Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कति इञ्चको टिभी ल्याउँदा भन्सार महसुल रकम र सेवा शुल्क गरी ठ्याक्कै कति तिर्नुपर्छ, सूचि हेर्नुस्

Posted on July 17, 2015 by Salokya

philips-pfl4007-tv-2012-g ‘विदेशबाट फर्केकाले ल्याउने टिभीमा कति कर तिर्नुपर्छ? नयाँ बजेटले गरेको व्यवस्था यस्तो छ’ शीर्षकको ब्लग धेरैले चासोका साथ पढे। यो पढेर अझै पनि केहीलाई अन्यौल भएको जस्तो लागेकोले कति इञ्चको टिभी ल्याउँदा ठ्याक्कै कति तिर्नुपर्ने हो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयकै जानकारी यहाँ राखेको छु। यो पढेपछि केही अन्यौल नरहला। टिभी जुनसुकै प्रकारको (LCD, LED, PLAZMA) भए पनि इन्च गनेर भन्सार महसुल लिइन्छ भने भन्सार सेवा शुल्कका रुपमा थप ५६५ रुपैयाँ तिर्नुपर्छ। वैदेशिक रोजगारमा गई कम्तिमा लगातार १२ महिना काम गरी फर्कने नेपाली नागरिकले ल्याएको जुनसुकै प्रकारको (एलसिडी, प्लाज्मा वा एलइडी) ३२ इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ। अर्थात् उनीहरुले सुको तिर्नुपर्दैन। यसका लागि तपाईँले आफू विदेशमा बसेको अवधि खुल्ने गरी आफ्नो नाम, पासपोर्ट नम्बर र ठेगाना अनि पासपोर्टमा उल्लेख भएको विदेशमा गएको र आएको समय आदिको विवरण भन्सार कार्यालयमा अभिलेखको लागि भरेर दिनुपर्छ। अरुका लागि भने दुई किसिमको क्राइटेरिया छ- छ महिनासम्म विदेशमा बसेर फर्केको र छ महिनाभन्दा बढी विदेशमा बसेर फर्केको। बढी विदेशमा बसेर फर्केकालाई अलि डिस्काउन्ट छ इन्चमा ५० रुपैयाँ। भित्र क्लिक गरी हेर्नुस् कति इञ्चको टिभीको कति रकम तिर्नुपर्ने हो?

यो सूचि अनुसार बायाँ पट्टी छ महिनासम्म विदेशमा बसेकाहरुका लागि र दायाँ पट्टी छ महिनाभन्दा बढी विदेशमा बसेकाहरुका लागि हो। उदाहरणका लागि १४ इञ्चको टिभी हो भने छ महिनासम्म विदेशमा बसेकाले प्रति इञ्च २०० रुपैयाँका दरले भन्सार महसूल २८ सय र भन्सार सेवा शुल्क ५६५ गरी कूल ३ हजार ३६५ तिर्नुपर्‍यो। अनि छ महिनाभन्दा बढी बस्नेले प्रति इञ्च १५० रुपैयाँका दरले भन्सार महसूल २१०० र भन्सार सेवा शुल्क ५६५ गरी कूल २ हजार ६६५ रुपैयाँ तिरे पुग्ने भयो।

यसै अनुसार इञ्चैपिच्छेको रकम हेर्दै जानुस्। ५५ इञ्चको टिभी कसैले ल्यायो भने ६ महिनासम्म विदेशमा बसेर आएकाले भन्सार महसूल र शुल्क दुवै गरी कूल ६९ हजार ३ सय १५ रुपैयाँ तिर्नुपर्छ भने ६ महिनाभन्दा बढी बसेर फर्केकाले ६६ हजार ५ सय ६५ रुपैयाँ तिर्नुपर्छ। तपाईँले विदेशबाट सित्तैमा ल्याएको भए पनि टिभीको भाउ ६० हजार नाघ्छ।

tv

माथिको भन्सार कार्यालयको सूचनामा आर्थिक ऐन २०७० बमोजिम लेखिएको छ, अहिले त २०७२ साल हो, मिल्छ त भन्ने लाग्ला। मिल्छ। किनभने भन्सार महसूलमा कुनै हेरफेर गरिएको छैन। सेवा शुल्क पनि उस्तै हो।

5 thoughts on “कति इञ्चको टिभी ल्याउँदा भन्सार महसुल रकम र सेवा शुल्क गरी ठ्याक्कै कति तिर्नुपर्छ, सूचि हेर्नुस्”

  1. mohan says:
    September 12, 2015 at 5:09 pm

    नेपाल सरकार जति ठग्नु छ गरिब जनता हरु लाई मौका यहि हो पछि भनेको के हो के अरु देश को सरकार ले जनतालाई मदत गर्छ हाम्रो देश को सरकार ले जनता हरु लाई ठग्छ क्या गजब छ जो देश कुनै सक्ति को सामु नझुकेको हाम्रो देश का जनता आज सरकार को सामु झुक्नु परेकोछ जता ततै जति भन्यो तेती पैशा दिनै पर्नी

    Reply
  2. Rabindra Dhital says:
    July 17, 2015 at 8:14 am

    बैदेशिक रोजगारमा गएका हरुलाइ मात्र होकी, बिदेशमा पढ्न गएका विद्यार्थीहरुलाई पनि हो यो भन्सार शुल्क ?

    Reply
    1. Salokya says:
      July 18, 2015 at 12:38 am

      यहाँ महसुलमा कहाँ वैदेशिक रोजगार भनेर लेखिएको छ र ? वैदेशिक रोजगारमा गएर फर्किएकाहरुलाई एक पटक ३२ इञ्चसम्मको टिभी ल्याउँदा छुट पो भनेको त। यो महसूल छ महिनाभन्दा कम वा छ महिनाभन्दा बढी विदेशमा बसेर फर्कने सबै नेपाली यात्रुलाई लागू हुने हो।

      Reply
  3. [email protected] says:
    July 17, 2015 at 4:08 am

    जहाँ पनी गरिब ले नै मर्नु पर्ने विदेश मा कमाएर ल्याउदा पनि स्वदेश मै लुटिनु पर्ने हरे सिवा गरिब को काईठाउँ छैन l अब यो दुनियामा !

    Reply
  4. बशन्त राज says:
    July 17, 2015 at 2:22 am

    यसरी विदेशबाट ३२ इन्च को टी भी किन्नु भन्दा नेपालमै एक टी भी बनाउने कम्पनि खोलेर नेपालीहरुलाई नेपालमै रोजगारीको श्रीजना गर्ने बाताबरण बने हुन्त्यो / ताकी विदेशमा आयर नेपाली कामदारहरुले (अतकबादि मुस्लिम) अरबी मिस्री आदि साहु सुपरभाईजर म्यानेजरहरुको मुखारबिन्दबाट अरबी भाषाको गाली (हमर, सर्मुता जस्ता गालीका अनेक शब्दहरु) सुन्नु त पर्दैन्थ्यो /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme