Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालीमात्र कोरिया जाँदैनन्, कोरियाली पनि आउने रैछन् नेपालमा तालिम लिन

Posted on July 13, 2015July 13, 2015 by Salokya

हरेक वर्ष कोरियामा काम गर्न जान भाषा परीक्षा दिन लाग्ने लामो लाइन देखेर दिक्क मान्नुभएको भए एउटा रोचक खबर- नेपाली मात्र कोरियामा जाँदैनन्, कोरियाली पनि नेपालमा आउने रहेछन् तालिम लिन। अर्थमन्त्री डा. रामशरण महतले आव २०७१।७२ को आर्थिक सर्वेक्षण टेबल गरे। यही सर्वेक्षणको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला कार्यक्रममा कोरियालीलाई तालिम दिएको उल्लेख छ। त्यो पनि चानचुने तालिम हो र, इबोला भाइरसको परीक्षण तालिम।

korea

यसमा २०७१/७२ को आठ महिनामा ४ जना कोरियन र १५ जना नेपालीसमेत १९ जनालाई इबोलासमेत खतराजन्य भाइरसको परिक्षण तालिम प्रदान
गरिएको भनिएको छ। ती चार जनालाई कोरियन भनिए पनि उनीहरु उत्तर कोरियन हुन् कि दक्षिण कोरियन चाहिँ खुलाइएको छैन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme