Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेसबुकमा आफ्नो प्रोफाइल पिक्चर रङ्गीचङ्गी बनाउनेले बुझेका हुन् त यी कुरा ?

Posted on June 27, 2015June 28, 2015 by Salokya

zucke अहिले फेसबुकमा प्रोफाइल पिक्चर रङ्गिचङ्गी बनाउने धेरै देखिएका छन्। कतिले त के हो, कसो हो नबुझेर अरुको देखासिकी लिङ्क क्लिक गर्‍या भरमा प्रोफाइल पिक्चर रङ्ग्याइरहेका छन्। खासमा के हो त यो ?

अमेरिकी सर्वोच्च अदालतले शुक्रबार ५-४ को बहुमतले अमेरिकाका सबै राज्यमा समलिङ्गी विवाहलाई मान्यता दिने ऐतिहासिक फैसला गर्‍यो। त्यहाँका १५ राज्यमा मात्रै यो गैरकानुनी थियो। त्यसैको खुसियालीमा अमेरिकी नागरिक मार्क जुकरबर्गले आफ्नो फेसबुक प्रोफाइल पिक्चर रङ्गीचङ्गी बनाए। फेसबुकमा अरुलाई पनि त्यस्तै गर्नलाई सजिलो टुल बनाए। त्यसमा क्लिक गर्ने बित्तिकै यस्तो हुन्छ। हुँदाहुँदा नेपालका पनि धेरैले यसरी प्रोफाइल पिक्चर रङ्गीचङ्गी बनाए।

zucke
फेसबुक प्रोफाइल पिक्चर यस्तो बनाउनुको अर्थ हो

– तपाईँ समलिङ्गी विवाहका समर्थक हुनुहुन्छ।

– तपाईँ अमेरिकी सर्वोच्च अदालतको फैसलाको समर्थक हुनुहुन्छ।

अमेरिकी सर्वोच्च अदालतको फैसलाप्रति खुसी जनाउँदै प्रोफाइल पिक्चर रङ्ग्याउने तपाईँलाई के नेपालको सर्वोच्च अदालतले गरेको फैसला थाहा छ? नेपालको सर्वोच्च अदालतले त २०६४ पुस ६ गतेको फैसलामै समलिङ्गीहरुलाई समान अधिकार दिनु पर्ने फैसला गरिसकेको छ। पढ्नुस् फैसलाको पूर्ण विवरण

अनि उमेर पुगेकाले जसरी सेक्स गरे पनि प्रश्न गर्ने अधिकार छैन, विवाह नगरी सँगै बस्न कानुन अभावले रोक्न सकिन्न, विवाह गरी वा नगरी जोसँग पनि बस्ने निर्णय व्यक्तिको हो, आफ्नो शरीरको मालिक व्यक्ति आफैँ हुने र आफ्नो शरीरको उपयोग यौनकृयाको लागि कसरी उपयोग गर्ने भन्ने कुरा पनि व्यक्तिको आफ्नो स्वायत्तताको विषय हुने हुनाले नितान्त वैयक्तिक स्वायत्तताको विषयमा समाज वा राज्यले हस्तक्षेप गरी नियमित गरिरहनु आवश्यक हुँदैन जस्ता फैसला पनि हाम्रो सर्वोच्चले गरिसकेको छ। पढ्नुस् विस्तृतमा यहाँ

82083441-pic
माथिको फोटो देख्नुभो? यहाँ एक अमेरिकी समलिङ्गी जोडी नेपालको राजधानी काठमाडौँबाट केही पर रहेको दक्षिणकाली मन्दिरमा हिन्दु परम्पराअनुसार बिहे गरेको फोटो हो यो। चार वर्षअगाडि यस्तो विवाह हुँदा एसियाकै पहिलो सार्वजनिक समलिङ्गी विवाहसमेत भनियो।

खै त्यतिबेला कसैले केही रङ्ग्याउन आवश्यकै ठानेनन् त।

अनि समलिङ्गीहरुको पक्षमा प्रोफाइल पिक्चर रङ्ग्याएर लहर आइरहेको बेला यो पनि सोचौँ- प्राकृतिक रुपमा जन्मैदेखि समलिङ्गीहरु त उस्तै हुने नै भए, अरुको देखासिकी प्रोफाइल पिक्चर रङ्ग्याए जस्तै नै समलिङ्गी सेक्सको देखासिकी गर्ने बढे भने कस्तो अवस्था आउला ?

कतिले समलिङ्गी सेक्सको देखासिकी हुन्न भन्ने कूतर्क गरेका छन्। उनीहरुलाई यो घटना र भिडियोले जवाफ दिन्छ।

देखासिकी गरेर नै ११ वर्षीय दुई बालकको समलिङ्गी यौन क्रियाकलापको भिडियो बनाएर फेसबुकमा हालेको यो घटना थाहा पाउनु भएको छ? हेर्नुस् न्युज२४ को यो भिडियो-

13 thoughts on “फेसबुकमा आफ्नो प्रोफाइल पिक्चर रङ्गीचङ्गी बनाउनेले बुझेका हुन् त यी कुरा ?”

  1. Saugat says:
    June 29, 2015 at 5:12 pm

    संसारमा सबै कुरा आफैले भोगेर वा भोग्नु पर्ने कुराको मात्र समर्थन गर्नु पर्छ भन्ने मानसिकता चाँही गतल छ । हामी सबै प्रकारको मानिसहरुको हकहितको लागि कुरा गर्ने हो । मानवता कुनै देशको सीमाले रोक्न सक्दैन ।

    Reply
    1. जीवन नेपाली says:
      June 30, 2015 at 5:28 am

      यदि तपाई अमेरिका मा बसोबास गर्नु हुन्छ भने, तपाई संग त्यो नैतिक अधिकार छ . तर यदि गर्नु हुन्न भने त तपाई पनि facebook को psychological टेस्ट को यौटा हिस्सा हुनु भयो

      यदि यस्तै कानुन रुवान्डा अथवा अन्य कुनै देश मा आयो भने तपाई फेरी आफ्नो profile रंगाउनु हुन्छ ?

      Reply
  2. Thule says:
    June 29, 2015 at 5:31 am

    This is disgusting !! God made Adam and Eve, not Adam and Steve.

    Reply
    1. bibek dhakal says:
      June 30, 2015 at 5:02 pm

      हो अब तपाई तेइ फर्स्ट टेस्टमेण्ट रट्दै र तेस्का हरफहरु अरुलाई रताउदै बस्नु

      Reply
  3. Harihar singh Rarthour says:
    June 28, 2015 at 8:02 pm

    हाल अमेरिकामा मान्यता दिएको यो कानुन त हाम्रो देशमा ८ वर्ष अघिनै मान्यता दिएको थियो , त्यतिवेला स्वागत किन गर्नु भएन ? घरमा वत्ती वाल्नु किन भएन ? घरका दिदीवैनी लाई समलिंगी विहाह गर भनैर किन प्रोत्साहन गर्नु भएन ? त्यो कानुन नभएर हामी लाई के अप्ठेरो परेको थियो ? सिमीत व्यक्ति लाई वाहेक । समलिंगी प्रकृया यौनआनन्द लिएर सन्तुष्टि हुने यौटा कला हो । कोही त्यसैमा रमाउछन्, कोही पशु मैथुन मात्र हैन वर्षौ देखि शवगृहमा राखिएका लाशमै यौन सन्तुष्टि लिने अस्पतालका कर्मचारी पनि फेला परेका छन् ।
    त्यो कानुन लाई समर्थन गर्न हामीले आफनो प्रोफायल सप्तरंगी वनाए पछि त्यो कानुन ले थप के पाउंछ ? वा झनै वलियो हुन्छ ? त्यसो पनि हैन , यो त समलिंगीहरुले कानुनी मान्यता पाए पछि संसारभर आफु पनि पनि समलिंगी रहेको खुलेरै संकेत गर्न प्रोफायल फोटो राख्न थालेका हुन् । यदि फेसवुकमा सप्तरंगी तस्वीर राखेर मत संकलन वा समर्थन संकलन गर्ने भए त अदालती फैसला अगाडीनै गर्थे , यो त समलिगीहरुको संकेत हो, हामीले समर्थन वा विरोध गर्दैमा अमेरिकी अदालतले गरेको फैसलामा कुनै प्रभाव पर्दैन । अमेरिकी अदालतले फैसलामा सप्तरंगी वनाउनु पर्ने भनेको पनि छैन , समर्थन लिनु भन्ने पनि उल्लेख छैन । समलिंगीहरुलेन खुसी भएर यसो गरेका, हामी नेपाली कुरै नवुझेर अर्थ न वर्थ फेसवुक सप्तरंगी

    Reply
  4. BS says:
    June 28, 2015 at 6:44 pm

    I think the US supreme court (SC) 5-4 decision re gay marriage is just an artificial solution with an effort to institutionlize family organization. Since there are millions of single people (unmarried, divorcees, separated) in the US with gay sexual orientation, this decision will help these people live together for their specific vested interest. So, it is just a belief system of people based on their mental standards/attitude that is seeking to so-called human rights. After 10 years, the the SC may reverse the decision based on the negative impact and outcomes in the society due to such decision that would not help grow the family institutions in natural way (i.e., growing children and sharing love among them, loving each other to strengthen family values rather than sharing artificial sexual desire, living together with so-called ultra-modern thoughts based on their age factor, basically within 18-40 years of age). This is just an experiment that is making all gays as guinea pigs. Let us wait and see.

    Reply
  5. बिनोद तिमिल्सिना says:
    June 28, 2015 at 6:29 pm

    मेरो विचारमा त यो एउटा रोग हो र यो रोगले कुनै समय मानव जातिको विनाश गर्नैछ,त्यसैले म विरोधी।

    Reply
  6. ratamakai says:
    June 28, 2015 at 11:05 am

    जुन समाजमा उपाध्याय बाहुन ले जैसी बाहुन बिहे गर्न हुन्न भन्छ…समलिंगी बिबाह त नर्सरी पड्दा PHD गर्छु भन्ने जस्तो हो !!!

    Reply
    1. Shankar says:
      June 28, 2015 at 4:59 pm

      त्यो त् मागी बिबाह को चलन मा पो त् , आजकाल धेरै जसो लोब गर्ने चलन आइसकेकोले
      बाहुन क्षेत्री , नेवार ,किरात जो सुकै मा पनि बिबाह गर्ने चलन क्रमश बिकास हुदै छ |

      Reply
    2. जीवन नेपाली says:
      June 30, 2015 at 5:24 am

      त्यही समाजले समलिंगी विवाहलाइ ८ वर्ष अगाडी नै मान्यता दिएको थियो.
      सामाजिक तह मा त अमेरिका मा पनि अझै धेरै तिर मान्यता छैन… झन्डै ५०% अमेरिकी ले यसलाई अझै रुचाएका छैनन् भन्ने कुरा त ९ जना न्यायाधिश मध्ये ४ जना ले फैसला को बिपक्ष्य मा मतदान गरेकोले नै पुष्टि हुन्छ.

      मेरो देश मा पहिल्यै यो कानुन छ र अहिले आएको कानुन ले हाम्रो समाजलाइ facebook मा अनुहार पोत्ने बाहेक अरु केहि फरक पर्दैन…

      Reply
  7. Shankar says:
    June 28, 2015 at 2:38 am

    नेपालि ले पश्चिमा र अमेरिकन को नक्कल गर्दा के भुल्नुहुन्न भने , उनीहरु प्रजातान्त्रको र व्यक्तिगत स्वतन्त्रताको कुरा गर्दा अरुको प्रजातान्त्रिक अधिकार ( गोरा नै ) लाइ र व्यक्तिगत स्वतन्त्रता लाइ पनि उत्तिकै सम्मान दिन्छन |
    भन्न खोजेको हाम्रो जस्तो नेता को मुख मा कानुन र खल्तीमा प्रजातन्त्र हुने , जनता भनेको पेलिनु पर्ने जन्तु ठान्ने उनीहरु हुदैनन् | तेस्तै जनता पनि खाने मुख र हग्ने चाक आफ्नो मात्र छ भन्ने खाल को उनीहरु हुन्नन् |
    हेर्नु नि भू पी को पाल येउतै ले ५ वोटा थुपारेका , राहत आफूमात्र सोहोर्न हान थाप गरेका |

    Reply
  8. santosh peace says:
    June 27, 2015 at 11:15 pm

    जानकारीको लागी धन्याबाद छ
    नेपालमा समलिंगी बिबाह मान्यता दिदा चर्चा हुने अवस्था आउन अजै २० वर्ष बन्दा धेरै कुर्नु पर्छ , एसको कारण भनिराख्नु नपर्ला

    Reply
    1. Lava Bhatta says:
      June 27, 2015 at 11:23 pm

      भन्नु पर्‍यो नि किन भनिराख्नु नपर्ने, नभनिकन कसरी थाहा हुने ?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme