हेल्लो सिइओ सा’ब !
प्रभु बैंक लिमिटेड
सिइओ सा’ब म तपाईंको बैंकको नियमित ग्राहक हुँ। कारोबार सानै भए पनि अरु बैंकभन्दा तपाईंको बैंकबाट सेवा राम्रो हुने अपेक्षासाथ लामो समयदेखि कारोबार गरिरहेको छु । तर, अब भने तपाईंको बैंकको सिष्टम र तपाईंका कर्मचारीको कछुवागतिको व्यवहारका कारण भने दिक्क लाग्न थाल्यो।
कुरा के भने, हिजो मिति २०७२ असार २३ गते बिहान साँढे ९ बजे तपाईंको बैंकको बनेपास्थित एटिएम मेसिनबाट मैले मेरो खातामा रहेकोमध्ये १० हजार रुपैयाँ निकाल्न खोजें। मेसिनमा कार्ड हालिसकेपछि पिनकोड राखेर मैले फाष्ट क्याँसको अप्सनमा थिचें । मेसिनले प्लिज कलेक्ट योर क्याँस भन्यो र पैसा खसेको आवाजसमेत आयो। तर, पैसा बाहिर निस्केन साथै कार्ड पनि निस्किएन । पाँच मिनेट पछि नेटवर्क टाइम आउट भन्दै कार्ड फालिदियो । मैले तत्काल एटिएम मेसिन भएको ठाउँमा टाँसिएको तपाईंको अफिसको ०१४७८८५०० नम्वरमा ९ बजेर चालिस मिनेटमा फोन लगाएँ।
फोन उठाउने कर्मचारीले तत्काल सम्वन्धित शाखामा खबर गर्न भनेपछि मैले तत्कालै बनेपा शाखा (जुन एटिएम मेसिन भएको घरभन्दा २ सय मिटर पूर्व रहेको छ) मा पुगेर खबर गरें। त्यहाँका कर्मचारीले एउटा फर्म भराउनुभयो। अनि उहाँले भरेसम्म तपाईंको पैसा फिर्ता हुन्छ भन्नुभयो। मैले ‘पक्का हो ?! भनेर सोध्दा उहाँले ‘पक्का’ भन्नुभयो। (उहाँको नामचाहिँ मैले सोध्न विर्सिएँ । तर, आज बिहान १०१५ बजेसम्म पनि पैसा फिर्ता नभएपछि पुनः बनेपा शाखामा पुग्दा हिजो फर्म भराउने कर्मचारी नै विदामा बस्नुभएको रहेछ भने उहाँले फर्म भराएर त्यतिकै छाडिदिनुभएको रहेछ। अन्य कर्मचारीले मेरो समस्याका बारेमा अनभिज्ञता जनाउँदै दुई हप्ता नभई पैसा फिर्ता नहुने बताउनुभयो र आज फेरि अर्को फर्म भर्न लगाउनुभयो।
आजै बिहान अर्को समस्या आयो । मैले मोबाइलको टपअपबाट मेरो मोबाइल नम्बर ९८४१८६४३४३ मा एक सय रुपैयाँको रिचार्ज गर्न एसएमएस पठाएँ तर खाताबाट पैसा घटाए पनि यतिबेलासम्म रिचार्ज भएको छैन।
अब तपाईंलाई मेरा केही प्रश्न :
१. हिजो साँझसम्म पैसा आउँछ भनेर मलाई किन ढाँटियो ?
२. तपाईंको एटिएम मेसिन राखेको ठाउँ भैंसीको गोठ भन्दा भिन्न छैन धुलैधुलो र फोहोरका कारण तपाईंको मेसिनले काम नगरेको हो ?
३. राष्ट्रकै नंबर एक बाणिज्य बैंक बन्ने अभियानसाथ अगाडि बढ्नुभएको तपाईंको बैंकमा ग्राहकको समस्याको समाधान २४ घण्टा वितिसक्दा पनि हुँदैन भने तपाईंहरुलाई विश्वास कसरी गर्ने ?
४. ग्राहकहरुले बैंकिङ च्यानलबाट कारोबार गर्दा आफ्नो कारोबारमा सहजता आउँछ भनेर प्रयोग गर्ने हो तर त्यो वेथितिले ग्राहक नै मारमा पर्न थालेका छन्। मैले निकाल्न खोजेको १० हजार रुपैयाँले मानौं कसैको उपचार वा अतिआवश्यक काममा खर्च गर्नुपर्ने थियो भने के तपाईंहरुको लापर्वाहीका कारण ग्राहकले समस्यामाथि समस्या खेप्ने ?
५. मलाई हिजो बेलुकासम्म काम हुन्छ भनेर भन्ने कर्मचारीले किन लापर्वाही गरेर मेरो समस्या सम्बन्धित ठाउँमा पुर्याउनु भएन? के तपाईं ती कर्मचारीलाई स्पष्टीकरण लिन सक्नुहुन्छ?
६. मैले यो लेख्नेबेलासम्म पैसा मेरो खातामा फिर्ता भएको छैन। भन्नुस् कहिलेसम्म फिर्ता हुन्छ? अनि मेरो नम्बरमा कतिबेलासम्म रिचार्ज भइसक्छ ?
र अन्त्यमा,
सिइओ सा’ब !
तपाईंहरु ठूलो मिसन बोकेर हिँड्नुभएको छ भने साना समस्या पनि समयमै समाधान गरिदिनु होला। मेरो काम आजै होला वा भरे होला तर दुई सातासम्म लाग्ने तपाईंहरुको सिष्टमले तपाईंहरुप्रति ग्राहकले गरेको विश्वास गुम्छ। मेरो समस्या तपाईंहरुका लागि सानो, निकै सानो होला। तर, सामान्य ग्राहकका लागि त्यो पहाडभन्दा ठूलो हुन्छ।
उही तपाईंको ग्राहक
विनोदकुमार न्यौपाने
पाँचखाल–९ काभ्रे
फोन नम्बर ९८४१८६४३४३
Bank को कर्मछारी को केहि दोस थिएँ मा तेही थिए . तेस्तो सार्बजनिक ठाउमा गएर मा गुण्ड लिएर आउछु वनेर तेस्तो गर्मि मा वुइचलो ले बिजोक बनाएको ठाउमा गएर निर्दोष कर्मछरी लै थर्कौना मिल्दैन .बिचार कर्मचारी पर्तेक लै बाहिर बसेर आफ्नो आबस्त र चाडै आर्कोथौबता बाट बेवास्थित सेवा दिने जानकारी दि राखेको देखिन्छन. तेस्तो वत्केको घरबाट पनि ग्राहक ललाई आसुविद हुन्छा वनेर atm चलाएका छन्. महासय तपाइको घर construction गरेको ठाउमा baluea ita हुदैनारा?
हामी भने बैंक लाई विश्वास गरेर आफ्नो सबै पैसा जम्मा गर्छौ तर बैंकभने जाबो एउटा पेन पनि रबर ले बाँधेर राखेको हुन्छ बैंक लाई आफ्ना ग्राहक माथि कति विश्वास छ आफै विचार गरौ
प्राविधिक हिसावले यो नेटवर्कको समस्या हो कुनै ठुलो कुरा् होइन मित्र ! हरेक एटिम मेशीन सम्बन्धीत बैकको सम्पति हो तर नेटकर्क बैकको होइन, नेपालमा धेरै बैक छन् यद्यपी एटीएम नेटवर्क प्रोभाइडर एक दुइ मात्र छन्, मोवाइलमा नेटवर्क आएन भनेर मोवाइल ल्यादिनेलाइ किन हपार्नु हो ? तर कम्तीमा बुझाइदिनु चै पर्छ नि ………
Namaste!
Well, I truly understand your frustration, it has happened to me outside Nepal as well. The staff who gave you false information about returning your money within the same day should be held liable for his misleading information including his management, however just to share with you that you can not get money in one or two days if such situation happens. They are right about filling up form means filing a claim which is a legal procedure. There was technical glitch as you experienced it, what if while you were sharing this with some people, some evil minded people go to same ATM and withdraw money, Nrs10,000 and turn to bank and say he never received his money physically but he got deduction in accounts, for the Bank having technical glitch, they will also think it possible and will investigate his case too carefully. Plus, every single thing in Bank has to be legally documented too, bank has to send a claim to certain department which takes care of calculating the fund which was in that particular machine, if there was no claim by you plus due to technical glitch, the calculator might not find that excess money was actually your and system will lock the money as discrepancy.
Now, why the process would take so long? Nothing can be so frustrating when an amount which is supposed to on hand to clear another bank loan before leaving the country for good but money got stuck in first bank and I had to go through all these steps for good weeks, that was in a developed country unlike Nepal. An ATM machine does not do transaction for only Prabhu bank which are internal thus easier, however it makes transaction between different banks within the country, plus some foreigner might have used it to make some international transactions too. Now bank has to verify each and every single transactions done from the day they had loaded the cash in the machine until the day they will reload the machine. International transactions and cross banks transactions are given extra care to see if there was any fraudulent transactions to make system appear excess amount or to see if any transaction had miscalculation. All these verification can actually take longer than 15 days however your bank has given you time of 14 days which is good enough. I strongly agree with you that bank should not have given you any false promise at the first place. I am myself in customer service industry, hence I strongly believe that bank has to deal your case very carefully and has to explain you in full why it might take time, what is the next bank is going to do and how long bank will take time, if things do not work on time bank should have responsibility of calling you and keep you in the loop. An empathy customer care can calm any situation down!
I wish you best of luck and hope bank clears your bank quickly. Please remember, bank has not taken your money, money got stuck in the machine and now bank wants to verify they are giving money back to the right customer and the sole owner of the money but not to some fraud. Do you want your money to land on some fraud’s hand?
Pradip
The seller!
बिनोद ज्यू, प्रस्तुति मिठ्ठो छ, कथा दर्दनाक ! लु, केहि थप अरु नि गर्नुहोला | सोझोसंग न’डराउनु तर बाठ्ठो भनाउदोसंग सकिन्न..!!!
SWIFT Code भनेको के हो, त्यो थाहा नहुने कर्मचारी हरु भएको बैंक के गतिलो हुन्थ्यो र…
सजिलो छ उपाय – अन्य ग्राहक लाइ समेत असर पर्ने गरि बेस मारी थर्काउने – मेरो पैसा नदिदा सम्म तेरो बेंक बंध हुन दिन्न भन्ने ! एक जना सहयोगी लाइ भिडियो खिच्न लाउने (प्रमाण को लागि) मुख छाडेर (फोहरी सब्द बाहेक) बोल्ने ! सब लाइ “त” भन्ने ! म्यानेजर लाइ “कति तलब खान्छस ? मेरो घर को नोकर ले जत्ति ? भन्दै बेइज्जत गर्ने ? कहा को भिखारी को छोरा होस् भन्ने ? यो उपाय ले मेरो ३ घण्टा मा ५लाख ५० हजार पैसा फिर्ता पाएको छु ! घर पुगेको कर्मचारी लाइ लिन पठाएर पैसा निकालेर देको छ ! नत्र त आज भोलि गर्दै ७ दिन लाइदि सकेको थियो !
नेपाली कन्सुलेट मा पनि यहि उपाय गरेको छु ! “सक्षम भएर होइन नेपाली नेता को चाकरी गरेर आको छस बढी कुरा गर्छस ?”
सक्षम भए आज नेपाली कन्सुलेट को कुरो विदेश मा कुकुर भुकाइ हुन्थ्यो ? तेरो घर ठेगाना सब थाहा छ तेरो गाउ जान्छु – तैले पद मा बसेर के गर्न सक्छस गर ! म तेरो घर मा पुगेर जे गर्न सक्छु गर्छु ” भनेसी बल्ल काम भाको छ ! सबै लाइ यहि उपाय त होइन – कानुन सम्मत काम छ र गर्न मान्दैन भने – त्यो जस्तो हिसाब ले प्रस्तुत हुन्छ तपाई त्येस्तै हिसाब ले प्रस्तुत हुनुहोस !
कानुन एक तर्फी होइन २ तर्फी चल्छ ! सरकार को कुनै पद मा बसेर कानुन सम्मत काम गर्न मान्दैन, ढिला गर्छ, आनाकानी र सेवा ग्राही संग बाझ्न थाल्छ ! भने त्यो पनि अख्तियार दुरुपयोग हो ! कानुन ले यी कुनै पनि कुरा मा सरकारी कर्मचारी लाइ छुट दिदैन !
Last week i try to deposit 4000 Qatari Riyal from Doha Bank ATM mechine in Doha Qatar. I had 8 five hundred notes. I insert my card and cash as per the intrusction desplayed in screen. But after 30 second i got back one five hundred note only. Rest of the amount nither its deposited in my account nor i get back. Right away i went to nearest Doha bank. They gave me the customer care number and advise to complain. I called, they asked my all details with acoount no and the location of the mechine. After five minut they called me and said it takes 5 working days to get the money back. But i refuse it, i said the its very urgent it need to deposit in the same days. Again they ask me for call back. I was standing next to the ATM mechine. After 30 minut one nepali security and one bank staff came and open the mechine. They toke out my money and enter to the bank.I told them im the one who complain for this case. they asked my Qatar ID and they inter to check the camera. after five minut i got one sms with appoloige from bank. and amount deposited im my account. They give me one Malbar Jewelllers 300 riyal give voucher as a compansetion. I can slove the problem almost with in 3 hours. Nepali banks has to learn something.
You are wright . We need to flash on media . People will learn something. Thank you
hi PRABHU BANK careless must get punishment, see other country little mistake they loosing whole reputation , i know PRABHU BANKS CEO is studying from uk be care full and give massive facilities .
यो बैंकले मेरो पनि १०००० खाएको खाए बनायो …तरिका यस्तै थियो
यसै सन्दर्भमा,
बैकका कर्मचारीहरुलाई पनि ग्राहक संग कस्तो व्यवहार गर्ने, त्यसको तालिम दिन आबश्यक छ / पैसा जम्मा गर्न जाँदा पनि ठाडो व्यवहार गर्छन / कत्ति नै उसकै पैसा लिन गएको जस्तो /
मेरो पनि ४ बर्ष अगाडि तत्कालिन किस्ट बैंकको पुरानो बानेश्वर शाखाबाट पैसा निकल्दा १००० थोरै दिएको थियो । मैले १ महिनासम्म धाये तर पाइन, भो भनेर छोडे ।
अपडेट :
प्रभु बैंकले मेरो दशहजार फिर्ता गर्यो । ,’दुई घन्टामा पैसा फिर्ता नभए बैंकमा ताला लाइदिन्छु’ भनेर
थर्काएपछि । त्यहिका कर्मचारिका अनुसार मैले हल्लखल्ल नगरेको भए दुई साता लाग्थ्यो रे । नेपालमा
सहज तरिकाले केही पनि नहुने ?
अझै रिचार्ज नगरिदिए वापतको सय चै पच नै पारिरहेको छ ।
बि के यन जी
तपाइँ मिडिया को सरण मा आएर राम्रो गर्नु भो |बगरे सग दयाको भिख माग्नु , इमान जमान न भएको सग इमान्दारिताको आश गर्नु को के तुक ?
That is the current but common issue facing but lots of debit card user… problem is operating lots of Atm and pos machine without handling capacity. vinod ji tapai jasto jagaruk upavokta lai yo kurako lagi danyabaad
बुटवल को ग्लोबल बैंक को ATM र म्याग्दी बेनी को citizen बैंक ले नि मेरो १० -१० हजार खाको छन् | मेरो नि भोगाई येस्तै हो तर मैले पैसा फिर्ता पाएन , ATM मा पैसा झरेको आवाज़ आको थिओ |
सामान्य हो सर यस बैंक कर्मचारी को काम म २/३ शाखामा जादात्यहाँपाएँ ब्रान्च मनाजर वा अन्य कर्मचारी को व्यवहार धेरैको मैहू भन्ने कोहि राम्रपनी छन् तर तिनीहरुको केहिचाल्दैन केगर्ने यहाँ यस्तैचल्छ?
एस्तो समस्या मलाई पनि धेरै चोटी काठमाडौँ सुकेधारा ब्रान्च र बुटवल मिल्लान्चोव्क ब्रान्चको atm बाट पैसा withdraw गर्दा परेको छ. र कर्मचारी को response ले गर्दा मैले प्रभु बाट मेरो खाता नै बन्द गरे.
नेपाल राष्ट्र बैंक ले एस्लाई किन seriously न लिगेको होला?
प्रभू ज्यू याेत यसरीत अलि भएननी
ग्राहाक भट्किएला है म पनि साेच्दैछु
मलाई विश्वास छ , परिणाम यथा सम्भब तुरुन्त आउने छ र बास्तबिकता निर्धारण हुनेछ , पिडित को भाबना को कदर गर्दछु , सबै जन समुदाय आत्मरक्छक हुन् जरुरि छ, धन्यबाद !