Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘एक भोट दाइलाई एक भोट गाईलाई’ को परिणाम

Posted on July 3, 2015 by Salokya

PGA_3240
शुक्रबार संविधानसभामा फेरि एक पटक तान्डव मच्चियो। राप्रपा नेपालका सभासद्हरुले घण्टौँ नाराबाजी गरी बैठकमा अवरोध मात्रै गरेनन्, नाराबाजीकै बीच बैठक सुरु हुँदा प्रधानमन्त्री बस्ने कुर्सी बेल अगाडि तानेर त्यसमा चढी उफ्रिए। प्रधानमन्त्री बस्ने कुर्सीमा रहेको माइक तानेर बिगारे। अझ त्यतिले नपुगेर संविधानसभा भवन बाहिर आएर सञ्चारकर्मीहरुलाई मै हुँ प्रधानमन्त्रीको कुर्सीमा चढ्ने, मेरो नाम लेख्दिनुस् दिनेश श्रेष्ठ भने। संविधानसभाभित्रको चौथो ठूलो दल हो राप्रपा नेपाल। तर यो दलका एक जना पनि प्रत्यक्ष निर्वाचन जितेर आएका हैनन्। सबका सब समानुपातिकमा आएका। दोस्रो संविधानसभाको निर्वाचन ताका ‘एक भोट दाइलाई एक भोट गाईलाई’ को लहर चलेपछि सिद्धान्तलाई एकातिर राखेर भोट दिँदा संविधानसभाभित्र यो स्थिति आएको हो।

PGA_3288

PGA_3202

यदि मतदाताहरुलाई राजतन्त्र चाहिएको हो र हिन्दु धर्म चाहिएको हो भने राप्रपा नेपाललाई नै दुवै भोट हालेर बहुमतमा पुर्‍याउनु पर्थ्यो। अनि संघीयता मन नपरेको भए चित्रबहादुर केसीको गिलास चिह्नमा मत दिएर त्यही पार्टीलाई बहुमतमा पुर्‍याउनु पर्थ्यो। सिद्धान्तको विचार नगरी राजतन्त्रवादी र गणतन्त्रवादीलाई भोट दिएर, हिन्दु धर्म चाहने र धर्म निरपेक्ष चाहिनेलाई भोट दिँदा संविधानसभामा यस्तो स्थिति त निम्तिनु नै थियो।

अघिल्लो पटक तोडफोड गर्दा माओवादी सभासद्लाई कारबाही गर्न नसक्दा पनि अरु सभासद्हरु हौसिएका हुन्। अब अरुले पनि यस्तै गरे कसरी रोक्ने हुन्।

कुराले ठीक्क पारे पनि यो इस्युमा कमल थापाले फट्याइँ भने गरेका छन्। उनले असार १३ गते मस्यौदा समितिमा सर्वसम्मतिले पास गरेको संविधान मस्यौदाभन्दा फरक किसिमले मस्यौदा संविधानसभामा पेश गरियो भन्ने दावी गरेका छन्। उनका अनुसार त्यतिबेला मौलिक हकमा धर्म परिवर्तनको स्वतन्त्रता राखिएको थिएन। त्यस्तै प्रस्तावनामा समाजवाद पनि त्यतिबेला नभएको उनको दावी छ।

तर यो गलत हो। मस्यौदा समितिको प्रतिवेदन हेर्दा धार्मिक स्वतन्त्रताको विषयमा एक अक्षर पनि हेरफेर भएको देखिन्न। मस्यौदा समितिको प्रतिवेदनमा जे थियो त्यही छ। मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले पनि यो विषय संविधान अभिलेख निर्क्यौल समितिबाट राजनीतिक संवाद तथा सहमति समिति हुँदै संविधानसभाबाट मस्यौदा समितिमा आएको बताउँछन्। त्यतिबेला संवाद समितिमा कुरा नउठाउने, अहिले भने मस्यौदा पेश गरेपछि बबाल गर्ने? त्यही पनि संशोधन राख्ने हक त उनीहरुलाई छँदैछ। नाराबाजी गरेर हट्ने कुरा त भएन। सिटौला भन्छन्- हामीले धार्मिक स्वतन्त्रताको हक शीर्षकमा थपेको भनेकै – जबरजस्ती धर्म परिवर्तन गराउनु कानुन बमोजिम दण्डनीय हुनेछ भन्ने मात्र हो। म उहाँलाई प्रतिवेदन हेर्न आग्रह गर्दछु।

हो, स्थानीय निकायको निर्वाचनका विषयमा भने प्रतिवेदन र यसमा फरक देखिएको छ। पहिले ६ महिनाभित्र चुनाव हुने भनिएकोमा संविधानसभामा पेश भएको प्रारम्भिक मस्यौदामा त्यसलाई हटाइएको छ।

12 thoughts on “‘एक भोट दाइलाई एक भोट गाईलाई’ को परिणाम”

  1. श्रद्धा मास्के says:
    July 10, 2015 at 2:46 pm

    कमल थापा गतिलो मानिस हैनन्, हुन त राजनीति गर्ने नेपाल मा को नै गतिलो छ र तर पनि थापा लले उठाएको माग सहि हो ! नेपाल लाइ धार्मिक र सांस्कृतिक रुप मा सम्पुर्ण तया नस्ट गर्ने यो धर्मनिरपेक्षताले नेपाल मा हजारौ बर्ष देखि रहदै आएको शान्ति लाइ सम्पुर्णताया नस्ट गर्ने निश्चित छ ! नेपाल आध्यात्म र सहिष्णुता विहिन भएपछी आउने इसाई र मुसलमान हरु को बाढि ले नेपालि हरु को जनजीवन लाइ त्रास र अशान्ति बाहेक केहि दिने छैन ! सबै भन्दा पहिलो प्राहार यहा का आदिबासी, किराती, र अनेक भाषा भासी हरु को मौलिकता माथि हुनेछ, उनीहरु या त इसाई या मुसलमान मा परिवर्तित हुन बाध्य पारिने छन् र तिनीहरु बीच मै बम हाना हान हुनेछ ! त्यसपछि तिब्र गतिले यो आगो देश भरि फैलने छ र देश को मौलिकता र पहिचान नै नस्ट हुने छ ! यी पाजी नेता हरु ले डलर खाएर देश माथि आज जुन गद्दारी गरि रहेका छन् तेस्ले तिनीहरुकै सन्तति लाइ रक्तरंजित पार्ने छ ! हरे शिव ! नेपाल को यस्तो हविगत पो हुने भयो ! थुक्क थुक्क थुक्क नेता हरु अनि निर्जीव अबोध चेतनाहिन जनता !

    Reply
    1. bibek dhakal says:
      July 10, 2015 at 5:48 pm

      ”नेपाल आध्यात्म र सहिष्णुता विहिन भएपछी आउने इसाई र मुसलमान हरु को बाढि ले नेपालि हरु को जनजीवन लाइ त्रास र अशान्ति बाहेक केहि दिने छैन”

      यस्तो सोच लिनेभए जानुस तपाइँ संसारमा बद्नाम ‘रेशिस्ट’, ‘एन्टी इमिग्रेशन’ , ‘ पुनर्स्थापनावादी’ पार्टिहरु जस्तै फ्रान्सको ‘फ्र नाश्योनाल’ को मेम्बर बन्न. पुर्व राजाहरुको फोटो भित्ता मा राख्नुस, अगरबत्ती बाल्नुस, पुजा गर्नुस..उठ्न बित्तिकै.
      कमेन्ट गर्दा आफु कुन धरातल मा उभिएको भन्ने कुरा याद गर्नु पर्छ.. देशको रेमिट्यान्सको लगभग सतप्रतिशत तेही मुस्लिम र क्रिस्चियन हरु को देशबाट आइरहेको भन्ने कुरा अवगत होला कि नहोला यहालाई?
      सायद तपाइको केसमा यो नहोला तर धेरै यस्ता पनि देखेको छु जो प्रवासी नेपालि को नागरिकता को कुरा आयो भने ‘ अहिलेको ग्लोबलाइजेशन को जमानामा जहाँ जानु, बस्नु पनि अधिकार हो’ भन्दै कुर्लिञ्छन तर फेरी आफ्नो देशमा बिदेशी छिरे, यसो गरे, उसो गरे भन्न पछि पर्दैनन्. उनीहरुको देशमा गएर इम्मिग्रेशनलाइ टेवा दिन चाही हुने, अनि छोडेर आको देशमा चाही कोइ छिर्न नहुने? कस्तो हिपोक्रिसी हो यो?

      Reply
      1. Shankar says:
        July 12, 2015 at 4:26 pm

        बिबेक जी
        तपाइको कुरा मिलेन |”देशको रेमिट्यान्सको लगभग सतप्रतिशत तेही मुस्लिम र क्रिस्चियन हरु को देशबाट आइरहेको भन्ने कुरा अवगत होला कि नहोला यहालाई?”
        येसो भन्दैमा उनीहरु सामु लम्पसार पारिदिने ?पैसा तेसै पाएको छैन, मजदुरी बेचेर पैसा पाएका हुन् नेपालीले | तापाइको सोच अनुसार तपाइँ नारि भएको भए गडबड गर्नु हुने रहेछ , पैसा दियो भने सुतिदिने ?
        फ्रान्स तिरा को छुस छुसे कुरा हाल्दै आफुलाई बिज्ञा जस्तो देखाउदै जथाभाबी बोलिदिने ?पुरानो हुदैमा सबै चिज पत्रु हुदैन , राजा हरु मध्ये कुनै आफुलाई चित्त बुझ्ने लागेको छ भने त्यो पानि राख्न मिल्छ | किन मिल्दैन ?
        आनी आर्को कुरा भित्तामा तस्विर सजावट को लागि हो पुजाको लागि हैन ,त्यो पनि था छैन ?
        तपाइहरुनै हो भित्ता मा जेजस र अल्लाह को तस्विर राखेर पुजा गर्ने , माथा टेक्ने ,बाहिर अरुलाई चै प्रगतिसिल भएको ध्वास दिने ? तापाइको कुराहरु बाट स्पस्ट हुन्छ तपाइँ छद्म नाम धारी बिबेक ढकाल हो |

        Reply
  2. nisan says:
    July 4, 2015 at 2:54 pm

    तर जे जस्तो भए पनि Nepal एक हिन्दु धर्मले पहिले देखि चिनाएको धार्मिक मठ मन्दिर हरु भएको ले र नेपाली बहुसंख्य मा हिन्दु धर्म मा विश्वास अनि अबलम्बन गर्ने भएको ले नेपाल लै हिन्दु देश भनेर राख्नु राम्रो हुन्छा कुरा अरु धर्म को हो हामी अरु धर्म लाई नराम्रो र हेला को आखा ले हेर्ने नै बनि छैन हिन्दु धर्म मा हाम्रो लागि सबै दाजु भई हो मात्र हाम्रो चाहना नेपाल एक हिन्दु राष्ट्र हुनु पर्छ भन्ने माग हो .हिन्दु राष्ट्र भएपनि अरु धर्म संग मिलेर बसेको छ नेपाल मा …….जय पशुपति नाथ जय nepal

    Reply
  3. Bishwaraj says:
    July 4, 2015 at 1:35 pm

    थापा काजी कमले मण्डले को पार्टीका जन्तुहरु त हुन् के गतिलो हुन्छ- सबै गुण्डा गर्दी गर्ने दरबारका हनुमानहरु-

    Reply
  4. Mk says:
    July 4, 2015 at 11:25 am

    हेर्दै जानु मात्र पर्छ , निरङ्कुश शाह बंस को २४० बर्षे साशन को देन को परिणाम हरु एक एक गरेर बल्ल निस्कदै छन् /

    Reply
  5. निर्मल says:
    July 4, 2015 at 10:15 am

    ठुलै भ्रष्टचारमा आरोपित आफ्नै भाईलाई सभासद बनाउने कमल थापाको नैतिकताको कुरै नगरे पनि भयो| ज्ञानेको प्रत्यक्ष शासन ताका ककसलाई सुल्सुलेमा नियुक्ति दिएर तलब भत्ता खुवाएका थिए त्यो चै उनलाई थाहा छ| नाउँ खुलासा गर्ने उनको हिम्मत छैन|
    एक भोट दाईलाई, सभासद भाइलाई र एक भोट गाईलाई| एउटा पनि प्रत्यक्ष चुनावमा सीट जित्न नसक्नेले आफुलाई चित्त नबुझेको कुरोमा बिरोध गर्नु जायजै छ तर हुल्याहा र फटाह तरिका भएन|

    Reply
  6. Shankar says:
    July 4, 2015 at 9:03 am

    रा प्रा पा नेपाल : भारि एजेन्डा भएको सानो इन्जिन को गाडी
    कांग्रेस : थोत्रो इन्जिन को बुढो गाडी
    ये मा ले : नक्कली इन्जिन को गाडी
    ये माउबादी : चाइनिज इन्जिन को भारतीय गाडी
    फोरम,त मा लोपा ,सद्भावना – नैनो फोर नेपाल

    Reply
  7. Ravi Sharma says:
    July 4, 2015 at 6:59 am

    यो दण्ड हिनता को परिणाम हो….पहिले तेत्रो तोडफोड गर्दा माओबादी र मधेशी पार्टी लाई कारबाही गर्न पर्दैन थियो? यो तेसै को परिणाम हो अब राप्रपा नेपाल लाई मात्रै कारबाही गर्न मिल्ला ?
    म यी दुवै उदण्डता को म समर्थन गर्दिन दुवै काण्ड का दोषी लाई कारबाही होस्
    तर खै हिम्मत होला र? माओबादी र मधेशी लाई कारबाही गर्ने ? राप्रपा लाई मात्रै कारबाही गर्दा सुहाउला र ?

    रवि शर्मा

    Reply
  8. dines yadav says:
    July 4, 2015 at 5:59 am

    सिद्दान्त को परिक्षण गर्न जनमत संग्रह मा जानु पर्छ… अघिल्लो चुनाबमा जनताले पार्टी लाई मत दिए. सिद्दान्त हेरेनन्. तेसैले बिषय छुट्टाएर धर्म को बिषय मा जनमत संग्रह मा जना किन डराको सबै जना ?

    Reply
  9. sanjay shrestha says:
    July 4, 2015 at 4:40 am

    यो त हुनु नै थियो. दिमाग लगाउनु पर्ने ठाममा बल लगाउने हरुको बिगबिगी भएसी .दिनेस श्रेष्ठ भन्ने मान्छे भक्तपुर को नामुद गुण्डा थियो पंचायत कालमा. ह्योजु काण्डको बेला जाली मुद्दा लगाई थुप्रै लाई फसाउने मद्ध्ये एक हो यो. पछि ज्ञानेन्द्र को पालोमा टिके मेयर भएर यिनको चुरीफुरी बेग्लै थियो. गुन्डाबाट अरु के नै आस गर्न सकिन्छ र?

    Reply
    1. Sunil Shrestha(Belgium) says:
      July 5, 2015 at 1:18 pm

      Sanjay Shrestha जी एकदमै सहि भन्नु भयो , एस्तो Dinesh Shrestha जस्ता सुकुल गुण्ड हरु को संसद ले जनतालाई के को राहात दिन्छ!!!! एस्त हरुले त जनतालाई आहत भए केहि दिन जादैन, एस्त सुकुल गुण्डाहरुलाई पाता र भाटा दिनु नसकने सरकार के देश लै सान्ति दिन्छ र !!!!

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme