Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लघुकथा : परामर्श

Posted on July 18, 2015July 18, 2015 by mysansar

– रन्जु मार्ग –

saturday-fiction उनी अर्कोसँग विवाह गरेर गए पछि उनलाई नदेखेको धेरै भैसकेको थियो। एक दिन उनी हस्याङ्ग फस्याङ्ग गर्दै मेरो कार्यालयमा आइपुगिन्। उनलाई एक्कासी त्यसरी देखेपछि मेरो मानसपटल तरङ्गित भयो।

उनको पहिले जस्तै गोरो अनुहार, सलक्क परेको नाक, चन्चल आँखा अनि महँगो चमकदार कपडाले उनी निकै आकर्षक देखिएकी थिइन्।

‘तपाईँ यहाँ?’ उनको आकर्षक व्यक्तित्वसँग चिरपरिचित हुँदै म सोध्छु।

‘मेरो पारिवारिक डाक्टरले तपाइँकै नाम सिफारिस गरेको थिए,’ उनले कागज देखाउँदै भनिन्।

‘तपाईँलाई डिप्रेसन?’ मेरो छाती चसक्क बिझायो।


‘कहिले देखि यस्तो भयो?’, म डाक्टरको कागज हेर्दै सोध्छु।

‘खै? कहिलेबाट भयो थाहा छैन। तर आजभोलि झनै बढिरहेको जस्तो लाग्छ। डाक्टरले भनेका छन् यसको बेलैमा उपचार गरेन भने झनै पछि ठूलो समस्या देखा पर्दै जान्छ रे!,’ उनले निरास हुँदै भनिन्।

‘तपाइँको श्रीमानसँग झगडा हुन्छ?’, म उनको पारिवारिक समस्या उत्खनन् गर्न सुरु गर्छु।

‘मेरो श्रीमान् सारै सोझो र असल हुनुहुन्छ। उहाँ मलाई बुझ्ने, मेरो भावनाको सम्मान गर्ने गर्नुहुन्छ। त्यस्तो मान्छेसँग किन पो झगडा गर्नुपर्छ होला र?’, उनले आफ्नो श्रीमानको प्रशंसा गर्दै भनिन्।

‘तपाइँको छोराछोरीहरुसँग?’

‘मेरा छोराछोरीहरु पनि सारै असल स्वभावका छन्। भनेको मान्छन्। आजसम्म मलाई कुनै दुःख दिएका छैनन्।’

‘तपाइँको आफन्तहरुसँग केही समस्या पो छ कि?’

‘सबैसँग राम्रो सम्बन्ध छ? सबैले मलाई माया गर्छन्। आदर गर्छन्। सबैसँग म खुशी छु तर पनि मेरो मन किन-किन खिन्न भै रहन्छ?’

‘तपाइँलाई राति निन्द्रा लाग्छ?’, म उनको स्वास्थ्य सम्बन्धी जानकारी लिन थाल्छु।

‘केही छिन त निदाएको जस्तो हुन्छु तर जब ब्युँझन्छु, त्यसपछि निन्द्रा लाग्दैन।’

‘ननिदाएको बेला के गर्नु हुन्छ?’

‘छोरीलाई हेर्छु, उसको ओछ्यानमा गएर ढल्कन्छु।’

‘छोरीको ओछ्यानमा? किन उनी एक्लै सुत्न डराउँछिन् र?’

‘उनी एक्लै सुत्छिन्,……तर मेरो मन मान्दैन …!!’

यति भन्दै उनले लामो सुस्केरा छोडिन् र भनिन्-‘मलाई डर लाग्छ। चिन्ता लाग्छ। मनमा कुरा खेल्छ। आगोले पोले जस्तो हुन्छ। छटपटी भएर आउँछ।’

त्यसपछि उनी आफ्ना दुबै आँखा चिम्लिँदै भलभली रुन थालिन्। उनको आँसु देखेर मेरो मन पनि गाँठो परेर आयो। एकै छिनको पीडा तरल बनाई पोखेपछि उनले आफ्नो भिजेका आँखा हातले पुछ्दै भनिन्-

‘त्यो छोरी उनको होइन तपाइँको हो , यो यथार्थ कहिलेसम्म लुकाउँ….?’

[तपाईँ पनि आफ्ना कथा, लघुकथा माइसंसारमार्फत् बाँड्नका लागि पठाउन चाहनुहुन्छ भने यहाँ क्लिक गरी पठाउनुस् अथवा पठाउनुस् [email protected] मा। प्रकाशनयोग्य कथाहरु स्टकमा नरहेकोले तपाईँको कथा तुरुन्तै प्रकाशित हुनसक्छ।]

2 thoughts on “लघुकथा : परामर्श”

  1. बशन्त राज says:
    July 22, 2015 at 7:05 pm

    सुन्तलीको खाडीको यात्रा

    सुन्तली तामांगको लोग्ने बिरमान तामांगको जिबन जाड अनि तासमा नै बित्यो / बिरमान सानो छदा देखिनै गलत संगत परेकोले स्कुल जान छाडी खोलामा माछा मर्न, तास खेल्न अनि बेलुका माईलीको भट्टी जाड खाने संगतमा फस्यो / यो बानीले उसको स्कुलको जिबन बीगार्यो / अनि उसको परीवारले उसको बनि सुधार होलाकी भन्दै उसको बिबाह सुन्तली संग गरेदीए / तर “१२ बर्ष कुकुर पुछ्छर ठुग्रामा राखे पनि बाङ्गाको बाङ्गै” भने जस्तै बिबाह पछि पनि उसको बानीमा कुनै सुधार आएन / दुई छोरी पिता भयर पनि उसको जिबन माईलीको भट्टीमा जुवातास, रक्सि जाड, अनि भाग धतुरो तनेरनै बित्यो / आफ्नो लोग्नेबाट कुनै पार लाग्ने नदेखे पछि विदेशमा घरेलु कामदारमा जाने निर्णय गरीन / सुन्तलीले तीजमा माईत जादा छिमेकि घरको धनमाया अधिकारी खाडीमा गयर कमाएको देखिन अनि सुनिन / तिनैको सहयोगमा खाडीमा घरेलु कामदारको रुपमा खाडीमा जान तयार भईन/ सुन्तलीले आफ्नो लोग्नेको कुनै भर नदेखेकोले आफ्नो दुई छोरीलाई माईतिको जिम्मा लगायर खाडीको राष्ट्रमा पुगिन / नेपालको दुर्गम गाउ जहाँ घास पात पर्म मेल गारेर कमाई गर्ने सुन्तलीलाई भाषा पनि नजान्ने, बिधुतिय सफाई गर्ने उपकरण चालाउन नआउने हुदा निकै कठिन भयो / तेसमाथि सुन्तलीले काम गर्ने अरबीको घरमा ३ छोराहरु थिय / जेठो एहामद १६ बर्ष, माईलो अब्दुल १४ बर्ष अनि कान्छो आमिर १२ बर्षको थियो / काम सकिया पछी सुन्तली किचनमा कार्पेट राखेर सुत्न्नु पर्थ्यो / फेरी अरबी मालिक्नी अरबीमा या हमार, या काफिर, सर्मुता कुन्नि के के भन्दै गाली गर्दै काम लागाउथि / सुन्तलीलाई खाडीको जिबन नर्क भन्दा पनि बढी कस्टपूर्ण लाग्यो अनि विदेश आएकोमा गल्ति गरेको अनुभब भयो / उता अरबी मालिकको अरु दुई श्रीमती पनि रहेछ / सुन्तलीले काम गर्ने मालिक्नी जेठी श्रीमती रहेछ / अरु श्रीमतीलाई अलग अलग घर बनायर राखेको रहेछ / सबै संग गरेर ६ छोरा ३ छोरी रहेछन / तर मुख्यकुरा अरबिको जेठी श्रीमती लोग्नेले अर्को ल्यायपछि पागल जस्तै भाकी रछ / लोग्नेको रिस जहिले पनि गरिब नोकर्नीलाई पोख्ने गर्दी रहिछ / मुस्लिम समाजमा महिलाले बोल्ने कुनै अधिकार हुदैन अनि सुन्तलीको मालिक्नीले लोग्नेले अरु श्रीमती ल्याएकोमा अरबीमाथि रिस रहेछ / तर लोग्नेको अगाडी बोल्न नसक्ने अनि झगडा गरेमा लोग्नेले दानापानी नदीने हुदा अरबी मालिक्नी लोग्नेसंग झगडा गर्न नसक्ने रहिछ / तेसैले अरबि मालिक्निले लोग्नेको रिस काम बिगारेको भन्दै घरेलु कामदार सुन्तलीलाई पीटेर निकाल्दी रहिछ /
    एकदिन एहमद मोबाईलमा निलो चलचित्र हेरेर बसेको रहेछ / अनि त्यो रात काम सकेपछि सुन्तली पनि कार्पेट लगायर किचनमा सुतेर बसेको थीई / मालिक्नी भने कुनै नाता पर्नेको कुनै बिबाह भोजमा गईकोले सुन्तलीले आझ भने समयमा नै आराम गर्ने अबसर पाएको थिई / निलो चलचित्र हेरेर पानि खान पर्यो भन्दै किचनमा आईको एहमदले नोकर्नीलाई जबर्जस्ति बलात्कार गर्न पुग्छ / यो कुरा कसैलाई भनेमा सुन्तलीलाई ज्यान मर्ने धम्कि दिन्छ / सुन्तलीसंग चुपलाग्नु सिबाय कुनै उपाय हुदैन / तर उत्त बलत्कारको कारण सुन्तलीको पेटमा बच्चा रहन जान्छ /
    सुन्तलीले एकदिन मालिक्नीको खुसिको मनस्थिति देखेर अहमदले बलात्कार गरेको कुरा मालिक्नीलाई भन्छे / यो कुरा सुनेर रीसाउदै आफ्नो सोझो छोरोलाई गलत आरोप लगाउने भन्दै कुटेर घाईते बनौछे / अरबी मालिक्नीले नोकर्नी मरेको ठानी उसको लासलाई सुनसान मरुभुमीमा फालेर आउछे / अनि पुलिशमा गयर आफ्नो घरेलु कामदार भागेको रिपोर्ट दर्ता गर्छे /
    सुनसान मरुभूमि भनेपनि अरबीहरु मरुभूमिमा डेजर्ट ड्राईभिङ् जानेहरुले सुन्तलीको लास देक्छन अनि पुलिशलाई खबर गर्छन / दैब सन्जोग सुन्तलीको जिबन १५ दिन कोमामा बसेपछि बाच्न सफल हुन्छे / सुन्तलीले त्यहा काम गरेको १ बर्ष भयको हुन्छ तर तलब तेरो घरमा पाठादीए भदै तलब दियको हुदैन / यो कुरा अस्पताल बाट नेपालमा फोन गरेपछि थाहा हुन्छ / पुलिशले सुन्तलीलाई घरबाट किन भागेको भन्दै सोधपुछ गर्छ / सुन्तलीले आफु नभागेको अनि आफु बलात्कारमा परेको अनि मालिक्नीले कुटेर आफु बेहोस भयको अनि होसमा आऊदा आफुलाई अस्पताल भएको पाऊछे / तर पुलिशले सुन्तलीको कुरा मान्दैन अनि नेपाल एम्बसीमा जानकारी गराउछ / त्यहाबाट कुनै दानिको शहयोगमा नेपाल आई पुग्छे / अब सुन्तलीको भबिस्य के होला ?

    Reply
  2. सिर्जने says:
    July 20, 2015 at 11:15 pm

    Funny story!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme