Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संविधानको मस्यौदामा हाँसउठ्दो अनुवाद

Posted on July 2, 2015 by Salokya

yaunik
संविधानको मस्यौदामा एउटा हाँसउठ्दो अनुवाद गरिएको शब्द पनि परेको छ। धारा २३ अन्तर्गत समानताको हकमा यौनिक अभिमुखीकरण भन्ने शब्द राखिएको छ। खासमा भन्न खोजेको चाहिँ Sexual Orientation को आधारमा भेदभाव गरिने छैन भन्न खोजेको होला। अर्थात् कुनै व्यक्तिको यौन रुचि कस्तो छ, केटाले केटै मन पराउने अथवा केटीले केटी नै मन पराउने खालको छ भने पनि भेदभाव हुन्न भन्न खोज्या होला, शब्द चाहिँ अभिमुखीकरण भन्ने हाल्देछन्।

पत्रकार जितेन्द्र राउतले यही विषयलाई लिएर ट्विटरमा उडाएका छन्-

संविधानको मस्यौदामा "sexual orientation" लाई यौनिक अभिमुखिकरण भनी उल्था गरेछन्। धत्त NGO को तालिम भत्ता पचाएका उल्लुहरु!

— jitendraraut (@jitendraraut) July 1, 2015

मस्यौदा संविधानसभामा प्रस्तुत गर्ने क्रममा समिति सभापति कृष्ण सिटौलाले भाषा सम्पादनमा सहयोग गर्ने शरदचन्द्र वस्ती लगायतकाको नाम लिएका थिए। विद्वानहरुको नजरबाट पनि कसरी फुस्किएछ यो शब्द?

13 thoughts on “संविधानको मस्यौदामा हाँसउठ्दो अनुवाद”

  1. bibrk says:
    July 5, 2015 at 12:59 pm

    यसको यस्तो अर्थ होला : संबिधान नेपाल बाहिर बन्यो संबिधान भवन मा अनुबाद भयो
    कल्याणम भवतु

    Reply
  2. Surya says:
    July 3, 2015 at 1:38 pm

    अभिमुखीकरण को अर्थ चाहिं के हो त?

    Reply
  3. cRIS says:
    July 3, 2015 at 6:04 am

    political orientation लाई सायद “राजनीतिक झुकाब” भनिएको छ होला, त्यसैले sexual orientation लाई “लैंगिक झुकाब” भन्दा पनि हुन्छ होला| तर शब्द-शब्द उल्था गर्नु भन्दा, सार या माने उल्था गर्ने बानि बसाल्नु उचित होला!! 🙂

    Reply
  4. cRIS says:
    July 3, 2015 at 5:32 am

    Sexual = Leingik
    Orientation = Bhed

    So, I reckon, “Leingik Bhed” might be better suited, sounded and formalised.

    Reply
  5. dor Prasad says:
    July 3, 2015 at 1:09 am

    सके उल्था गर्ने न सके अंग्रजी मै लेखे भो ! यो सब्द नेपाल मा अंग्रेज ले नै भित्र्याका हुन् आखिर ! मोटर, होटेल, साइकल, रेडियो, … सबै नेपाली भैसकेका अंग्रजी सब्द जस्तै यो पनि नया सब्द है !

    Reply
  6. Dinesh says:
    July 2, 2015 at 12:59 pm

    यौनिकता उपयुक्त होला

    Reply
  7. XYZ says:
    July 2, 2015 at 12:27 pm

    This is an example of how bahunistic knowledge works in Nepal. Thukka mora haru ho, hagne laai bhanda dekhne laai laaz.

    Reply
    1. kedar says:
      July 2, 2015 at 3:44 pm

      X Y Z ज्यु छद्म भेषमा Bahunistic को बिरोध सक्दो र घत पुग्ने गरी जाहाँ जाहाँ सकिन्छ नछुटाई गर्नुस, परिचय सहित बिरोध गर्ने दिन त गईहाले | याद गर्नुस एस्तो विरोधले अझ धेरै फाइदा पुग्ने बाहुनहरुलाईनै हो |

      Reply
      1. कमल says:
        July 3, 2015 at 12:29 am

        अझ कति फायदाको कुरा मात्र गर्ने हो? जे कुरो भैरहेको छ त्यो भन्न हिच्किचाउन हुँदैन| होइन भने भन्नुस कसरि देशको सबै अंग आफ्नो हातमा पर्दा पनि मुलुक दिनहु अधोगतिमा गईरहेको छ| नेपाल विश्वमा सबैभन्दा गरिब मुलुकमा पर्छ भनेर किन भनिरहन पर्थ्यो होला? हिजआज बाहुनबाद भन्नाले बाहुनलाई मात्र बुझाउदैन| सबै बाहुनहरुले बाहुनवाद अपनाएका छैनन्| व्यवहार र चिन्तन दुवैले अभि सुबेदी सर एकजना त्यस्ता घेरा भित्र नपर्ने व्यक्ति हुन्|

        Reply
    2. डिल्ली says:
      July 3, 2015 at 11:55 am

      XYZ ज्यु, संविधानसभा भवन चाइनिज bahunहरूले बनाइ दिएछन् त्यसमा अदक्षे भएर पनि सुवास नेम्बाङ bahun नै बसेछन् त । समानुपातिकमा पनि सबै bahun नै bahun छन् त्यही भएर bahunistic हुन गयो होला नि उल्था पनि ।

      Reply
      1. XYZ says:
        July 3, 2015 at 2:28 pm

        For me Mr Subas Nemwang is also a bahun. In fact he is the most shrewd bahun in the House. Just look at the way he plays with the words.

        Reply
  8. rameshji says:
    July 2, 2015 at 10:19 am

    यौन अभिविन्यास

    Reply
  9. Shankar says:
    July 2, 2015 at 8:02 am

    भासिक गड बडी लाइ मस्यौदा कार ले बिर्सनु लाइ लापरबाहीको संज्ञा दिन सकिन्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme