Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संसद सचिवालयको पारा हेर्नुस्, बिचरा सभामुखलाई जोकर बनाए

Posted on July 8, 2015July 9, 2015 by Salokya

herdai10
बुधबार व्यवस्थापिका संसदमा राष्ट्रपति रामवरण यादवले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम थियो। यस्तो महत्वपूर्ण कार्यक्रममा संसद् सचिवालयको पाराले सभामुख सुवास नेम्वाङलाई जोकर देखाइदिने काम भयो। सबैभन्दा पहिला त सभामुख र राष्ट्रपतिको कुर्सी त्यसरी कुमै जोडेर राख्न नहुने थियो। अर्को गल्ती त्यो दृश्य खिच्ने सचिवालयकै भिडियोग्राफरहरुको। संसदभित्रको दृश्य सचिवालयकै भिडियो युनिटले खिच्ने गर्छ। बाहिरको टिभीले त त्यहाँबाट दृश्य लिएर प्रसारण गर्नेमात्र हुन्।

अब हेर्नुस् न, कार्यक्रम थियो राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्ने। फ्रेममा थिए दुई जना। सभामुख र राष्ट्रपति। राष्ट्रपतिले वाचन गर्ने कार्यक्रममा राष्ट्रपतिलाई मात्र फ्रेममा नराखी चुप बसिरहेका सभामुखलाई समेत पारेपछि उनको हाउभाउले बिजोग पारा देखियो। कहिले सभामुखले आँखा तन्काएर राष्ट्रपतिले वाचन गरिरहेको कागज हेरिरहेका छन् त कहिले हाई गरेका छन्। कहिले मुख छोपेका छन् त कहिले नाक कोट्याएका छन्। अलि चनाखो अनलाइन एडिटर भएको भए त्यस्तो दृश्य लाइभ देश विदेशमा नदेखिने पनि बनाउन सकिन्थ्यो। तर वास्तै गरेनन्।

राष्ट्रपतिले सम्बोधन रोकेर पानी माग्ने स्थिति आउनु पनि सचिवालयको बिजोग पाराको एउटा नमूना थियो।

हेर्नुस् सभामुखका हाउभाउ

herdai9

herdai8

herdai7

herdai6

herdai5

herdai4

herdai3

herdai2

herdai1

herdai

7 thoughts on “संसद सचिवालयको पारा हेर्नुस्, बिचरा सभामुखलाई जोकर बनाए”

  1. Roson Limbu says:
    July 14, 2015 at 8:22 am

    हो, केदार जी को कमेन्ट सहि छ. नेपालका कर्मचारीको त के भन्नु खै पिउन पनि हाकिम सरह . हाकिम हरुले उचालेर त होला नि . नउचालुन पनि कसरी ? हर्ता कर्ता नै उही हुनेरहेछ . हाकिमका श्रीमतीलाई महँगो सारी देखि घर ढोकामा तरकारी पुराउने नै उही पियेन साहब .

    Reply
  2. rohit says:
    July 13, 2015 at 10:17 am

    Hamro desh ma kasko post tholo president ya speaker. They are sitting in same level. Are they equal?

    Reply
  3. Gaurab Nepali says:
    July 10, 2015 at 10:27 pm

    कहाको सचिवालाये होर यो, सम्मेलन भवन हो अर्थात् मेला भवन ! महासयेहरु पर्फेक्ट भए पो कर्मचारी पनि पर्फेक्ट हुन्छन ! खैर. नेता सुहाउदो काम त गरेकै छन् है ! महाराज धिरज त होइनन नि !

    Reply
  4. kedar says:
    July 9, 2015 at 6:44 pm

    हामी नेपालीको काम नै भात मारा | निजामती कर्मचारीको काम त् झन् राजाको काम कहिले जाला घाम २००% लागु हुन्छ | दक्ष, मौलिक र ब्यबसायीक भन्ने कुरा गिदीमा छिर्न सक्ने ठुल ठुला प्वाल नै छैनन् टाउको र दिमागमा | सके कसैको चाकडी र सोर्सफोर्स मार्फत जागिर समतो कि घोटो घोटो सक्दो घोटेर आयोग पास गरो | तेस्पछि सुरु हुन्छ हागटा (हाजिर गरेर टाप) | कुनै काम गरिहाल्नु परो भने काम त यी येस्तै हो फेरी | पार्टीको पुच्छर समातेर हल्दार हुनु त सरकारी कर्मचारीको धर्मै भाको छ | अनि लास्टमा गएर दुइटा नागरिका लिन्छन र सेवा अबधी बढाउने खेलमा लाग्छन |

    Reply
  5. XYZ says:
    July 9, 2015 at 4:56 pm

    I don’t think Mr Speaker knows about what is called shame. If anyone reading Kantipur news would easily remember, when immediately after the dissolution of last CA, on the occasion of Ganatantra diwas, Mr Speaker had to return back after he could not find his seat at the podium with other VIPs. This man is a hopeless figure in Nepal. My own conclusion why last CA could not draft constitution is because there were two guys – Mr Nilamber Acharya and Mr Subas Nemwang – the major bottlenecks. Now, with Mr Arharya gone, we still have 50% probability of drafting or not drafting constitution.

    Reply
  6. लौटन अवधि says:
    July 9, 2015 at 8:35 am

    सबै लाइ आफ्नो देश को चिन्ता हुन्छ ! नेपाल को बाल मतलब कसैले हेर्दैनन् – ढुक्क भए हुन्छ ! युरो संघ को ग्रिस संकट – उफा मा ब्रिक्स को सम्मेलन जस्ता संसार परिबर्तन गर्ने घटना – छाडेर कल्ले नेपाल को हेर्छ ? नया बानेस्वर को गेट बाहिर पनि परिबर्तन गर्न नसक्ने झुरे चर्तिकला हेरेर बस्ने तपाई हामि मात्रै हो !

    Reply
  7. dor Prasad says:
    July 8, 2015 at 11:52 pm

    जनता को सासन मा येस्तै हो कि ? राजा को सासन भए फोटोग्राफर को जागिर चट् हुन्थ्यो कि …

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme