Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नयाँ संविधानमा एनआरएनलाई नागरिकता : के छ, के छैन? १० प्रश्नोत्तर पढ्नुस्, खुल्दुली मेट्नुस्

Posted on June 29, 2015June 29, 2015 by Salokya

unnamed अन्ततः हेर्दाहेर्दै संविधान सभाले नयाँ संविधान बनाउने निश्चित भएको छ। आइतबार राति संविधान मस्यौदा समितिको पूर्ण बैठकले नेपालको संविधान,२०७२ मस्यौदा फरक मतसहित सर्वसम्मतिले पारित गरेको छ। अहिले मेरो हातमा मस्यौदा छ। यसलाई भोलि सोमबार अपराह्न संविधान सभाको बैठकमा कृष्ण सिटौलाले पेश गर्नेछन्। त्यसपछि संविधान सभामा छलफल हुनेछ र जनतामा लगिनेछ। जनतामा लगिसकेपछि सुझावका आधारमा परिमार्जन गरी पुनः संविधान सभामा पेश गरिनेछ र हरेक धारा दुई तिहाईले पारित गरेपछि संविधान प्रमाणिकरण गरी एउटा मितिमा जारी गरिनेछ जुन दिनलाई भोलिपर्सि संविधान दिवसका रुपमा मनाइने छ।

मेरो हातमा अहिले भएको संविधानको मस्यौदामा ३७ भाग र २९६ धारा छन्। अनुसूची सात वटा छन्। यसमा भएका विभिन्न व्यवस्थामध्ये विदेशमा भएका नेपालीहरुलाई चासोको विषय रहेको एनआरएन नागरिकताबारे मैले बुझेका केही प्रश्न र उत्तर राखेको छु।

unnamed (1)

के एनआरएनले नागरिकता पाउने भए ?

हो, पाउने भए। एनआरएनहरुले अब गैरआवासीय नागरिकता पाउन सक्नेछन्। संविधानको धारा १९ मा यसको व्यवस्था गरिएको छ।

यो कस्तो किसिमको नागरिकता हो?

यो नेपालका लागि नयाँ प्रकारको नागरिकता हो। यसअघिका संविधानहरुमा वंशज, अंगीकृत र सम्मानार्थ नागरिकतामात्र हुने गर्थ्यो। यस पटकको संविधानमा पहिलो पटक गैरआवासीय नागरिकताको व्यवस्था गरिएको हो।

के नेपालले दोहोरो नागरिकताको व्यवस्था गरेको हो?

यसलाई हो पनि र हैन पनि दुई अर्थमा बुझ्न सकिन्छ। हो, किनभने विदेशी मुलुकको नागरिकता प्राप्त गरेका नेपाली मूलका व्यक्तिले गैरआवासीय नेपाली नागरिकता पाउने व्यवस्था धारा १९ मा गरिएको छ। होइन, किनभने धारा १८ मा अन्य मुलुकको नागरिकता प्राप्त गरेमा नेपालको नागरिकता कायम नहुने व्यवस्था गरिएको छ।

गैरआवासीय नेपाली नागरिकता कसले पाउँछन्?

धारा १९ अनुसार यस्तो नागरिकता विदेशी मुलुकको नागरिकता प्राप्त गरेको सार्क क्षेत्रभन्दा बाहिरका देशमा बसोबास गरेको नेपाली मुलुकको व्यक्तिले पाउन सक्नेछन्। अर्थात् भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, भुटान र माल्दिभ्सबाहेक जुनसुकै देशमा बसोबास गरी त्यहाँको नागरिकता पाएको व्यक्तिले यस्तो नागरिकता पाउँछन्।

नागरिकता र गैरआवासीय नेपाली नागरिकतामा के फरक हुन्छ?

वंशजको आधारमा नेपाली नागरिकता पाएका नागरिक मूल नागरिक हुन्छन्। उनीहरुले अरु नागरिकता पाएकाले नपाउने सबै किसिमका अधिकार पाउँछन्। गैर आवासीय नेपाली नागरिकता पाएकाले भने आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार कानुन बमोजिम उपभोग गर्न पाउँछन्। उनीहरुले राजनीतिक अधिकार भने पाउने छैनन्।

गैर आवासीय नेपाली नागरिकले के अधिकार पाउँछन्?

धारा १९ अनुसार गैर आवासीय नेपाली नागरिकता पाएकाले भने आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार कानुन बमोजिम उपभोग गर्न पाउँछन्। अर्थात् उनीहरुलाई जग्गाजमिन जस्ता सम्पति किनबेच गर्ने, विभिन्न कम्पनीहरुमा लगानी गर्ने जस्ता आर्थिक अधिकार हुनेछन्। अरु अधिकारबारे कानुन बन्न बाँकी छ।

के के अधिकार पाउँदैनन् त?

राजनीतिक अधिकार पाउँदैनन्। अर्थात् चुनावमा भोट खसाउन पाउँदैनन्। निर्वाचनमा उम्मेदवार बन्न पाउँदैनन्। उम्मेदवार बन्न नपाएपछि सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, संवैधानिक निकाय प्रमुख केही पनि बन्न पाउँदैनन्। धारा ९१ मा संघीय संसदको सदस्य बन्न नेपालको नागरिक हुनुपर्ने व्यवस्था छ। प्रधानमन्त्री र राष्ट्रपति बन्न संघीय संसदको सदस्य बन्न योग्य व्यक्ति हुनुपर्छ।

यद्यपि संविधानमा ‘राजनीतिक अधिकार पाउने छैनन्’ भनेर सिधै लेखिएको छैन। धारा १९ को व्यवस्था यस्तो छ-
photo

के एनआरएनले कहिल्यै प्रधानमन्त्री, राष्ट्रपति आदि बन्न पाउँदैनन् त ?

पाउँछन्। धारा १६ मा नागरिकता पुनः प्राप्तिको व्यवस्था गरिएको छ। मानौँ तपाईँ नेपाली नागरिक हुनुहुन्छ र अमेरिकाको नागरिकता लिनुभयो भने तपाईँको नेपाली नागरिकता रद्द हुन्छ। तपाईँले चाहेमा गैरआवासीय नेपाली नागरिकता लिन सक्नुहुन्छ। तर अमेरिकाको नागरिकता त्याग गरेर पुनः नेपाल आई पाँच वर्ष बसेमा पुनः नेपाली नागरिकता लिन सकिन्छ। नेपाली नागरिक भएपछि सबै राजनीतिक अधिकार पनि पाइनेछ। यसका लागि तीन शर्त पूरा हुनुपर्‍यो-
१) तपाईँले पहिले नै नेपाली नागरिकता प्राप्त गरेको
२) पुनः नेपाल आई पाँच वर्ष बसोबास गरेको
३) विदेशी नागरिकता परित्याग गरेको

विदेशमा जन्मिएको नेपालीका सन्तानले नागरिकता पाउने कि नपाउने ?

यसबारे संविधानको धारा १८ को दफा २ मा व्यवस्था गरिएको छ। मानौँ कुनै नेपालीको सन्तान अमेरिकामा जन्मियो भने उसले त्यहाँ जन्मिएको आधारमा अमेरिकी नागरिकता पनि पाउन सक्छ र आमाबाबु नेपाली भएकोले नेपाली नागरिकता पनि पाउन सक्छ। नेपाली नागरिकता प्राप्त गर्न योग्यता पुगेको कुनै व्यक्ति अन्य मुलुकको पनि नागरिकता प्राप्त गर्न योग्य रहेछ भने त्यस्तो व्यक्तिले नागरिकता प्रमाणपत्र लिन योग्यता पुगेको दुई वर्षभित्र नेपालको नागरिकता नरोजे त्यस्तो व्यक्ति नेपालको नागरिक नहुने व्यवस्था गरिएको छ। त्यस्तै नाबालिकको हकमा बालिग भएको मितिले निश्चित अवधिभित्र (दुई वा पाँच वर्षभित्र भन्नेमा सहमति हुन बाँकी रहेको) नेपालको नागरिकता नरोजे नेपालको नागरिक नहुने व्यवस्था छ।

विदेशीसँग बिहे गरेमा के छ व्यवस्था?

संविधान प्रारम्भ भएपछि नेपाली नागरिकसँग विवाह गर्ने विदेशी पुरुषले अङ्गीकृत नागरिकता लिन पाउँछन्। तर त्यसका लागि नेपालमा १५ वर्ष स्थायी बसोबास गरी विदेशको नागरिकता परित्याग गर्ने कारबाही चलाएको हुनुपर्छ।

नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले भने केटाहरुले जस्तो १५ वर्ष बसेको हुनुपर्दैन। विदेशको नागरिकता परित्याग गर्ने कारबाही चलाउने बित्तिकै अङ्गीकृत नागरिकता पाउँछन्।

विदेशी केटासँग विवाह भएको नेपाली नागरिक महिलाले जन्माएको र नेपालमै बसोबास गरेको र आमाबाबुको नागरिकताको आधारमा विदेशको नागरिकता नपाएको सन्तानले नेपालको अङ्गीकृत नागरिकता पाउनेछ।

अरु केही विषयमा प्रश्न छन् कि, अन्यौल छ कि ? तल कमेन्टमा लेख्नुहोला। जानेको विषयमा मैले नभए कमेन्ट पढ्ने अरुले पनि तपाईँको खुल्दुली मेटाउन सहयोग गर्न सक्छन्

49 thoughts on “नयाँ संविधानमा एनआरएनलाई नागरिकता : के छ, के छैन? १० प्रश्नोत्तर पढ्नुस्, खुल्दुली मेट्नुस्”

  1. Ram Raj says:
    July 1, 2015 at 12:09 am

    बाउ को अंश पाउन तेही देश को नागरिक हुन या नागरिता हुन पर्दैन | बाउ छोरा को नाता प्रमाणित भए हुन्छ |

    Reply
  2. krishan says:
    June 30, 2015 at 10:50 pm

    तातो न छारो ! विदेश छिर्ने नसक्ने कुवाको भ्य्यागुता र जसरि तसरी छिरेर भाडा माझ्नेहरुको गलफती … बिस्वो एक घर चिनारी भै राको र नपुगेर अर्को मानब बस्ति ग्रह खोजि राको अबस्थामा हामि भने यो त्यो नागरिकताको परिभाषा बनाउदै छौ ! मलाइ भने मन को नागरिकता र कर्मको नागरिकता भए पुग्छ …मनको नागरिकता लिएर नेपाल आएभने मलाइ कसैले रोक्न सक्दैन …

    Reply
  3. Gaurab Nepali says:
    June 30, 2015 at 4:09 am

    निकासको मुलकारण विकास हो ! स्वबलम्बि लै छुचो बन्नु पर्दैन ! ढाँट ने लै कानुन छ ! सबैले आफ्नो रूट खोज्छन ! कुर्सि ठुलो कि राष्ट्र ठुलो भन्ने कुरा सबै नेपाली ले बुझ्नु पर्छ र आफ्नो मत जाहेर गर्न सक्नु पर्छ ! खान्न खान लोकाचार पाएपछि पाथिचार हरुले एक चोतिको नेपाली सधैको नेपाली मा कमेन्ट गर्नु उपवुक्त हुन्न ! एक हातले गरेको काम भन्दा चार हातले गरेको काम धेरै हुन्छ र सजिलो पनि !

    Reply
  4. Ratan says:
    June 30, 2015 at 1:35 am

    Can an NRN work in Nepal? If so, where? Can he work in government service, police, army, courts, etc?
    If NRN wants to return to Nepal temporarily and wants to work in an NGO or a private company, can he or she be allowed to work? Work is an economic activity as we earn money from our work. So, hope NRNs are allowed to use their skills, knowledge and experience and can apply for jobs in Nepal. Please clarify. Thanks Salokya ji. Very useful Q&A session this time.

    Reply
  5. कमल says:
    June 30, 2015 at 12:35 am

    मेरो बिचारमा यो गैर आवासीय नागरिकता अघि बढेको कारण धेरै पहुँचवालाको छोरा छोरी र नाताहरु र कतिपय पहुँचवाला आफैहरु समेत बिदेशमा खनिएकोले हो| मुलुकको दुरगामी हिततिर भन्दा एउटा बिशेष समुहको स्वार्थमा उक्त पावरफुल समुहको निरन्तर लब्बीको परिणाम स्वरुप यो हुन् आएको हो भन्ने ठाउँ देखिन्छ| विदेश जानु र गएर उतै बस्नु आफैमा कुनै नराम्रो कुरो होइन| आफ्नो राजनैतिक र भौगोलिक सीमा साँध बाहिरको बसाई सराई आदिकालदेखि चलिआएको हो र चली नै रहनेछ| तर आफ्नो मूल मुलुकलाई आवासीय नागरिकता नलिई पनि चाहेमा सहयोग र सेवा पुर्याउन सकिने प्रशस्तै ठाउँ छन्|
    प्रथमत, यसरी प्रदान गरिने भनिएको गैर आवासीय नागरिकता बारेमा भिन्नै मत प्रकट गर्दछु|
    गैर आवासीय नागरिकता तोकेरै दिईरहन पर्ने कुनै आवश्यकता छैन, झन् यसलाई संबिधानमा उल्लेख गरेर ग्यारन्टी गरिरहन पर्ला जस्तो लाग्दैन|
    भोट हाल्ने र निर्वाचनमा उम्मेदवार बन्न नपाईने निर्णय सही छ र यस्तो संबिधानमा उल्लेख नगरेर सरकारको कार्यकारी अध्यादेशले पनि काम चल्न सकिन्छ जसलाई स्थिति र समयानुसार सहजै परिवर्तन र सुधार गर्न सकिन्छ|
    नेपालको नागरिकता हुँदा हुँदै अर्को मुलुकको नागरिकता लिए नंया बनिने संविधानको धारा १८ ले स्वत नेपालको नागरिकता कायम नरहने भन्ने बुझाउँछ| तर यसभन्दा अघि कसैले अन्य मुलुकको नागरिकता लिएको भए नेपाली नागरिकता कायमै रहने भन्ने बुझियो|
    यस अर्थमा सार्क मुलुकमा नपर्ने बर्मा, थाइल्याण्ड, हंगकंग र सिंगापुरमा बसेर त्यंहाका नागरिकता लिएका बंशजका हिसाबले नेपाली नागरिकले पनि गैर आवासीय नागरिकताका हकदार हुने भए|
    अन्तमा, तलका श्रेणीमा पर्ने जजसले देशलाई लत्याएर विदेश गए वा बिदेशमा बसोबास गर्दै आएका छन् उनीहरुलाई केही कडा शर्त पुरा गरेर मात्र गैर आवासीय नागरिकता दिन सक्ने प्रावधान पनि राखिन उचित हुनेछ|
    १. भगौडेहरु जो सरकारी काम वा छात्रवृत्ति उपलब्ध गरेर विदेश गएर देशको जनशक्ति वृद्धि गर्ने वाचा तोडे र फर्केर आएनन
    २. यु एन वा त्यस्ता संस्थामा जागिर भएकाहरु जो उतै भासिए
    ३. देशमा भयावह स्थति देखाउदै व्यक्तिगत स्वार्थमा शरणार्थी बनेर शरण लिएर तर देशको शासनको ठुलो हिस्सा उनीहरुकै हातमा आउँदा पनि अटेर गरेर बाहिरै बसिरहे|
    नेपालबाट पलिटिकल असाईलम लिने हरुको संख्या बढ्दो छ, ती एसाइलम लिनेहरुको लागत, चरित्र र स्थिति मेडियाले गरिर्याएर कोट्याउँन खोजेको देखिदैन| देशको छवी र स्थितिलाई आफ्नो स्वार्थको निम्ति अन्तराष्ट्रिय मंचमै होच्याउन खोज्ने तिनै व्यक्तिहरु हतारिएर गैर आवासीय नागरिकताको हकदार हुन् पर्यो किन?

    बिदेशमा बस्ने र बिदेशी नागरिकता लिएका नेपालीलाई नेपालमा भिसा बिना आवत जावत गर्ने सुबिधा, सीमित जग्गा वा अचल सम्पति पारदर्शी रुपमा स्वामित्वको सुबिधा दिए पुग्ने कुरो हो| विदेशीले पनि नेपालमा ब्यापार गरिरहेकै छन| झन् नेपालि मुलकालाई सजिलो पर्न पर्ने हो| सांस्कृतिक अधिकार भन्ने कसैले खोसेर खोसिने कुरो होइन, नेपालमै बसुन वा जुनसुकै मुलुकमा|दसैं, लोसार र छत कसरि मनाउ भन्ने आफु र आफ्नो परिवार, मित्रजन भित्रको कुरो हो| राज्यले तोकेर र दिएर हुने होइन| केवल राज्यको विद्यमान कानुनको सीमा भित्र रहेर गर्ने हो|

    Reply
    1. prem says:
      June 30, 2015 at 5:11 am

      This is called narrow minded. Be open now a days people share many things among themselves in order to drive all of us in the same boat knowing what is happening around the world in various sectors. I think more we share we move forward quickly. Its the demand of time if we think about 10-15 years only handful of people were able to land in abroad now if you look at number of people went to abroad is in reasonably big numbers. Does not matter whether you from town, village or hilly regions people have managed to go abroad learn something, earn money etc. do you think this is bad? If you were sensible people you egoistic view would not have come out in the public platform. I have nothing to say to you however please try to be broad minded if you can if not, do not spread your narrow mind around here.

      Reply
  6. dor Prasad says:
    June 29, 2015 at 9:38 pm

    मेरो सगरमाथा मेरो हिमाल मेरो नेपाल भन्ने हर्दय भएको बेक्ती जहिले पनि नेपाली हुन्छ (नेपाल को नागरिक भए पनि न बाए पनि ) – कानुन ले देश सेबा गर्छु भन्ने लै किन छेक्ने ?

    Reply
  7. Navin Rayamajhi says:
    June 29, 2015 at 6:24 pm

    अनेकौ तिकडम गरेर विदेश जाने अनी त्यहाको दोस्रो दर्जाको नागरिक भएकोमा पछुतो मान्दै फेरी नेपालकै नागरिकता खोज्ने हरु जन्म देस र कर्म देस दुवै देसका अपराधी हुन्. मेरो बिचारमा एकपटक नागरिकता त्यागीसकेपछि फेरी फेरी उसैलाई किन नागरिकता दिने?

    Reply
    1. dor prasad says:
      June 30, 2015 at 6:28 am

      नेपाल बसेर रोजी रोटि गर्न मुस्किल, जागिर पाउन मुस्किल, स्वस्ठे र केटा केटि को पढाई मुस्किल जता ततै संघर्सै संघर्ष – काम गर्छ एउटा लुतछ अर्खो ! गुण्दा को राज … नालायक नेता, देश सुधारिने पक्का भएर जम्भुमी छोड्न धेरै लागे को हुन् …

      राम्रो लगाउने राम्रो खाने गाडी मा सरर गुड्ने कसलाई रहर हुदैन र ? भारत र चिन ले आफना बेदेशिएका नागरिक लै ” फूल माला ” ले स्वागत गर्दा हामी किन यस्तो किन ?

      Reply
    2. राइ says:
      July 1, 2015 at 11:36 am

      100% right .तिनीहरु हिजो नेपालको हरियो passport बोक्न लज्जाउनेलाइ किन फेरि चहियों ? बल्ल थाहा भो मातृभूमि को महत्त्व !!! इनिहरुलाइ यो सुबिधा दिनु हुदैन ।आफ्नो स्वर्थ पुरा गर्न हिजो त्याग्नु आज लिन्छु भन्नेलाई नागरिक्ता होइन इनिहरु आउँदा चर्को visa शुल्क लिनु पर्छ ।

      Reply
    3. simit gauchan says:
      July 3, 2015 at 4:20 am

      nabin ji how many time you had rejected your overseas visa ??? i think you are frustrated with that Nepalese who getting foreigners passport pls do not hesitate try again you will get right way to success , Nepalese is Nepalese wherever they are…. reason of political situation, bad condition of business system , revelation of personal matter ,DON systemic nature all of this reason right nepalese who able to be overseas there are not in nepal

      Reply
  8. धरणी says:
    June 29, 2015 at 4:27 pm

    अरु जे जे भएनी होस् , तर डीभी परेर अमेरिका गएका हरुलाई र तिनका सन्तान लाई चै नेपाली नागरिकता नदिने व्यवस्था नै हुनुपर्छ है, नत्र धिक्कर्छिन नेपाल आमाले ।

    Reply
  9. सुदर्शन कोईराला says:
    June 29, 2015 at 3:37 pm

    जे होस देशले निकास पाउने भो त्यो नै खुसिको कुरा हो
    साना तिना झिना मसिना कुरा त पछि पनि मिल्दै जान्छ

    Reply
  10. Bharat Singh Bura says:
    June 29, 2015 at 12:22 pm

    ब्रिटिश गुर्खास र उनीहरुको छोरा-छोरीहरुको जन्मशिद्ध नारारिकता यथाबत रहनु पर्छ र उनीहरु ब्यतिगत नोकरी को लागि बिदेशियाका NRN होइनन र १९४७ को त्रिपछिया सन्धि जिम्मेवारी छ र यदि अन्य तरिकाले परिमार्जन गर्ने हो भने तेशलाइ बेलायत, इंडिया र नेपालले पुनराबलोकन गर्नु पर्छ र उनीहरुसंग सामुहिक राय ल्याउन नितान्त जरुरि छ कारण नेपालको २०० बर्षको बडीको इतिहाश अजै कायम छ.

    Reply
  11. शंकर दाहाल says:
    June 29, 2015 at 12:05 pm

    धेरै राम्रो लाग्यो … किनकि काम र अवसरको खोजीमा अहिले बिदेशीयका का छोरा/छोरी पुन: नेपाल फर्कने प्रवल सम्भावना रहन्छ / ढोका खुला राखेमा….. पछि युवा पुस्ता बिदेशीको हेपाई र भेदभावको पिडा भन्दा स्वदेश नै प्यारो ठान्ने वाताबरण शृजना गरेकोमा सभासदहरु लाई सधै गालीगलौज मात्र गर्नेले एक पटक धन्यवाद दिने छन्/

    Reply
  12. लौटन अवधि says:
    June 29, 2015 at 10:43 am

    रिठ्ठो नबिराई यहि नियम लागु गर्नु पर्छ तर स्पष्ट रुप मा नियम ले नियम लाइ बाझिएको हुनु हुदैन ! राजनैतिक अधिकार बाहेक अन्य अधिकार दिएमा देश मा प्रगति हुन सक्ने सम्भावना छ ! बरु निजामती सेवा प्रवेश लाइ खुल्ला नभई – योग्यता पुगेका र बिशिस्ट बिषय का बिग्य हरु लाइ हायर एण्ड फायर को नियम लागु गराई प्रवेश दिने बिकल्प राख्नु पर्छ !

    Reply
  13. राइ says:
    June 29, 2015 at 9:00 am

    NRN ले नागरिकता पाएमा पैत्रीक सम्पत्ति पाउने कि नपाउने ???

    Reply
    1. Salokya says:
      June 29, 2015 at 11:49 am

      राजनीतिक अधिकार मात्र नपाउने भनिएकोले पाउने होला

      Reply
      1. राइ says:
        June 29, 2015 at 12:04 pm

        बङसजको आधारमा नागरिकता नदिने हो भने पैतृक सम्पत्ति दाबी गर्न मिल्छ त ????

        Reply
        1. amit says:
          June 30, 2015 at 7:56 pm

          Looks like Rai is eyeing at some of his relatives properties!! 🙂

          Reply
          1. राइ says:
            July 1, 2015 at 10:14 am

            होइन हिजो नेपाललाई थुकेर आफ्नो स्वर्थ पुरा गर्न नेपाली नागरिकता त्यग्ने र नेपाल को जागा जमिन बेचेर जाने र अहिले फेरि नागरिकता पाए भनेर फेरि बाबु को नेपालमा भयेको परिवारको सम्पत्ति खोज्न मिल्छ ???? अरु अधिकार दिनु ठिक हो तर
            इनिहरुलाइ अंश पाउने अधिकार् दिनु हुन्न येसो भयेमा अदालतमा धेरै मुद्दा पर्ने भो हैन ??

            Reply
  14. Durga Adhikari says:
    June 29, 2015 at 8:32 am

    राम्रो अति राम्रो/ सम्पूर्ण बिदेशी नगरिकता लिने नेपाली साथीहरुलाई/ अब अरु नै देशको नागरिक भय पनि नेपालमा जन्म भयको नाताले, नेपाल आउन र नेपाल र नेपाली परिवारको सेवा गर्ने अबसर प्राप्त भयको छ/ गैर आबसिय नागरिकता लिय पछि नेपालमा आउन वा नेपालमा बस्न भिसाको जरुरत पर्ने छैन/ यो अबसरको सहि सदुपयोग गर्न सबैलाई अनुरोध गर्दछु/

    Reply
  15. डिल्ली says:
    June 29, 2015 at 8:29 am

    बंशजको नाताले पाएको नेपाली नागरिकता त्यागेर पाएको विदेशी नागरिकता त्यागेर पनि ५ वर्ष नेपाल फेरि बसे पु:न बंशजकै आधारमा नेपाली नागरिकता पाउन सक्छन् वा अङगिकृत नागरिक बन्छन् ?

    गैह्र आवाशीय नेपाली नागरिकले दुई देशकै राहदानी प्रयोग गर्न सक्छन् ?

    Reply
    1. Salokya says:
      June 29, 2015 at 8:39 am

      हो, सही बुझ्नु भो। पहिले जे थियो, त्यही पाउने हो- वंशज भए वंशज, अंगीकृत भए अंगीकृत। धारा १६ मा यस्तो व्यवस्था छ। राहदानीबारे राहदानी ऐन संशोधन नभएसम्म हालकै व्यवस्था लागू हुने हो

      Reply
  16. डा. सुरज मास्के says:
    June 29, 2015 at 7:56 am

    दुबै हातमा लड्डु !
    निजामति कर्मचारीहरुको पिआर अर्थात परमानेन्ट रेजिडेन्ट भएकालाई खुदो ।
    पिआर पछि अझ दोहरों नागरिकता राख्न पाउने भए पछि केकोलागी पिआर वाला संग ईर्ष्या गर्ने ?

    डा. सुरज मास्के
    नेपालगंज

    Reply
  17. ssigdel says:
    June 29, 2015 at 7:07 am

    अन्य देशको पासपोर्टमा ट्राभल गर्ने तर गैरआवासीय नेपाली नागरिकता लिएकाहरु नेपाल जाँदा नेपाली भिषा लिनु पर्छ कि पर्दैन होला ?

    Reply
    1. Salokya says:
      June 29, 2015 at 8:28 am

      यसबारे कानुन बन्न बाँकी छ

      Reply
  18. Gajendra Akten says:
    June 29, 2015 at 6:30 am

    याे ड्राफ्ट कसरी प्राप्त गर्न सकिन्छ ? म राजधानी बाहिर छु ।

    Reply
    1. Salokya says:
      June 29, 2015 at 8:30 am

      संविधान सभाले यो ड्राफ्ट पास गरेर जनतामा लैजाने निर्णय गरेपछि सबैले हेर्न पाउने व्यवस्था गरिनेछ

      Reply
  19. खोदनाथ प्रसाई says:
    June 29, 2015 at 5:33 am

    अलिक छुच्चो बोलियो, तर अमेरिकीलाई बिदेशको कमाइको कर अमेरिकामा पनि तिर्नु पर्ने (नभए अमेरिकी नागरिकता त्याग्नु पर्ने) नियम भएजस्तै नेपालले पनि विदेश बसेर नेपाली नागरिकता राख्नेलाई नेपालमा पनि कर तिराउने हो भने दातासँग भिख मागिरहनु पर्ने थिएन होला.

    Reply
    1. Namus says:
      June 29, 2015 at 8:32 am

      अनि कर नतिरे नेपाली नागरिकता खारेज गर्ने ? त्यसो भए त बिकसित देश को नागरिकता पाउदो होला नि ? जेल मा थुन्ने हो भने हुन सक्छ, तर नागरिकता त खारेज गर्न मिल्दैन. अमेरिका मा पनि खारेज गर्ने नियम चाहि छैन होला. धोति न टोपी भईन्छ तेस्तो भयो भने. अलिक समझदार कुरा गरे हुन्थ्यो कि ?

      Reply
      1. खोदनाथ प्रसाई says:
        June 29, 2015 at 11:16 am

        हजुर, भनिहालें नि, छुच्चो कुरो माफ पाउं.. ‘दुवै हातमा लड्डू’ र ‘धोति न टोपी’ नहुने उपाय भनेको एउटा देशको नागरिक रहने, र त्यहीं कर तिर्ने नै होला.

        अमेरिकी नागरिकता renounceे गर्ने सम्बन्धमा आइ आर एस् को साइटमा यस्तो पढ्न पाउनु हुन्छ: If you are a U.S. citizen or resident alien, the rules for filing income, estate, and gift tax returns and paying estimated tax are generally the same whether you are in the United States or abroad. Your worldwide income is subject to U.S. income tax, regardless of where you reside. बैदेशिक रोजगारकै शिलशिलामा एक अमेरिकी नागरिकता त्यागेका प्राध्यापक युरोपमा भेटेपछि खोजीनिती गर्दा थाहा पाएको कुरो हो, केहि लुपहोल् होलान, तर सार त्यहि रहेछ. बर्षको चार पटक हाम्रो राजपत्र जस्तै फेडेरल रजिस्टरमा नागरिकता त्याग्नेको नामावली नै निस्किन्छ.

        Reply
        1. Namus says:
          June 29, 2015 at 3:13 pm

          त्यो त थाहा भएकै कुरा हो. आ- मरी- खा को नागरिकता भएसी कर बाहिर बसे पनि तिर्नु पर्छ. तर मैले नबुझेको नागरिकता त्याग गर्ने कुरा हो. अमेरिकी नागरिक युरोप मा देख्नु भो होला, तर नेपाली नागरिक नेपालमा कर नतिरे युरोपमा देख्न पाउछ होला त? देश अनुसार को परिवेश उचित होला. छुचो भए माफ पाउ 😉 अमेरिका को यो नियम अरु बिकसित देशले त गर्न सकेको छैन, हामी निम्न-बर्गीय नेपालीले गरेको मिल्दैन होला

          Reply
        2. धरणी says:
          June 29, 2015 at 4:12 pm

          विद्यमान नेपाली आयकर ऐन मा यस्तो ब्यवस्था छ, : यदि तपाई नेपाल को बासिन्दा व्यक्ति हो (कुनै आर्थिक बर्षमा १८३ दिन वा बढी नेपालमा बसेको, जुनसुकै देशको नगरिक भएपनि) भने तपाई ले विश्व को जुनसुकै देशमा कमाएको भए पनि त्यो कमाइमा नेपाल को कर को दर ले नेपालमा कर लाग्छ । तर यदि नेपाल मा १८३ दिन भन्दा कम बस्नु भएको छ भने नेपाल मा कमाएको आम्दानी मा मात्र २५% को दर कर लाग्ने छ ।

          Reply
        3. लौटन अवधि says:
          June 29, 2015 at 4:36 pm

          खोदनाथ जी,
          ठुला मल्टिनेसनल कम्पनि जो नेपाल तथा विदेश मा कार्यरत छन् तिनले दक्ष श्रमिक नेपाल बाट विदेश लैजान्छन भने श्रम कार्यालय मा गरिने अनुबन्ध अनुसार नेपाल सरकार ले त्यो दक्ष श्रमिक को प्रोभिडेण्ट फन्ड र कर दुवै कम्पनि मार्फत नेपाल मा जम्मा गर्न सक्छ ! बिप्पा सम्झौता गरिएका मुलुक मा ट्याक्स कसले कति लिने आपसी समझदारी मा तय हुन सक्छ ! संसार का कुनै पनि श्रमिक ले दोहोरो कर तिर्दैनन ! नेपाल अमेरिका जस्तो सक्तिसाली मुलुक होइन जसले सम्झौता गर्दा हरेक देश माथि आफ्नो हात बलियो पार्न सकोस ! अमेरिका मा संसार का हरेक ठुला कम्पनि हरु का कार्यालय छन् ! जसको मध्यम बाट अमेरिका ले बर्सेनि लाखोउ दक्ष श्रमिक को निर्यात गर्छ र ट्याक्स उठाउछ ! अमेरिकी जुन देश मा गएपनि त्यो देश मा उस को ट्याक्स काटिदैन ! लैजाने कम्पनि जिम्मेवार हुन्छ अर्थात रोजगारदाता नै जिम्मेवार हुन्छ ! अमेरिका मात्रै होइन बेलायत र केहि अन्य युरोपियन मुलुक को कानुन पनि त्येस्तै छ !

          Reply
    2. Bibek says:
      June 30, 2015 at 10:15 am

      कर तिरेपछि नेपाल सरकारले सरकारी सुबिधा र भत्ता पनि त दिनु पर्यो नि हैन र?

      Reply
  20. कुसुम ज्ञवाली says:
    June 29, 2015 at 5:12 am

    मुलकानुन प्रष्ट ब्यबस्था र पुन नारिकता पाउन सकिने प्रावधानले हामी एनअारएन अभियानका अधिकाँम्स भाग सम्वोधन गरेको छ। सम्विधान जारी हुँदा सम्म फुत्त हट्छकी भन्ने डर चाही हामीलाइ कायमै छ ।

    Reply
  21. Rohini says:
    June 29, 2015 at 3:48 am

    Great information. Thank you very much.

    Reply
  22. Dinesh Chhetri says:
    June 29, 2015 at 3:24 am

    एक हिसाबले यो ठिकै हो !!!! तर अहिले विभिन्न प्रस्न हरु उठाएर नागरिकताको कचिंगल् गर्नुमा ठुलो सड्यन्त्र लुकेको छ !!! जानी नजानी हामीले साथ् दियिरहेका छौ !!!! ४० लाख भारतीय आप्रबासिले नागरिकता पायिसकेपछी, अर्को २० लाख बिहारी भान्जा भान्जीलाई नेपाली बनउने सड्यन्त्र हो, आमाको नामम पनि नागरिकता दिनुपर्छ भन्ने कुरा !!!!! महिला पुरुष समानताको कुरा गर्नेहो भने बरु नेपाली संग बिहे गर्ने बिदेसी मुलका पुरुषले मात्र नभई बिदेसी मुलका महिलाले पनि कम्तिमा पनि 15 बर्सा पछी मात्र अंगिकृत नागरिकता पाउने बेवास्था गर्नपर्छ !!! र अंगिकृत वालालाई सार्वजनिक महत्वोको ठुलो पद हरुबाट बिमुख गर्नपर्छ !!! यो मात्र नेपाल अर्को फिजी हुनु बाट बच्ने उपाए हो !!! जय नेपाल, जय नेपाली

    Reply
    1. लौटन अवधि says:
      June 29, 2015 at 2:40 pm

      दिनेश जी,
      कोहि कसैले ढाँट छल गरेर लियो होला तर अहिले सम्म दियिएको नागरिकता जसलाई धेरै पहिला दिनु पर्ने थियो उनीहरु लाइ दियिएको छ ! मैथिली, थारु, भोजपुरी अवधि बोल्ने हरु नेपाल को सिमा मा बस्ने हरु इन्डिया का नभई नेपाल का हुन् ! सिमाना बाडिएको कारण उता का पनि उही भाषा बोल्छन ! तर जनकपुर(मिथिला) हाम्रो हुने मैथिली नहुने भन्ने कुरै छैन ! बरु दोषी चस्मा फुकालेर हेर्नुहोस तपाई भन्दा खाटी नेपाली बोर्डर मा बस्ने हरु छन् ! जसले देश को सिमा लाइ जोगाइ रहेका छन् ! रह्यो कुरा भारतीय नागरिक को – सरकार ले गैर्ह आबासिय नेपाली को सन्दर्भ मा सार्क मुलुक बाहेक भन्या रैछ ! बिहार – सार्क मुलुक बाहिर पर्छ र ? कि फिजी तिर भेट्टाउनु भो बिहार प्रदेश ? अनि अर्को कुरो – अब को समय मगन्ते रास्ट्रबाद को होइन ! मगन्ते रास्ट्रबाद को धन्ग्धंगी बाट बाहिर आउनुहोस ! सरकार ले तपाई को चिन्ता लाइ बास्तबिकता मा परिणत गर्ने छैन !

      Reply
      1. Dinesh Chhetri says:
        June 29, 2015 at 10:09 pm

        तपैले मेरो २ वोटा कुरालाई एउटैमा छ्यासमिस पारेर बिरोध गर्नुभएछ !! बिरोधको कारण म बुझ्न सक्छु !!!! जनकपुर र लुम्बिनी हाम्रो हो भन्दैमा पौने ४ करोड मैथली भासी र ४ करोड भोजपुरी र ४.५ करोड अवधि भासी सबैलाई नेपाली त् बनाउन सकिदैन होला नि मित्र !!! हो जमिन सहित नेपालमा मिसिएर बिसाल नेपाल बन्यो भनेत स्वोत नेपाली भैहल्छन !!!”””””””महिला पुरुष समानताको कुरा गर्नेहो भने बरु नेपाली संग बिहे गर्ने बिदेसी मुलका पुरुषले मात्र नभई बिदेसी मुलका महिलाले पनि कम्तिमा पनि 15 बर्सा पछी मात्र अंगिकृत नागरिकता पाउने बेवास्था गर्नपर्छ !!!”””””” यो भनाइको बिरोध त् सच्चा नेपाली ले गरेको पाएको छैन !!!!!!!!!! तपाई के भन्नुहुन्छ नि ???

        Reply
        1. लौटन अवधि says:
          June 30, 2015 at 10:15 am

          मित्र दिनेश जी,
          लिक बाट हटेर भएको व्यर्थ बहस को सन्दर्भ मा,
          मानसिकता खोटो भएको व्यक्ति संग बहस गर्न सकिदैन र गर्न पनि चाहन्न ! बिहार उत्तर प्रदेश का मान्छे लाइ नेपाली बनाउने कसैले भनेको छैन तर जो नेपाल को सिमा भित्र बसेका थिए तिन लाइ नागरिकता देखि बन्चित गराउने कहा सम्म को न्याय हो ? एउटा दार्जिलिङ्गे या सिक्किमे ढाका टोपी लाएर आयो भने त्यो खाट्टी नेपाली ? नेपालगंज (बाँके जिल्ला) को कालाबन्जार क्षेत्र मा बस्ने अवधि बोल्ने र पहिरन मा लुंगी गन्जी लाउने इन्डियन र धोति हुने ? यो कहा को न्याय हो ?
          तपाई पहाड मा जन्मिदाबित्तिकै पहिलो दर्जा को नागरिक हुने हामि तराइ मा जन्मिदा चाहि दोस्रो दर्जा को हुने ? भारत को सिमा रक्ष्या गर्न जाने पहिलो दर्जा को नागरिक हुने? अनि हामि भारत बाट नेपाल को सिमा रक्ष्या गर्ने दोस्रो दर्जा को हुने ? बिहारी र यु पी को भइने ?

          नागरिकता को सवाल मा पराया कसैले नपाओस र आफन्ती कोहि नछुटोस सिस्टम लागु हुनु पर्छ !

          Reply
          1. Dinesh Chhetri says:
            June 30, 2015 at 9:03 pm

            हरेक कुरामा मदेसी र पहाडीको रुपमा भन्दा पनि नेपालीको रुपमा सोच्नुस !!! नियत कसको के छ त् देखिरहेछ नि अवधि जी !!! दर्जलिंगे, वा सिक्किमेलाइ कसैले नागरिकता दिनुपर्छ भनेको छैन !!! न दिन नै हुन्छ !!! तेस्तै तिबती सरनार्थी हरुलाई पनि अति नै कडा गर्न पर्छ, भारतीय आप्रबासिलाई मात्र भनेको हैन !!!
            हो, तपाइको भनाइ केहि मात्रामा जायज छ !!!!
            सयोउ वर्ष देखि तराइमा बसिरहेका नेपाली हुनुमा गर्ब गर्ने नागरिकलाई पनि मधेसी अनि हिजो भक्कर बिहार बाट छिरेर नक्कली नेपाली नागरिकता हत्याउन सफल पनि मधेसी अनि अहिले पनि दिनकादिन तराई मा छिरिरहेका बिहारी र यूपीवाला ले पनि आफुलाई मधेसी भन्ने अनि नागरिकता दाबि गर्ने ?? अनि फेरी तराइको राजनीतिमा यी बिहारी मुलका नया नेपाली को हाली मुली हुने !!! यो कस्तो बिडम्बना हो !!! अब मधेसी को स्पस्ट परिबासा चाहिन्छ !!! यो सोलोमोलो परिभासाले नेपाल र देशभक्त तराई बासीको अपमान गरिरहेको छ !!! जयनेपाल, जयनेपाली

            Reply
            1. लौटन अवधि says:
              July 2, 2015 at 9:25 am

              भन्दा अति जस्तो लाग्ला ! अरु कुरा मा सहमत भए पनि तराइ लाइ हेप्ने र जो तराइ को देखे पनि बिहारी देख्ने तपाई र तपाई जस्ता को आखा ले सिके राउत लाइ मलजल हालिरहेको छ ! अति संकीर्ण र चरम भेदभाब युक्त केहि तपाई जस्ता अधिनायक सोच भएका, सिके राउत जस्ता चरम दक्षिन पन्थी र भारतीय बिस्तारबाद संग त्रिपक्षिय लडाई पहिला देखि नै थियो र भबिस्य मा पनि रहने छ ! मेरो अझै सुभेच्छ्या छ ! मैले कतै मधेसी भनेर उल्लेख गरेको छैन ! तर तपाई जस्ता हुडार प्रबिर्तिका स्वनामधारी हरु ले तराई लाइ मधेश, बनाएर दक्षिन को पाउमा सिर रगड्नुभयेको छ ! कोहि तराइबासी प्रधानमन्त्री को लागि दिल्ली को पाउ मा गएर अहिले सम्म सिर नरगड़ेको हेक्का अति आफु ले आफै लाइ ठेंट नेपाली अरु लाइ बिहारी देख्ने हरु लाइ होस् !

              Reply
              1. Dinesh Chhetri says:
                July 2, 2015 at 12:06 pm

                बेक्तिगत र जातिगत आरोपमा जान चाहन्न !!! आरोप लगाएर उत्तर दिनबाट नाभाग्नुस !!! तर मेरो प्रस्नको उत्तर दिनुभयन्त !!
                को हुन् या हैनन् मदेसी ???? !सयोउ वर्ष देखि तराइमा बसिरहेका नेपाली हुनुमा गर्ब गर्ने नागरिकलाई पनि मधेसी अनि हिजो भक्कर बिहार बाट छिरेर नक्कली नेपाली नागरिकता हत्याउन सफल पनि मधेसी अनि अहिले पनि दिनकादिन तराई मा छिरिरहेका बिहारी र यूपीवाला ले पनि आफुलाई मधेसी भन्ने अनि नागरिकता दाबि गर्ने ?? अनि फेरी तराइको राजनीतिमा यी बिहारी मुलका नया नेपाली को हाली मुली हुने !!! यो कस्तो बिडम्बना हो !!! अब मधेसी को स्पस्ट परिबासा चाहिन्छ !!! यो सोलोमोलो परिभासाले नेपाल र देशभक्त तराई बासीको अपमान गरिरहेको छ !!! जयनेपाल, जयनेपाली

                Reply
                1. लौटन अवधि says:
                  July 2, 2015 at 1:29 pm

                  हिजो भक्कर को छिर्यो र कसलाई नागरिकता दियियो ? कृपया नाम खुलाएर भनिदिए आभारी हुने थिए ! एकोहोरो आरोप लाउनु भन्दा नामावली सहित प्रमाण पेश गरे हुन्थ्यो कि ? अधिनायकबाद ले आखा टालियेका मित्र !४० लाख को उल्लेख गर्नु भएको छ ! ति ४० लाख मा कोको पर्दा रहेछन हेरुम हामि पनि !यदि नामावली र प्रमाण छैन भने तपाई पहाडे चरम अतिबादी हो, जो तराइका मान्छे लाइ मान्छे भन्न हिच्किचाउने सामन्ती प्यादा हो भन्न कत्ति धक मान्नु पर्दैन !

                  Reply
                  1. Dinesh Chhetri says:
                    July 3, 2015 at 10:20 pm

                    किन बुझ्पचौनुहुन्छ लौटन जी ??? ये, मैले सबैको नाम भन्न पर्ने रे ????? हेहेहे…. पुरा नेपाल लाइ थाहा छ !!!! बिहारमा समेत नेपाली नागरिकता बिक्रीमा थियो भन्ने कुरा !!! मिडिया हरुमा आएकै थियो !!! अहिले पनि बीच बिचमा नक्कली नागरिकता वाला समातिन्छन !!!! होव्ला ४० लाख संख्या घटबढ हुनसक्ला !!!!!!!!! तपाइलाई स्वीकार्न मन नलागेपनि संसारले स्वीकारेको छ, भारतले स्वीकारेको छ, नेपाल लाखौ भारतीय आप्रबासी थिए र छन् भन्ने कुरा !!!!!!!!!! तपाईका अरु विचार त् राम्रै पाएको थिए !!!!!!!१ यो कुरामा तपाइलाई किन रिस उठ्यो , मलाइ अचम्म लागिरहेको छ !!!!!! अरुलाई पहाडी अतिबादी देख्ने मान्छेले आफु देशीबाद बाट ग्रस्त भएछु कि भन्ने कहिलै सोच्नुभएको छ ??? ल जेसुकै होस्, मेरो प्रस्नको उत्तर खै त ??? को हो त् कथित मदेसी भनेको ??? सोलोमोलो रुपमा सबैलाई मदेसी भन्दा सयोउ वर्ष देखि तराइमा बसेका , आफुलाई नेपाली हुनुमा गर्ब गर्ने देशभक्त तराईबासी हरुनै सबैभन्दा पिडित भएका छन् !!!!!!!!!! जय नेपाल, जय नेपाली

                    Reply
  23. हेम says:
    June 29, 2015 at 3:03 am

    १) विदेशमा जन्मेका नेपालीका सन्तानले कस्तो नागरिकता पाउछन,गैरआवासीय नेपाली नागरिकता वा अन्य?
    २) गैरआवासीय नेपाली नागरिकले साविकको नेपालको पासपोर्ट प्रयोग गर्न पाउछन वा अन्य व्यवस्था हुुन्छ?
    ३) गैरआवासीय नेपालीका सन्तानले सन्तानले कस्तो नागरिकता पाउछन?

    Reply
    1. Salokya says:
      June 29, 2015 at 8:35 am

      पासपोर्टबारे नयाँ कानुन नबनेसम्म हालकै व्यवस्था लागू हुने हो। तपाईँका बाँकी जिज्ञासाको जवाफ माथिको प्रश्नोत्तरमै समेटिएको छ

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme