Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

न्युज एङ्करको भन्दा कार्यालय सहयोगीको तलब बढी

Posted on July 6, 2015 by Salokya

anchor टेलिभिजनमा समाचार पढ्ने चिटिक्क परेकी युवतीहरु देख्दा तपाईँ दङ्ग पर्नुहुँदो हो, टाइसुट लगाएर स्क्रिनमा देखिने युवक देखेर पनि त्यस्तै हुँदो हो। तर के तपाईँलाई थाहा छ, टेलिभिजनको पर्दामा देखिने यी न्युज एङ्करले पाउने तलब कार्यालय सहयोगीको तलबभन्दा कम हुन्छ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले हिजो नेपाल सरकारलाई आफ्नो सिफारिशसहितको अध्ययन प्रतिवेदन बुझाएको छ। सो प्रतिवेदनमा विभिन्न मिडियाको अध्ययन गरिएको छ र नमूनाका रुपमा सरकारी समाचार एजेन्सी रासस, निजी टेलिभिजन संस्था हिमालय टिभी र निजी रेडियो बुटवल एफएमको तलबमान राखिएको छ। सोही तालिका अनुसार हिमालय टिभीकी समाचार वाचिका (वाचक चाहिँ भनिएको छैन, त्यही भएर महिला मात्र होला)को तलब मात्र ५ हजार ५ सय छ। यो तलब कार्यालय सहयोगीले पाउने भन्दा कम हो। कार्यालय सहयोगीको तलब भने ५ हजार ६ सय छ।

हेर्नुस् कसको तलब कति रहेछ ?

himalaya1
himalaya2
himalaya3
himalaya4

बुटवल एफएमको यस्तो छ-
butwalfm

राससको यस्तो छ-
rss-talab

समितिले न्यूनतम तलब यति सिफारिश गरेको छ-
sifaris2

sifaris1

सरकारी कर्मचारीको तलब यस्तो छ-
nijamati

एउटा परिवार (चार सदस्य) लाई चाहिने न्यूनतम पोषणबारे समितिको प्रतिवेदनमा यस्तो छ-
poshan

8 thoughts on “न्युज एङ्करको भन्दा कार्यालय सहयोगीको तलब बढी”

  1. Mk says:
    July 8, 2015 at 10:46 pm

    दिगो नेपाल वनाउने हो भने – बजार को भाउ घटाउ , तलव न बढाउ /

    Reply
  2. Gaurab Nepali says:
    July 7, 2015 at 10:48 pm

    देशको बिकाश आर्थिक बिर्धि सूचक द्वारा नपन गरिन्छ र त्यो नापन्द्वारा सरकार सफल वा असफल भन्ने देखिन्छ, बाँकि कुरा तपसिलका हुन् ! जुन देश तपशिलमा गुज्रिएको छ त्यो देश मा खैर, तलब राम्रो हुन् बाबुराम सरकार चाहिन्छ जसले सचिबो तलब एक लाख अनि कारिन्दा या पुलिन्दा को पचास हजार भने र घोसना गर्न चाहन्छ ! कुरा सुन्दा महान नेता बाबुराम विद्वान र म भोट हालेर महान नेता उत्पादन गर्ने तान चाँही मुर्ख रहेछु कि ? कम गर्दै जाँदा र संस्था नाफामुलक हुँदै जाँदा तलब पनि बढ्दै जाने हो हैन भने Nepal टिवी मा काम गर्नु पर्यो अनि त कति कति !

    Reply
  3. Navin Rayamajhi says:
    July 7, 2015 at 4:41 pm

    तलब जती भएपनी के भयो र? तलबको नाम मा सुको पाउने होइन क्यारे!

    Reply
  4. सिर्जने says:
    July 6, 2015 at 10:43 pm

    मासिक ५,५०० रुपिया ले त तिनलाई तिनको लिपिस्टिक किन्न पनि पुग्दैन, यो त अति भयो / काम चै महिनामा कति घण्टा गर्नु पर्दो रहेछ? दिनको आधा घण्टा समाचार भन्न मात्रै गए पुग्ने हो? त्यसो हो भने महिनाको लगभग २० घण्टा (हरेक दिन एउटै समचार वाचिका हुंदैनन) ले घन्टाको २५० जति पर्न आयो …..

    Reply
  5. Gopi Raj BBhandari says:
    July 6, 2015 at 10:18 pm

    कार्यालय सहयोगी ले दिनभरी काम गर्नु पर्दछ तर समाचार बाचक / बाचीका ले १५ मिनेट समाचार पढे पुग्छ …. कसले बुझ्ने एस्तो कुरो ??? सुन्दा पनि दिक्क लागेर आउने …

    Reply
  6. कमल says:
    July 6, 2015 at 8:51 pm

    ए हजुर जति कुरो बुझियो उति गहिरो हुँदै जाला| अर्थशास्त्रको मांग र आपूर्ति यँहा पनि लागु हुन्छ|
    मांग भन्दा आपूर्ति धेरै छन्| जो पनि न्युजरिडर बन्न खोज्ने| ट्यालेन्ट होस् नहोस, आफ्नो मान्छे, पक्षपाती, स्वार्थीपनको फायदा, इत्यादिले अरु पदहरुमा जस्तै यँहा पनि राज गरेको छ| टीभीको पर्दामा देखिन सबै लालायित, खुबी होस् कि नहोस| ठिक ठाममा पहुँच, चिल्ला अनुहार र सुकिला महंगीला बस्त्रले मात्र हुने होइन| पारिश्रामिकले जीवन धान्ने र धान्नुपर्ने होइन|
    दिनमा कति घन्टो डेडिकेटेड समय दिँदो हो, त्यो पनि हेर्नु पर्यो| आयो सरर पढ्यो र गयो तेतिमात्र हो भने मासिक तलब भन्नु भएन| जतिपल्ट पढिन्छ त्यही अनुसार वा घण्टाका हिसाबले पारिश्रमिक दिनपर्छ| कार्यालय सहायक जस्तो बिहान देखि बेलुकी सम्म टेबुलमा पेट टसाएर बस्न पर्दैन होला|

    Reply
  7. XYZ says:
    July 6, 2015 at 5:25 pm

    The ladies are on the screen not to read the news but to show off their appearance, therefore, it is wonder to have them working below minimum wage.

    Reply
  8. Rabindra Dhital says:
    July 6, 2015 at 3:35 pm

    यो त अति श्रम शोषण भयो, अलि टाठा बाठा पढेलेखेको हरुले त यसरि अन्याय सहेर बस्नु पर्छ भने सिधा सादा सोझा मान्छेहरुलाई के गर्दा होलान् | कुनै पनि क्षेत्रमा हुने यस्ता खाले असंगति र अन्यायको बिरोध हुनै पर्दछ, मान्छेलाई गरि खाने बाताबरण बनाउनु पर्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme