Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शब्दको अर्थ नबुझ्दा पो राप्रपा नेपाल दुई दिन उफ्रेर कराएको रैछ

Posted on July 4, 2015 by Salokya

dharma
कमल थापाको राप्रपा नेपाल दुई दिन उफ्रियो संविधानसभामा। संविधानसभाको बैठक नै रोक्छु भनेर नाराबाजी गरे पनि बैठक रोकिएन। नाराबाजीकै बीच बैठकमा छलफल जारी रह्यो। पहिलो दिन प्रधानमन्त्री बस्ने कुर्सी तानेर ल्याएर चढेर उफ्रे। माइक बिगारे। खासमा धर्म परिवर्तनलाई मौलिक हकमा राखियो भनेर राप्रपाले विरोध गरेको थियो। थापाका अनुसार यो पहिले मस्यौदामा थिएन पछि सुटुक्क थपियो रे। तर उनको यो भनाई गलत साबित भयो। मस्यौदामा रहेको धर्मबाट अलग रहन पाउने स्वतन्त्रता भनेको कुनै पनि धर्म नमान्ने अथवा नास्तिक बन्न पाउने पो भनेको भनेर मस्यौदा समितिका कृष्ण सिटौलाले स्पष्टिकरण दिएपछि नाराबाजी जारी राख्न उनले सकेनन्। र, नाराबाजीको आन्दोलन फिर्ता लिएको घोषणा गरे।

संविधान अभिलेख निर्क्योल समिति, संवैधानिक राजनीतिक संवाद समितिदेखि नै सर्वसम्मतिले पारित भएको विषय थियो धार्मिक स्वतन्त्रताको। त्यतिबेला यो विषय पास हुँदा विरोध नगरेकोले अहिले आएर बैठकै अवरुद्ध पार्ने नियतले उफ्रनुको तुक थिएन। धर्मको राजनीति गरिआएको भएर ध्यान तान्ने काम मात्रै थियो उसको।

हालको संविधानको मस्यौदामा पनि धर्म परिवर्तन गराउने कामलाई दण्डनीय नै बनाइएको छ। धर्मबाट अलग रहन पाउने स्वतन्त्रता भन्ने शब्दलाई गलत अर्थ नबुझेका कारण पो विरोध भएको रहेछ भन्ने प्रष्टीकरणपछि आन्दोलन फिर्ता लिएबाट बुझियो।

राप्रपा नेपालले एउटा विषय भने सही उठाएको हो- स्थानीय निकायको निर्वाचन छ महिनामा हुने भनी मस्यौदा समितिमा सर्वसम्मतिले पारित गर्ने तर संविधानसभामा मस्यौदा पेश गर्दा भने किन हटाइयो? तर यो कुरा उनले उठाइरहन सकेनन्। किनभने यसबाट उनलाई फाइदा हुनेवाला केही थिएन। स्थानीय चुनाव भए पनि उनले केही पाउन सक्ने थिएनन्। त्यसैले यो सही इस्युलाई समातिराख्न सकेनन्। संविधानसभा अवरोध गरेर संविधान ल्याउन नदिने दोष आफ्नै पोल्टामा आउला, प्रतिगमनको मतियारका रुपमा आफैलाई औँला ठड्याइएला भन्ने भयो। मधेसकेन्द्रित दलले साथ देलान् भनेको त्यो पनि भएन। उनीहरुले मस्यौदाको छलफलमा भाग लिए। अनि ‘धर्मबाट अलग रहन पाउने स्वतन्त्रता’को अर्थ नबुझेर पो दुई दिन उफ्रेको भन्ने अर्थ लाग्ने गरी नाराबाजीको अन्त गर्न बाध्य भए कमल थापा।

हुन पनि उभी उभी नारा लगाउन पनि गाह्रो भनेर पलेँटी कसेर नारा लगाउनु पर्ने, नारा लगाए पनि संविधानसभाको कारबाही नरोकिने भएपछि गरुन् के !

9 thoughts on “शब्दको अर्थ नबुझ्दा पो राप्रपा नेपाल दुई दिन उफ्रेर कराएको रैछ”

  1. indra neupane says:
    July 7, 2015 at 6:39 pm

    बिगत को राजनीति मा जे जस्तो गरेको भए पनि हिन्दु धर्म तथा ओम कार परिवार रक्षा को लागि आवाज उठाएको मा राम्रो लाग्यो सच्चा नेपाली इन्लाई नभनेर के नेपाली नेपाली बीच झगडा गराउने dolor लाइ भनौ त!!!! खै आफु ले त केहि न जान्ने @!

    Reply
  2. achut says:
    July 5, 2015 at 11:38 am

    आफै त येस्ता छन यिनी हरु ले जनता लाई के बुझाउछन ?हरि हरि

    Reply
  3. B.Dhakal says:
    July 5, 2015 at 11:07 am

    सालोक्य जी
    नयाँ संबिधान को मश्यौदाको electronic version माइ संसारले online मा राखिदिए हामी विदेशमा बस्नेले पनि पढ्न पाईन्थ्यो/ सो मश्यौदा कहाँ पढ्न पाईन्छ कृपया जानकारी दिनु भए अभारी हुन्ध्यें/

    Reply
    1. Salokya says:
      July 5, 2015 at 11:48 pm

      माइसंसार नियमित हेर्ने गर्नुपर्‍यो हजुर, सार्वजनिक भएको दिन नै राखेको। यता हेर्नुस्
      http://www.mysansar.com/2015/06/18475/

      Reply
  4. XYZ says:
    July 5, 2015 at 6:07 am

    Remember, this man is a pain in the ass. You just need to listen to his speech when he was griha mantri during Gyane’s Regime.

    Reply
  5. kashiram bhattarai says:
    July 5, 2015 at 6:03 am

    यो कुरा त मलाइ पनि ठिकै लाग्यो, धर्म परिबर्तन गराउन पाइदैन तर आफ्नै स्वबिचारले धर्म परिबर्तन गर्न चाहेमा त्यो अधिकार पाउनु पर्छ भने मलाइ लाग्छ

    Reply
  6. विजय तामाङ says:
    July 5, 2015 at 4:45 am

    कमल थापाले कति पढ्या छ र नबुझ्नलार्इ ।

    Reply
  7. Gauerab Nepali says:
    July 5, 2015 at 1:17 am

    पाए पेलेर जाने या नसके आफु अनुकुल बुअख्य गर्ने या नसके गोलमटोल गर्ने र दुनो सोज्यौने बनि परेकको हरु देखि झस्किएको होला ! कुरा क्लिएर गर्नु गराउनु भनेको बुझ्नु र बुझाउनु भन्दा अलि बेस हो कि ?

    Reply
  8. Rajendra Adhikari says:
    July 4, 2015 at 11:50 pm

    आफ़्नो आस्था अनुसारको धर्म अबलंबन गर्न पाउने भनेपछि धर्म परिवर्तन् गर्न पनि पाइ हल्यो नि .
    Which is actually good. The government has no right to dictate which religion its citizen should follow. Secular state भए पछि तेति अधिकार हुनु परयो नि .

    If some religion needs to have law to prevent its followers from choosing another religion, maybe their religious leaders need to work harder???

    But sponsored religion converters who try to lure people using money should be illegalized. But, citizens must have the right to convert if they wish.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme