Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशबाट फर्केकाले ल्याउने टिभीमा कति कर तिर्नुपर्छ? नयाँ बजेटले गरेको व्यवस्था यस्तो छ

Posted on July 15, 2015July 15, 2015 by Salokya

tv हरेक पटक बजेट आउँदा विदेशमा रोजगार वा अन्य उद्देश्यले गएकाहरुलाई टिभीसम्बन्धी व्यवस्थाबारे चासो हुन्छ। विदेशमा टिभी एकदम सस्तो देखेपछि किनौँ किनौँ लाग्छ। तर नेपालमा बेस्कन कर लगाएर महँगो बनाइदिने डर पनि हुन्छ। यसपालिको बजेटले के व्यवस्था गरेको छ त?

खासमा विदेशबाट फर्किएकाले ल्याउने टेलिभिजनबारे यो बजेटले केही न‌याँ व्यवस्था गरेको छैन। यस अन्तर्गत गत वर्षकै जस्तो वैदेशिक रोजगारमा गई कम्तिमा एक वर्ष काम गरी फर्कने नेपालीले ल्याएको जुनसुकै प्रकारको (एलसिडी, प्लाज्मा वा एलइडी) ३२ इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ। अघिल्लो वर्षभन्दा यो वर्ष फरक पारिएको शब्द चाहिँ ‘कम्तिमा लगातार १२ महिना काम गरी फर्कने नेपाली नागरिक’ भनिएको छ।

philips-pfl4007-tv-2012-g
परारको बजेटले ३० इञ्चसम्मको टिभीमा मात्रै छुट दिएकोमा पोहोर ३२ इन्चसम्म कर छुट दिने व्यवस्था भएको हो। यसपालि पनि त्यो कायम छ। यसका लागि तपाईँ वैदेशिक रोजगारमा गएर फर्किएको हुनुपर्छ। पढ्नलाई विदेश गएको वा एनआरएनले टिभी ल्याएमा कर महसूल छुट हुने छैन। वैदेशिक रोजगारमा गएकाको पनि अभिलेख राखिने र यस्तो सुविधा एक पटकका लागि मात्र दिइने भनिएको छ। त्योभन्दा ठूलो टिभी ल्याएमा छुट दिइने छैन, इन्च नापेर भन्सार महसूल लिइनेछ। यो महसूल दरमा पनि परिवर्तन गरिएको छैन। त्यसो भए कत्रो टिभीमा कति कर लाग्छ त ?

आर्थिक विधेयक २०७२ मा यस्तो व्यवस्था छ-
bhansartv
bhansartv1

मानौँ तपाईँले ६० इञ्चको ठूलो टिभी ल्याउनुभएको छ भने छ महिनाभन्दा बढी विदेशमा बस्नेले ६०X१२०० = ७२ हजार भन्सार महसूल तिर्नुपर्‍यो। छ महिनासम्म विदेश बसेकाले भने ६०X१२५० = ७५ हजार तिर्नुपर्‍यो।

यसमा ध्यान दिनु पर्ने कुरा के हो भने ३२ इन्चसम्मको टिभीको भन्सार लाग्दैन, त्योभन्दा बढीको लाग्छ भन्ठान्नु हुँदैन। यसअघि माइसंसारको ब्लगमा आएका कमेन्टमा यसैमा धेरै पाठक झुक्किएको देखियो। माथि विधेयकमा प्रष्ट लेखिएको छ- सोभन्दा बढी इन्चको टिभी ल्याएमा उक्त छुट सुविधा दिइने छैन। अर्थात्, ३६ इन्चको टिभी ल्याएर ३२ सम्मको त भन्सार लाग्दैन, बाँकी ४ इन्चको मात्र तिर्छु भन्न पाइँदैन, पूरै ३६ इन्चको तिर्नुपर्छ।

अरु के के ल्याउन पाइन्छ ?
सरकारले २०६५ कात्तिक १ मा राजपत्रमा सूचना प्रकाशित गरे अनुसार यस्तो सामानलाई भन्सार लाग्दैन

बिदेशबाट फर्केका नेपाली यात्रुका सम्वन्धमाः
(१) नेपालमा स्थायी बसोबास गर्ने नेपाली
नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका देहायमा उल्लिखित सबै वा कुनै
मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुनेछः
(क) लुगाफाटा, बरबिर्छ्यौना, घर गृहस्थीका पुराना सामानहरु,
(ख) औषधी उपचार गराई फर्केका विरामीले ल्याएका औषधीहरु,
(ग) शारीरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
(घ) सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय
ग्रामसम्म र तीस हजार रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको
गहना गुरिया,
(ङ) घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ एक एक
थान,
(च) बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान,
(छ) पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान
(जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद
सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन सेट, गवैयाको
सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु)।
(ज) चार किलोग्रामसम्म खाद्य परिकार।
(झ) मदिरा १.१५ लिटरसम्मको बोतल एक।

तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका खण्ड (झ) मा
उल्लिखित सामान बाहेक यस उपदफामा उल्लिखित अन्य सामानहरु कुनै यात्रुले
माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था,
परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार
कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति दिन सक्नेछ। खण्ड (झ) मा उल्लिखित
मदिरा तोकिएभन्दा वढी परिमाणमा ल्याएमा वढी परिमाण जति जफत हुनेछ।

(क)भारत तथा चीनको स्वशासित क्षेत्र तिव्वत वाहेक अन्य विदेशी मुलुकमा छ
महिनाभन्दा बढी अवधि व्यतित गरी फर्केका नेपाली यात्रुले आफ्नो साथमा
ल्याएको एक सेट कम्प्युटरमा भन्सार महसुल छुट हुनेछ।
(ख) विदेशमा बसेका नेपाली यात्रुहरुले आफूले प्रयोग गरेका लत्ता कपडाहरु
हुलाक पुलिन्दाबाट पठाउँदा त्यस्तो लत्ता कपडामा भन्सार महसुल छुट
हुनेछ।
(ग) विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई
उपदफा (२) बमोजिमका सामानमध्ये अमेरिकी डलर दुईसय पचाससम्मको
सामान पठाएमा प्रमाण हेरी लाग्ने समदरमा भन्सार महसुल लगाई
जाँचपास गर्न सकिनेछ।
(घ) विदेशमा छ महिना वा सोभन्दा बढी समय बसी फर्किने नेपाली यात्रुलाई
तीनसय पचास ग्रामसम्म सुन र एक किलोग्रामसम्म चाँदी (गरगहना
समेत) लाग्ने महसुल लिई साथमा ल्याउन दिइनेछ।
(ङ) चुरोट दुइसय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म दरवन्दी बमोजिम
लाग्ने महसुल लिई पैठारी गर्न दिइनेछ। यसमा तोकिएको परिमाणभन्दा
वढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार
महसुलमा शतप्रतिशत थप भन्सार महसुल समेत असुल गरी जाँचपास गर्न
सकिनेछ।
(च) कुनै नेपाली नागरिकको विदेशको बसाईमा मृत्यु भएको भन्ने प्रमाणित
भएमा निज र निजको परिवारको निजी प्रयोगका पुराना सबै किसिमका
सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल
छुट हुनेछ।
(छ) भारतीय सेना वा प्रहरीबाट सेवानिवृत्त भई निवृत्तभरण पाउने गरी स्वदेश
फर्कंदा निवृत्त भएको कागजात पेश गरेमा एक पटकको लागि तीस हजार
रुपैंयासम्मको निजी प्रयोगका घरायसी सामानहरु (सवारी साधन, हात
हतियार, खरखजाना एवं अन्य प्रतिवन्धित सामानहरु बाहेक) ल्याएमा
सम्पूर्ण महसुल छुट हुनेछ।
(ज) सेमिनार, अध्ययन, अनुसन्धान तथा शोधकार्यको लागि विदेश
ओहोरदोहोर गर्ने नेपाली नागरिकले आफ्नो साथमा ल्याउने लैजाने एक
थान कम्प्यूटर आवश्यक प्रमाण हेरी कुनै महसुल नलिई ल्याउन लैजान
दिइनेछ ।

******************

यो अनुसार टिभीको साटो एलइडी कम्प्युटर स्क्रिन र सिपियु ल्याउनु भयो भने चाहिँ भन्सार शुल्क नलाग्ने देखिन्छ। किनभने भनिएको छ- भारत तथा चीनको स्वशासित क्षेत्र तिव्वत वाहेक अन्य विदेशी मुलुकमा छ महिनाभन्दा बढी अवधि व्यतित गरी फर्केका नेपाली यात्रुले आफ्नो साथमा ल्याएको एक सेट कम्प्युटरमा भन्सार महसुल छुट हुनेछ।

8 thoughts on “विदेशबाट फर्केकाले ल्याउने टिभीमा कति कर तिर्नुपर्छ? नयाँ बजेटले गरेको व्यवस्था यस्तो छ”

  1. Asshok says:
    July 18, 2015 at 7:15 pm

    के हो यो , हाम्रो देश को मंगंते नेता हरु को चाला; संसार कता बाट कता पुगिसक्यो ; अरु देह्स क नेता हरु कसरि जनता को भलो होस् , कसरी जनता को जीवन स्तर उठोस् , कसरि जनता हरुले आधुनिक संसार संसार को सबै सुख सुभिधा हरु उप भोग गर्न सकोस भन्ने चाहन्चन , तर हाम्रा यी गरिव दिमाग भए का नेता हरु, जसलाई यो सबै उपहार सबै सित्तै मा पाउन्चन , उनि हरु कलाई के को मतलब गरिव जनता हरु कतार मा घाम पनि नवनि, दिन रात नवनि, आफ्नो जिउ नवनि काम गरेर एउटा टिवी ल्यौदा पनि वन्सार रे। उनि हरु घर मा गाडी, टिवी सबै चाडै छ,

    तेही वयेरा होला, उनीहरु को गरिव दिमागी सोच को कारण ले गर्दा, नत एउटा गतिलो बाटो छ , नाता एउटा गतिलो मानिस हिड्न को लागि फूट पाठ छ, अस्पताल गयो तेस्तै छ , किन वने जनता भने को जनता हो हामी वने को हामी हौ, हामी बिमारी परे त विदेश गइ हलिंचा नि ,

    एउटा उदारण, उनि हरु लाइ त संसद बाट बिना वन्सार पनि ग गाडी ल्याउन नियेम बनाएका थिए, आज तिनै हाम्रा दिमाग मा गोवर भरिएका नेता हरु सविदन सभा मा छन् , अर्को उदाहरण , पाल कै बिशये मा भनौ , सावसद हरु लै पाल वितरण को कुरा, जनता लै पाल छैन, सहरी विकास मन्त्रलाये ले सवाषद जति लै पाल बितरण गर्ने रे , लिने सवासाद हरु `पनि उस्तै, ये नेताहरु हो , राजनीति भनेको जनता को सेवा को लागि होइन र?

    यी नेता हरु ले विदेश नदेखे क छन् र ? यिनी हरु लै थाहा छैन र ?

    जेहोस मानिस ले जति पढे लेखे पनि, ठुलो मन्त्रि , राजनितिज्ञ भए पनि संसकार र विचार ठिक छैन वने , जनता ले दुख पौंचन।

    Reply
  2. दिपक थापा says:
    July 16, 2015 at 10:44 pm

    आमाको दुध चुसेर पुगेन, अब बाउको घुडा चुसेर अघौला त?
    अर्बौको रेमिट्यान्स भित्राएर पुगेन, जाबो टि.भी. मा भन्सार लिएर देश सपार्ने कुवाको भागुता हो….
    खुरुक्क साइजको बन्देज हटाइ हाल त…….

    Reply
  3. सन्तोस says:
    July 16, 2015 at 6:05 pm

    ए नेपाली कुवामा मात्र बिस्व देख्नेहरु हो ! ३२ इन्च त बिदेशमा हराउनै
    लाग्यो कुन जुगमा छन् मुला हरु जाबो T.V मा राजनिति र बजेट
    जम्मा गरेर बस्ने ।।।

    Reply
  4. मनीष says:
    July 16, 2015 at 1:35 pm

    त्यो त ठीकै छ, केही दिनको लागी घुम्न गएकाहरुले फर्किदा टी.भी. ल्यायो भने चाँही कति तिर्नु पर्ने रहेछ भन्सार ?

    Reply
  5. yash deep says:
    July 16, 2015 at 9:11 am

    ३२ इन्च सम्म को टीबी मा छुट दिए को त ठिकै छ तर अब क गर्नु र बिदेशी बजार मा ३२ इन्च को टीबी नै पाउन गारो भै सक्यो अब ४० इन्च को टीबी सम्म लै छुट दिने कुरा गरिदिए को भए राम्रो हुने थियो l

    Reply
  6. shubas rai says:
    July 15, 2015 at 1:54 pm

    यो त कुनै पनि हालतमा बैदेसिक रिजगारको हितमा भयन।हामी बैदेसिक रिजगारमा हुनेले। जति पटक पनि र सबै सईजको टेलिभिजन लान ल्याउन पाउनु पर्छ।किनकी बिदेसको कमाई भनेकि तै मात्रै बाचेको हुन्छ टेलिभिजन।अरु कमाईता परिवार पाल्दा र साहुको रिनोको बियाज तिर्दै जुनि काटियको हुन्छ।कसैलाई कोसेलि र दाजु भाईलाई एउटा टिलीभिजन्नै लेउन सकिनछ ।तै भयर यो बिसयको र यो बजेटको सारो हेपसी बेहोरा भयो।

    Reply
  7. राजेन्द्र रेग्मी says:
    July 15, 2015 at 10:02 am

    ३२´ सम्म को फ्री दियेको रहेछ यो पनि राम्रो मान्नु पर्छ तर वैदेशिक रोजगार बाट फर्केका लाई ३२´ इन्च भन्दा माथी को महसुल चाहिँ महङो भयो

    Reply
  8. Bhuwan says:
    July 15, 2015 at 7:26 am

    What if the desktop pc set has more than 32″ of screen? Because i m using more than 32″ screen.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme