Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हे भगवान्, अब हुँदाहुँदा खेलकुदलाई पनि संविधानको मौलिक हकमा राख्नुपर्‍यो रे, मन्त्रीको माग

Posted on July 8, 2015July 8, 2015 by Salokya

purusotam1 एमालेका नेता एवं युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले मंगलबार संविधानसभामा संविधानको मस्यौदामाथिको छलफलमा भाग लिँदै संविधानमा खेलकुद क्षेत्रलाई मौलिक हकमा राखिनुपर्ने माग गरे। किन रे त भन्दा अन्तर्राष्ट्रिय पहिचान र स्वस्थ्य जीवनका लागि रे।

हे भगवान्, अब के भन्नु। खेलकुद मन्त्रीकै बुद्धि यस्तो भएपछि। के संविधान भनेको भएभरका सबै कुरा लेख्ने ठाउँ हो? मौलिक हक भनेको के हो, मन्त्रीलाई त थाहा रहेनछ भने अरुलाई के थाहा होला !

संविधानको धारा २१ देखि ५१ सम्म राखिएका ३०/३० वटा मौलिक अधिकार राखिएका छन्। लेखे मात्रै हुने, कार्यान्वयन गर्नु नपर्ने कुरा होइन मौलिक हक भनेको। सही व्याख्या र कार्यान्वयन मात्रै भयो भने पनि थोरै मौलिक हकले धेरै कुराको प्रत्याभूत गर्न सक्छ भन्ने कुरा यिनीहरुलाई के मतलब।

धन्न अर्का मन्त्रीले राजीनामा दिन भ्याए, नत्र उनले रोपाइँमा हिलो छ्याप्न पाउनु पर्ने वा आशीर्वाद लिन पाउनु पर्ने कुरा पनि मौलिक हकमा लेख्नु पर्छ भन्थे कि।

खेलकुद मन्त्री भएकैले खेललाई मौलिक हकमा राख्नु पर्ने माग गरेको कूतर्क गर्ने भए ऊर्जा मन्त्रीले बत्ती बाल्नुपर्ने, जनसंख्या मन्त्रीले बच्चा जन्माउनु पर्ने माग गरे भने ?

मौलिक हककै कुरा गर्दा, तपाईँलाई थाहा छ कि छैन, यो स‍ं‍विधान लागू भइसकेपछि तीन वर्षभित्र बेरोजगार भत्ता दिनुपर्ने हुन्छ। किनभने यसमा रोजगारीलाई मौलिक हकमा राखिएको छ। रोजगार नपाएकोले कानुन अनुसार बेरोजगार भत्ता पाउने हक हुने भनिएको छ। अनि संविधान लागू भएको तीन वर्षभित्र कानुन बनिसक्नु पर्छ भनिएको छ यही संविधानको मस्यौदामा।

यस्ता यस्ता कुरा देखेपछि खेलकुद मन्त्री किन नचम्कून त, माग्दिए उनले पनि खेलकुद पनि मौलिक हकमा राख्नुपर्छ भन्दै।

12 thoughts on “हे भगवान्, अब हुँदाहुँदा खेलकुदलाई पनि संविधानको मौलिक हकमा राख्नुपर्‍यो रे, मन्त्रीको माग”

  1. Rohini says:
    July 8, 2015 at 11:27 pm

    नेपालमा मन्त्रि बन्नलाई कुनै योग्यतानै चाहिदैन| राजनीतिक कार्यकर्ता भए पुग्छ|
    जो पनि मन्त्रि बन्न सक्छन अनि ति मन्त्रीलाई के बोल्ने के नबोल्ने अत्तो पत्तो हुदैन|

    Reply
  2. Mk says:
    July 8, 2015 at 10:38 pm

    येसो हेर्दा, नेपालमा – अनविज्ञ हरु विज्ञ भएर वसेका छन् , अनि विज्ञहरु चाही अनविज्ञ /एस्तो गाइजात्रे परिपाटी कहिले उल्तियेला र देशमा विकास होला /

    Reply
  3. डिल्ली says:
    July 8, 2015 at 2:39 pm

    अब ऐन, कानुन, नियम, विनियम सबै संविधानमै राख्नु पर्छ । यसमा ठग, चोर, डाका, फटाहा, लुटाहा, माग्ने को पनि सङ्गठन गर्ने छुट मौलिक हकको रुपमा लेख्नु पर्छ । ठगी खान, सुति खान, लुटी खान मागि खान मौलिक हक स्थापित गरिनु पर्छ । भ्रष्टाचारीलाई मात्रा र तह हेरी कति किलोको फूलमाला पहिर्याउने हो सम्विधानमै लेख्नु पर्छ । दल, मादल, बादल, बैद्य, झाँक्री सबैलाई संविधानमै समेट्नु पर्छ । काले ध्वाँसे छिर्बिरे, चु्च्चे, चेप्टे, नेप्टे, ट्रान्जिटको, हिजो आइपुगेको, आउन ठीक्क परेर टिकट काटेको सबैलाई नागरिकता दिनु पर्छ । तीन त्रिलोक चौधै भुवनका दुई खुट्टा उभ्भिने मानिस कहिनेलाई नेपाली नागरिकता दिने संविधान लेख्नु पर्छ । संसार भरि सबै तिरकालाई नेपाली नागरिकता बाँढ्नु पर्छ र सबैलाई नेपाली बनाइदिए पछि संसारै हाम्रो हुन्छ लु गरिब भनेर हेपुन त मोराहरूले । अङ्श, विदेश, डिभी पिआर पनि मौलिक हक भनेर संविधानमै ठोक्नु पर्छ । त्यसो भए संसारको सबै भन्दा ठूलो संविधान बन्छ र गिनिज बुक अफ वर्लड रेकर्डसमा नाम रचिन्छ अनि जुन दिनसम्म देशको नक्शा पूरै विदेशमा मिसिदैन त्यो दिनसम्म नेपालको नाम अमर हुन्छ ।

    Reply
  4. prakash canada says:
    July 8, 2015 at 8:54 am

    सिछ्या र खेलकुद मौलीत हक भित्र पर्दछ भन्ने उल्लेख भएको संबिघान संसारमा घेरै छन् । के अनौठो भयोत ?

    Reply
    1. Lava Bhatta says:
      July 8, 2015 at 11:41 am

      जसलाई मौलिक हक भनेकै थाहा छैन, मौलीत हक भन्ने बुझ्छ, उसले संसारका धेरै देशको संविधानमा छ भनेर गफ हाँक्छ बा…..कुन कुन देशमा छ भन्नुस् त मौलीत हकमा क्यानडेली बोरो

      Reply
      1. bibek_Canada says:
        July 9, 2015 at 1:10 am

        Article 1. The practice of physical education and sport is a fundamental right
        for all
        1.1. Every human being has a fundamental right of access to physical education and
        sport, which are essential for the full development of his personality. The freedom to
        develop physical, intellectual and moral powers through physical education and sport
        must be guaranteed both within the educational system and in other aspects of social life.
        1.2. Everyone must have full opportunities, in accordance with his national tradition of
        sport, for practising physical education and sport. developing his physical fitness and
        attaining a level of achievement in sport which corresponds to his gifts.
        1.3. Special opportunities must be made available for young people, including children
        of pre-school age, for the aged and for the handicapped to develop their personalities to
        the full through physical education and sport programmes suited to their requirements.
        Article 2. Physical education and sport for an essential element of lifelong
        education in the overall education system
        2.1. Physical education and sport, as an essential dimension of education and culture,
        must develop the abilities, will-power and self-discipline of every human being as a fully
        integrated member of society. The continuity of physical activity and the practice of
        sports must be ensured throughout life by means of a global, lifelong and democratized
        education.
        2.2. At the individual level, physical education and sport contribute to the maintenance
        and improvement of health, provide a wholesome leisure-time occupation and enable
        man to overcome the drawbacks of modern living. At the community level, they enrich
        social relations and develop fair play. which is essential not only to sport itself but also to
        life in society.
        2.3. Every overall education system must assign the requisite place and importance to
        physical education and sport in order to establish a balance and strengthen links between
        physical activities and other components of education

        Reply
        1. Lava Bhatta says:
          July 9, 2015 at 11:59 am

          क्यानाडेलीलाई कुरीकुरी
          यो कुन देशको संविधान हो र ? यो त युनेस्कोको वडापत्र हो
          http://portal.unesco.org/en/ev.php-URL_ID=13150&URL_DO=DO_TOPIC&URL_SECTION=201.html

          हावा कुरा गर्ने, खै कुन देशको संविधानमा छ खेलकुद तिम्रो ‘मौलीत’ अधिकारमा
          संसारमा धेरै छन् रे । एउटा त देखाउन सक्या हैन

          Reply
    2. डीपी says:
      July 8, 2015 at 10:04 pm

      हरे! क्यानाडाबाट त्यस्तो गफ नगर्नुस है बोरो| ल देखाउनुस कुन कुन देशको संबिधानमा कुन धारामा खेलकुद मौलिक अधिकारमा हालेको छ|
      खेलकुद होइन चलखेल मन्त्रि हुन्|

      Reply
  5. kedar says:
    July 8, 2015 at 4:25 am

    चाकडीकै भरमा बाच्ने पार्टी कार्यकर्ताको खोल ओडेका येस्ता सम्मरेहरुसंग बसेर १५ मिनेट मात्रै कुनै बिषयमा दोहोरो गफ गर्नु पर्छ, बरु ९ बर्षे मेरो छोरो यी भन्दा त कती हो कती तार्कीक छ भनेर भाग्छन मान्छे | गिदीमा साच्चैको गोबर त राजनतिक हल्दारहरुकोमै हुन्छ |

    Reply
  6. Shankar says:
    July 8, 2015 at 2:09 am

    ये जे बोल्देनि भा छ हो | किन भन्दा , मैले पनि सदन मा बोले नि भन्न परेन ?
    राजेन्द्र महतो ले अब काठमान्डू नाका बन्दि गर्ने भन्दै थ्यो , तेस्तै आधा दर्जन जति तराइ नेता भारतीय दुतावास छिरे भन्ने खबर आयो, पराजुली मन्त्रि परस्त्री को खास्टो भित्र घुस्रिन खोजेको देखियो अझै के के देख्नु छ यो आँखो ले के के सुन्नु छ यो कान ले |

    Reply
  7. यम says:
    July 8, 2015 at 2:03 am

    दिल खोलेरै भन्दिम| यो मन्त्रिको यस्तो वाहियाते कुराले खेलकुदको भविष्यै अन्धकारमा पारेको छ| सुज्नु बुझ्नु छैन जे पायो त्यही भन्दिने? अझ हानीकारक हिलो छ्याप्ने त् यिनी पो हुन्, व्यर्थमा हरि पराजुली मन्त्रिबाट निकालामा परे|
    सदस्य सचिव युवराज लामालाई निकालेर आफ्नै पौडेललाई निमित्तमा राखे| सर्बोच्चले त्यो पनि नकारिदिए| भनेछी नियमको पालना गर्न जानेको छैन रहेछ यी मन्त्रि पौडेलले| एमालेको कार्यकर्ता राख्न पाईन भनेर जथाभावी निकाल्न खोज्ने कस्ता मन्त्रि हुन् यिनी?
    युवराजले यति यति काम ठिक गरेन भनेर सर्बोच्चमा पोख्न पनि उनको हिम्मत थिएन|
    नत्र यी चार बर्षे नियुक्ति वाला लाई जे गरे नी हल्लाउन नसक्ने हो कि क्या हो? यो नियम त् भएन, रंगे हात पक्रे मात्र हटाईने? मन्त्रीलाई जताभावी गर्न पनि दिन भएन|
    बिष्टलाई नियुक्ति दिन थियो त् किन एक हप्ता अघि अर्कीलाई फेरी निमित्तमा राखेर नौटंकी गर्ने| मन्त्रि नहुँदा त् बित्दो केहि छैन बरु फजुल खर्ची जोगिन्छ भने किन एक हप्ताका लागि एउटीलाई नियुक्ति दिएर फुलमाला खदाको नाश?
    ओली पक्षका हुन् कि जोसुकै हुन्, झल् र माकुनेलाई बिन्ति चदाउन फोन गर्न छाडेका छैन|
    यस्ता मन्त्रीलाई तुरन्त बर्खास्त गरिन पर्छ| उनी एमालेका मात्र होइन, देशकै शर्मवाहक र प्रवाहक पनि हुन् | बिचरो नीरिह प्रधान मन्त्रि आफ्नै मन्त्रीमंडलका सदस्यहरुका काम कारवाही र गैर जिम्मेवारी प्रति पनि नीरिह बन्न परेको रहेछ|
    कैले सम्म एमालेले यो दुर्गन्ध आफ्नो काँधमा बोकेर हिंड्ने?

    Reply
    1. bibek dhakal says:
      July 8, 2015 at 6:28 pm

      ‘ एमालेले कहिले सम्म यो दुर्गन्ध पालेर बस्ने ? ‘
      त्यसो नगर्ने हो भने त मित्र सो पार्टीको ९० प्रतिशत भन्दा बढी नेता र कार्यकर्ताहरु लाखा पाखा लाग्नु पर्छ.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme