‘चित्तलाई एकाग्र गर्न एक प्रतीक चाहिन्छ, त्यसैले म मूर्ति-पूजाको पक्षधर हुँ।’ एक धर्म ले अन्य दुई धर्मलाई आफ्नो श्रेष्ठता सिद्ध गर्ने उद्देश्यले भन्यो।
‘म मूर्तिपूजाका कडा विरोधी हुँ, तर म मुर्दाहरुको पूजाका पक्षधर हुँ, त्यसैले म श्रेष्ठ हुँ।’ अर्को धर्मले भन्यो।
‘म त मूर्तिपूजाका कट्टर विरोधी हुँ, तर म एक स्थान-विशेषमा बसेर एक चित्र विशेषको पूजा, त्यससँग प्रार्थना र आराधनाको पक्षधर हुँ, त्यसैले म तिमी दुवैभन्दा श्रेष्ठ हुँ।’ तेस्रो धर्मले भन्यो।
श्रेष्ठता सिद्ध गर्ने होड़मा तीनै जना एक धर्मनिरपेक्ष व्यक्ति कहाँ निर्णयका लागि पुगे। उसको अगाडि आ-आफ्ना तर्क राखे।
त्यो व्यक्ति यो सोचेर मुस्कुराए कि प्रतीकको पूजा तो तीनै जनामा प्रचलित रहेछ, तर उसले निकै समझदारीका साथ उत्तर दिए- जुन धर्मका पालन गर्नेहरु जहाँ बढी हुन्छन्, त्यहाँ त्यही धर्म श्रेष्ठ हो। अर्थात् तिमीहरुको श्रेष्ठता तिमीहरुको सिद्धान्तमा होइन, बरु बहुमतमा छ।
(आलोक कुमार सातपुतेको हिन्दी लघुकथाबाट अनुदित)
[तपाईँले पनि कथा, लघुकथा लेख्नुभएको छ र माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ। ]