊत संग मेल खान्छ छुट्टै राज्य बनाउनको लागि तिमीहरुको हिन्दुकरणको कारण । देश टुकरीएला है आर्य्रन हिन्दुवादी क्षेत्रीबाहुन हौ पछि पछताउन पर्ल्रा नेपाल आफ्नु मात्र नभन ।

    Reply
  2. Kiran Shrestha says:
    July 23, 2015 at 2:51 pm

    म हिन्दू हुँ । आफनो परिचय दिने क्रममा मेरो धर्म हिन्दू भनेर लेख्ने र भन्ने गर्दछु । यो देशमा म जस्तै हिन्दू ८०.३ प्रतिशत रहेछन । मलाई जस्तै सबै सचेत नेपाली नागरिकलाई थाहा छ हालको अन्तरिम संविधान आउन पूर्व नेपालको संविधानमा हिन्दू अधिराज्य लेखिए तापनि हाम्रो नेपाल धार्मिक सहिष्णुताको उदाहरणीय देश भनेर महिमा गाएर कहिल्यै थाक्दैन थियौ । यहाँ धर्मको नाममा कुनै अप्रिय घटना भएको थिएन कारण संसारका अति प्राचीनतम र उदारतम मानिएको हिन्दू धर्मले यो देशमा धार्मिक स्वतन्त्रतालाई खलल हुन दिएन । तपाई हामीलाई थाहा छ विश्व मानचित्रमा देशको नाम राख्न मान्छेहरु कति मेहनत गर्ने गर्छन । तर आज हामी भने विश्वको एकमात्र हिन्दू राष्ट्र नेपालको रुपमा पाएको आफनो देशको पहिचान मेटाउन तपाई हामी किन यसरी मरि मेटने गर्दछौ । हिन्दू राष्ट्र बनायौ भने राजतन्त्र पुनस्र्थापना हुन्छ भनेर जनमानसमा अनावश्यक भ्रमपूर्ण कुरा फैलाइरहेका छौ । धार्मिक स्वतन्त्रता सहितको हिन्दू राष्ट्र नेपाल हुदैमा यो देशमा राजतन्त्र फर्कन कदापि सक्दैन जब सम्म सारा नेपाली जनताले चाहादैन । हिजो सम्म धार्मिक सहिष्णुतालाई मानेर मिलीजुली बस्न सक्ने हामी नेपाली के अबका दिनमा मिलेर बस्न सक्दैनौ धर्म निरेपेक्ष देश नबनाइकन ?
    अनि कसैले ग्यारेण्टी गर्न सक्छ कि यहाँ धर्मको नाममा भोलि द्वन्द्व हुदै हुदैन भनेर ?
    तसर्थ हामीले कुनै चमत्कारी कार्य गरेर देशको नाम राख्न नसके पनि रहेको नाम गुमाउन नदिउँ यो देश नेपाललाई पुर्ण धार्मिक स्वतन्त्रता सहितको विश्वको एकमात्र सनातन हिन्दू राष्ट्रको रुपमा पाएको पहिचानलाई कायम राखौ । जनताको सुझाव दिने समय गइसकेको भएतापनि माननीय सभासदहरुले यस कुरालाई एकचोटी आत्मचिन्तन गरेर हामीले भन्ने गरेको आत्मनिर्णयको अधिकारको सही सदुपयोग गरौ । ॐ ॐ ॐ
    जय ! हिन्दु राष्ट्र नेपाल साथै सवै अन्य धर्मको जय ! जय ! जय !

    Reply
  3. बल बहादुर वल says:
    July 23, 2015 at 10:07 am

    लेखकज्यु,
    आफुलाई लागेका दुईचार कुरा क्लियर गराउँ है
    १. कंहाबाट उकेल्नु भयो बौद्ध १०% बौद्ध र ९०% हिन्दु तपाईको लेखमा? नम्बर/प्रतिशत बेरुझु देखियो| बिनासित्तिको तथ्यांक दिएर त्यही झुठको खेती दिनरात गर्दा ज्ञानेले आठौँ अवतार पदवी र राजगद्दी स्वाह पारेको देख्नु भएन?
    पहिले कुरो, लौ मानौ एक क्षणलाई तपाईको १० र ९० प्रतिशत थ्योरी| उसोभए यो मुलुकमा बौद्ध र हिन्दु बाहेक अरु छैन कि कसो हो रिजाल सर?
    दोस्रो, तामांग र शेर्पाहरु जन्मजात बौद्ध हुन्छन, केहि अपवाद छाडेर| गुरुङले अहिले आएर हामी पुरानै धर्म बौद्ध तिर फर्कन्छौ भनेर आफुलाई बौद्ध धर्मावलम्बी भन्दै आएका छन्| तामांग जातिकै एक सानो समुह थाक खोलामा गइ बसेका आफ्नो मातृभाषा तामांग हो भन्ने थकालीहरु बौद्धमार्गी नै हुन्, राणाकालको उत्तरार्द्धमा अहिन्दु प्रतिको उग्र होच्याई प्रति बच्न चतुर उनीहरु पनि दरबारमा स्वीकार्य हुन् आफ्नो थर नामाकरण (योञ्जन, बम्जन जस्तै हिन्दुकरण गर्दै चन थपेर, शेरचन, भट्टचन, मोतीचन, जवाहर चन, इत्यादि) गरे| तर अहिले आफ्नै मूल घर स्वत फर्केन खोजिरहेका छन्|
    मगर जातिको कुरो आयो| उनीहरु पनि धेरैले हामी बुद्धिस्ट थियौ र तेतै फर्कने क्रम जारी छ| नेवार जातिमा बुद्धिस्ट रहेको कसैबाट लुकेको छैन| अरु पनि हिमाली समुदायहरु बुद्धिस्ट छन्|
    तामांगको जनसख्या करिब नेपालको कुल जनसंख्याको ६ प्रतिशत जति पुग्न आउँछ|
    अब के यी माथिका बिभिन्न जात जातिहरुलाई मात्र हेर्ने हो भने पनि केवल १० प्रतिशत मात्रै छ त्? तथ्यांक र आंकडा भन्ने चिजलाई खालि राज्यले जैले पनि पूर्वाग्रह सहित हेर्ने गरेको पनि नेपाली जनताले विस्तारै बुझ्दै आवका छन्|
    पंचायतकालमा “हिन्दु मात्र” र “हिन्दु मात्रको मुलुक” भनेर दिन रात प्रोपोगान्डा गर्दा जो हिन्दु धर्म प्रति उदार भावना राखेर सहिष्णुता पालन गर्थे, उनीहरु पनि दिक्क मान्न थाले|
    वास्तवमा नेपाललाई हिन्दु राष्ट्र भन्दा धेरैलाई यो चीलाई र कनाई दुवै हुने थिएन| तर उग्र हिन्दुवादीहरुको सक्रियताले कति सहनशील र अरु धर्मलाई समादार गर्ने हिन्दुहरु समेत पनि चिडीए र यसको थालनी राजाले ओडेको थोत्रो श्रीपेच घुरेंनमा घुइकाइदिन बाट भयो, किनभने अधिकतम दुर्गन्ध त्यतैतिर बाट आईरहेको थियो|

    २. हो, देशमा भरमार धर्म परिवर्तन गत केहि दशकमा फस्टाएको देखिन्छ| यसको कारण मध्ये विद्यमान गरिबीको फायदा, लोभ र प्रलोभाले ठुलो भूमिका खेलेको पनि हाम्रो सामु प्रष्ट छ| कति जनाले हिन्दु बौद्ध धर्मका नाउँमा पण्डित पुरेत र लामा गुरुले थुपारेका कतिपय कुसंस्कारले वाक्क दिक्क र पिडित भएर पनि धर्म परिवर्तन गरेका हुन् सक्छन|
    थोरै संख्यामा भए पनि कतिले अरुको लहैलहैमा नभएर आफ्नो इच्छा अनुसार विवेकले अर्को धर्ममा पस्नेहरु पनि हुनसक्छन| फादर शर्मा, पास्टर पराजुली, पास्टर न्यौपाने, जोहन आचार्य, रबि विल्सन, आदि नाउँ सुन्नमा आउनमा यी माथिका तीन कारण मध्ये कुनै एक हुन् सक्ने अनुमान लगाउन सकिन्छ| आजको प्रगतिशील र उदारवादी समाज र ग्लोबलाइजेसनमा संकुचित सोच लिएर भएन| एकातिर कट्टर हिन्दु हुन् खोज्ने अनि अर्कोतिर सुटुक्क म्याकडोनाल्ड धाउने हिपोक्रेट पनि धेरै छन्| गाईलाई राष्टिय जनावार भनेर बुढी भएपछी बंगलादेशको सीमाना तराउने बारे कसैले ध्यान दिएको होला? किन गाई मात्र, भैंसीलाई किन विभेद? एकातिर धर्म भन्ने केहि होइन, र अफिम हो भन्दै अरुलाई लेक्चर छाट्न भ्याउने अनि आफै कर्मकाण्डमा अरुलाई जिताउने कमरेडहरु पनि लछेप्रै छन्|
    लोभ प्रलोभन र के के ले अनिचित रुपमा प्रभावित भएर धर्म परिवर्तन गर्यो भन्नु भन्दा पहिले हामीले आफ्नै धर्म र संस्कारहरु प्रति एक पल्ट गहिरो दृष्टि दिएर सुधार ल्याउन परेको छ| भारतमा हिन्दु विवेकानन्द र राममोहन रायको सुधार कार्य यस लाईनमा उल्लेखनीय छ| आर्य समाजीहरुको देन पनि भुल्न हुँदैन|
    मधेसीहरुले पनि प्रदेश मांगे र लिम्बुवान, ताम्सालिङ्ग, थारुहाट, तमुवान इत्यादी दिए मधेसी हरुलाई पनि दिनपर्छ र मधेसीहरुको जायजै मांग भए पनि कसैलाई जातीय पहिचान सहितको प्रदेश दिन हुँदैन भनेर कुतर्क दिनु र जथाभावी धर्म परिवर्तन भयो र अब हिन्दु राष्ट्र तोकिन पर्छ भन्ने कुतर्कमा भिन्नता छैन|
    गाउँ गाउँमा गएर कतिले हिन्दु धर्म मासियो धर्म परिवर्तन भएर भन्दै राजालाई हिन्दु धर्मको प्रतिक र हिन्दु धर्म राष्ट्रको धर्म ब्युँताउने तर्क सही छैन|
    प्रलोभन, चाप आदि दिएर वा कसैको कम्जोर स्थिति वा मनास्थित्को फायदा उठाएर धर्म परिवर्तन गराउने प्रयासहरु सबै रोकिन पर्छ|
    यो सही कानुन बनाएर अनि सख्त पालना गराए हुने कुरो हो|
    एकातिर भनेर ढोल पिटाउने अनि अर्को तिर हिन्दु राष्ट्र भनेर छाप लाउनु भएन| के धर्म मान्ने भन्ने नागरिकको विवेकमा छाडीदिन पर्छ| सबै नागरिक स्व विवेक प्रयोग गर्ने अवस्थामा नहुन पनि सक्छ| त्यसै भएर त् राज्यले बराबरी हेर्न्पर्छ| तर साथसाथै कसैलाई प्रलोभन र चापमा पारेर, मनस्थितिको फायदा उठाएर धर्म परिवर्तन गर्न र गराउन प्रतिबन्ध लगाईन पर्छ|
    एक ताका सम्पूर्ण काठमान्डौ उपत्यकामा बौद्ध धर्म व्याप्त भएको थियो भनेर इतिहास पढ्नेले जानेकै छन्| पृथ्वी नारायणले कसरि अहिन्दु र बौद्धमार्गी तामांग, गुरुङ, मगर आदिलाई पेलान दिएर हिन्दु धर्म मान्न वाध्य गराए, माथिको थकाली समुदायको उदाहरण प्रशस्त छ|
    बौद्ध मठ, विहार र गुम्बाको तुलनामा अहिले चर्चको संख्या बढ्दो छ|
    यो अर्थमा, खालि क्रिस्टियनले मात्र धर्म परिवर्तन गराए भन्ने नसम्झौ| हामी शिवसेना र नव शङ्कराचार्यहरुको उद्यत र अरबतिरका धनको खोलो बगेको पनि संगसंगै ख्याल राखौ|
    मलाई लाग्छ बहुसंख्यक नेपाली जनताले चाहेका जबर्जस्ति वा कुनै पनि फायदा उठाएर धर्म परिवर्तन गर्न नपाउने गतिलो कानुन बनाएर सही कार्यन्वयन हुनपर्ने हो| एउटा रिसको कारणले अर्को भुल नगरौ|
    देशको संबिधानमा चाहि धर्म निरपेक्ष नै हुनपर्छ भन्ने पक्षमा आफ्नो मत सादर व्यक्त गर्दछु|

    Reply
  4. Rabindra Dhital says:
    July 23, 2015 at 5:50 am

    एक थरिलाई जातीय पहिचान चै नचाहिने अनि धार्मिक पहिचान चै चाहिने
    अर्को थरीलाई जातीय पहिचान चै चाहिने अनि धार्मिक पहिचान चै नचाहिने
    कि दुवै ठिक कि दुवै बेठिक
    यस्तो पनि कहीं हुन्छ ?
    अहिलेको समयमा पनि जातीय र धार्मिक पहिचान खोजेर के गर्न खोज्या हुन्, सबै तिर असफल हुँदै गाको रेसिजम चैं नेपाललाइ चाहिया छ
    बाँदर बढी बाठो भो भने कुन्नि के च्यापेर मर्छ भन्थे, हो कि क्या हो
    कि दुवै को बिरोध गरौँ कि दुवै को समर्थन गरौँ
    तातो न छारो

    Reply
  5. Shankar says:
    July 23, 2015 at 2:15 am

    हिन्दु हरु कम्जोर भएर नै हो , एउटा हिन्दु रास्ट्र सम्म न भएको |
    गाइ पुजा गर्ने , गाइ जस्तै छन् | गाइ खाने हरुको चै देश छ , गाइ पुजा गर्ने को छैन |

    Reply
  6. khum bahadur khadga says:
    July 23, 2015 at 1:53 am

    ऐ आरयन क्षेत्रीबाहुन हिन्दु हो तिमीहरुलाई आफ्नो धरम मान्न दिएन भने आवाज ऊठाऊ, यो देश तिमीहरुकोपेवा होइन, नेपाल सदियो देखि हिन्दु धरमले देश यो हाल बनाइ राखेको छ, अरुको धरममा एउटा मात्र
    भगवानको शिक्षा र दिक्षाले भरिपूरण छ, हिन्दुको ३३००० भन्दा बढि देवता हुंदापनि देशको यो हालत छ,
    हिन्दु देश चाहिएमा पुररखौली भूमि भारत वापस जाऔ । हिन्दू नेपालमा हुनू अभिशाप हो । हिन्दू धरम राज्यमा कदापि लोकतंत्र आउंदैन, कारण सबैलाई कदापि समान गरदैन ।

    Reply
    1. शिशिर says:
      July 24, 2015 at 12:19 am

      ये खुमबहादुर तिमी हिन्दू बाहुल्य राष्ट्र मा बसेका छउ र तिम्लाई यति लेख्ने र सोच्ने स्वतन्त्रता मिल्यो ;अझै हिन्दूलाई गाली गर्छौ ?
      अरू धर्म भएको राष्ट्रमा हुन्थियौ भने यति लेख्नु त के थोरै मात्र धर्मको अपमान गरेको भय पनि तिम्लाई मिर्तु दण्डको सजाय भईसकेको हुन्थ्यो ।

      Reply
  7. naresh says:
    July 22, 2015 at 10:21 pm

    यो त कस्तो लेख भने: ९०% जनता को मत लेराएर प्रतिनिधि गर्ने पार्टी ले देश शासन गर्दा बिचार १०% जनता को मत लेराउने पार्टी र त्यो जनता लै कस्तो हुदो हो ..बिचरा ..चु चु चु ….त्यो १०% ले भने जसरी चि देश चल्नु पर्छ, ९०% जनता गलत हुन्….
    ब्रिटेन को prime minister एडवार्ड Cameroon ले भनेको कुरा सुनेउ कि सुनेनौ हौ:
    http://www.telegraph.co.uk/news/general-election-2015/11516804/David-Cameron-declares-Britain-is-still-a-Christian-country.ह्त्म्ल
    हो ..उनि ठिक हुन्….उनले आफ्नो धर्म संस्कृति को जगेर्ना गरि रह्या छन्…..तिमि हामी पनि आफ्नो धर्म, संस्कृति जगेर्ना गरम…अनि यो देश मा अरु धर्म लाई respect गरम र उनि हरु को पनि देखभाल गरम….अहिले धर्म को नाम मा देश मा चिरा न पारम….भोलि फेरी अर्को उग्रबादी ले धर्म को नाम मा बन्दुक उठायो भने फेरी नेपाली हरु नै पिल्सिन्चन (माओबादी जनयुद्ध जस्तो)…

    Reply
  8. Mk says:
    July 22, 2015 at 9:51 pm

    जबसम्म ‘धर्म’ को राजनीति छोडेर देश र जनता, गाँस, वास र कपास को बारेमा सोचिन्न , तब सम्म देशमा सान्ति सुरक्छ्या हुँदैन ; अनि , देशमा विकास हुँदैन / ‘जो धावे – सो फल पावे ‘ /

    Reply
  9. Gajen Tamang says:
    July 22, 2015 at 7:49 pm

    गौतम बुद्धको देश भनेर बिस्वोलाई चिनाउद बास्तम मा यो देशको लागि बढ़ी फाइदा जनक हुन्थ्यो , आफ्नै कुरा मात्त्रै सहि लाग्ने हरुलाई , देश दुबे पनि बाल मतलब /

    Reply
  10. पंकज says:
    July 22, 2015 at 6:32 pm

    धर्म जे माने पनि पाउनु पर्ने र नमाने पनि पाउनु पर्ने भनेको धार्मिक स्वतन्त्रता हो | अमेरिका, युरोप, अस्ट्रेलिया तिर पनि प्रसस्तै हिन्दू मन्दिर बन्दै छन् र त्यहाँका सरकारले त्यसो गर्ने छुट र सहयोग गरिरहेका छन् |

    Reply
  11. Rishav says:
    July 22, 2015 at 5:23 pm

    Technically, Hindu meant a person from region east of the Sindhu river in olden times. Of course, since Nepal has its own identity since ancient times, it will be more pertinent if we give an identity to the religions we practice in Nepal. It is very evident that all religions practiced in Nepal have a Nepalese flavor.
    So, why don’t we say that all Nepalese have a “Nepalese” religion? And to make things simple, all the current religious groups/activities/festivals can just be lumped into one super category called “Nepalese religion” and then we can have Nepalese Hindu, Nepalese Buddhist, Nepalese Christian, Nepalese Muslim, Nepalese Animism, Nepalese Atheism etc. Life would be so easy.

    Reply
  12. pratik says:
    July 22, 2015 at 4:51 pm

    १९६ वटा देशमा १२० वोटा च्रिस्तियन राष्ट्र छ… एउटा हिन्दु राष्ट्र हुनु नहुने…वा वा वा … नेपाली हरुको इच्छा पनि अचम्म को छन् //// गाला मा ताली बजम जस्तो.//

    Reply
  13. pratik says:
    July 22, 2015 at 3:54 pm

    संसार भर क्रिस्टियन, मुस्लिम राष्ट्र हरु छन् त / कोसै लाई केहि टाउको दुखाइ छैन /बौद्ध रस्त्रहरु पनि छन् / नेपाल हिन्दुरास्त्र हुनुमा किन टाउको दुखाउनु???

    Reply
  14. khum bahadur khadga says:
    July 22, 2015 at 3:42 pm

    पहिलो कुरा आरयन क्षेत्रिबाहुन हिन्दु हौ हिन्दु देश चाहिएमा पुरखौली थलो भारत वापस जाऔ, हामी जति
    पनि मंगोलियन छौ हिन्दु देश कदापि स्वीकार गरने छैनौ बरु हतियार उठाउने छौ, र हामरो उहिलेको राज्य उत्तरबाट आएको हुनाले देशको उत्तरमा छ र उत्तरतिर मिसीन बेस छ, हामीलाई दक्षिणको चासो छैन,उत्तरको देश अहिलले विश्वमा धनीमा एक नम्बर भई सक्यो ।

    Reply
  15. बाबु थकाली says:
    July 22, 2015 at 2:07 pm

    बुद्ध जन्मेको देश म हिन्दु राष्ट्र !!!

    Reply
  16. Dez says:
    July 22, 2015 at 1:03 pm

    हामी जस्तो गरिब देशले के के जायज कुरा बाट हाम्रो देश को अर्थ राम्रो हुन्छ तेयो कुरा गर्ने हो | यदि हिन्दु राष्ट्र भन्दा विश्व भरिका मान्छे हिन्दुहरु को देश भन्दै तिर्थ गर्नु आउने पर्यटक बढ्छ भने कीना नगर्ने | यो कुरा ले यदि हाम्रो देश को राम्रो हुन्छ भने बाकी १०% लिईनी कै फरक नपर्ला |

    Reply
    1. Rakesh says:
      July 22, 2015 at 1:09 pm

      फाइदा त बुद्ध जन्मेको देश भनेर बौद्ध देश घोषणा गर्दा पनि विश्वभरका मान्छे आउँछन्। त्यो चैं किन नगर्ने?

      Reply
      1. Dez says:
        July 22, 2015 at 6:18 pm

        तीयोनी हुन्छ धर्मलाई जहिलेनी एकजुट बनाउने माध्यम बनौ र गरब भएकोले कमाउने पनि | हाम्रो इतिहास मा हिन्दु र बौद्ध धर्म सधै संगैनै गएको छ तेसैले यसलाई संगै लादा हुन्छ |

        Reply
    2. thulung raj says:
      July 23, 2015 at 9:05 am

      देशमा हिन्दु हरुले थिचोमिचो गरेको छैन भने जातपात भेदभाव गरेको छैन भने किन तेइ हिन्दु राज्य नै चहिञ्छ भन्दै उफ्रिनुहुन्छा देस धर्म निरेपछ हुदा किन टाउको दुखाई गर्नुहुन्छा.

      Reply
  17. rabin says:
    July 22, 2015 at 12:25 pm

    तपाईं ६४ साल तिर जन्मेको हो ? ६२६३ भन्दा अगाडि हिन्दू राष्ट्र हुँदा कसैलाई थिचो मिचो भएको थ्यो ? अहिले हेर्नुस् गाई काट्न पऊनु पर्छ भन्दै छन । धर्मको ब्यापार गर्दै छन । आफ्नो पुर्खौ देखी चली आएको परम्पर धर्म सस्कृतिको बिरोध र दमन गरेको टुलु टुली हेरेर सकिन ।

    Reply
    1. Rakesh says:
      July 22, 2015 at 1:03 pm

      तपाईँ हिन्दुको आँखाले हेरेपछि कहाँ थिचोमिचो देख्नुहुन्छ त? गैरहिन्दु भएर हेर्नुस् अनि थाहा हुन्छ बौद्ध धर्मावलम्बीहरुमाथि समेत कस्तो थिचोमिचो भएको थियो

      Reply
      1. rabin says:
        July 22, 2015 at 3:45 pm

        म हिन्दू हुँ तर पशुपती भन्दा बढी बौद्ध र स्व्यम्भु गएको छु । थिचो मिचो भएको एउटा उदाहरण दिनुस् । धर्म निरपेक्ष हुँदा त्यो निर्णयको स्वागत हामीले गरेकै हो तर आफ्नै धर्मको अस्तित्व संकटमा परेपछी बोल्नै पर्‍यो नि

        Reply
        1. Rakesh says:
          July 22, 2015 at 10:09 pm

          यी यहाँ छ उदाहरण
          बुद्ध वाज बर्न इन नेपाल भनेर नारा लाउँदै हिँड्ने एउटा मूर्ति राख्न नदिने
          http://www.mysansar.com/2013/08/6073/ अझ त्यहाँ हिन्दुवालाको कमेन्ट हेर्नुस्

          Reply
      2. बशन्त राज says:
        July 22, 2015 at 7:44 pm

        तिम्रो रतन्धो लागेको आखाले चाहि जहाँ पनि हिन्दुहरुले मात्रै विभेद गरेको देख्दो र छ/ अस्ति अमेरीकामा गोरेले क्रिस्तीयाँनले कालेको चर्चमा धार्मिक बिभेद कै कारण गोली हानेर ९ जना मारेको तिम्रो जलबिन्दु लागेको आखाले देखेन / गयको रामजनको पबित्र महिनामा साउदी अरेबिया अनि कुबेतको शिया मज्जिदमा “अल्लाहू अकबर ” भन्दै आत्मघाती हमला भाको पनि तिम्रो त्यो कीरा परेको आखाले देखेन है / ईदको दिन इराक अनि नाईजेरीयाको बीच बजारमा आत्माघति हमलाको समाचार पनि त्यो गिद्धले खायको आखाले देखेंन है / तिमि गैर हिन्दु भनेर कसलाई सम्बोधन गर्दै छौ ? नेपालमा सबै नेपाली छन् / हिन्दु पनि नेपाली बुद्ध धर्म मान्ने पनि नेपाली, डलरको लोभमा धर्म परिबर्तन गरेर यसु धर्म मान्ने पनि नेपाली, मुस्लिम धर्म मान्ने पनि नेपाली हामी सबै नेपाली तर तिम्रो रोगी आखाले चाहि हिन्दु र गैर हिन्दु देख्दो रछ ? कुन देशको इसारामा खोलेको एन. जी ओ मा कति डलर खायर काम गरछौ????? धर्म परिबर्पर्तन गराउने ४ ओटा बाटाछन् / पहिलो पैसाको लोभ उपचारको लोभ, जागिरको लोभ, आदि देखायर धर्म परिबर्तन गराउने / दोस्रो हतियारको डर (बन्दुक तरबार आदि हतियारको) देखायर धर्म परिबर्तन गराउने / तेस्रो मानिसिक त्राश र लोभ ( हिन्दुहरु मरेपछि आगो को नर्क जाने, नया धर्म लीएमा स्वोर्गमा कुमारी केटी संग यौन सम्बध राख्न्न पाईने आदि ) देखायर धर्म परिबर्तन गराउने / अनि बहुमतको डर देखायर धर्म परीबर्तन गराउने / तीमी चाहि यी मध्धे कुन आधारमा गैर हिन्दु भयोउ???

        Reply
        1. bibek dhakal says:
          July 23, 2015 at 3:12 pm

          जे सुकै परिवर्तन गरोस न – धर्म, लिङ्ग वा जे सुकै — चाहे पैसा खाएर होस्, रक्सि खाएर होस् , भोज खाएर होस् वा पानी खाएर होस् तपाइको त्यो सानो मगज किन दुखाउनु पर्यो ? अरुलाई असर नपुर्याइकन जसलाई जे सुकै परिवर्तन गर्ने अधिकार हुनुपर्छ . आफुले कुन धर्म लिने नलिने वा नास्तिक बस्ने पनि सबैलाई अधिकार हुनुपर्छ. एउटा कुनै धर्मलाई (बहुमत भयो भन्दैमा) सजिलो र अर्कोलाई गारो गर्न पाइनु हुन्न. एउटा मुसलमान बगडेलाइ एकादशीको दिन मासु बेच्यो भनेर समात्ने समाज हाम्लाई चाहिन्न.
          यहि हो लोकतन्त्र. यहि हो धार्मिक निरपेक्षता. तानाशाही तन्त्र चाहिन्छ भने गए हुन्छ संसारमा थुप्रै मूलुक छन्. हिन्दु राष्ट्र चाहिन्छ भने गए हुन्छ हिन्दुस्तान को नागरिकता लिन.

          Reply
      3. Devendra Basnet says:
        July 22, 2015 at 8:36 pm

        तपाइलाई चै के मर्का पर्यो त मित्र हिन्दु राष्ट्र भएर? के तपैले आफ्नो धर्म मान्नु पाको छैनाकी ? कि कसैले गुम्बा मस्जिद बनौन पाको छैनन् कि ? काठमाडौँ को डाँडा काँडा गुम्बा ले ढाकेको छैन कि ? चर्च हरुको बिग बिगी छैन कि ? के चै छैन आखिर हिन्दु धर्म को येह बिरोध हुनको कारण ?

        Reply
    2. bibek dhakal says:
      July 22, 2015 at 2:37 pm

      ए हो.? पुर्खादेखि चलि आएको धर्म, संस्कृति र परम्पराको दमन र बिरोध गरेको टुलुटुलु हेरेर बस्न सकिन्न? तेसो भए बुहारीले ससुरा, जेठाजुलाई टाउको देखाउने ( पुर्खाको चलन अनुसार त छोप्नु पर्ने हो नि), लोग्नेलाइ नकुरी श्रीमतीले खाने , खान पस्किदा हात टेक्ने , खसी मात्र खान हुने जातले कुखुरा, राँगा देखि लिएर छुन नहुने सुँगुर सम्म खाने, बिहेमा पन्चे बाजाको सट्टा बेण्ड-बाजा र बिदेशी गित घन्काउने, तिजको डर भनेर वाइन पिउने, १३ दिने काज्क्रियालाई छोट्याएर ७ दिन पुर्याउने आदि चाही #{[| खान टुलुटुलु हेरेर बसेको त? लिस्ट बनाउदै जाम तपाइको पुर्खादेखिको को कति परम्पराहरु परिवर्तित र गायबै भैसके… समयको माग अनुसार परम्परा हरु गायब हुदै जान्छन, कसैलाई मन परोस वा नपरोस…

      Reply
      1. rabin katuwal says:
        July 23, 2015 at 1:45 am

        ओ हो साथी दामी भन्नू भो त थाछ तपाईं लाई नेपाल स्तर्त्र पर्न सबै भन्दा पहिला राजा सङ लडने मान्छे को हो हिन्दु बहुन को छोरो जस्ले बिराटनगर बाट गनाउने लुगा र कृईएकाे माेकैकाे पिठाे राजा लाई देकाे थियाे,,,,,,,,,,आज आर 80%जनता हिन्दु भको देश लाई किन ँँँँँँँँँँँं#####ँँँँँँँँँँं अनि तपाईं लै यो पनि थाहा छन् हाेला जाहा १मात्र धर्म हुनछ ताे देश मा कलह कम हुनछ

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme