Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाली मिडिया रिपोर्टलाई ‘ननसेन्स’ भन्ने जोन जिङले न्युयोर्कको पत्रकार सम्मेलनमा के भने?

Posted on July 9, 2015July 10, 2015 by Salokya

john-ging
डब्लुएफपीले बाँडेका चामल कुहिएको परेको भन्नेबारे नेपाली मिडियामा छापिएका रिपोर्टलाई ननसेन्स भनेको भन्दै विवादमा आएका Office of the Coordination for Humanitarian Affairs (OCHA) का Operations Director जोन जिङले न्युयोर्कस्थित राष्ट्रसंघको कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी आफ्नो नेपाल भ्रमणबारे जानकारी दिएका छन्।

नेपालमा पत्रकार सम्मेलनका क्रममा उनले नेपाललाई आवश्यक नभए खाद्य सहयोग यमन, सिरियातिर पठाउने भने भनेर बबाल मच्चिएको थियो। न्युयोर्कको प्रेस ब्रिफिङमा भने उनले उद्धार कार्य इम्प्रेसिभ भएको भन्दै प्रशंसा गरे। प्रभावित समुदाय, स्थानीय संस्था र सरकारको कामलाई हिरोइक भन्दै प्रशंसा पनि गरे।

भन्सारको प्रक्रिया झण्झटिलो भएको र राहत सामाग्रीमा कर उठाइएकोमा भने उनले आलोचना गरे।

यी पत्रकारले सोधेका थिए जिङलाई गुणस्तरहीन खाद्यान्न बाँडेको बारे प्रश्न
यी पत्रकारले सोधेका थिए जिङलाई गुणस्तरहीन खाद्यान्न बाँडेको बारे प्रश्न

खानै नमिल्ने खाद्यान्न बाँडेकोबारे एक पत्रकारले प्रश्न गर्दा उनले भने, हो नेपालमा केही आलोचनात्मक प्रेस रिपोर्टिङ भएका थिए। तर पाएका सूचना र प्रमाण हेर्दा त्यस्ता अखाद्य वस्तु गोदाममा फर्काउनका लागि राखिएका थिए। गुणस्तरहीन खाद्यान्न बाँडेको कुनै प्रमाण छैन। एउटै स्रोतका समाचार बारम्बार दिइयो।

तर नेपालको मानवअधिकार आयोग, संसदीय समितिले गरेको स्थलगत अध्ययनमा गुणस्तरहीन खाद्यान्न बाँडेको रिपोर्ट आएको थियो।

उनले सरकार डब्लुएफपीको कामप्रति खुसी रहेको पनि दावी गरे।

हेरौँ पत्रकार सम्मेलनको भिडियो (गुणस्तरहीन खाद्यान्न बारे १८ मिनेटदेखि हेर्नुस्) –

3 thoughts on “नेपाली मिडिया रिपोर्टलाई ‘ननसेन्स’ भन्ने जोन जिङले न्युयोर्कको पत्रकार सम्मेलनमा के भने?”

  1. Jhalakman says:
    July 12, 2015 at 12:59 pm

    In Nepal, we are so used to donors telling us what to do and what not to do whereas donors themselves do not follow the rules. I think John Jing must have thought that a poor country will have to take what they give. What he forgot is that he is NOT a bilateral donor. Nepal is part of the UN. Even after there was a proof of distributing rotten rice, he used the words like NONSENSE when he was asked. We have become so subservient that these people thought we will not protest it.
    I wonder why the Nepali Times, which has a readership among expatriate community, and Himal Media espouses the causes of the people, did not make it known abut John Jing’s Nonsense comment and his threat to divert the rice to Yemen and Syria.
    Nepal should protest strongly at the UN about this official’s comment.

    Reply
  2. रामे says:
    July 11, 2015 at 5:19 pm

    John Ging, you are not the owner of WFP and all these donations are not coming from your pocket. For your kind information all donations are from donor. WFP and you are just managing things and sorry to say that it is one of the worst management and just bribing everywhere. So stop lying and don’t threaten us. You can take help to other country, we don’t give a shit. Rather than eating rotten food Nepali people will not eat. We don’t need your help.

    Reply
  3. Navin Rayamajhi says:
    July 10, 2015 at 4:42 pm

    जोन जिङ त् झुटो बोल्दा रहेछन.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme