Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फ्रान्समा सबलाई पछाडि पार्ने मीरा रोजगारीका लागि झण्डै मलेसिया पुगेकी थिइन्

Posted on June 28, 2015 by mysansar

mira भोजपुरकी गाउँले युवती मीरा राईले फ्रान्सको फ्रान्सको चामोनिक्समा हुने वार्षिक मोन्ट ब्लान्क म्याराथनको ८० किलोमिटर तर्फको अल्ट्रा उपाधि जितेर नेपालको नाम राखिन्। यो समाचार आए लगत्तै केही माओवादी नेता र कार्यकर्ताहरु हाम्रा जनसेना, अयोग्य भनेर निकाल्या थिए, देख्यौ त योग्यता भन्दै उफ्रेका देखिए।

सबभन्दा पहिला त के बुझौँ भने माओवादी युद्धमा छँदा मीरा लडाकु बनेर लड्न गएकी हैनन्। माओवादी शान्ति प्रक्रियामा आइसकेपछि आफ्नो सेनाको संख्या बढाउन धमाधम भर्ती गर्ने क्रममा उनलाई पनि भर्ती गरिएको हो। १४ वर्षकै उमेरमा उनलाई भर्ती गरिएको थियो। यो कुरा उनले हङकङमा उपाधि जितेपछि साउथ चाइना मर्निङ पोस्टलाई बताएकी हुन्। त्यसैले उनी युद्ध लडेका वास्तविक लडाकु नभएर माओवादीको स्वार्थपूर्ति गर्ने माध्यम बनाइएकी एक अबोध किशोरी थिइन्।

mira
17f9393e0ea1c59bdb7b5fcfa5a005e3 सेना समायोजनका लागि युएन र सेनाको टिमले उनलाई अयोग्य बनाउनुको कारण पनि अरु नभएर उमेर नै थियो। बाल सैनिकका रुपमा उनलाई भर्ती गरिएको भएरै उनी अयोग्य भएकी थिइन्।

अयोग्य भइसकेपछि उनलाई जम्मा १० हजार रुपैयाँ र घर फर्कने खर्च दिइयो। झण्डै उनी कामका लागि मलेसिया पुगिसकेकी थिइन्। तर उनलाई मलेसियाका सामान्य मजदूर होइन, राष्ट्रले गौरव गर्ने खेलाडी बन्ने संयोग कसरी जुर्‍यो, यसबारे कराते प्रशिक्षक ध्रुवविक्रम मल्ल फेसबुकमा यस्तो लेख्छन्-

mira1 मीरा कराते खेलाडी हुन्। खेलको नेचर अनुसार उनमा देखिएको प्रतिभालाई मध्यनजर गरी कराते खेल भन्दा लामो दुरीको दौडमा राम्रो गर्न सक्छ भनी ट्रेनिङ गर्ने वातावरण बनाइदिने मेरो सोच भयो। त्यही अनुसार जानकारी गराई र प्रशिक्षण अभ्यासमा लाग्न थालिन्। बीचमा जन्मथलो सानु दुम्बा भोजपुर घर गएकी मीरा केहि महिना सम्पर्कविहीन भइन् र मलेसिया रोजगारीको लागि जान भनी काठमाडौँ आइन् र मसँग गेम खेल्न नसक्ने बाध्यताको कुरा राख्दै रोजगारी गर्नु पर्ने बताइन्।

मीराको प्रतिभालाई गुम्न नदिई माथि उचाल्नु पर्छ भन्ने मेरो सोचाई अनुसार एक वर्ष बिहान बेलुका नियमित टेनिङ्ग गर्ने, खान बस्न सबै व्यवस्था हुने भन्दा उनी धेरै खुसी भइन्।

मेरो घरमा बहिनी कविताले सबै खानपिनको व्यवस्था गर्न थालिन्। त्यसपछि नियमित प्रशिक्षणमा सहज हुन् पुग्यो। मलेसिया जान एक मेनपावरमा रहेको पासपोर्ट भिसा आएको र नगएको भन्दै १२ हजार तिर्नु परेको थियो।

त्यस पछिको सफलता

बेलायतका नागरिक रिचार्ड बुलको सक्रियतामा आयोजना गरिएको काठमाडौँ रानीवनदेखि मकवानपुर सम्मको ५० किलोमिटर अल्ट्रा म्याराथन प्रतियोगिता देखि प्रथम पुरस्कार जित्न सफल हुन् सुरु गरेकी मिराको यात्रा – अहिलेसम्म सेकेन्ड हुन परेको छैन।

– इटालिमा भएको ५० किलोमिटर अल्ट्रा म्याराथन प्रतियोगिता २६,आक्टोबर २०१४ मा प्रथम स्थान
– हङ्गकङ्गमा भएको ५० किलोमिटर एशियन च्याम्पिन अल्ट्रा म्याराथुन प्रतियोगिता ७,फेब्रअरी २०१५ प्रथम स्थान
– फ्रान्समा २६ जुन २०१५ मा ८० किलोमिटर विश्व च्याम्पिनसिपमा प्रथम स्थान जित्न सफल भई विश्वमा रहेको नेपालीहरूको मनोबल उच्च बनाउदै विश्व सामु राष्ट्रिय झन्डा उठाएर करोडौं नेपाली जनताको सम्मान दिलाएकोछ साहासिक कार्यको उच्च मुल्यांकन नेपाल सरकारबाट होस्।

12 thoughts on “फ्रान्समा सबलाई पछाडि पार्ने मीरा रोजगारीका लागि झण्डै मलेसिया पुगेकी थिइन्”

  1. Prashant says:
    June 29, 2015 at 9:12 am

    You made us all proud.
    Congratulation to you Mira and wish you
    all the best and many many success in coming days.

    Reply
  2. शेरचन घले तामाङ्ग says:
    June 28, 2015 at 7:36 pm

    मौका पाए वा समान अवसर दिईए, नेप्चे थेप्चेले आफ्नै मुलुकमा नभए पनि बिदेशमा नेपालको नाउँ उच्च गर्न सक्दो रहेछन भन्ने निर्विवाद छ| मीरालाई वधाई|
    यसको श्रेय साथैसाथै ध्रुब बिक्रम सरलाई पनि धन्यवाद, साधुवाद| उंहाले प्रतिभाको सही पहिचान गरेर बिकाश गर्न अवसर दिनुभएकोमा| नेपालकी मेडल बिजेता बिमला तामांगलाई पनि उंहाले नै सहयोग र प्रेरणा दिनुभएको हो|

    Reply
  3. Shankar says:
    June 28, 2015 at 5:12 pm

    ध्रुब बिक्रम मल्ल ले सहि प्रतिभा अगि ल्याउनु भएको मा हार्दिक बधाई |

    Reply
  4. bibek dhakal says:
    June 28, 2015 at 3:59 pm

    bravo. félicitations

    Reply
  5. Ganesh says:
    June 28, 2015 at 2:43 pm

    माओबदि नेता कार्यकार्त उफ्रे उफ्रेनन् थाहा भयन तर माओबदिलै गालि नगरि बस्न लेखन बोल्न नसक्ने पत्रकार भनौदा कनक्मनिका चेलाहरु उफ्रे उफ्रे माई सन्सार मा फतुर् लेखेरै …… 

    Reply
  6. Bipin says:
    June 28, 2015 at 2:15 pm

    Mira ek choti chai second bhayeki huun.MSIG Lantau 50, July 2 2014. She lost to Stevie Kramer, the world champion by narrow margin. And 3rd in Buffalo Stampede skyrunning in Australia, because Australia rejected her visa in the beginning and when she reapplied, she didn’t get enough time to practice there. The jet lag didn’t help her win it. Baki ma ta first, first, first……ho. What a woman.

    Reply
  7. ekraj says:
    June 28, 2015 at 2:08 pm

    This news really makes Nepalese proud and it will motivate every one who has got potential.
    Druba ji’s vision, kind work and support is worth of appreciation.

    Reply
  8. Kiran says:
    June 28, 2015 at 11:14 am

    Great work by Mira. Keep it up.
    Kiran Shrestha
    Helsinki, Finland

    Reply
  9. netra says:
    June 28, 2015 at 8:12 am

    श्री धुर्ब विक्रम मल्ल जी ले मीना राइ को प्रतिभा लाइ सहि ढंग ले पहिचान गरि राष्ट्र को बिभुति लाइ मौलाना दिनुभो धेरै धन्य बाद

    Reply
  10. डा. सुरज मास्के says:
    June 28, 2015 at 5:54 am

    धेरै बधाई छ मीरा राई लाई !!!

    आउदो २०१६ को ओलम्पिकमा सफलताको कामना गर्दछु ।

    सुरज मास्के
    नेपालगंज

    Reply
  11. Basu says:
    June 28, 2015 at 4:11 am

    लुप्त प्रतिभालाई उजागर गरिदिने ध्रुवजीलाइ पनि बधाई तथा धन्यवाद |

    Reply
  12. Agni Sampang says:
    June 28, 2015 at 3:59 am

    Amazing! It’s hidden treasury and proud of Nepal.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme