Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हेपिएको चरा : लाटोकोसेरो

Posted on July 7, 2015 by mysansar

eye of owl_2
राजु आचार्य

बाघ, गैँडाको लागि प्रशस्त आर्थिक श्रोतहरु जुटिरहन्छ। यिनै श्रोतको सेरोफेरोमा सरकारी र गैरसरकारी निकायहरु झुम्मिरहन्छन्। यी बाहेक नेपालमा थुप्रै वन्यजन्तुहरु हेपिएका छन, पाखा लगाइएका छन्। तिनै मध्यको एक हो लाटोकोसेरो।

SH107080

कस्ता चरा हुन्?
अंग्रेजीमा आउल (owl) भने पनि , नेपालमा सानासानालाई लाटोकोसेरो र ठूलालाई हुचील भनिन्छ। दिउँसो यिनको हेर्ने क्षमता कमजोर हुन्छ। ठूलाठूला आँखा हुने यो प्रजातिको तीनवटा परेलाहरु हुन्छन्। यो चराको बासस्थान तराईदेखि हिमालसम्म विस्तार भएको भेटिन्छ। यिनको विशेषता सुन्ने ?

• यिनको सुन्ने र राति आँखा देख्ने क्षमता मानिसभन्दा कयौँ गुना बढी हुने गर्छ।
• टाउकोलाई एकतर्फीमात्र करिब २७० डिग्रीसम्म घुमाउन सक्छन्।
• खाएको खानामा नपचेका कुराहरु मुखबाट डल्लो बनाएर फाल्ने र पचेका कुराहरु दिसाबाट फ्याँक्छन्।
• उड्दा खेरी आवाज नआउने भएकोले यिनलाई रातको समयमा शिकार गर्न सहज हुने गर्छ। यिनले मुसा, सर्प, भ्यागुता, चमेरा, किरा, माछा खाने गर्दछन्।

SH104695

संसारभर करिब २२५ प्रजातिका लाटोकोसेराहरुको अभिलेख गरिएको छ जसमध्ये नेपालमा २१ प्रजातीका पाइन्छन्। यिनले ३ देखि १४ वटासम्म फुल पार्दछन्। रुखको टोडको, पहरा, भुइँमा, छोडिएका घरहरुमा गुँड बनाउँछन्। रातको समयमा एक्लै हिँड्दा लाटोकोसेरो कराएर तर्सिएका मानिसहरु प्रशस्तै भेटिन्छन्। संसारका कुनै पनि गाउँमा यिनका बारेमा किम्बदन्ती सुन्न पाइन्छ।

SH103882

संरक्षण किन आवश्यक छ?
एउटा लाटोकोसेरोको प्रजातिले फुल पारेर बच्चा हुर्काउने बेलासम्म करीब ३००० मुसा खाने भएकोले यिनलाई किसानको साथी पनि भनिन्छ। यिनीहरुले प्रकृतिको स्वस्थ सूचक काम पनि गर्छ। यिनलाई देवी लक्ष्मीको बाहन समेत मानिन्छ।

यिनको संरक्षणबाट पर्यापर्यटन विकासमासमेत टेवा पुग्न सक्छ । प्रकृतिलाई सन्तुलित राख्न पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्।

IMG_0075

संरक्षणका चुनौतिहरु

पछिल्लो समयमा यिनको चोरी शिकारीको कारणले यिनको संख्या दिनप्रतिदिन घट्दो छ। विशेषगरी भारत र चीनमा यिनको अवैध व्यापार हुने गरेको छ। भारतमा तान्त्रिक प्रयोजनका लागि र चीनमा औषधिको लागि अवैध निकासी हुने गर्छ। नेपालबाट वार्षिक कम्तिमा २००० वटा लाटोकोसेरो तथा हुचीलको अवैध व्यापार हुने भेटिएको छ।

नेपालका विद्यालयमा (शहर बाहेक) २५ प्रतिशत विद्यार्थीहरुले गुलेली प्रयोग गर्छन्। युवा मासुका लागि समेत यिनलाई मार्ने गर्दछन्। गुँडहरुबाट फुल चोर्नु सामान्य नै हो। यिनको सिनो घरमा राख्दा भूतप्रेतको बास हुँदैन भन्ने विश्वाससमेत गरिन्छ।

आजभोलि घाइते रुपमा भेटिएका लाटोकोसेरोको पुनर्स्थापना हुन नसक्नु अर्को समस्याका रुपमा देखिएको छ । संसारभर चरा लगाएत वन्यजन्तु पुनर्स्थापनाका लागि कानूनी बाटो खोलिएपनि नेपालमा भने हालसम्म कानुनी रुपमा कुनै पनि पुनर्स्थापना केन्द्र छैनन् ।

यिनको अध्ययन र संरक्षणका लागि प्रकृतिका साथीहरु नामक संस्थाले स्थानीय निकायहरुको समन्वयमा गरेको प्रयास अझै पर्याप्त छैन् । यिनको संरक्षणका लागि भनेर वार्षिक लाटोकोसेरो तथा हुचील उत्सव समेत हुँदै आएको छ।

[लाटोकोसेरोसँग सम्बन्धित कुनै संस्मरण छ कि? माथिका बाहेक अरु कुनै तथ्य तपाईँलाई पनि थाहा छ कि? तल कमेन्टमार्फत् बाँड्न सक्नुहुन्छ]

IMG_0062

IMG_0002

2 (14)

7 thoughts on “हेपिएको चरा : लाटोकोसेरो”

  1. Surendr Regmi says:
    July 9, 2015 at 9:52 am

    दिनको समयमा लाटोकोसेरो करायको सुने अपसकुन हुन्छ रातिमा करायको सुने सुभ हुन्छ र बिहानी पखकरायको सुने यात्रा गर्नु पर्ने हनछ भन्ने मैले सुनेको छु बुढापकाबाट .

    Reply
  2. बशन्त राज says:
    July 8, 2015 at 1:43 am

    मान्छेको आयु किन १०० बर्ष भयो ?
    भगवानले श्रीस्ती गर्ने क्रममा सर्ब प्रथम मानब, दोस्रोमा गोरु, तेस्रोमा कुकुर अनि अत्यमा लाटोकोसेरोको श्रीजना गर्नु भयछ/ अनि सबैको आयु ४० बर्ष तोक्नु भयछ ताकी प्रीथीबिमा मानब तथा जीव जन्तुको आयुको सन्तुलन भई राखोस / मानबले खेति गर्न जोत्न देखि समान तान्न समेत गोरु ठेलागाडा प्रयोग गरेपछि गोरुलाई गोरुको जिबन जेलको कठिन सजाय जस्तो लाग्न थालेछ / अनि भगवान श्रीस्ती कर्तासंग आयु घटाउन आग्रह गर्न गोरु पुगे छन् / अनि श्रीस्तीकर्ताले पनि केहि समय पख म विचार गरुला भनेछन / अनि उता कुकुर पनि अर्काको घरमा कहिले खान खाई सक्लान अनि खान देलान भन्दै ढुक्नु पर्ने अवस्था बाट दिक्क मान्दो रहेछ / कतिपय मानबले यो कुकुरले हेर्यो चोखे लाग्छ भन्दै कुकुरलाई कुट्दा पनि रहेछन / यो देखेर कुकुरलाई पनि आफ्नो जिबन सजाय जस्तै लागेछ / अनि कुकुर पनि श्रीस्तीकर्ता काहा आयु घटाउन आग्रह गर्न पुगेछ / श्रीस्तीकर्ताले कुकुरलाई पनि केहि समय पख म विचार गरुला भनेछन / उता लाटो कोसेरो पनि रातभरी एक्लै बिना साथी करायर एक्लै बस्नु पर्दा वाक्क दिक्क भयछ / लाटो कोसेरो दिनमा सुत्ने अनि रातमा आहारको लागी उडान गर्ने चरा हो / लाटोकोसेरोलाई पनि आफ्नो जिबन सजाय जस्तै लाग्न थालेछ / अनि लाटो कोसेरो पनि आयु घटाउने आग्रह गर्दै श्रीस्तीकर्ता सम्म पुगेछ / अनि श्रीस्ती कर्ताले पनि फेरी पनि केहि समय पख म विचार गरुला भने छन /
    उत्ता मानब चाहि ४० बर्षेको जवानीमा नै मर्नु पर्दा एकदम दुखि हुँदै श्रीस्ती कर्ता संग आयु लामो पर्न पर्यो भन्दै आयो / श्रीस्तीकर्ताले एकछिन विचार गर्नु भयो अनि एक समधान निकाल्नु भयो / गोरु, कुकुर अनि लाटो कोसेरोलाई आयु घटाउनु परेको छ / अनि मानबलाई आयु बढाउनु परेको छ / तसर्थ गोरु को २०, कुकुर को २० अनि लाटो कोसेरो को २० जम्मा गरेर ६० बर्ष मानबको ४० बर्षमा जोडेर मानबको आयु १०० बर्षको बनाई दिनु भयछ / उता गोरु कुकुर अनि लाटो कोसेरो चाही आयु घटेर २० वर्षको मात्र भयो / यस बाट सबै खुसी भय /
    तसर्थ मानबको आफ्नो आयु ४० बर्ष मात्र हो / बाकीको आयु अरु जनावोर बाट लीयकोले ४१ देखि ६० सम्म परबरिक बोझ छोराछोरीको पदाई, बिबाह आदिको जिम्मेबारी लिनु पर्छ / जुन खर्चिलो अनि गोरुको भारी झैँ बोझिलो हुने गर्छ / ६१ देखि ८० सम्मको आयु कुकुरको हो / अनि खान सम्मान पाउन पनि बाउको मुख हेर्ने दिन, आमाको मुख हेर्ने दिन सम्म दुकुनु पर्छ / छोरोले उसकै श्रीमतीको कुरा सुन्ने अनि छोरीले उसकै जुवाईको कुरा सुन्ने हुन्छन / कुकुर जति भुकेपानी कसैले सुन्दैन / तसर्थ त्यो आयुलाई कुकुरको आयु भनियको हो / ८१ देखि १०० बर्ष को आयु लाटो कोसेरोको आयु हो / ८१ बर्ष लागेपछि दिनमा सुत्ने अनि रातभर निन्द्रा नलाग्ने हुन्छ / अनि रति एक्लै टोलाएर बस्नु पर्ने हुन्छ / किनभने त्यो आयु लाटो कोसेरोको आयु हो /
    कतै कतै गोरुको ठाउमा गधा राखेर पनि कथा तथा किम्बदन्ती भन्ने गरिन्छ/ यो कथा को मतलब समाजको जेस्ठ नागरिकको अपमान गर्नु होईन / समाजमा चलिआयको लोक प्रसङ्गलाई सिर्सक अनुसार प्रतिक्रीया लेखेको मात्र हो /

    Reply
  3. सिर्जने says:
    July 7, 2015 at 7:53 pm

    लेखकलाई धन्यबाद, यो लेखले हामीलाई नया कुरो सिकाएको छ / लाटोकोसेरो र हुचिलको संरक्षण गर्नुपर्ने देखिन्छ, सबैको ध्यान जाओस /

    Reply
  4. diwakar says:
    July 7, 2015 at 5:32 pm

    सरकार ले लाटोकोसेरो पाल्न र बेचबिखन गर्ने नीति ल्याउनु पर्छ !! लाटोकोसेरो जस्तै हुचिल आदि महंगा पशुपन्छी घर मा पाल्न र ब्यवसायीक तरिकाले बेच बिखन गर्ने आधिकार दिनु पर्छ !!

    Reply
    1. Shankar says:
      July 8, 2015 at 6:02 am

      हे प्रभु , आफुलाई नै पाल्न नसक्ने , आफ्ना जनता पाल्न न सक्ने सरकार ( बिदेसी बाट पैसा मागेर बजेट चल्छ ) ले लाटो कोसेरो पाल्ला अब ?
      संबिधान आएको २,४ दिन पछि हेर्नु , नेता ले एक ले आर्को लाइ लाटोकोसेरो भनेर गालि चै गर्छ |

      Reply
  5. XYZ says:
    July 7, 2015 at 5:07 pm

    Except in Nepal, I suppose this bird is the most respected bird. Nepali haru aafai ullu xan ta?

    Reply
  6. suresh says:
    July 7, 2015 at 1:58 pm

    Interesting facts about owl……….. Thank you for information

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme