Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसो गरेका रैछन् हेर्नुस् कृषिमन्त्रीको कर्तुत भिडियोमा

Posted on July 1, 2015July 1, 2015 by mysansar

कृषिमन्त्रीको कर्तुत। फोटो साभार शम्भु दङ्गाल
कृषिमन्त्रीको कर्तुत। फोटो साभार शम्भु दङ्गाल

कृषिमन्त्री हरिप्रसाद पराजुलीले काठमाडौँको मूलपानीमा असार १५ धान दिवसको अवसरमा अभद्र व्यवहार गरेका छन्। उनले केटीहरुलाई के के गरे भन्दै आलोचना भइरहेको छ। एभिन्युज टेलिभिजनले यसको भिडियो खिच्न भ्याएको रैछ। हेर्नुस् कृषिमन्त्रीको कर्तुत भिडियोमा

27 thoughts on “यसो गरेका रैछन् हेर्नुस् कृषिमन्त्रीको कर्तुत भिडियोमा”

  1. Toran KC says:
    July 2, 2015 at 6:18 am

    कृषि मन्त्रीले अनैतिक काम गर्ने मौका भने पाएनन अरे …केवल अँगालो मात्रै मारेका हुन् अरे …! एउटा कुशल नेताले नीच कार्य गर्दै क्षमा माग्दै हिड्न पर्ने अवस्था कदापि सृजना गर्दैनन् …

    Reply
  2. Rohini says:
    July 1, 2015 at 11:01 pm

    मन्त्रीले मेरो खराब नियत थिएन त भन्नु भयो तर महिला लाई तानेर च्याप्प समातेको देख्दा मन्त्रीको कुरामा विश्वास गर्ने ठाउँ देखिदैन|

    Reply
  3. ठिटो नेपाली says:
    July 1, 2015 at 10:44 pm

    दोस्रो फोटोमा हेर्नुस सबैले ..मन्त्रि भन्नेले कस्तो नराम्रो नजरले हेरेको छ ति आइमाईलाई …. यस्तो नि हुन्छ एउटा मन्त्रि जस्तो मान्छेको बिचार l हरे शिव …कसरि यसता लाइ नि नेपालको मन्त्रि बनाईयो ?? थुक्क तेरो गिद्दे नजर…..अझ बुझ्नेले बुझछन मदिरा पिएर झ्याप नि छ भनेर ..आँखा हेरे पुग्छ …

    Reply
  4. Vicky Dev says:
    July 1, 2015 at 9:05 pm

    थुक्क पाजी ….. यो पाजी (कुन पार्टी को परेछ कुन्नि ) लाई कारबाई गर्न नसक्ने त्यो पार्टी को नेता, पार्टी, र सरकार सबै लाई एक चोटी थुक्क भनेर थुक्न मन लाग्यो….
    अरु त साधारण जनता ले के नै गर्न सकिञ्छ र ????

    होसियार !! फोटो र भिडियो खिच्ने लाई कारबाई (कानुनी, भौतिक, पर्सनल) हुन पनि सक्छ…..जय डेमोक्रेसी, जय नेपाल, जय मेरो देश…
    (एस का छोरा / छोरी ले समेत एसको मुख मा थुकेको फोटो / भीडियो हेर्न पाम प्रभु)!!

    विक्की देव,
    अमेरिका

    Reply
  5. ram subedi says:
    July 1, 2015 at 8:07 pm

    पाल्पामा जन्मेको बहर, नेपालगन्जमा साँढे रूप लिएको काठमाडौँमा छाडा छोडिएको छ। त्यो नत्थी नलगाएको साँढे कहिले हरिहरभवन, कहिले सिहंदरवार त कहिले खेत लगाएको ठाउँमा बाली नष्ट गर्न पुग्छ। खुट्टा सारै चल्ने, मुखमा मोला नलगाएकोले खेतीपाती सखाप पार्न त्यही साँढेलाई नै जिम्मेवारी दिएको छ। सिहं, खुट्टा र मुख दुवै चल्ने भएको र बुढो भए पनि साँढेको चरित्र अझै नछोडेकोले कृपया सजग हुनु होला। नत्थी लगाउने, मोला लगाउने र खुट्टे लगाउने र किलो गाडेर बाँधेर राख्ने सुइँको साँढेले थाहा पाए पछि बालकोटको बारीमा चर्न, र विचरण गर्न थालेको छ रे।

    Reply
  6. Gaurab Nepali says:
    July 1, 2015 at 7:33 pm

    गणतन्त्र नेपालका कृषिमन्त्री ले के गरेको होला यो ? हुनसक्छ, हिलोमा चल्दा गिलो अनि गिलो भएपछी गुरुत्वो आकर्षण बढ्न गई चिप्लिएको होला !

    Reply
  7. bibek dhakal says:
    July 1, 2015 at 3:02 pm

    भिडियो घाम जस्तै छर्लंग छ. डेमोक्र्यासी को एउटा सुन्दर पक्ष यो हो : पहिलेजस्तो भैदिएको भए यो कुरा बाहिर सायदै आउथ्यो होला. अब मुख्य कुरा देश संबिधानमाया भएको बेला यो केसलाई खासै चासो नदियिन सक्छ. अथवा बढी भएमा मन्त्रीलाई पार्टीले फिर्ता बोलाउन सक्छ. दिन दाहडै महिलाहरु माथि यसरि मन्त्रि भएको आडमा हातपात हुदा पनि यो केसलाई सजिलै छोडिदिने? के मन्त्रीको बर्खास्त भयो भने पुग्यो? यो मान्छेलाई जेल सजाय नहुने ? नहुने भए किन नहुने, मन्त्रि भएको भएर? यदि यसलाई जेल सजाय गर्न सकिएन भने नेपाल महिलाको लागि विश्वकै असुरक्षित देश भनेर घोसना गरिदिए हुन्छ

    Reply
  8. अनादि गोपाल says:
    July 1, 2015 at 12:04 pm

    कस्तो बुझ्नु भएन साथीले। किर्सि मुन्तरी भए पछि वैज्ञानिक कुराहरु जस्तै कि जनावरहरुबीच आकर्षण , कृतिम का साथै प्राकृतिक विजारोपण , छामन , छुमन जस्ता वैज्ञानिक पद्दति प्रयोग गर्दा नबुझ्ने लम्फु हरुले कुरा त काट्ने नै भए

    Reply
  9. LKB says:
    July 1, 2015 at 11:55 am

    यस्ता भुसिया मन्त्रीलाई कडा भन्दा कडा कारवाही गर्नु पर्छ । हैन भने यस्ता बिकृतिहरु अझै अरुले पनि गर्न सक्छन ।

    Reply
  10. महमदिन , चितवन says:
    July 1, 2015 at 11:52 am

    भोको पेट भर्नाको लागि यौनप्यास
    बुझाइदियर पारिश्रमिक लिदा अबैध यौन धन्दा
    भईरहेको भन्दै सुराकीका आधारमा छापा
    मार्दा चितवनमा ४९ जना आपतिजनक
    अवस्थामा पक्राउ गर्ने पुलिस प्रसासन ले यो
    सार्बजनिक स्थलामा स्वच्छ छबि भयका महिला माथि हात पात गर्दा के हेरेर बस्छ भने अब
    जनता एक भयर यस्ता कुकुर लाइ झुन्दायर मार्नु
    पर्छ समयमै यो बौलाहा कुकुर लाइ तह नलगाय
    अझै हामि पछुताउनु पर्ने छ !

    Reply
  11. XYZ says:
    July 1, 2015 at 11:07 am

    It is so shame that we have ministers like these in the Cabinet. Thukka mora!

    Reply
  12. bg says:
    July 1, 2015 at 10:31 am

    सिमा नाघ्नेहरु power वालाहरु नै हुन् यिनीहरुलाई कारबाही हुनै पर्छ /

    Reply
  13. Shankar says:
    July 1, 2015 at 9:44 am

    मन्त्रीले सामाजिक मर्यादा नाघेको देखिन्छ |

    Reply
    1. Ranu says:
      July 1, 2015 at 9:56 pm

      हामी महिला हरु ले oppose गर्नु पर्छ र तेस्ता चोर हरु जसले महिला हरुको इच्छा बिपरित touch गर्छन,पहिलो pic मा महिला ले oppose गरेको जस्तो छ तर second मा छैन.तेसैले ती महिला ले नै कानून को ढोका ढकढक गर्नु पर्यो .हामी महिला ले मेरो सरीर मेरो इच्छा भन्ने कुरा मा अड्ग हुनु पर्यो.

      Reply
  14. bhupendra kunwar says:
    July 1, 2015 at 9:15 am

    पर्ब लाई बिगार्ने अगुवा मंत्री लाई सबै ले बहिष्कार गरम. महिला आयोग मा उजुर दिनु
    होला.आमा,दिदि बहिनी हरु

    Reply
  15. Preetam says:
    July 1, 2015 at 7:21 am

    बेकार मा के कराउने. यो केहि हुने वाला छैन . न त कसैको बाऊको ताकत येस्ता नेता हरुलाई निकाल्ने न त कसैलाई बाल मतलब… डाँका हरुको बीचमा चोर ले केहि गर्यो त को बोल्ने? येदि नैतिक भएको बाए संगै बसेको इन्स्पेक्टर कारवाही गनर मिलि हल्छा नि? होइन र? साधारण जनतालाई सार्बजनिक अपधराध भन्न्दै केटि जिस्काएको भनेर समाउन सक्ने ले केटि लै अभद्र व्यवहार गरेको भनेर कारवाही गर्न के गार्हो?

    Reply
  16. Bayan says:
    July 1, 2015 at 6:33 am

    यसमा के आश्चर्य मान्नु पर्यो/ मन्त्रि हुने नै यस्तै गर्ने गरेको र गर्न सक्ने मान्छे नै त हो नि/
    मेरो दाजु एक क्लासमा (६ बर्षको हुँदा) पढ्दै गर्दा त्यसै क्लासको एउटा केटाले उन्हाको कानमा लगाएको सुनको मुन्द्री (त्यति बेला केटाले पनि मुन्द्री लगाउने चलन थियो) कानको लोती नै चुंडालेर रक्ताम्मे पारेर चोरेको थियो/ मलाई कहिले काँही लाग्छ, त्यो मान्छे अहिले सम्म सके कुनै न कुनै मन्त्रालयको मन्त्रि नभए पनि कुनै संस्थानको जी. एम. सम्म चै भै सकेको हुनु पर्दछ/

    Reply
  17. Madan says:
    July 1, 2015 at 2:48 am

    यसमा चाँहि अश्लितता छैन??? हेर्ने आँखामा भर पर्ने हो
    https://m.youtube.com/watch?v=0g9L4sOPHFE

    Reply
    1. विश्व says:
      July 1, 2015 at 5:52 am

      हेर्ने आँखामा फरक परेको होस् वा महिलालाई गाँजेर अँगालो हाल्ने हातमा फरक पर्ने हो त्यो दर्शकले छुट्याउने छन्| अहिले सम्म कसैले अश्लील भनोस नभनोस हतार हतार अश्लील छैन भन्नुको मतलब के हो? बरु सांस्कृतिक चाडपर्बलाई अश्लीलता तिर मोड्ने त्यस्ता मन्त्रि हुन्|
      अभद्र, अशिष्ट र कर्तुत भने हुन्| मन्त्रि भएर सार्बजनिक समारोहमा त्यही यो व्यवहार? देशलाई नेताहरुको भागबन्डाले खर्लप्प खाएको छ| कसको भागबण्डामा परेका मन्त्रि हुन् कुन्नि, एकै झट्कामा तुरन्त हटाईंन पर्छ| यसको लागि महिला आयोगको उजुरी कुरिरहन पर्दैन|

      Reply
      1. राइ says:
        July 1, 2015 at 9:45 am

        महिला माथी हातपात गर्नेलाई कारबाही गर्नुपर्छ र तुरुन्तै राजिनामा दिनु पर्छ ।

        Reply
    2. डिल्ली says:
      July 1, 2015 at 2:21 pm

      पश्चििमि संस्कृतिमा हुर्केका ओबामाले पानी परेको बेला महिलालाई अङ्गालो हालेर छाता ओडाउनु उनीहरूको संस्कारमा अनौठो ठानिन्न । उनीहरूको संस्कारले सार्वजनिक स्थानमा म्वाइ खान समेत छुट दिन्छ । सार्वजनिक पद धारण गरेका धेरै पश्चिमा नेताले त्यस्तो गर्न सक्छन् । अनौठो हुँदैन

      तर के नेपाली संस्माकारमा सार्वजनिक स्थानमा त्यसो गर्न छुट छ त ? पश्चिमाहरू समुद्री किनार तिर नाङ्गै पनि भेटिएलान यो उनीहरूको संस्करले दिएको र समाजले पचाएको छ । ओबामाको भिडियो सेयर गरेको कृषिमन्त्रि बचाउ गर्न लक्षित गरे जस्तो लाग्यो नेपालको सन्दर्भमा मिल्दैन होला ।

      Reply
    3. PradeepMS says:
      July 1, 2015 at 5:50 pm

      महिला माथि बदनियत् राखेर गरेको दुर्व्यवहार र महिला लाई निस्वार्थ गरेको संमान पनि छुत्याउन नसक्ने तपाई कुन ग्रहको पर्नुभो कुन्नी !!!

      Reply
    4. PradeepMS says:
      July 1, 2015 at 5:52 pm

      compare गर्नुको नी हद हुन्छ नी, कहाँ दुस्साशन कहाँ कृष्ण !!!

      Reply
    5. Ranu says:
      July 2, 2015 at 1:26 am

      के हो मदन जी तपाई लै फरक छुतौना औदैन(,जबर्दस्ती र आदर ),तपाई जस्तैले गर्दा हाम्रो समाज ले नारी सम्मान न सिकेको

      Reply
    6. XYZ says:
      July 2, 2015 at 6:29 am

      Are you Mr Madan or Mr Don?

      Reply
    7. bibek dhakal says:
      July 3, 2015 at 12:13 pm

      नामै मदन रैछ ( कामदेव को आर्को नाम)

      Reply
    8. Bayan says:
      July 4, 2015 at 6:51 am

      यी मदन भन्ने मान्छे आमा, दिदि, बहीनी कुनै पनि नभएका माया नपाएका टुहुरा पनि हुन् सक्छन, धेरै गाली नगरम न हो/ यिनलाई महिला संगको माया प्रेम र उनीहरु प्रति सम्मान के हो भन्ने थाहा नहुन पनि सक्छ/

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme